तितो सत्य

काठमाडौं । गाजा क्षेत्रमा हमासविरुद्ध प्रतिआक्रमण गरिरहेको इजरायलले राष्ट्रसंघको बारम्बारको आग्रह र अमेरिकालगायत अन्तर्राष्ट्रिय दबाबका बाबजुद पनि गाजामा युद्धविराम नगर्ने अडान लिएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकाको न्युज च्यानल एबीसीलाई सोमबार दिनुभएको अन्तरवार्तामा हमाससँग युद्धविरामको सम्भावनालाई ठाडै अस्वीकार गर्नुभएको हो । हमासले बन्धक बनाएकाहरूको रिहा नभएसम्म कुनै पनि हालतमा इजरायलले युद्धविराम नगर्ने बताउँदै उहाँले तर आपत्कालीन राहतका लागि भने केहीबेर युद्ध रोक्न सकिने बताउनुभयो । अन्तरवार्ताका क्रममा उहाँले भन्नुभयो– ‘त्यहाँको अवस्था हेरी आपत्कालीन मानवीय सहायता गाजामा पठाउन र त्यहाँ हमासले बन्धक बनाएकाहरूको सहज बहिर्गमनका लागि हामी एक या दुई घण्टा युद्ध रोक्न सक्छौं । यस्तो काम हामीले पहिला…

Read More

काठमाडौं । वर्तमान राज्य व्यवस्थामाथि चुनौती बढेको निष्कर्षसहित १२ बुँदे समझदारीमा हस्ताक्षर गर्ने सबै राजनीतिक दलहरु एकै ठाउँमा उभिने निर्णय गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार बसेको सर्वदलीय बैठकमा सत्ता पक्ष र प्रतिपक्षमा रहेका ठूला राजनीतिक दलहरूले वर्तमान व्यवस्था जोगाउने सन्दर्भमा एक हुने निर्णय गरेका हुन् । परम्परागत एजेन्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी, पछिल्लोपटक उदाएका नयाँ राजनीतिक दलहरू, पूर्वराजा ज्ञानेन्द्र शाह पक्षधरलगायत विभिन्न समूहहरूका गतिविधिप्रति त्रसित बनेका संघीयता, गणतन्त्र र धर्मनिरपेक्ष पक्षधरका राजनीतिक दलहरूले वर्तमान व्यवस्थामाथि चुनौती आएको भन्दै एकजुट हुन सर्वदलिय बैठक आह्वान गरेका हुन् । तर, जनस्तरमा भने यिनै पुरानै राजनीतिक दलका गतिविधि र तौर तरिकाका कारण…

Read More

नेपालीको दोस्रो ठुलो चाड तिहार नजिकिँदै गर्दा दैनिक उपभोग्य सामग्रीको मूल्यमा तीव्र वृद्धि भएको छ । सरकारका सम्बिन्धत निकायहरूले प्रभावकारी काम र अनुगमन गर्न नसक्दा दाल, चामल, पिठोलगायत दैनिक उपभोग्य सामग्री अस्वाभाविक रूपले महंगिदा उपभोक्ताको चुलो बल्न कठिन देखिएको छ । राष्ट्रिय उपभोक्ता मञ्च्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले सरकार तस्कर, कालोबजारी र बिचौलियाको हातमा बिकेको हुनाले बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएको आरोप लगाउनुभयो । अहिलेको मुल्यवृद्धि अप्राकृतिक भएको दाबी गर्दै उहाँले सरकारले चाहने हो भने तत्काल मूल्य नियन्त्रण हुने धारणा राख्नुभयो । अघिल्लो वर्ष एक किलोग्रामको १ सय ८० रुपियाँ पाइने रहरको दालको मूल्य २ सय ९० रुपियाँ पुगेको…

Read More

२१ कात्तिक, जनकपुरधाम । ‘म सभामुख थिएँ । गाउँ गएको बेला खल्तीबाट ५० हजार रुपैयाँ काटिदियो । मुख्यमन्त्री भएर विजय जुलुसमा गएको थिएँ । खल्तीबाट पैसा चोरी भयो ।मुख्यमन्त्रीको खल्तीबाट पैसा चोरियो भने त्यहाँको सुरक्षा कति बलियो छ ?’ १७ वैशाखमा मिटरब्याज जाँचबुझ आयोगको कार्यालयको उद्घाटन गर्न आएका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले सुनाए । उनले अगाडि भने, ‘प्रदेश सरकार मुकदर्शक बनेर बसेको छ । प्रदेश सरकारलाई प्रहरी समायोजन अति आवश्यक भइसक्यो ।’तर अहिलेसम्म प्रहरी समायोजन प्रक्रिया अघि बढ्न सकेको छैन । संघीय सरकारले प्रहरी समायोजन ऐन नबनाउँदै मधेश सरकारले आफ्नै प्रहरी भर्ना गर्ने उद्देश्यसहित प्रदेश…

Read More

२१ कात्तिक, काठमाडौं । पूर्वसांसद एवं नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको कैद मिनाहा गर्ने सरकारको निर्णय विरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा बिहीबारदेखि सुनुवाइ हुँदैछ । रेशमको कैद माफीमिनाहा दिने निर्णय गलत रहेको दाबी गर्दै परेको रिट निवेदनमा बिहीबारदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ हुन लागेको हो ।१५ जेठमा गणतन्त्र दिवसको अवसर पारेर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीको जन्मकैदको सजाय माफीमिनाहा गरेका थिए । चौधरीको माफीमिनाहाको निर्णय हुँदा उनी विरुद्धको मुद्दामा सर्वोच्च अदालतले गरेको जन्मकैद सदर मुद्दाको फैसलाको पूर्णपाठ समेत तयार भएको थिएन ।माफीमिनाहापछि सार्वजनिक पूर्णपाठमा अपराधको राजनीतिकरण गरी मुद्दा फिर्ता लिने प्रयास गर्नु र उन्मुक्ति दिनु गलत हुने…

Read More

२१ कात्तिक, काठमाडौं । प्रमुख दलका नेताहरुले जनतामा देखिएको असन्तुष्टिमा खेलेर अराजकता फैलाउने चिन्ता व्यक्त गरेका छन् । उनीहरुले गणतन्त्रप्रति प्रतिवद्धता मात्र व्यक्त गरेनन्, आवश्यक परे मुखरित हुने समेत बताएका छन् । भूकम्प प्रभावित क्षेत्रको भ्रमण गरेर आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार १२ बुँदे समझदारी पक्षधर दलहरुका शीर्ष नेताहरुको बैठक बोलाएका थिए ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकमा उनले शुक्रबार मध्यरातमा गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा भएको क्षति तथा उद्दार र राहतमा सरकारले गरिरहेको कामबारे जानकारी गराए ।त्यसपछि एजेण्डामा प्रवेश गरे, ‘विभिन्न ठाउँमा सामाजिक सद्भाव भड्काउने कोसिस भइरहेको छ । जसलाई जे मन लाग्छ, त्यही भन्न थाले…

Read More

२१ कात्तिक । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याह्युले मानवीय संकटलाई मध्यनजर गर्दै अल्पकालीन युद्धविरामको सम्भावना रहेको बताएका छन् । गाजामा स्थल, जल तथा हवाइ क्षेत्रबाट भीषण आक्रमण गरिरहेको अवस्थामा उनले अल्पकालीन युद्धविराम हुनसक्ने बताएका हुन् । ‘मानवीय संकटलाई मध्यनजर गर्दै अल्पकालीन युद्धविराम हुने सम्भावना रहेको छ’, उनले भनेका छन् ।नेतान्याह्युले गाजाको सम्पूर्ण सुरक्षाको जिम्मा लिने पक्षमा इजरायल रहेको पनि बताएका छन् । ‘यो युद्ध समाप्तिपछि गाजाको सम्पूर्ण सुरक्षाको जिम्मा अब इजरायलले लिनेछ’, उनको भनाइ उधृत गर्दै बीबीसीले लेखेको छ ।इजरायलमा हमासले आक्रमण गरेको मंगलबार एक महिना पुगेको छ । हमासको आक्रमणमा १४ सय जनाले ज्यान गुमाएका थिए । यता हमासलाई  समाप्त पार्ने भन्दै इजरायलले गाजामा…

Read More

२१ कात्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको ट्राफिक चापले जहाजहरु आकाशमै होल्ड भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले विमानस्थलमा जहाजहरुको चापका कारण होल्डमा बस्नु परेको जानकारी दिए ।अहिले काठमाडौंमा ट्राफिक चाप छ, त्यसले गर्दा जहाजहरुको सामान्य उडान अवतरण हुन नसकेको हो,’ उनले भने ।जाडो मौसममा प्रतिकूल मौसमले पनि उडान अवतरणमा असर गर्छ । आज भने मौसमले असर नगरेको उनले जानकारी दिए ।पछिल्लो समय काठमाडौं विमानस्थल अधिकतम क्षमतामा चलिरहेको छ ।

Read More

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आब्हानमा आज सर्वदलीय बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज दिउँसो २ बजे सो बैठक बस्दैँछ । बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको उपस्थिति रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गत शुक्रवार राती जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाई गएको भूकम्प कारण एक सय ५७ जनाको ज्यान गएको तथा हजारौं घर क्षतिग्रस्त भए पछिको अवस्थाका बारेमा छलफल गर्नका लागि उक्त बैठक बोलाईएको हो ।

Read More

२१ कार्तिक २०८० मंगलवार , काठमाण्डौ नागरीक लगानी कोषको कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न अर्थ मन्त्रालयले दरखास्त आह्वान गरेको छ ।कोषको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आज सूचना प्रकाशित गरेर २१ दिनभित्र आवेदन दिन आह्वान गरेको छ । कार्यालय समयभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य शिलबन्दी आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । कार्यकारी निर्देशक पदमा नियुक्त हुनका लागि नागरिक लागानी कोष ऐन, २०४७ को दफा ४२ (१) र कोषको कार्यकारी निर्देशकको छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम योग्यता तथा अनुभव भएको हुनु पर्नेछ। अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र…

Read More