दशैंको समयमा एक किलो चिनी किन्न सर्वसाधारणहरु धादिङबाट काठमाडौं आएको कुरा सरकारको लागि लज्जाको विषय बन्नु पर्ने हो । तिहारको बेलामा पनि चिनीको उस्तै हाहाकार छ । बजारमा भइरहेको चिनीको हाहाकार शासकीय क्षमता नाप्ने एक कडी हो । गणतन्त्र स्थापना भएको १५ वर्षमा पनि जनता न्यूनतम् आधारभूत आवश्यकताबाट वञ्चित छन् । अहिलेको अक्षम नेतृत्वका कारण आम जनतामा वितृष्णा पैदा भएको छ, युवाहरू पलायन भएका छन् । समकालीन कुनै पनि नेताबाट उनीहरूले स्वदेशमा भविष्य देखेका छैनन् । अक्षम नेतृत्वको कार्यशैलीले आम जनतामा देखिएको निराशा र आक्रोश नै गणतन्त्रका लागि खतरा हो । गणतन्त्रका लागि खतरा दुर्गा प्रसाईं या रवीन्द्र मिश्रहरूबाट होइन…
तितो सत्य
१. प्रधानमन्त्रीलगायत मन्त्रिपरिषद्का सबै सदस्यहरुले भूकम्पपीडितका लागि एक महिनाको पारिश्रमिक उपलब्ध गराउने ।२. इन्धनमा लगाउँदै आएको पूर्वाधार शुल्कमध्ये ५ रुपैयाँ प्रतिलिटर बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि उपलब्ध गराउने व्यवस्था गर्ने ।३. नेपाल सरकारले नेपाल विद्युत् प्राधिकरणमार्फत कर्णाली चिसापानी जलविद्युत् आयोजनाको अध्ययन अघि बढाउने ।४. मोरङको विराटनगर, काठमाडौंको मूलपानी र चितवनको भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरव आयोजनाको रुपमा अघि बढाउन व्यवस्था मिलाउने ।५. निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका सम्बन्धमा सुझाव दिन गठित विज्ञ समूहको प्रतिवेदन कार्यान्वयनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने ।६. पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गरी शनिल नेपाललाई राजदूत नियुक्त गर्ने ।७. मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको सामाजिक…
१. रौतहट, मिति २०८०।०७।२० गते अं. १९:१३ बजेको समयमा जिल्ला रौतहट फतुवाबिजयपुर न.पा. वडा नं. ०५ स्थित रहेको भित्रि सडक खण्डमा ई.प्र.का. सन्तपुर रौतहटबाट प्र.ब.ना.नि. को कमाण्डमा खटिएको प्रहरी गस्ती टोलिले बिभिन्न सवारी साधन तथा पैदल यात्रुहरुलाई चेकजाँच गर्ने क्रममा पेटभर्वा देखी कटहरिया तर्फ जाँदै गरेको ना ३० प ९०५९ नम्वरको मो.सा.मा शंका लागि चेकजाँच गर्दा उक्त नं. को मो.सा. पछाडि सवार जिल्ला रौतहट कटहरिया न.पा. वडा नं.०३ बस्ने लंगड साह सोनारको छोरा वर्ष २६ को मिश्रीलाल साह सोनारले भिडने झोलाबाट निम्न परिमाणका चाँदी जस्तो देखिने गहनाहरू फेला परेकोमा, मो.सा. र मो.सा. चालक जिल्ला रौतहट कटहरिया न.पा. वडा नं.०३ बस्ने बिपत…
प्रेस विज्ञप्ति:- मिति २०८०।०७।२३ गते। —————————————— भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीले जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग रु. १,५०,०००।– घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निज नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीलाई सेवाग्राहीसँग रु.१,५०,०००।- (एक लाख पचास हजार रुपैयाँ) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा मिति २०८०।०६।१२ गते नियन्त्रणमा लिइएको थियो। अनुसन्धानको सिलसिलामा भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीका नायव सुब्वा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीको आपसी मिलोमतो तथा योजनामा अंशवण्डा नामसारी गरी दिएबापत सेवाग्राहीसँग रु.१,५०,०००।- (एक लाख पचास…
प्रेस विज्ञप्ति:- मिति २०८०।०७।२३ गते। सम्मानित विशेष अदालत, काठमाडौंमा विचाराधीन रहेको वादी नेपाल सरकार र प्रतिवादी टीकाराम ज्ञवालीसमेत भएको गैर-नेपाली नागरिकलाई नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री वितरण गरी भ्रष्टाचार गरेको मुद्दामा जग्गा बिक्रीकर्ता अनुप मेहरा भारतीय नागरिक भएको देखिन आएकोले निज नेपाल सरहदभित्र फेला परेका बखत कानून बमोजिम हुने भन्ने उल्लेख भएको र फरार भएका निज अनुप मेहरालाई पक्राउ गरी अनुसन्धान गर्दा गैर-नेपाली नागरिक अनुप मेहराले हदबन्दीबाट नेपाल सरकारको नाममा आउनुपर्ने जग्गाहरु भूमिसुधार कार्यालय नवलपरासीका तत्कालीन भूमिसुधार अधिकारीलाई प्रलोभनमा पारी मिलेमतो गरी गलत कागजातका आधारमा कानून विपरीत तीन परिवार संख्या कायम गरी गैर-कानूनी निर्णय गर्न लगाएको, सोही निर्णयलाई कार्यान्वयन…
२३ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको उमेर विवादमा छानबिन गर्न रक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । आयोग स्रोतका अनुसार, सञ्चारमाध्यममा आएका विवरण र आयोगमा समेत उजुरी परेपछि पाण्डेको उमेर विवादमा छानबिन गर्न तीन दिनअघि रक्षा मन्त्रालयलाई पत्राचार गरिएको हो ।‘प्रारम्भिक अध्ययनपछि छानबिन गर्न जरुरी देखिएकाले के कसो भएको भनी छानबिन गरेर त्यसको विवरण पठाउनु भनेर मन्त्रालयलाई पत्र लेखिएको छ’, आयोग स्रोतले अनलाइनखबरसँग भन्यो, ‘रक्षा मन्त्रालयमार्फत जंगीअड्डामा समेत छानबिन अघि बढाउन पत्र पुगिसकेको छ ।’रक्षा मन्त्रालयका स्रोतका अनुसार, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का पनि विवाद आएपछि यसमा छानबिन गरेर मात्र अघि बढ्नुपर्ने पक्षमा छन्…
२३ कात्तिक, काठमाडौं । टीकापुर घटनामा संलग्नहरुलाई गैरकानूनी रुपमा कैद मिनाहा गरी रिहा गरिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । घटनामा मारिएकाका आफन्तहरुले टिकापुर घटनामा संलग्न भएको आरोपमा दोषी ठहर भएका हरिनारायण चौधरी, वीरबहादुर चौधरी र प्रदिप चौधरीको कैद मिनाहा गर्ने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णय उल्ट्याउनुपर्ने माग गरी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् ।गत मंगलबार दर्ता भएको रिट निवेदनमाथि विहीबार न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासमा प्रारम्भिक सुनुवाइ हुँदैछ । रिट निवेदनमा शारदा कठायत र मन्धरा देवी विष्टले कानूनविपरीत भएको कैद छुट बदर हुनुपर्ने माग गरेका छन् ।उनीहरुले केही दिनअघि रिगल ढकालको मुद्दामा भएको आदेशलाई समेत…
सांसदहरूलाई आफ्नो स्वार्थ प्रत्यक्ष जोडिएको समितिमा बस्न संसद्ले पारित गरेको नियमले नै निषेध गरेको छ । दुर्भाग्य, प्रतिनिधि सभाका विभिन्न समितिमा भने स्वार्थ बाझिने सांसदहरूकै बोलवाला देखिन्छ । निजामती सेवाका कर्मचारीलाई राजनीतिक दलको सदस्य हुन त कानुनले नै रोकेको छ । उनीहरू पदमा रहुन्जेल कुनै पनि दलको समर्थक हुन पनि सक्तैनन् । दाङका प्रमुख जिल्ला अधिकारी भने एउटा पार्टीले मेलामा खेताला बन्न पुगेको समाचार छ । यसरी हाकाहाकी नियमको उल्लघन र नैतिकताको धज्जी उडाउने काम नेपालमा अहिले सामान्य प्रायः बन्न पुगेको छ । यस्ता नियम र नैतिकतालाई सोझै लत्याइएको देखेर राजनीतिक दलका नेताहरू र स्वार्थको द्वन्द्वमा जेलिएकाहरूबाहेक अरु सबै क्षुब्ध…
२३ कात्तिक, काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएकाहरुले ‘रिहा हुन पाऊँ’ भनी दर्ता गरेको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ स्थगित भएको छ । जिल्ला अदालत काठमाडौंले मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउनु भनी आदेश गरेका आरोपितहरु त्यसको बदरको माग गरेर उच्च अदालत पुगेका थिए । धरौटीमा छुटेकाहरुलाई थुनामै राखेर मुद्दा अघि बढाउनुपर्ने माग राखी सरकारी वकिल कार्यालयले पनि निवेदन दिएको छ ।न्यायाधीशहरु मुरारीबाबु श्रेष्ठ र कृष्णराम कोइरालाको इजलासमा मुद्दाको पेशी परेको थियो । तर सुनुवाइ स्थगित भएको छ ।
बारा मिति २०८०।०७।२३ गते बिहान अं.०८:०० बजेको समयमा जिल्ला बारा सिम्रौनगढ न.पा.वडा नं.११ भगवानपुर बस्ने रूलाल पटेलको छोरा अं.बर्ष ४० को उपेन्द्र पटेलले आफ्नो घर कोठामा अबैध रुपमा हतियार लुकाई छिपाई राखेको सूचना प्राप्त हुन साथ तत्काल ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट विशेष प्रहरी टोली खटि गई घर खनतलासी गर्दा कालो रंगको पोलिथिन झोला भित्र सेतो कपडाले बेरी लुकाई छिपाई राखेको निम्न उल्लेखित हातहतियार थान २ (दुई) र गोली राउण्ड थान १० (दश) बरामद गरि ५ (पाँच) जना व्यक्ति समेत नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भई रहेको व्यहोरा जानकारी गराईन्छ । बरामद हातहतियार:-१. रिभाल्वर थान १ (एक),…