गाजामा जारी युद्धको गम्भीरतालाई ध्यानमा राख्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसंघको बडापत्रको धारा ९९ लागू गरेका छन् । यो धारा संयुक्त राष्ट्रसंघको सबैभन्दा महत्त्वपूर्ण र शक्तिशाली प्रावधान हो । यस अन्तर्गत संयुक्त राष्ट्रसंघका महासचिवले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई खतरामा पार्न सक्ने कुनै पनि मुद्दामाथि सुरक्षा परिषदको ध्यानाकर्षण गराउन सक्छन् ।बीबीसीका अनुसार संयुक्त राष्ट्रसंघको इतिहासमा नौ पटक मात्र प्रयोग भएको यो धारा दशकौंदेखि प्रयोगमा ल्याइएको थिएन ।संयुक्त राष्ट्रसंघले गाजामा युद्धका कारण भइरहेको मानवीय विपत्तिका बारेमा केही सातादेखि चेतावनी दिंदै यसलाई रोक्न अपिल गर्दै आएको छ । अन्ततः बुधबार एन्टोनियो गुटेरेसले सबैभन्दा शक्तिशाली सङ्कटको संकेत गर्दै सदस्यको ध्यानाकर्षण गराएका हुन्…
तितो सत्य
इन्डोनेसियाको सुमात्रा टापुमा भएको ज्वालामुखी विष्फोटमा परी मृत्यु हुनेको संख्या २३ पुगेको छ ।सुमात्रा टापुमा रहेको मारापी ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने आरोहीहरूको संख्या २३ पुगेको पश्चिम सुमात्रा प्राकृतिक स्रोत संरक्षण एजेन्सीले जनाएको हो । २० जनाको शव अस्पताल लगिएको छ । अन्य तीनजनालाई बाहिर निकाल्ने प्रक्रिया थालिएको बताइएको छ । ७५ आरोहीमध्ये ५२ जना बाच्न सफल भएका छन् । गम्भीर घाइते १२ जनासहित अन्यको अस्पतालमा उपचार भइरहेको छ । दुई हजार ८९१ मिटर अग्लो हिमाल वरपरका चार जिल्लामा ज्वालामुखी विष्फोट भएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । छातीमा समस्या भएपछि उपचारका लागि शहीद गंगालाल हृदयरोग केन्द्र भर्ना भएका गृहमन्त्री श्रेष्ठलाई प्रधानमन्त्री प्रचण्डले अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । डा. अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा मन्त्री श्रेष्ठको उपचार गरिरहेको छ । आंशिक अवरोध रहेको भागमा समेत डा. मास्केसहितको चिकित्सकको टोलीले एन्जियोप्लास्टी सर्जरी गरेको छ ।
यी प्रतिनिधिमूलक ४ घटना, जसमा अदालतले दलितलाई न्याय दियो १. रुकुम हत्याकाण्ड २०७७ जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिका भगाउन रुकुमपश्चिमको सोतीगाउँ पुगेका थिए। त्यस क्रममा सोती गाउँका गैरदलित बासिन्दाले आक्रमण गरी नवराजसहित ६ जनाको हत्या गरेका थिए। घटनामा १२ जना घाइते भएका थिए। २. कास्कीमा वडाध्यक्षबाटै छुवाछूत कास्कीको पोखरा–२४ की वडासदस्य मैयाँ नेपालीले आफ्नै वडाध्यक्ष भरतबहादुर अधिकारीले सार्वजनिक कार्यक्रममै जातीय छुवाछूतको व्यवहार गरेपछि २०७९ पुस २४ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएकी थिइन्। सो आधारमा २०७९ माघ ५ गते जिल्ला अदालत कास्कीमा वडाध्यक्ष अधिकारीविरुद्ध जातीय भेदभाव तथा…
जिल्ला अदालत रुकुम पश्चिमले साढे तीन वर्षअघि चौरजहारी नगरपालिका सोतीगाँउमा भएको नवराज विकसहित ६ जनाको हत्याको घटनामा २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ । मंगलबार जिल्ला अदालतका न्यायाधीश खडकबहादुर केसीको इजलासले उक्त घटनामा क्रुरतापूर्वक हत्या गरेको, घाइतेको हकमा ज्यान मार्ने प्रयास गरेको, अपहरण गरी शरीर बन्धक बनाई हत्या गरेको र जातीय भेदभाव तथा छुवाछुत गरेको आरोपमा तत्कालिन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई जन्मकैदको सजाय सुनाएको हो ।ज्यान मुद्दाको सजाय पाउनेमा जन्मकैदको मुद्दामा सजाय पाउने अन्यमा नवराजकी प्रेमिकाका बाबु (नाम गोप्य), प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सविन पुन, एक नाबालक, डिल्लीमल्ल ठकुरी, तिलक चन्द, इन्द्रबहादुर ठकुरी,…
एनसेलको शेयर बिक्रीबारे छलफल गर्न सार्वजनिक लेखा समितिले बोलायो बैठक । एनसेलको शेयर बिक्रीबारे छलफल गर्न प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठक आह्वान भएको छ । समिति सचिव एकराम गिरिका अनुसार बुधबार दिउँसो २ बजेका लागि बैठक बस्ने तय भएको छ । ‘शेयर बिक्रीबारे प्रारम्भिक छलफल गर्न लागिएको छ’ सचिव गिरिले अनलाइनखबरसँग भने ।एनसेलमा ८० प्रतिशत स्वामित्व रहेको विदेशी कम्पनीको शेयर बिक्रीका क्रममा कानुनी प्रक्रिया मिचिएको वा कर छली भएको हुनसक्ने भन्दै सार्वजनिक लेखा समितिले यसबारे छलफल गर्न लागेको हो ।समिति सभापति श्रषिकेश पोखरेलका अनुसार एनसेलको शेयर बिक्री छानबिन नै गर्ने तयारीमा सार्वजनिक लेखा समिति छ । नियामक निकायबाट विवरणहरु…
सरकारले आमनागरिकलाई स्वास्थ्य सेवा सुनिश्चित गर्न ९८ प्रकारका औषधि निःशुल्क दिने कार्यक्रम सफल भएको छैन। स्वास्थ्य मन्त्रालयका अनुसार सरकारले निःशुल्क गरेका सबै औषधि उपलब्ध हुन् नसकेका कारण लक्ष्यअनुसारको सेवा प्रदान गर्न नसकिएको उल्लेख छ। जनसांख्यिक स्वास्थ्य सर्वेक्षण सन् २०२२ ले पनि यो कार्यक्रम १.३ प्रतिशत मात्रै प्रगति भएको देखाएको थियो। सरकारले दुर्गम जिल्लाका अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उत्प्रेरित गर्न ‘एक चिकित्सक, एक स्वास्थ्य संस्था कार्यक्रम’ घोषणा गरेको थियो। उक्त कार्यक्रम गोरखा अस्पताल र डडेलधुरा अस्पतालमा मात्रै लागू भएको छ। यसैले उक्त कार्यक्रम पनि त्यति सफल भएको देखिदैन। यस्तै सिकलसेल एनिमियाको निःशुल्क उपचार गर्ने घोषणा गरिएको कार्यक्रम १० वटा अस्पतालमा…
थाइल्याण्ड सरकारको सहयोगमा रौतहटको चन्द्रपुर नगरपालिका १ मा रहेको गोल्मा राजा बौद्ध बिहारमा बुद्धको मूर्ति स्थापना गरिएको छ।झण्डै २ करोडको लागतमा बनेको बुद्धको मूर्ति बनाउँन थाइ सरकारले सहयोग गरेको हो। नेपाली सेना तथा स्थानीय बासिन्दाको पहलमा बिहारमा साडे ९ फिट उचाई भएको बुद्धको मूर्ति स्थापना गरिएको चन्द्रपुर १ का स्थानियहरुले जानकारी दिए। सो स्थानमा रहेको गोल्मा राजाको दरबारको भग्नावषेशलाई पुनर्निर्माण गरेर बिहार क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्यले बुद्धको मूर्ति स्थापना गरिउको उनले बताए। उक्त स्थानमा करिक ३ सय वर्ष पहिला सेन बंशका राजाको दरबार रहेको इतिहारकारहरुको भनाई छ।
सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आजदेखि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतमा दर्ता भएका करिव एक दर्जन रिट निवेदनमाथि एकसाथ सुनुवाइ गर्ने तयारी भएको हो ।यसअघि अन्तरिम आदेश दिन अस्विकार गरेको एकल इजलासले मुद्दालाई प्राथमिकतामा राखी सुनुवाइका लागि आजको मिति तोकेको थियो ।प्रतिबन्धको निर्णयको बचाउ गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सञ्चार मन्त्रालय लगायतले टिकटकबाट सामाजिक सद्भाव बिथोलिएको र मर्यादामा आँच आएकाले सरकार बाध्य भएर प्रतिबन्धको निर्णयमा पुगेको दावी गरेका छन् ।सोमबारमात्रै सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले आवश्यक परे कानूनमा नियमनको व्यवस्था राखेर प्रतिबन्धमाथि पुनर्विचार गर्न सकिने बताएका थिए ।
आफूमाथि करिव ५८ अर्ब रुपैयाँ कर निर्धारण गर्ने ठूला करदाता कार्यालयको निर्णय विरुद्ध एनसेलले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतमा मंगलबार सुनुवाइका लागि पेशी तोकिएको छ । एनसेलले त्यतिबेला आफूमाथि थालिएको कर निर्धारण तत्काल रोकिपाउँ भनी निवेदन दिएको थियो । करिव तीन वर्षअघि दर्ता भएको रिट निवेदन यसअघि महान्यायाधिवक्ताको कार्यालयको निवेदन अनुसार स्थगित हुँदै आएको थियो ।एनसेलले दायर गरेको मुद्दा अन्तर्राष्ट्रिय मध्यस्थकर्ताकोमा विचाराधीन रहेको भन्दै महान्यायाधिवक्ता कार्यालयले रिट निवेदन माथिको सुनुवाइ स्थगित गर्न अनुरोध गर्दै आएको थियो । एनसेलले कर निर्धारण विरुद्ध लगानी सम्बन्धी विवाद समाधान गर्ने निकाय इन्टरनेशनल सेन्टर फर द सेटलमेन्ट अफ इन्भेष्टमेन्ट डिस्प्यूट(आईसीएसआईडी)मा मुद्दा दायर गरेको थियो…