तितो सत्य

कर्तव्य ज्यान तथा डाँका मुद्दामा पुर्पक्षका लागि राजविराज कारागारमा रहेका मधेश प्रदेशसभा सदस्य अनिरुद्ध प्रसाद सिंह यादव बिहीबार अदालतको आदेशले धरौटीमा रिहा भएका छन् । तीन घण्टा लामो थुनछेक बहसपछि उच्च अदालत जनकपुर–राजविराज इजलासका न्यायाधीशद्वय मुनेन्द्र प्रसाद अवस्थी तथा पूर्णप्रसाद राजवंशीको संयुक्त इजलासले जारी गरेको आदेशानुसार सिंह धरौटीमा रिहा भएका छन् । २०६४ साल असार ९ गते माओवादी नेता गोविन्द चौधरीको हत्या घटनामा संलग्न रहेको अभियोगमा भदौ १९ गते राजविराजबाट पक्राउ परेका प्रदेशसभा सदस्य यादवलाई सप्तरी जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि कारागार चलान गरिएको थियो । जिल्ला अदालतले गरेको आदेशविरुद्ध उनी उच्च अदालत जनकपुर–राजविराज इजलास पुगेका थिए । सप्तरीको प्रदेशसभा…

Read More

महोत्तरीबाट सम्पर्कविहीन भएका पाँचै जना किशोरी फेला परेका छन् । धनुषाको ढल्केवरस्थित चोकमा उनीहरु फेला परेको प्रहरीले जनाएको छ । औरही नगरपालिका वडा नम्बर २ स्थित फूलवरिया गाउँका पाँचै जना किशोरी मंगलबार दिउँसोदेखि सम्पर्कविहीन थिए । फेला परेका पाँचै जना किशोरीलाई अभिभावकको जिम्मा लगाइ घर पठाइएको छ । महोत्तरीको औरही नगरपालिका २ का १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया सङ्गीता सदा, १५ वर्षीया राजन सदा, २० वर्षीया रुबी सदा मंगलवारदेखि सम्पर्कविहीन भएका थिए । जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी एवं प्रवक्ता दीपक गिरीका अनुसार ती किशोरीहरू मंगलबार बिहान ११ बजे घरबाट हिँडेको र साँझ ५ बजेसम्म…

Read More

हेलिकोप्टरमा नेता–मन्त्रीको लस्कर, भूकम्पपीडितलाई रात काट्न सकस ५ दिनको अवधिमा सुर्खेतबाट मात्रै ३५ उडान जाजरकोट — शनिबारयता उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का दैनिकजसो नेपाली सेनाको हेलिकोप्टरबाट जाजरकोट र रुकुम पश्चिम उडिरहेका छन् । उनी त्यहाँ जाँदा हेलिकोप्टरमै हुन्छन्– कांग्रेसका प्रदेशस्तरीय नेताकार्यकर्ता । बिहीबार रक्षामन्त्री खड्का सेनाको एमआई सेभेन्टिनमार्फत प्रभावित क्षेत्र पुगे र झन्डै २ घण्टापछि सुर्खेत फर्किए । शुक्रबार मध्यरातिको भूकम्प प्रभावित जाजरकोटका १७ हजार परिवारले भने त्रिपाल र खाद्यान्नसमेत पाउन सकेका छैनन् । जाजरकोटमा ९ हजार घर पूर्ण रूपमा क्षति भएको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ । करिब २४ हजार घरमा आंशिक क्षति पुगेको छ । अहिलेसम्म १६ हजार ब्लांकेट, १७ हजार त्रिपाल र ३२ हजार…

Read More

सर्वोच्चको न्यायाधीशमा कांग्रेसले २ र माओवादीले एउटा कोटा मागे, गठबन्धनले भागबन्डा गरेमा पीपीएलएले अदालत र एमालेले संसदीय सुनुवाइ समितिबाट प्रतिवाद गर्ने काठमाडौं । सर्वोच्च अदालतमा रिक्त ७ न्यायाधीश नियुक्तिका लागि न्यायपरिषदमा छलफल शुरु भएको छ । विहीवारदेखि शुरु भएको परिषद बैठक सहमतिमा टुंगिए आजै साँझसम्म न्यायाधीशको नाम सिफारिस हुने एक सदस्यले बताए । न्यायाधीश नियुक्तिको छलफलमा जुट्नुपरेका कारण विहीवार प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ र वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलास तोकिएको थिएन । आज शुक्रबार पनि एक-एक वटा इजलासमात्र छन् । सर्वोच्च अदालतका एक तिहाइ न्यायाधीश खाली भइसक्दा पनि नियुक्तिको प्रक्रिया अघि बढ्न नसकेको भनेर आलोचना भइरहेको छ । सबैभन्दा धेरै मुद्दाको…

Read More

कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखिँदैछ । यसरी ल्याइएको भाँडाकुँडामा कात्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा गरिन्छ । यसरी पूजाआराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दू धार्मिक विश्वास छ । धनतेरसका दिन सुनचाँदीको गहना किनेर ल्याउने प्रचलन समेत छ । धार्मिक विश्वासकै कारण आज भाँडाकुँडा एवं गरगहना किन्नेको भीड लाग्ने गर्छ ।आजको दिनलाई धन त्रयोदशी, भाण्ड त्रयोदशी जस्ता नामले समेत चिनिन्छ । आजका दिन नयाँ भाँडा किनेमा लक्ष्मीले सधैं घरमा बास गर्छिन् भन्ने धार्मिक विश्वास छ । भाँडा पसलमा १ हप्ताअघिदेखि नै तामा, पित्तललगायत धातुका…

Read More

धनतेरस धनत्रयोदशी व्रत | धनतेरस । यमपञ्चक आरम्भ बडा दसैंको लगत्तै आउने नेपालीहरूको अर्को महत्त्वपूर्ण चाड तिहार सबैको घरदैलोमा आइसकेको छ। आजबाट यमपञ्चक सुरु भएको छ । यमपञ्चकको हरेक दिनको आ आफ्नै धार्मिक मान्यताहरू रहेका छन् । आज धन त्रयोदशी अर्थात् धनतेरस । विशेष गरी दीपावलीको किनमेलको लागि आजको दिन निक्कै उत्तम मानिन्छ । आजको दिन खरिद गरेका सामग्रीहरू राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी माता खुसी भई हामीलाई धनधान्यले सम्पन्न गराउने जनविश्वास छ । धन्तेरसको व्रत बसेर आज पवित्र मनले अनि शुद्ध चित्तले पूजा अर्चना गर्ने चलन छ । धन्तेरसको दिन कमलको पुष्पासनमा बसेकी माता लक्ष्मीजी र गणेशजीको मूर्ति, तस्बिर…

Read More

२४ कात्तिक, काठमाडौं । इजरायल अस्थायी संघर्षविरामका लागि तयार भएको छ । संघर्षविरामको अवधि चार घण्टासम्म मात्र रहने छ । यो जानकारी अमेरिकाले दिएको बीबीसीले जनाएको छ । ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले मिडियाहरुलाई बताएअनुसार यस प्रकारको युद्ध विरामको घोषणा तीन घण्टा अगाडि नै गरिने छ ।उनले भनेका छन्, ‘हामीलाई इजरायलले भनेको छ कि अल्पकालीन संघर्षविरामको बेला कुनै पनि प्रकारको सैन्य गतिविधि हुनेछैन र यो प्रक्रिया आजैबाट सुरु हुने छ ।’यसअघि इजरायली सेनाले भनेको थियो, अल्पकालीन अस्थायी विरामलाई संघर्ष विराम मान्नु गलत हुने छ ।प्यालेस्टिनी विद्रोही समूह हमासले गत ७ अक्टुबरमा इजरायलमा हमला गरेपछि इजरायलले युद्धको घोषणा गर्दै हमासविरुद्ध सैन्य…

Read More

२३ कात्तिक, काठमाडौं । आगामी फागुन २० गते राष्ट्रिय सभाका २० जना सांसद बिदा हुँदैछन् । रिक्त हुने पदका लागि एक महिना अगावै चुनाव गराउने निर्वाचन आयोगको तयारी छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार आयोगले आगामी माघ १०, ११ वा १२ गते निर्वाचन गर्न परामर्श दिएको छ । तर सरकारले निर्णय गरिसकेको छैन ।प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द आचार्यका अनुसार निर्वाचन आयोगसँग सरकारको राष्ट्रिय सभाको निर्वाचन गर्नुपर्ने समयसीमाका विषयमा छलफल भएको छ ।‘पदावधि सकिनुभन्दा एक महिना अगावै चुनाव गर्नुपर्ने कानुनी व्यवस्था छ । यसअनुसार आयोगसँग एक चरणमा छलफल भएको छ’ उनले भने । को-को हुँदैछन् विदा ? राष्ट्रिय सभा…

Read More

काठमाडौँ : अर्थ मन्त्रालयले चालु खर्च कटौतीका लागि भन्दै सबै मन्त्रालय, विभाग तथा निकायका लागि चालु आर्थिक वर्ष २०८०/८१ मा मितव्ययिताको मार्गदर्शन जारी गरेको थियो । मन्त्रालयले जारी गरेको मार्गदर्शनमा ‘कूटनीतिक महत्व र अन्तर्राष्ट्रिय सम्बन्धका कारण अनिवार्यरूपमा सहभागी हुनुपर्ने अन्तर्राष्ट्रिय सभा, सम्मेलन र अन्तरसरकारी बैठकमा मात्र सहभागी हुने व्यवस्था मिलाउनुपर्नेछ,’ भनिएको छ। देशको आर्थिक अवस्था कमजोर भएकाले अनावश्यक विदेश भ्रमण रोकेर राज्यको खर्च कटौती गर्न मार्गदर्शन जारी गरेको अर्थ मन्त्रालयका मन्त्री नै विदेश भ्रमण गर्नेहरूको लिष्टमा अगाडि देखिएका छन्। चालू आर्थिक वर्षको साउनदेखि हालसम्म साढे ३ महिनाको अवधिमा अर्थमन्त्री डा. प्रकाशशरण महतले चारवटा देशको भ्रमण गरेका छन् । यस अवधिमा…

Read More

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जोरमा रहेको सैन्य स्थल र हतियार डिपोमा आक्रमण गरेका कारण गम्भीर घाइते भएका लडाकूको सङ्ख्या अझै धेरै रहेको कारण मृत्यु हुनेको सङ्ख्या बढ्न सक्नेछ । पेन्टागनले इराक र सिरियामा अमेरिकी सैनिकमाथि भएको आक्रमणको जवाफमा अमेरिकी सेनाले पूर्वी सिरियाको एक क्षेत्रमा ‘आत्मरक्षाका लागि हवाई आक्रमण’ गरेको जनाएको छ ।

Read More