केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेको समीकरण भएपछि मधेशमा जनमतको सरकारलाई नै निरन्तरता दिन दुई दल शुक्रबार साँझ सहमत भएको छ । त्यस अनुसार मधेशमा कांग्रेसलाई प्रवेश गराउन र विश्वासको मत दिन मुख्यमन्त्रीले माओवादी केन्द्रसहित चार दललाई सरकारबाट हटाएका हुन् । कांग्रेसले मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिने भएको छ ।
शनिबार विश्वासको मत लिएपछि आइतबार कांग्रेस र लोसपालाई सरकारमा सहभागी गराउने मुख्यमन्त्री सिंहको तयारी छ ।

बर्खास्त गर्नु अघि चारदलका मन्त्रीलाई मुख्यमन्त्री सिंहले राजीनामा दिन भनेका थिए । तर राजीनामा ढिलो आउने तथा विश्वासको मत लिनुपर्ने दबाबको कारण उनले बर्खास्त गरेका हुन् ।मुख्यमन्त्री सिंहले उनीहरूलाई बर्खास्त सहित मन्त्रिपरिषद पुनर्गठनको पत्र प्रदेश प्रमुख कार्यालयलाई पठाएका छन् । मुख्यमन्त्री सिंहले एमालेका चार मन्त्री र जनमतका एक मन्त्री यथावत् राखेका छन् ।
