दुर्गा प्रसाईको नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाँअभियान, नेपाल द्वारा आयोजित मंसिर ७ को शान्तिपुर्ण गरिएको कार्यक्रम मा प्रहरी द्वारा लाठिचार्ज ,अश्रुग्यासँ मा परि धर्मनिरपेक्षता खारेजि अभियान का अध्यक्ष तथा सर्वोच्च अदालत मा मस्जिदमा लगाईएको लाऊड स्पिकर र नेपालमा कुरान वाचन एवं बिक्रिवितरण मा रोक,प्रतिवन्ध का लागि रिट पेश गर्ने डा.राजिव कुमार झा र धर्मनिरपेक्षता खारेजि अभियान कै अभियन्ता राजु जैसवाल काठमाण्डौमा भएको कार्यक्रमा घाईते भएका छन । प्रहरीको लाठीचार्जबाट डा.झा को हातमा गहिरो चोट,कान्छि औला भाचिएको छ भने खुट्टामा समेत चोट लागेको छ । त्यसैगरि राजु जैसवाल को खुट्टा र ढाडमा चोट लागेको छ भने राप्रपा…
तितो सत्य
काठमाडौंको बल्खुमा बिहीबार दुर्गा प्रसाईं नेतृत्वको समूहले प्रदर्शन गरेको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउका लागि भन्दै प्रसाई समूहले प्रदर्शन गरेको हो । काठमाडौंको विभिन्न ठाउँबाट बल्खुमा पुगेका प्रदर्शनकारीले चक्रपथमा यातायात अवरुद्ध गरेका छन् ।उनीहरुले राष्ट्रिय झण्डासहित प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण चक्रपथमा यातायात सञ्चालन हुन सकेको छैन । प्रदर्शनकारीहरु बल्खुबाट माइतीघरतर्फ जाने भन्दै कालीमाटीतर्फ अघि बढ्न खोजेपछि प्रहरीले रोकेको छ । त्यस क्रममा प्रहरीसँग धकेलाधकेल भएको छ ।प्रसाईं समूहले काठमाडौंको माइतीघरमा प्रदर्शनको कार्यक्रम राखे पनि सरकारले त्यहाँ निषेधित घोषणा गरेर बल्खुमा प्रदर्शनस्थल तोकेको थियो । जनप्रशासन क्याम्पसबाहिरको सडकमा प्रदर्शनको लागि तोकेपनि प्रदर्शनकारीहरु चक्रपथमा आएका थिए…
काठमाडौंको बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप भएको छ । बल्खुमा चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो ।प्रदर्शनस्थलमा दुर्गा प्रसाईंले सम्बोधन गरेपछि एक व्यक्तिले मञ्चबाटै निषेधित क्षेत्र तोडेर त्रिपुरेश्वरतर्फ जाने घोषणा गरेका थिए ।त्यसपछि प्रदर्शनकारीको समूह बल्खुचोकबाट कालिमाटी हुँदै त्रिपुरेश्वर आउने सडकतर्फ अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको हो ।प्रदर्शनकारीलाई लखेट्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेको छ ।
‘राष्ट्र,राष्ट्रियता,धर्म,सस्कृति र नागरिक बचाऊ महाअभियान’ प्रसाई नेतृत्वको नेतृत्वमा आगामी मंसिर ७ गते हुन लागेको प्रदर्शनलाई सरकारले स्थान तोकिदिएको छ । प्रसाई नेतृत्वको ‘राष्ट्र,राष्ट्रियता,धर्म,सस्कृति र नागरिक बचाऊ महाअभियान’लाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले बल्खुमा कार्यक्रम गर्न दिने निर्णय गरेको हो । सोमबारदेखि माइतीमण्डलामा काठमाडौं प्रशासनले निषेधाज्ञा जारी गरेको छ । मंसिर ७ गते नै घोषणा गरेको नेकपा एमाले निकट युवासंघले पनि तीनकुनेमा कार्यक्रम गर्ने भएको छ । संघका अध्यक्ष क्षितिज थेबेले सोमबार एक सुचना जारी गरेर स्थान सारेको जानकारी दिएका हुन् ।
माइतीघर मण्डलामा निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता स्वागत नेपालले बिनाहातहतियार शान्तिपूर्ण रूपमा भेला हुने नागरिकको अधिकार कुण्ठित गर्न निषेधाज्ञाको निर्णय गरिएको भन्दै रिट निवेदन दर्ता गराएका हुन् । उनले रिट निवेदनमा स्थानीय प्रशासनको निर्णय बदर गरी निषेधाज्ञाको निर्णय खारेज हुनुपर्ने र नागरिकले शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न पाउनुपर्ने माग राखेका छन् । सर्वोच्च अदालत प्रशासनले बुधबारका लागि निवेदनको प्रारम्भिक सुनुवाइ हुने मिति तोकेको छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला सुरक्षा समिति, काठमाडौंले गरेको सिफारिसका आधारमा सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म निषेधित क्षेत्र तोक्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए ।प्रशासनको निर्णय अनुसार, पद्यमोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चौरतर्फ निषेधित क्षेत्र घोषणा गरिएको छ । त्यस्तै, माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म पनि निषेधित क्षेत्र घोषणा गरिएको छ ।निषेधित क्षेत्र घोषणा भएसँगै यो स्थानमा ५ जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभा लगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न पाइने…
एजेन्सी । टर्की प्रहरीले इस्तानबुलमा १७ जना आईएस संदिग्धलाई पक्राउ गरेको छ । टर्की काउन्टर टेरर पुलिसले इस्तानबुलमा गरेको अपरेसनमा इस्लामिक स्टेट (आईएस) समूहसँग संवद्ध १७ संदिग्धलाई पक्राउ गरेको इहलास समाचार एजेन्सीले जनाएको छ । पुलिसले आइएस चरमपन्थीसँग सम्बन्ध रहेको र समूहको विचारधाराअनुरूप तालिम प्रदान गरेको आशंकामा विदेशीहरूलाई लक्षित गरी नौ जिल्लाहरूमा छापा मारेको इहलासले बताएको छ । उनीहरूले १७ संदिग्धलाई नियन्त्रणमा लिएका छन् भने ठूलो मात्रामा कागजात र डिजिटल सामग्री बरामद गरेको बताएका छन् । टर्किले २०१३ मा आईएसलाई आतंककारी समूहको रूपमा सूचीवद्ध गरेको थियो । चरमपन्थी समूहले धेरै पटक आक्रमण गरेको छ । जवाफमा टर्की अधिकारीहरूले देश र…
आईसीसी क्रिकेट विश्वकपको उपाधिका लागि घरेलु टोली भारत र अष्ट्रेलियाबीच आज प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल अहमेदवादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।भारतले पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७० रनले पराजित गर्दै १२ वर्षपछि एकदिवसीय विश्वकपको फाइनलमा स्थान बनाएको हो ।यस्तै अष्ट्रेलियाले दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई तीन विकेटले पराजित गर्दै भारतसँग फाइनल भेट पक्का गरेको थियो ।फाइनल पुग्ने क्रममा अपराजित भारतले १० मध्ये १० वटै खेल जितेको थियो । यस्तै लिग चरणमा सुरुवाती दुई खेलमा पराजित अष्ट्रेलियाले त्यसपछि लगातार ७ खेल जितेर सेमिफाइनलमा पुगेको थियो ।लिगमा तेस्रो भएको अष्ट्रेलियाले दोस्रो भएको दक्षिण अफ्रिकालाई पराजित गर्दै…
छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ । ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् ।विशेषगरी तराई मधेशको क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रका मानिसले साथै मुस्लिम समुदायले समेत मनाउँदै आएको पाइन्छ अन्य क्षेत्र समुदायले मनाउँदा सामाजिक सद्भाव र एकता समेत बढेको छ।छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।
मानव शरीर कोषिकाहरुले बनेको हुन्छ। जन्मिदा हामी साना थियौँ। कोषिकाहरु बढ्दै गएर हामी ठूलो हुन्छौँ। जिवित प्राणीहरुमा कोषिका बढ्ने क्रम जारी हुन्छ। तर धेरै बढ्नु क्यान्सर हुनु हो। कोषिकाहरु सय, हजार, लाख हुँदै बढ्दै जाने तर नियन्त्रण भएन भने त्यसलाई क्यान्सर भनिन्छ । क्यान्सर कुनै भाइरस इन्फेक्सन र वंशाणुगत पनि हुन्छ । कोषिकाहरु बढेर एकबाट अर्को ठाउँमा फैलिर्दै जानुलाई क्यान्सर भनिन्छ । क्यान्सर शरीरको जुन पनि भागमा हुनसक्छ। कान, गाला, हड्डी, छाती, रगत, स्तन, पेट जस्ता शरीरका अंगमा क्यान्सर हुनसक्छ।डब्लूबीसी अर्थात ह्वाइट ब्लड सेल्स बढ्दै गयो भने ब्लड क्यान्सर हुन्छ। ब्लड क्यान्सर हुनुअघि शरीरमा केही यस्ता लक्षणहरु देखिन्छन् । जसलाई…