२१ कात्तिक, जनकपुरधाम । सशस्त्र प्रहरीले सिराहाबाट आधुनिक हतियार र नगदसहित तीन जनालाई पक्राउ गरेको छ । सोमबार साँझ सिराहाको लहान नगरपालिका-१ सिङ्गराहीमा सशस्त्रको टालीले चेकजाँच गर्ने क्रममा स९प ४९७१ यमहा सोलुटो मोटर साइकलमा सवार तीनजनालाई ९ एमएमको पेस्तोलसहित पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा सप्तरीको सुरुङ्गा नगरपालिका-८ का ३२ वर्षीय अनिल राम, सुरुङ्गा- ५ का ३० वर्षीय जिबान्नद चौधरी र सप्तरीकै खड्क नगरपालिका-४ का ३५ वर्षीय कासंजयप्रसाद चौधरी रहेको सशस्त्र प्रहरीका मधेश प्रदेश प्रमुख डिआजी दिपेन्द्र साहले जानकारी दिए ।उनीहरूको साथबाट ९ एमएमको एउटा पेस्तोल, एउटा म्याग्जिन, २ थान गोली, नगद एक लाख ८४ हजार २५३ रुपैयाँ, चार थान मोबाइल…
तितो सत्य
२१ कात्तिक, जनकपुरधाम । जााजरकोट र रुकम (पश्चिम)को भूकम्प प्रभावितलाई मधेश प्रदेश सरकारले ६० लाख मूल्य बराबरको राहत पठाउने तयारी गरेको छ । सोमबार बसेको मधेश सरकारको विपद् व्यवस्थापन समितिको बैठकले ६० लाख बराबरको खाद्यान्न सामग्री पठाउने निर्णय गरेको हो ।गृह, संचार तथा कानून मन्त्री मोहम्मद समिमका अनुसार चामल, दाल, नुन लगायतका खाद्यान्न सामाग्री राहत स्वरुप पठाइने छ ।विनासकारी भूकम्पमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माप्रति श्रद्धाञ्जलीसहित चिरशान्तिको कामना र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामाना बैठकमा गरिएको छ । जाजरकोट र रुकुमको संकटकमा सहयोग स्वरुप राहत पठाउने निर्णय भयो’ उनले भने ।सो सामग्री खरिद गर्न अर्थ मन्त्रालयबाट रकम माग…
२१ कात्तिक, काठमाडौं । भूकम्प प्रभावित क्षेत्रमा थप राहत सामग्री पुर्याउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत र चीनका राजदूतहरुसँग छलफल गरेका छन् । उनले आइतबार बेलुकी नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपालका लागि चिनियाँ राजदूत छन सोङ्लाई बालुवाटारस्थित निवासमा बोलाएर छुट्टाछुट्टै छलफल गरेका थिए । ‘छलफलमा दुवै देशबाट थप १०/१० हजार थान टेन्ट, पाल, ब्लाङ्केट लगायतका सामग्री भूकम्प प्रभावित क्षेत्रलाई उपलब्ध गराउने कुरा भएको छ’ प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले भने ।यसअघि नै भारत र चीनले नेपालका भूकम्प पीडितहरुका लागि १०–१० करोड मूल्य बराबरका राहत सामग्री दिने घोषणा गरेका थिए । भारतले नेपाललाई सामग्री हस्तान्तरण गरिसकेको…
२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जाजरकोट भूकम्प लगत्तै केन्द्र र स्थानीय सरकारले सक्रियतापूर्वक निर्वाह गरेको भूमिकाको प्रशंसा गरेको छ । साथै भूकम्प पश्चातको राहत, पुनर्स्थापना, पुनर्निर्माण कार्यलाई थप व्यवस्थित गर्न सुझाव दिएको छ । आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर सुझाव दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, नेता मीन विश्वकर्मा र योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोखरेलसहित बालुवाटारस्थित निवास पुगेका थिए ।कांग्रेसले भूकम्पपछिको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि तत्कालीन र अल्पकालीन उपायहरुबारे सुझाव दिएको छ ।कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा त्रिपाल, खाद्यान्न, औषधि, लत्ता-कपडाहरु युद्धस्तरमा उपलब्ध गराउन प्रधानमन्त्री प्रचण्डलाई भनेको…
१९ कार्तिक २०८०, मुलुक राष्ट्रिय बिपत्तिमा परेको बेला मुलुकको अभिभावक संस्था राष्ट्रपति कार्यालयमा अहिले विदेश भ्रमणको तयारी चलिरहेको छ ।जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर हालसम्म १५७ जनाको ज्यान गएको र ११० जना घाइते अहिले अस्पतालमा उपचार गराइरहेको विवरण गृह मन्त्रालयले सार्वजनिक गरेको छ ।भग्नावशेष खोतल्न र घाइतेलाई जतिसक्दो छिटो अस्पताल पुर्याउन, सकेसम्म छिटो राहत सहयोग वितरण गर्न देशको जनशक्ति र संरचना परिचालित छ । मुलुक बिपत्तिबाट बाहिर निस्कन तन, मन र धनले लागेको बेला मानवीय दृष्टिले पनि राष्ट्रपति विदेश भ्रमणमा निस्कनु शोभनीय हुँदैन ।सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले दिएको जानकारी अनुसार, राष्ट्रपति रामचन्द्र…
१९ कात्तिक, काठमाडौं । सरकारले चार्चित एप टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिहरुसँग छलफल गरेको छ । टिकटकमा प्रकाशन तथा प्रसारण हुने गैरकानूनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन सरकारले आग्रह गरेको छ ।टिकटक दुरुपयोग गरेर हालिने यस्ता सामग्रीलाई हटाएर शान्ति सुव्यवस्था र समाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरिएको गृह मन्त्रालयले जनाएको छ । दोषीउपर कानुन बमोजिम कारवाही गर्न नेपाल प्रहरीको साइवर व्युरो लगायत सरकारी निकाय र सिंगापुरस्थित टिकटकको कार्यालयबीच सहकार्य बढाउने सहमति पनि भएको छ ।छलफलबाट टिकटकमार्फत सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरुको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लील खालका गतिविधि तथा सामग्रीहरु हटाउन र…
१९ कात्तिक, काठमाडौं । कृषि उपकरण खरिद र वितरणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका तत्कालीन सचिव बैकुण्ठ अधिकारी सहित चार जनाविरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको हो । अख्तियारले लुम्बिनी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव बैकुण्ठ अधिकारी, मन्त्रालयको महाशाखा प्रमुख तथा कृषि उपसचिव श्रीधर ज्ञवाली, कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपाली र आधुनिक कृषि किसान संसारका प्रबन्ध निर्देशक राजाराम तिवारी विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको हो ।अख्तियारले उनीहरुमाथि एक करोड ३१ लाख रुपैयाँ विगो माग दाबी गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा कृषि यान्त्रिकीकरण कार्यक्रम सञ्चालनका क्रममा भ्रष्टाचार भएको अख्तियारको दावी छ ।कृषि उपकरण बाड्ने…
कार्तिक १९, २०८० आईतबार, प्यालेस्टिनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको सकुशल उद्धारको माग गर्दै महेन्द्रनगरमा र्याली प्यालेस्टिनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको सकुशल उद्धारको माग गर्दै महेन्द्रनगरमा र्याली निकालिएको छ । आइतबार बिहान विपिनका परिवारसँगै विद्यार्थी र अधिकारकर्मीले दबाब दिन र्याली निकालेका हुन् । एक महिनाअघि इजरायलमा हमासले आक्रमण गरी अपहरणमा परेका जोशीको रिहाइका लागि दबाबमुलक रुपमा र्याली निकालिएको हो । नेपाल सरकार, संयुक्त राष्ट्र संघ र मानव अधिकारवादी संघ संस्थाहरुले तत्काल जोशीको रिहाइका लागि पहल गर्नुपर्ने माग गरिएको छ । ‘प्रयास जारी छ मात्रै भन्छन्, तर छोरा कस्तो अवस्थामा छ, केही थाहा छैन,’ जोशीका बुवा…
कार्तिक १९, २०८० आइतबार आइसीसी टी–ट्वेन्टी विश्वकप एशिया क्षेत्र छनौटको उपाधि ओमनले जितेको छ । कीर्तिपुरमा आइतबार भएको फाइनल खेलमा नेपाललाई सुपर ओभरमा पराजित गर्दै ओमनले उपाधि उचालेको हो । ओमनले अपराजित रहँदै उपाधि जितेको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा ओमनी ब्याटर नसिम खुसी अकिब इलियासले २१ रन बनाएका थिए । २२ रनको लक्ष्य पाएको नेपालले १० रन मात्रै जोड्न सक्यो । त्यसअघि नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा…
१९ कार्तिक ,२०८० आईतबार कर्णाली प्रदेश सरकारले आज शोक घोषणा गरेको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले भूकम्पमा परि ज्यान गुमाएकाहरुप्रति दुःख व्यक्त गर्दै शोक दिवस घोषणा गरेको हो । बैठकले राहत तथा उद्धार लगायतका कार्यका लागि प्रदेश सरकारले अति प्रभावित, प्रभावित, सामान्य प्रभावित पालिकाहरुलाई पाँच लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म तत्काल पालिकाको खातामा पठाउने निर्णय गरेको छ । यस्तै भूकम्पबाट अवरुद्ध भएका जाजरकोट तथा रुकुम पश्चिमका सडक सञ्चालनमा आएका छन् । सडक डिभिजन चौरजहारी र भेरी करिडोरको प्रयासमा सडक खुलाइएको हो । भेरी करिडोरको जाजरकोट खलङ्गाबाट नलगाडसम्मको सडक खुलाइएको छ । त्यस्तै, सडक डिभिजन चौरजहारीले जिल्लाका अन्य सडकसमेत…