तितो सत्य

एनसेलको मुख्य कम्पनीको रूपमा रहेको मलेसियन दूरसञ्चार कम्पनी एक्जियटा बर्हार्डले एनसेलबाट बाहिरिने निर्णय गरेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै आजियाटाले एनसेलबाट बाहिरिने गरी यसको सम्पत्ति बिक्रीमा राखेको जनाएको हो । एक्जियटाले यस निर्णयबारे स्थानीय नियामकलाई जानकारी गराइसकेको छ। नेपालको आर्थिक अवस्था दिन प्रतिदिन चुनौतीपूर्ण बन्दै गएकोले नेपालबाट बाहिरिने निर्णय गरेको एक्जियटाले नियामकलाई भनेको छ। नेपालबाट बाहिरिने निर्णयले एक्जियटालाई थप मजबुत बनाउने र दीर्घकालीन रूपमा लगानीकर्तालाई फाइदा हुने विश्वास कम्पनीले व्यक्त गरेको छ। कम्पनी स्रोतका अनुसार एक्जियटाले बिक्री गर्ने सेयर नेपाली साझेदारहरू सतिशलाल आचार्य र सचिनलाल आचार्यले किन्ने तय भएको छ। हाल एनसेलमा आचार्यद्वयको २० प्रतिशत सेयर छ। एनसेलको सम्पत्ति…

Read More

महानगरपालिकाले प्लास्टिकमा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा पूर्ण निषेध गरेको छ । काठमाडौं महानगरपालिका, स्वास्थ्य विभागले मंगलबार सार्वजनिक आह्वान जारी गर्दै अबको १५ दिनपछि लागु हुने गरी आफ्नो क्षेत्रभित्र प्लास्टिकमा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पान–पराग वा यस्तै प्रकृतिका सुर्तीजन्य पदार्थको बिक्री वितरण पूर्ण रुपमा निषेध गरिएको जानकारी गराएको छ । हुक्का निषेध गर्ने तयारी महानगरले पहिलो चरणमा प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थ र गुट्खाको बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाउने घोषणा गरेको छ । दोस्रो चरणमा महानगर भित्र हुक्का निषेध गरिने उनले जानकारी दिए । महानगरभित्र सञ्चालनमा रहेका सबै रेष्टुरेन्ट, बारमा हुक्का प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने तयारी महानगरले गरेको उनले बताए…

Read More

अन्नभण्डारका रूपमा रहेको मधेश प्रदेशमा कृषिकर्म गर्नेमध्ये ४३ प्रतिशत किसान परिवारलाई आफ्नो उत्पादनले वर्षभरि खान नपुग्ने गरेको पाइएको छ।राष्ट्रिय कृषि गणना-२०७८ अनुसार, मधेशमा सात लाख ३८ हजार ३४० कृषक परिवारमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नै उत्पादनले वर्षभरि खान नपुग्ने गरेको पाइएको हो। नेपालको कुल जनसङ्ख्यामध्ये ६१ लाख १४ हजार ६०० जनसङ्ख्या अर्थात् ११ लाख ५६ हजार ७१५ परिवार बसोबास गर्ने मधेश प्रदेशमा सात लाख ३८ हजार ३४० अर्थात् ६३.८ प्रतिशत परिवार कृषक रहेको तथ्याङ्क छ।प्रदेशका आठ जिल्लामा छरिएर रहेका कृषक परिवारले चार लाख ९२ हजार ४९७ हेक्टरमा कृषिकार्य गर्ने गरेकामा ५७ प्रतिशतलाई मात्रै आफ्नै कृषि उत्पादनले वर्षैभरि खान पुग्ने गरेको कृषि…

Read More

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा काठमाडौं जिल्ला अदालतले सुनाएको थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमा उच्च अदालत पाटनमा सुनुवाइ जारी छ। गत सातादेखि सुरु भएको सुनुवाइअन्तर्गत निवेदकका कानुन व्यवसायीले बहस गरिरहेका छन्।

Read More

पानी पिउदा पनि धेरै समस्याको समाधान हुन्छ। अधिकांश रोग पेटमा नै उत्पन्न हुन्छन् त्यसैले खाली पेटमा पानी खानुको अर्थ धेरै छ। यसको प्रमुख फाइदा पेट स्वस्थ बनाउनु हो। खाली पेट पानी खादा स्वास्थ्यमा फाइदा हुने तथ्य सर्वप्रथम जापानमा प्रमाणित भएको हो। प्राय जापानीजले बिहान उठ्नेवित्तिकै पानी पिउछन। पानी पिएको आधा घन्टापछि मात्र ब्रेकफास्ट लिन्छन्। यो वाटर थेरापीले उनीहरुलाई सक्रीय र स्वस्थ रहन मद्दत गरिरहेको छ। खाली पेट पानी पिउदा करिब ९० प्रतिशत रोगबाट बच्न सकिन्छ। यसमा पनि मनतातो पानी उपर्युक्त हुन्छ। आन्द्रामा फ्लस खाली पेट प्रशस्त पानी पिउँदा पेटका विकार शौचमार्फत जाने र पेट सफा हुन्छ। यसले पाचन प्रणालीलाईपनि सहयोग…

Read More

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् । बुधबार (भोलि) दिउँसो १ बजे सभापति देउवा निवास धुम्बाराहीमा बैठक बस्ने भएको छ । महासमिति बैठकको तयारी र विभाग गठनका विषयमा छलफल गर्न सभापति देउवाले बैठक आव्हान गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।कांग्रेसले महासमिति बैठक पुस १६ देखि १९ सम्म काठमाडौंमा गर्ने गरि मिति तय गरिएको छ । विधान अनुसार महाधिवेशन नभएको वर्ष महासमिति बैठक गर्नुपर्ने व्यवस्था छ ।४८ बाट बढाएर ७० विभाग पुर्याइएको छ । सभापतिमा निर्वाचित भएको ६ महिनाभित्र विभाग गठन गरिसक्नु पर्ने भएपनि हालसम्म १७ विभागका प्रमुख तोकिएको छ । प्रचार…

Read More

सरकारले एकैपटक ७१ जना सहसचिवहरूको सरुवा गरेको छ । मन्त्रिपरिषदको ७ मंसिरमा बसेको बैठकको निर्णयअनुसार ७१ जना सहसचिवहरुको सरुवा भएको हो । सरकारले करिब एकैपटक संघ, प्रदेश र स्थानीय तहमा ठूलो संख्यामा सहसचिव हेरफेर गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह, रक्षा,अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा विज्ञान तथा प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति, श्रम रोजगार तथा सामाजिक सुरक्षा, भूमि व्यवस्था तथा सहकारी, शहरी विकास लगायतका मन्त्रालयहरूमा नयाँ सहसचिवहरुलाई ल्याइएको छ ।विभिन्न प्रदेशका मुख्यमन्त्री कार्यालय र मन्त्रालयहरुमा पनि नयाँ सहसचिवहरु पठाइएको छ । वीरगञ्ज महानगरपालिकामा मातृका भट्टराई नयाँ प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएका छन् ।एक महिनाअघि नै…

Read More

औषधीय गुणले युक्त तुलसीको विवाह दामोदरसँग गरी हरिबोधिनी एकादशी पर्व आज देशभर मनाइएको छ । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोादरसँग विवाह गरिएको हो । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विशेष पूजा आराधना गरिन्छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझिने भएकाले यो एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिएको हो…

Read More

निर्वाचन आयोगले आगामी फागुन २० गते समाप्त हुने राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ ११ गते बिहीबार गर्ने गरी मिति तोक्न बिहीबार नेपाल सरकारलाई परामर्श दिएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाललाई आयोगका पदधिकारीले भेटेर उक्त परामर्श दिएका हुन् । प्रधानमन्त्री दाहालले आयोगको सिफारिस गरेकै मितिमा निर्वाचनको हुने बताएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । नेपालको संविधानको धारा ८६ को उपधारा (३) बमोजिम राष्ट्रियसभाका एक तिहाई सदस्यको पदावधि २०८० फागुन २० गते समाप्त हुन लागेको र राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले (माघ १५ गते सम्म) निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था छ । आगामी फागुन २० गते निर्वाचित…

Read More

सर्वोच्च अदालतले टीकापुर घटनामा संलग्न रेशम चौधरीबाहेक अरु तीन जनाको कैद सजाय छुट गर्नुको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले २०७२ भदौ ७ मा कैलालीको टीकापुरमा ८ सुरक्षाकर्मी र एक नाबालकको हत्याको घटनामा दोषी ठहर भएका हरिनारायण चौधरी, वीरबहादुर चौधरी र प्रदीप चौधरीको कैद छुट गर्ने सरकारको निर्णयबारे लिखित जवाफ माग गरेको हो ।संविधान दिवशको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर घटनामा दोषी ठहर भएका हरिनारायण चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरीलगायतका व्यक्तिको कैद छुट गरेका थिए ।सरकार र राष्ट्रपतिको उक्त निर्णयको विरुद्ध टीकापुर घटनामा हत्या गरिएका प्रहरीका परिवाका सदस्य शारदा कठायत र…

Read More