काठमाडौं, वैशाख १३ – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा राष्ट्रियताको पक्षमा स्पष्ट र दृढ अडान लिन पार्टी सांसदहरूलाई निर्देशन दिएका छन्। शनिबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको नेकपा एमाले संसदीय दलको बैठकमा सांसदहरूलाई प्रशिक्षण दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रहितका विरुद्ध उठाइने कुनै पनि गलत अभिव्यक्तिको संसद्मै तत्काल प्रतिवाद गर्न आह्वान गरे। बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले राष्ट्रियताको विषयमा कुनै पनि ढिलासुस्ती वा अलमल नगरी स्पष्ट धारणा प्रस्तुत गर्न सांसदहरूलाई निर्देशन दिएका हुन्। उनले भने, ‘‘हामीले राष्ट्रियताको पक्षमा स्पष्ट दृष्टिकोण राख्नुपर्छ, अडान राख्नुपर्छ, र निर्भीक रूपमा उभिनुपर्छ।’’ राष्ट्रलाई कमजोर पार्ने, विभाजित गर्ने वा राष्ट्रिय हितमा आघात पुर्याउने कुनै पनि…
तितो सत्य
काठमाडौँ — सुप्रिम सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनासम्बन्धी आदेशमा सर्वोच्च अदालतले स्पष्टीकरण मागेको छ। रुपन्देही जिल्ला अदालतले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएपश्चात उच्च अदालत तुलसीपुर, बुटवल इजलासले सो आदेश उल्टाउँदै उनलाई थुनामा पठाउने निर्णय गरेको थियो। उक्त आदेश विरुद्ध लामिछानेले सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गराएका थिए। उनको निवेदन सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा परेको छ। प्रारम्भिक सुनुवाइपछि इजलासले उच्च अदालतको आदेशको स्पष्ट कारण खुल्ने विवरणसहित कैफियत प्रतिवेदन पेश गर्न आदेश दिएको हो। उच्च अदालतको आदेशमा भनिएको छ, “लामिछानेलाई थुनाबाहिर राखेर मुद्दा…
काठमाडौं, वैशाख २९ — देशभर हाल पश्चिमी वायु प्रणाली तथा स्थानीय वायुले प्रभाव जमाइरहेको छ भने अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत असर देखिएको मौसमविद्हarूले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार हालको वायुप्रणालीको प्रभावले विभिन्न भागमा बदलीदेखि वर्षा र हिमपातसम्मको अवस्था देखिएको छ। शनिबार देशका पहाडी भेगहरूमा आंशिकदेखि साधारण बदली रहने अनुमान गरिएको छ। बाँकी भू-भागहरूमा आंशिकदेखि सामान्य सफा मौसम रहने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हाल हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी प्राप्त भएको छ। महाशाखाका अनुसार शनिबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसँगै अन्य पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने…
तीनकुने घटनासँग जोडिएर पक्राउ परेका प्रमुख अभियुक्त दुर्गा प्रसाईँलाई काठमाडौंको जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइएको छ। उनलाई भारतको असम राज्यबाट शुक्रबार नेपाल ल्याइएपछि प्रहरीले औपचारिक रूपमा नियन्त्रणमा लिएको हो। काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) अपिल बोहराले जानकारी दिँदै प्रसाईँमाथि राज्यविरुद्धको अपराध र संगठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइने बताएका छन्। उनका अनुसार सरकारी वकिल कार्यालयमा प्रक्रिया पूरा भएपछि आजै प्रसाईँलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने तयारी भइरहेको छ। अदालतमा पेश गरेर प्रहरीले अनुसन्धानका लागि म्याद थपको अनुमति माग्ने योजना बनाएको छ। तीनकुनेस्थित डिओभी क्षेत्रमै भएको विवादास्पद घटनापछि फरार रहेका प्रसाईँलाई बिहीबार भारतको असम प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीमाथि गम्भीर…
काठमाडौं, चैत २९ – पछिल्लो समय विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ गरिएको भनी फैलिएको समाचारप्रति नेपाल प्रहरीले गम्भीर ध्यानाकर्षण जनाएको छ। प्रहरी महानिरीक्षकको कार्यालयले बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै प्रसाईं पक्राउ परेका छैनन् भनी स्पष्ट पारेको छ। “नेपाल प्रहरीको विभिन्न स्रोत उल्लेख गर्दै दुर्गा प्रसाईं पक्राउ शीर्षकमा प्रकाशित-प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा उल्लेख छ, “प्रसाईं विभिन्न आपराधिक घटनामा संलग्न रही फरार रहेका व्यक्ति हुन्, र हाल उनी प्रहरीको खोजी सूचीमा छन्।” विज्ञप्तिमा थप भनिएको छ, “हालसम्म नेपाल प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गरेको छैन। त्यसैले यस्ता भ्रामक समाचार प्रकाशित, प्रसारित नगर्न हार्दिक अनुरोध…
⸻ काठमाडौं, चैत २७ – नेपाल–भारत हिन्दू मैत्री समाजका अध्यक्ष डा. राजीव झाले हालै मधेसमा देखिएको जनचेतनाको लहरले देशमा धर्मनिरपेक्षता र गणतान्त्रिक व्यवस्थाको यथार्थमा अन्त्येष्टि भइसकेको दावी गरेका छन्। राष्ट्रिय सहारा दैनिकसँगको विशेष कुराकानीमा उनले मधेसमा भइरहेका जनप्रदर्शन र राजनीतिक गतिविधिहरूले वर्तमान गणतन्त्रप्रति जनताको वितृष्णा र विकल्पको खोजी तीव्र बनेको प्रस्ट पारे। उनले मधेसी जनताले अब संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातान्त्रिक प्रणालीको पुनर्स्थापनाको पक्षमा उभिन थालेको उल्लेख गरे। डा. झाका अनुसार, मधेसी जनताले लामो समयदेखि विभिन्न आन्दोलनमार्फत आफ्ना मागहरू राख्दै आएका भए तापनि, पछिल्ला १७–१८ वर्षमा मधेसवादी दलहरूले ती मागहरू पूरा गराउने नाममा केवल राजनीतिक सौदाबाजी र सत्ताका लागि खेल…
टेक्सास राज्यबाट अमेरिकी प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने डेमोक्र्याट सांसद अल ग्रीनले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोगको प्रस्ताव ल्याउने घोषणा गरेका छन्। उनले आगामी ३० दिनभित्र यो प्रस्ताव संसदमा पेस गर्ने स्पष्ट गरेका हुन्। देशभर ट्रम्प र उद्यमी इलन मस्कविरुद्ध भइरहेका प्रदर्शनहरूलाई सम्बोधन गर्दै ग्रीनले ट्रम्प राष्ट्रपति बन्न अयोग्य रहेको दाबी गरेका छन्। उनले वाशिङ्टन डीसीमा आयोजित ‘ह्याण्ड्स अफ’ प्रदर्शनमा सम्बोधन गर्ने क्रममा ट्रम्पविरुद्ध कडा टिप्पणी गरे। अमेरिकी मिडियाका अनुसार, सो विरोध प्रदर्शनमा करिब ६ लाख नागरिक सहभागी भएका थिए। ग्रीनले ट्रम्पको सत्तालाई बाइबलको कथामा उल्लेख भएको विशालकाय योद्धा ‘गोलियथ’ सँग तुलना गर्दै भने, “उहाँसँग सेनाका प्रमुखहरू, न्याय मन्त्रालय र पार्टीको समर्थन छ,…
प्रधानमन्त्री केपी शर्मा ओली आज अर्घाखाँचीको पाणिनी क्षेत्रतर्फ प्रस्थान गर्दै छन्। पाणिनी तपोभूमिमा आयोजना हुने सम्मेलनको उद्घाटन गर्न उनी बिहान ११:३० बजे हेलिकप्टरमार्फत काठमाडौंबाट त्यसतर्फ जान लागेका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार, सम्मेलनमा सहभागी भएर उनी आजै काठमाडौं फर्किनेछन्। राजधानी फर्किएपछि प्रधानमन्त्री ओलीले नेपाल चेम्बर अफ कमर्शको ७४औं वार्षिक साधारणसभाको उद्घाटन समारोहमा पनि सहभागी हुने कार्यक्रम रहेको छ।
देशका विभिन्न प्रदेशमा हालसालै हल्कादेखि मध्यम खालको वर्षा मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही जिल्लामा वर्षा भएको छ भने उच्च पहाडी र हिमाली भेगमा हिउँसमेत पर्न सक्ने सम्भावना रहेको छ। कोशी प्रदेश अन्तर्गत संखुवासभा र सोलुखुम्बुमा वर्षा मापन भएको छ।बागमती प्रदेशमा दोलखा, सिन्धुपाल्चोक र रसुवामा पानी परेको छ।गण्डकी प्रदेशमा कास्की, बाग्लुङ, म्याग्दी र पर्वतमा वर्षा रेकर्ड गरिएको छ।लुम्बिनी प्रदेशमा रोल्पा, प्युठान र पाल्पामा पनि वर्षा भएको देखिएको छ।कर्णाली प्रदेशका केही स्थानहरूमा समेत वर्षा मापन भएको विभागले जनाएको छ। गत २४ घण्टाको तथ्यांक अनुसार म्याग्दीको मुना स्टेसनमा सबैभन्दा बढी ३२.६…
काठमाडौं, चैत २६ – काठमाडौंमा आज विभिन्न संघसंस्थाले विरोध प्रदर्शन गर्ने भएपछि राजधानीका विभिन्न क्षेत्रमा ट्राफिक डाइभर्सनको व्यवस्था मिलाइएको छ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज बल्खु क्षेत्रमा प्रमुख विरोध कार्यक्रम गर्न लागेको हो। राप्रपाले राजधानीका विभिन्न स्थानबाट र्याली निकालेर बल्खुमा विरोधसभा गर्ने तयारी गरेको छ। उक्त कार्यक्रममा उल्लेख्य संख्यामा कार्यकर्ता सहभागिता जनाउने भएकाले ट्राफिक प्रहरी महाशाखाले सवारी आवागमनलाई व्यवस्थित गर्न वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ। डाइभर्सन हुने क्षेत्रहरूट्राफिक प्रहरीका अनुसार, बल्खु क्षेत्रमा हुने र्यालीलाई मध्यनजर गर्दै निम्न मार्गहरूमा सवारी साधन डाइभर्सन गरिनेछ:• खसीबजार–मकालु–कलंकी चोक–बाफल• बल्खु चोक–कुलेश्वर–कालिमाटी चोक–टेकु• कीर्तिपुर–सुन्दरीघाट–सानेपा हुँदै एकान्तकुना साथै, आवश्यकता अनुसार थप मार्गहरू पनि डाइभर्ट गरिनेछ:• त्रिपुरेश्वर–बालाजु–हलचोक–नैकाप…