काठमाडौं, २०८२ वैशाख १७ – नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाविरुद्ध दायर गरिएको अदालतको अवहेलना मुद्दा आज सुनुवाइका लागि सर्वोच्च अदालतको पेशीमा चढाइएको छ। अदालतको मानहानी गरेको आरोपमा उनीविरुद्ध यो मुद्दा दायर गरिएको हो। सर्वोच्च अदालतका प्रवक्ता अनुसार, न्यायाधीश द्वयको इजलासमा सुनुवाइका लागि आजको मितिमा पेशी तोकिएको छ। यद्यपि सुनुवाइ स्थगित हुने वा अगाडि बढ्ने भन्ने विषय अदालतको कार्यसूची अनुसार निर्धारण हुने बताइएको छ। मुद्दाको पृष्ठभूमि गगन थापाले केही समयअघि सार्वजनिक कार्यक्रममा अदालतको निर्णय तथा न्यायपालिकाको व्यवहारमाथि टिप्पणी गरेका थिए। उक्त टिप्पणीले अदालतको गरिमा र स्वतन्त्रतामाथि प्रश्न उठाएको दाबी गर्दै अधिवक्ताहरूको समूहले उनीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेका…
तितो सत्य
काठमाडौं – देशभरका सामुदायिक विद्यालयका शिक्षकहरूको आन्दोलन झन् जटिल बन्दै गएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको पहलमा वार्ताको प्रयास भइरहेका बेला आइतबार शिक्षक र सुरक्षाकर्मीबीच झडप भएपछि अवस्था थप तनावपूर्ण बनेको हो। आन्दोलनरत शिक्षकहरू थप आक्रोशित भएका छन् भने आन्दोलनको निकास अझै अन्योलमा परेको छ। तीन ठूला राजनीतिक दलका नेतृत्वहरूले पटक–पटक सहमति गरे पनि कार्यान्वयन नगरेको गुनासो शिक्षकहरूको रहेको छ। २०७५ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलको कार्यकालमा शिक्षक महासंघसँग गरिएको ३० बुँदे सहमति, २०७८ मा प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षामन्त्री देवेन्द्र पौडेलको पालामा गरिएको ५१ बुँदे सहमति कार्यान्वयन हुन सकेन। पछिल्लो पटक…
काठमाडौँ — नेपाली कांग्रेसको वर्तमान विधानअनुसार सभापति शेरबहादुर देउवाको कार्यकाल २०८२ सालको मंसिरमा समाप्त हुँदैछ। त्यसपछिका लागि उनी थप एक वर्ष मात्र सभापतिको जिम्मेवारीमा रहन पाउनेछन्। विधानले तोकेको सीमाका कारण देउवा पुनः सभापतिको उम्मेदवार बन्न नपाउने स्थिति सिर्जना भएको छ। नयाँ नेतृत्व चयनको तयारीस्वरूप कांग्रेसभित्र आन्तरिक ध्रुवीकरण शुरु भइसकेको छ। अहिलेसम्म शेखर कोइराला, गगन थापा र संस्थापन पक्षका ‘सात भाइ’ गरी तीन प्रमुख समूह सक्रिय देखिन्छन्। ती सात नेतामध्ये तीन जना पहिले नै सभापतिका दावेदार भइसकेका छन् भने अन्य चार जना पनि पार्टीका महत्वपूर्ण जिम्मेवारी सम्हालेका नेता हुन्। संस्थापन पक्षका सात नेताहरूले पछिल्लो समय आपसमा समन्वय तीव्र बनाएका छन्। उनीहरूले…
काठमाडौँ – नेपाल शिक्षक महासंघले आन्दोलनरत शिक्षकहरू र सरकारबीच सोमबार राति भएको वार्तामा कुनै ठोस सहमति नजुटेको जनाएको छ। महासंघका अनुसार सरकार ‘दिन तयार’ नहुँदा शिक्षकहरूको मुख्य मागहरू अझै पूरा हुन नसकेका छन्। महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले वार्तापछि जानकारी दिँदै भनिन्, “सरकार र शिक्षक महासंघ दुवै पक्षका प्रस्ताव र मागहरूबीच ठोस मिलन नहुँदा सहमति टुंगिन सकेन। विभिन्न विषयमा गहिरो छलफल भए पनि निष्कर्षमा पुग्न सकिएन।” उनका अनुसार सरकारले प्रस्तुत गरेका प्रस्तावबारे आन्दोलनरत शिक्षकहरूसँग थप आन्तरिक छलफल गरेपछि मात्रै निर्णय लिने सहमति भएको छ। “सिंहदरबारमा भएको छलफलपछि हामीले आन्तरिक बैठक बसेर निर्णय गर्ने सहमति गरेका छौँ,” पराजुलीले भनिन्। आजै शिक्षक संगठनहरूको…
वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवास नीतिमा कडा कदम चालेका छन्। सोमबार उनले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै संघीय आप्रवास कानुन कार्यान्वयनमा अवरोध गर्ने राज्य तथा स्थानीय निकायहरूलाई कारबाही गर्ने घोषणा गरेका हुन्। समाचार संस्था एएफपीका अनुसार, ट्रम्पको यो निर्णय उनको दोस्रो कार्यकालको सुरुआतको पहिलो सय दिन नजिकिँदै गर्दा आएको हो। नयाँ आदेशअनुसार ३० दिनभित्र संघीय कानुन पालना नगर्ने सहर तथा निकायहरूको सूची तयार पार्न सम्बन्धित निकायहरूलाई निर्देशन दिइएको छ। सूचीमा सूचीकृत भएका सहरहरूले संघीय सरकारबाट प्राप्त अनुदान र सहयोग रकम गुमाउनेछन्। विशेषगरी आप्रवासीहरूका लागि ‘शरणस्थल’ बनेका सहरहरूलाई लक्षित गर्दै गरिएको यो निर्णयलाई ट्रम्प प्रशासनले आप्रवासन कानूनको प्रभावकारी कार्यान्वयनका…
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयअन्तर्गत गठित सिफारिस समितिले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका अध्यक्ष तथा सदस्य पदका लागि सर्टलिस्ट सार्वजनिक गरेको छ। समितिको आइतबार बसेको बैठकले दुबै आयोगका लागि ३४ जनाको नाम सर्टलिस्टमा छनोट गरी सार्वजनिक गरेको हो। समितिले नाम समेटिएका व्यक्तिहरू सम्बन्धी कुनै प्रतिक्रिया वा उजुरी भएमा वैशाख २० गते बेलुका ५ बजेसम्म प्रमाणसहित लिखित वा विद्युतीय माध्यमबाट मन्त्रालयको सचिवालयमा पेश गर्न आग्रह गरेको छ। सिफारिस समितिले प्राप्त उजुरीहरूको अध्ययन गरी अन्तिम सिफारिस अघि बढाउने जनाएको छ।
पर्सा — पर्साको वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारीमा भएको ठगीसम्बन्धी घटनामा जिल्ला प्रहरी कार्यालय, पर्साले लामो अनुसन्धानपछि प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी किशोर लम्सालका अनुसार, सहकारीको करिब २ अर्ब ३० करोड रुपैयाँभन्दा बढी रकम हिनामिनामा संलग्न रहेको ठहर गर्दै ४१ जनाविरुद्ध ठगी र सङ्गठित अपराध अन्तर्गत मुद्दा दर्ता गर्न सिफारिस गरिएको हो। अनुसन्धान प्रतिवेदनअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगोरखा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक रवि लामिछानेसहित ३० जना व्यक्तिहरू र ११ वटा संस्था तथा कम्पनीहरूविरुद्ध कारबाहीको लागि राय दिइएको छ। लामिछानेसँगै, पूर्वडीआईजी छविलाल जोशीसमेत मुद्दामा प्रतिवादी बनाइएका छन्। प्रहरीले रवि लामिछानेविरुद्ध…
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा आर्थिक र प्राविधिक अनियमितता भएको आशंका उठाइएको छ। संघीय संसदको सार्वजनिक लेखा समितिअन्तर्गत उपसमितिले तयार पारेको स्थलगत अध्ययन तथा अनुगमन प्रतिवेदनमा यस्तो दाबी गरिएको हो। ‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन तथा अनुगमन प्रतिवेदन, २०८१’ नाम दिइएको उक्त दस्तावेजमा सम्भाव्यता अध्ययनदेखि निर्माण प्रक्रिया र ठेक्कासम्मका चरणमा भ्रष्टाचार भएको उल्लेख छ। प्रतिवेदनले विमानस्थलको उडान सुरक्षामाथि समेत प्रश्न उठाएको छ, विमानस्थल अपेक्षित रूपमा सुरक्षित नरहेको निष्कर्ष निकालिएको छ। तर प्रतिवेदनमा समितिका सबै सदस्यको हस्ताक्षर छैन। प्रतिवेदनमा सांसद राजेन्द्र लिङ्देन, अर्जुननरसिंह केसी, अमनलाल मोदी, जनार्दन शर्मा र प्रेमबहादुर आलेले मात्र हस्ताक्षर गरेका छन्। बाँकी पाँच सदस्यले भने…
काठमाडौं – सहकारी ठगीको अभियोगमा नेपाली कांग्रेसकी सांसद माया राईलाई प्रहरीले पक्राउ गरेको छ। शनिबार बिहान उनी काठमाडौंको कपन क्षेत्रबाट पक्राउ परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले जानकारी दिएका छन्। पक्राउ परेपछि राईलाई थप अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरमा बुझाइएको छ। सांसद माया राई स्वर्णलक्ष्मी सहकारी संस्थासँग जोडिएको ठगी घटनामा लामो समयदेखि विवादमा परेकी थिइन्। उनी दुई कार्यकालसम्म उक्त सहकारीको सञ्चालक समितिमा रहेकी थिइन्। त्यस समयमा संस्थाले बचतकर्ताको ठूलो रकम हिनामिना गरेको प्रमाण भेटिएको छ। यसअघि पनि उनीमाथि ठगीमा संलग्नताको आरोप लागे पनि प्रहरी प्रशासनले उनीमाथि आवश्यक कारवाही अघि बढाएको थिएन। उनलाइ सरकारी संरक्षण रहेको भन्दै आलोचना…
काठमाडौं — प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपाली राजनीतिमा सरकार ढल्ने हल्ला फैलाउनेहरू अहिले निराश बनेको टिप्पणी गरेका छन्। एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्ता भ्रमको पछि नलाग्न सांसदहरूलाई स्पष्ट निर्देशन दिएका हुन्। उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको थाइल्यान्ड भ्रमणपछि सरकार परिवर्तन हुने आशंका व्यक्त गरिएको उल्लेख गर्दै भने, “सरकार त बांगिसक्यो, देउवा फर्केपछि त ढल्छ भनेर हल्ला चलाइएको थियो। तर, देउवाले नै सरकार नढल्ने बताएपछि ती हल्लाबाजी गर्नेहरू झन् गलानीमा परेका छन्।” ओलीले राजनीतिक स्थायित्व, विकास, सुशासन र समृद्धि स्थापित गर्न दुई ठूला दलहरूबीच सहकार्यमा बनेको सरकार सन्तुलित बजेट निर्माणमा केन्द्रित रहेको…