सोमबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूसँग आफ्नो नयाँ कार्यकालको प्रत्यक्ष सवाल-जवाफ गरेका छन्।सांसदहरूसँग विभिन्न प्रश्नको प्रत्यक्ष उत्तर दिएका हुन् ।प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा उनले सहकारी क्षेत्रका बचतकर्ताले भोग्नुपरेका समस्याहरू सम्बोधन गर्न विगतमा गठित कार्यदलबाट प्राप्त सुझाव कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।संविधान संशोधनसँग सम्बन्धित प्रश्नमा प्रधानमन्त्री ओलीले संविधान संशोधन राष्ट्रिय आवश्यकता र राष्ट्रहितलाई मनन गरी राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति जुटाउँदै अघि बढाइने विश्वास दिलाए ।
प्रतिनिधिसभाको बैठकमा सांसदसँग प्रधानमन्त्रीको सवाल-जवाफ (पूर्णपाठ)
