तितो सत्य

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले बिहीबार विज्ञप्ति जारी गर्दै गत असोज ९ र १० गते सञ्चालन भएको कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको नतिजा प्रकाशित गरिएको जनाएको छ। परीक्षामा कुल एक लाख १७ हजार आठ सय ८२ विद्यार्थीले परीक्षा दिएकोमा जसमा ८८ हजार नौ सय ४७ अर्थात ७५ दशमलव ४५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। १५ जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डको भनाइ छ।

Read More

२३ कात्तिक, सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका वडा नं ५ का वडाध्यक्ष गजेन्द्र महतोलाई पूर्पक्षका लागि कारागार चलान गर्न सर्लाही जिल्ला अदालतले आदेश दिएको छ । अदालतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले वडाध्यक्ष महतोलाई ज्यान मार्ने उद्योगमा पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिए । उनका अनुसार केही महिनाअघि केही मानिस घाइते हुने गरी गाउँमै भएको कुटपिटको घटनामा वडाध्यक्ष महतोसमेत संलग्न रहेको भनी जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान उद्योगमा वडाध्यक्ष महतोविरुद्ध मुद्दा दायर भएको थियो । मुद्दा दायर भएदेखि फरार रहेका महतो अदालतमा आफैं उपस्थित भएपछि अदालतको इजलासले उनलाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश…

Read More

२३ कात्तिक, काठमाडौं । सरकारले युरोपको पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पोर्चुगलमा नेपाली दूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।सरकारले गएको कात्तिक पहिलो साता बसेको मन्त्रिपरिषद् बैठकले युरोपेली मुलुक पोर्चुगलमा आवासीय दूतावास खोल्ने निर्णय गरेको थियो । पोर्चुगलमा दूतावास खोल्ने विषयमा प्रश्न उठेका बेला सरकारले निर्णय गरेर पनि सार्वजनिक गरेको थिएन । सरकारले एकैपटक बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट राजदूत नियुक्त गरेको सूचना सार्वजनिक गरेको हो ।हाल नेपालका विभिन्न देशमा ३० आवासीय दूतावास, ३ स्थायी नियोग र ७ महावाणिज्य दूतावास गरी विदेशमा…

Read More

२३ कात्तिक, काठमाडौं । मधेश प्रदेशको सर्वदलीय प्रतिनिधिमण्डलले प्रहरी समायोजनसमितका ६ बुँदे माग राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । ३० दिनभित्र माग सम्बोधन नभए आन्दोलन गर्ने उनीहरुको चेतावनी छ । मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वमा आएको मधेश प्रदेशको सर्वदलीय प्रतिनिधि मण्डलले बिहीबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । टोलीले प्रहरी समायोजन ऐनअनुसार प्रहरी समायोजन गर्न र प्रमुख जिल्ला अधिकारीलाई प्रदेश सरकार मातहत आवश्यक निर्देशन र सहजीकरण गरिदिन आग्रह गरेको छ ।संघीय निजामती सेवा ऐन बन्न नसक्दा प्रदेशले कर्मचारी खटाउन नससकेको भन्दै ज्ञापनपत्रमा, प्रदेशमा खटिने सचिव प्रदेश सरकारको मातहतमा रहने र स्थानीय तहहरुमा खटिने प्रशासकीय अधिकृतहरुलाई प्रदेश सरकार मातहतमा रहने…

Read More

२३ कात्तिक, काठमाडौं । सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका पारित गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० संशोधनसहित पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।मन्त्रिपरिषदले निर्णय गरेपछि उक्त निर्देशिका कार्यान्वयनमा जानेछ । निर्देशिकाका विषय सार्वजनिक भइसकेको छैन । यद्यपि सरकारले सामाजिक सञ्जाल सञ्चालनलाई नियमन गर्न खोजेको सरकारी अधिकारीहरु बताउँछन् ।

Read More

राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको छ ।आज बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले यी ३ वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर निर्माण अघि बढाउने निर्णय भएको सरकारका प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएकाले सरकारले क्रिकेट रंगशाला निर्माणलाई प्राथमिकता दिएको मन्त्री शर्माले बताइन् ।यसअघि टी-२० विश्वकपमा छनोट भएका खेलाडीलाई बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएकाले सरकारले जुनसुकै हदसम्म गएर भए पनि रंगशाला बनाउने बताएका थिए ।

Read More

विज्ञ समितिको प्रतिवेदन कार्यान्वयन गर्न पर्यटन मन्त्रालयलाई निर्देशन २३ कात्तिक, काठमाडौं । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया सुरु गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निजगढ विमानस्थल निर्माणका विषयमा सुझाव दिन गठित विज्ञ समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

Read More

२३ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विश्व अर्थतन्त्र समस्या ग्रस्त बन्दै गएको अवस्थामा नेपालमा भने लगानीको वातावरण सिर्जना हुन थालेको बताएका छन्। अर्थमन्त्री महतले काठमाडौंमा आयोजित २ दिने एसिया स्तरीय बैंकिङ सम्मेलनमा नेपालको जलविद्युत् क्षेत्रमा अन्तर्राष्ट्रिय दातृ निकायहरुले लगानीको प्रतिबद्धता गरेको बताएका हुन्।अन्तराष्ट्रिय रूपमा नै अर्थतन्त्रले एक पछि अर्को समस्या झेलिरहेका छन्, जसबाट नेपाल पनि बच्न सकेको छैन्, तर यस्तो अवस्थामा पनि नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको प्रवल सम्भावना छ,’ अर्थमन्त्री महतले भने, ‘त्यसमा हाइड्रोपावर क्षेत्रमा लगानी सम्भावना राम्रो छ। भारतले नै १० हजार मेगावट विद्युत् खरिद गर्ने प्रतिबद्धता गरेसँगै विश्व बैंकले नेपालको जलविद्युत् क्षेत्रमा ठूलो प्रोजेक्ट गर्ने प्रतिबद्धता…

Read More

काठमाडौं महानगरपालिका – २४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद रु २६ लाख ५७ हजारसहित दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बर्दिया गेरुवा गाउँपालिका-२ घर भई हाल काठमाडौं जडिबुटी बस्ने २८ वर्षीय पुष्प सोडारी र काठमाडौँ महानगरपालिका-१० बिजुलीबजार बस्ने ३९ वर्षीय अभिषेक अग्रवाल रहेका छन् । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले सोडारीलाई सो रकमसहित पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । उक्त रकम अभिषेकबाट लिएको भनी खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Read More

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको कैद सजाय मिनाह गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि बिहीबारबाट सुनुवाइ हुने भएको छ। रिटमाथि सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको हो।गणतन्त्र दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीसहित १९ जनाको कैद सजाय माफी गरिदिएपछि उनी १५ जेठमा जेलमुक्त भएका थिए। टीकापुर घटनामा मारिएका प्रहरी इन्सपेक्टर केशव बोहराकी पत्नी शारदा कडायतले चौधरीको आममाफीविरुद्ध जेठ १४ गते सर्वोच्च अदालतमा रिट दिएकी थिइन्। यसअघि जेठ २३ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले रिटमाथि सुनुवाइ गर्दै चौधरीलाई आममाफी दिनुको कारणबारे सरकारसँग लिखित जवाफ मागेको थियो। २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल…

Read More