नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यकाल समाप्त हुन चार महिना बाँकी रहँदै सरकारले बर्खास्त गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनलाई हटाउने निर्णय गरेको हो। घिसिङलाई हटाउने निर्णय पछिल्ला केही महिनायता ऊर्जा मन्त्री दीपक खड्का र प्राधिकरणबीच चुलिँदै गएको विवादको परिप्रेक्ष्यमा आएको हो। ऊर्जा मन्त्री र घिसिङबीचको द्वन्द्व डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विवादमा प्राधिकरण कडाइ अपनाउने पक्षमा थियो, जसलाई मन्त्री खड्का लगायत सरकारका उच्च तहका अधिकारीहरूले असहज रूपमा लिए। घिसिङ नेतृत्वको प्राधिकरणले उद्योगहरूले वर्षौंसम्म तिर्न बाँकी महसुल असुल गर्न लाइन काट्ने नीति अवलम्बन गर्यो। असार महिनामा लाइन काटेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको हस्तक्षेप देखियो। उनले तत्काल लाइन…
तितो सत्य
काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको विषयमा विपक्षी दलहरूले विरोध जनाएपछि प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पष्ट धारणा माग गर्दै सदन अवरुद्ध गरेका थिए। नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले घिसिङको बर्खास्तीलाई गलत निर्णय भन्दै तत्काल स्पष्टीकरण दिन माग गरे। सांसदहरूले सदनको रोष्टम घेराउ गर्दै नारा लगाएका थिए। उनीहरूको भनाइ थियो कि सरकारको निर्णय ऊर्जा क्षेत्रको स्थायित्व र विकासविरोधी छ। संसद्को बैठक चल्न दिन विरोधी सांसदहरू तयार नभएपछि सभामुख देवराज घिमिरेले…
काठमाडौंको त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन फेरि अनिश्चितकालका लागि स्थगित भएको छ। यसअघि चैत ५ गतेका लागि तय गरिएको चुनाव सञ्चालन हुन सकेको थिएन भने पुनः चैत १३ गतेका लागि तय गरिएको मतदान विद्यार्थीहरूको विरोधका कारण रोकिएको निर्वाचन समितिले जनाएको छ। तालाबन्दीका कारण निर्वाचन रोकियो निर्वाचन समितिका अनुसार केही विद्यार्थीले मतपत्रको विषयलाई लिएर क्याम्पसको मुख्य प्रवेशद्वारमा तालाबन्दी गरेपछि चुनाव स्थगित गर्न बाध्य भएको हो। समितिले मंगलबार राति जारी गरेको सूचनामा मतदानका लागि अनुकूल वातावरण नभएको उल्लेख गर्दै त्रिभुवन विश्वविद्यालय (त्रि.वि.) को केन्द्रीय कार्यालय र अन्य सम्बद्ध पक्षहरूसँग परामर्शपछि मतदानको नयाँ मिति तोकिने जानकारी दिएको छ। निर्वाचन अधिकृत डा.…
काठमाडौं – सन् २०२५ को वसन्त ऋतुका लागि नेपालका विभिन्न हिमालहरू आरोहण गर्न अनुमति प्रदान गर्न सुरु गरिएको छ। पर्यटन विभागका अनुसार अहिलेसम्म २४ देशका आरोहीहरूले आरोहण अनुमति लिइसकेका छन्। आरोहण अनुमति प्राप्त गर्नेहरूमा १८ महिला र ४० पुरुषसहित कुल ५८ जना आरोही छन्। विभागका निर्देशक लिलाधर अवस्थीका अनुसार वसन्तकालीन हिमाल आरोहणका लागि अनुमति खुला भइसकेको छ भने सगरमाथा आरोहण अनुमति पनि छिट्टै दिइनेछ। उनले भने, “सगरमाथा क्षेत्रमा आरोहणको चहलपहल बढ्दै गएको छ। आरोहण गराउने कम्पनीहरू तयारीमा जुटिसकेका छन्।” सगरमाथा आधार शिविरमा आरोहण कम्पनीहरू सक्रिय हाल सगरमाथा आधार शिविरमा आरोहीहरूलाई सहायता प्रदान गर्न तथा व्यवस्थापन गर्न विभिन्न पर्वतारोहण कम्पनीहरू सक्रिय…
काठमाडौं । देशका केही भूभागमा आज हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बिहानको समय पहाडी क्षेत्रमा आंशिक बदली रहे पनि अधिकांश भूभागमा मौसम सफा रहनेछ। दिउँसो कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनसक्ने अनुमान गरिएको छ। त्यस्तै, यी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। अन्य प्रदेशमा भने आंशिक बदली रहने र खासै मौसम परिवर्तन नहुने मौसमविद्हरूले बताएका छन्। काठमाडौं उपत्यकामा आज आंशिक बदली रहनेछ। मौसमविद् मीनकुमार अर्यालका अनुसार उपत्यकामा केही दिनसम्म पानी…
संघीय संसद्का दुवै सदन— प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ। संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे बस्ने कार्यतालिका छ। आजका बैठकहरूमा विभिन्न विधेयकहरू टेबुल गर्नुका साथै प्रश्नोत्तर र छलफलको कार्यक्रम पनि समावेश गरिएको छ। प्रतिनिधिसभाको सम्भावित कार्यसूची प्रतिनिधिसभाको बैठकमा ‘बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ राष्ट्रियसभाबाट प्राप्त सन्देशसहित टेबुल गरिनेछ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित राष्ट्रियसभामा उत्पत्ति भएको ‘संवैधानिक…
काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय सुशासनसँग जोडिएको सरकारले स्पष्ट पारेको छ। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले यो कदम कुनै व्यापारिक हिसाबले नभई सुशासन प्रवर्द्धनका लागि उठाइएको बताएका छन्। प्रवक्ता गुरुङले भने, “यो निर्णय नाफा–नोक्सानको हिसाबले गरिएको होइन। सरकार हरेक विषयमा व्यापारिक सोच राख्दैन। यसलाई सुशासनसँग जोडेर हेर्नुपर्छ।” यसैबीच, घिसिङको बर्खास्तीप्रति जनस्तरबाट विरोध भइरहेको छ। विभिन्न सामाजिक सञ्जाल तथा सडक प्रदर्शनमार्फत नागरिकले आफ्नो असन्तुष्टि व्यक्त गरिरहेका छन्। विरोधका सम्बन्धमा प्रवक्ता गुरुङले लोकतान्त्रिक व्यवस्थामा मानिसहरू सडकमा आउनु स्वाभाविक भएको बताए। “लोकतन्त्रमा विरोध गर्ने अधिकार सबैलाई हुन्छ। मानिसहरू सडकमा निस्किन्छन्, यो…
काठमाडौं – प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको बैठकमा नेपाल विद्युत् प्राधिकरणका बर्खास्त गरिएका प्रबन्ध निर्देशक कुलमान घिसिङको विषय उठाउन खोज्दा विवाद उत्पन्न भएको छ। मंगलबार बसेको बैठकको एजेन्डा बीपी राजमार्ग र हुलाकी राजमार्गका विषयमा छलफल गर्ने रहेको थियो। बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित मन्त्रालयका सचिवहरू उपस्थित थिए। बैठक सुरु भएपछि सभापति ऋषिकेश पोखरेलले नियमित कार्यसूचीअनुसार छलफल अघि बढाएका थिए। तर, नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले समसामयिक विषयमा धारणा राख्ने समय माग गरे। सभापतिले निर्धारित कार्यसूचीअनुसार मात्र धारणा राख्न आग्रह गरेपछि मोदी असन्तुष्ट बने। उनले सार्वजनिक सरोकारका विषयमा कुरा उठाउन पाउनुपर्ने माग गरे। तर, सत्तारूढ दलका सांसदहरूले बैठकको…
संघीयता खारेजी र २०४७ को संविधान पुनर्स्थापनाका लागि मधेशी नेतृत्वको प्रतिबद्धता कलैया, बाराः मधेशी राष्ट्रवादी समूहको आयोजनामा मधेशी समुदायको भूमिका र महत्व विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रम व्यवस्था परिवर्तनको निर्णायक घड़ीमा मधेशी नेतृत्वको आवश्यकतामाथि केन्द्रित रहेको थियो। कार्यक्रममा राष्ट्रिय बजरंग दल, धर्म निरपेक्षता खारेजी अभियान, २०४७ को संविधान हाम्रो अभियान, नरसिंह हिन्दू सेना, मधेशी एकता समाज, मधेशी युवा सञ्जाल, मधेशी जेष्ठ नागरिक मञ्च, ॐ सनातन संस्कृति नेपाल लगायतका दर्जनौं मधेश केन्द्रित संगठन तथा अभियन्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता २०४७ को संविधान हाम्रो अभियानका केन्द्रीय अध्यक्ष सन्तोष झा ले गरेका थिए भने प्रमुख अतिथि नेपाल भारत…
काठमाडौं – जानी-नजानी भएका पाप नाश हुने विश्वासका साथ आज चैत्र कृष्ण पक्षको एकादशी, अर्थात् पापमोचनी एकादशी, देशभर व्रत, पूजा, पाठ गरी मनाइँदैछ। प्रत्येक वर्ष चैत्र कृष्ण एकादशीका दिन मनाइने यो एकादशी व्रत भगवान् विष्णुको पूजा, उपासना तथा आराधनासहित धूमधामका साथ सम्पन्न गरिन्छ। सनातन धर्मशास्त्रका अनुसार पापमोचनी एकादशीको माहात्म्य भगवान् श्रीकृष्णले महाराज युधिष्ठिरलाई सुनाएका थिए भने लोमस ऋषिले मान्धाता राजालाई यसको महत्त्व बताएका थिए। पौराणिक कथाअनुसार, वसन्त ऋतुमा अप्सराहरूको विहारस्थल चैत्ररथ वनमा मेधावी नाम गरेका ऋषि कठोर तपस्या गर्दै बसेका थिए। मेधावी ऋषि र मञ्जुघोषाको कथा चैत्ररथ वनमा तपस्या गरिरहेका मेधावी ऋषिलाई मञ्जुघोषा नामकी अप्सराले मोहित पारिन्। ऋषि मोहमा परी…