तितो सत्य

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले देशमा लोडसेडिङ भएको भन्ने चर्चा सत्य नभएको स्पष्ट पारेका छन्। उनका अनुसार यो हल्ला सामाजिक सञ्जालमार्फत नियोजित रूपमा फैलाइएको मात्र हो। बुधबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री खड्काले हाल नेपालले आन्तरिक विद्युत् माग पूरा गरेर भारततर्फ निर्यात सुरु गरिसकेको जानकारी गराए। वर्षा शुरु भएसँगै जलविद्युत् उत्पादनमा वृद्धि भई भारतबाट आयात रोकिएको र आजैदेखि निर्यात थालिएको उनले बताए। उनका अनुसार हिउँद याममा विद्युत् उत्पादन कम हुँदा करिब १,०५५ मेगावाटसम्म आयात गरिएको थियो, तर हाल पर्याप्त उत्पादन भएपछि सर्वसाधारणदेखि उद्योगसम्मलाई आपूर्ति सहज रूपमा भइरहेको छ। नेपाल विद्युत् प्राधिकरणले मंगलबार मध्यरातदेखि भारततर्फ ७३१ मेगावाट…

Read More

भिजिट भिसाको बढ्दो दुरुपयोगलाई नियन्त्रणमा लिन अध्यागमन विभागले उच्चस्तरीय समिति गठन गरेको छ। विभागका निर्देशक टीकाराम ढकालले भिजिट भिसाको आडमा वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य रूपमा बढेपछि यस विषयमा सुधार आवश्यक देखिएको जानकारी दिए। उनका अनुसार, हाल धेरै नेपाली नागरिक पर्यटक भिसामा विदेश गएर त्यहीँ गैरकानुनी रूपमा रोजगारीमा संलग्न हुँदै आएका छन्, जसले नेपालको अन्तर्राष्ट्रिय छविमा असर पारेको छ। गठित समितिले भिसा वितरण, निगरानी र मूल्याङ्कन प्रणालीमा आवश्यक सुधारका सिफारिसहरू तयार गर्नेछ। साथै, भिजिट भिसाको गलत प्रयोग रोक्न कानुनी तथा प्रशासनिक संयन्त्र सुदृढ गर्न र अन्तर्राष्ट्रिय नियोगहरूसँग समन्वय बढाउनेमा समितिको ध्यान केन्द्रित हुनेछ। हाल कार्यान्वयनमा रहेको ६ बुँदे कार्यविधिमा आवश्यक…

Read More

नेपाल राष्ट्र बैंकमा गभर्नरको रूपमा कार्यभार सम्हालेका विश्वनाथ पौडेलले आफ्नो कार्यकालको सुरुआती निर्णयस्वरूप एक हजार रुपैयाँ र ५० रुपैयाँ दरका नयाँ नोट छपाइ प्रक्रिया अघि बढाउने निर्णय गरेका छन्। डेपुटी गभर्नर बमबहादुर मिश्रका अनुसार, गभर्नर पौडेलको पहिलो निर्णयले नोट छपाइ सम्बन्धी नियमित प्रक्रिया अनुसार नै कार्य अघि बढाएको हो। निर्णय अनुसार, प्रारम्भमा एक विशेष डिजाइन समिति गठन गरी नयाँ नोटको डिजाइन तयार गरिनेछ। यो समिति बाट अनुमोदन भएपछि प्रस्तावित डिजाइनलाई सञ्चालक समितिमा पेश गरिन्छ। त्यहाँबाट स्वीकृति प्राप्त भएपछि मात्र नोट छपाइ प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ। राष्ट्र बैंकका अनुसार, विशेष गरी उच्च मूल्यका नोटहरू — जस्तै एक हजार रुपैयाँ —…

Read More

गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले नेपाल प्रहरीका वरिष्ठ अधिकृतहरूको बढुवासम्बन्धी सिफारिस अघि सारेको छ। मङ्गलबार बसेको बढुवा समितिको बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी) सिद्धिविक्रम शाहलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरेको हो। शाह हाल नेपाल प्रहरीको विशेष ब्यूरो, प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत छन्। उनी प्रहरी सेवामा लामो अनुभव बोकेको अधिकारीका रूपमा चिनिन्छन्। त्यसैगरी, जनपद प्रहरी समूहतर्फबाट ११ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। सिफारिसमा परेका अधिकारीहरू विभिन्न जिम्मेवारीमा रहँदै आएका छन् र उनीहरूको अनुभव, सेवा अवधि तथा कार्यकुशलता मूल्याङ्कनका आधारमा बढुवा सिफारिस गरिएको जनाइएको छ। डीआईजी पदका…

Read More

काठमाडौं, जेठ ६ – नेपाल राष्ट्र बैंकको नेतृत्वमा नयाँ गभर्नरको आगमन भएको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा. विश्वनाथ पौडेललाई राष्ट्र बैंकको १८औं गभर्नरको रूपमा नियुक्त गरेको छ। यस निर्णयसँगै राष्ट्र बैंकमा केही समयदेखि देखिएको नेतृत्वको अन्योल अन्त्य भएको छ। गभर्नर नियुक्तिका सन्दर्भमा उत्पन्न राजनीतिक खिचातानी र सत्ता गठबन्धनभित्रको असमझदारी समेत केही हदसम्म समाधान भएको देखिएको छ। गभर्नर चयनका लागि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित सिफारिस समितिले मंगलबार नै तीनजनाको नाम मन्त्रिपरिषदमा पेश गरेको थियो। तीमध्ये कार्यवाहक गभर्नर नीलम ढुंगाना, पूर्वसचिव दिनेश भट्टराई र डा. विश्वनाथ पौडेलको नाम समावेश थिए। पौडेलको नाम सिफारिस सूचीमा पहिलो स्थानमा थियो।…

Read More

काठमाडौं, ६ जेठ — प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार प्रतिनिधिसभामा हुने भनिएको प्रश्नोत्तर सत्र स्थगित गरिएको छ। सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार प्रधानमन्त्रीको अस्वस्थताका कारण संसदको पूर्वनिर्धारित प्रश्नोत्तर कार्यसूची हटाइएको हो। मंगलबार बिहान ११ बजेबाट सुरु भएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको अनुपस्थितिका कारण प्रश्नोत्तर सत्र अगाडि नबढाइएको जनाइएको छ। यस्तै, सोमबार बोलाइएको मन्त्रिपरिषद् बैठक पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै स्थगित गरिएको थियो। सरकारी निकायका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आउने आशा गरिएको छ भने आगामी दिनका कार्यक्रमहरू स्वास्थ्य अवस्थाअनुसार तय गरिनेछ।

Read More

काठमाडौं — भिजिट भिसाको नाममा खाडी मुलुकहरूतर्फ नेपाली नागरिकको अवैध रूपमा ओसारपसार गर्ने कार्य फेरि तीव्र बन्दै गएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कर्मचारी र बिचौलियाबीचको मिलेमतोका कारण मानव तस्करीको यो नयाँ रूप झनै जटिल बन्दै गएको छ। विगतमा पटक–पटक गरिएको कारबाही र निगरानी प्रयासहरू पनि दीर्घकालीन रूपमा प्रभावकारी बन्न सकेका छैनन्। अध्यागमन कार्यालयमै कार्यरत कर्मचारीहरू संलग्न रहेको प्रमाणहरू भेटिँदा समेत समस्या ज्यूँ का त्यूँ छ। भिजिट भिसा : भ्रमणको नाममा शोषणको यात्रा विशेषगरी महिला र पुरुषहरूलाई भिजिट भिसामा यूएई हुँदै कुवेत, कतार वा अन्य खाडी देशहरूमा पुर्‍याउने काम भइरहेको छ। देखिनमा सामान्य पर्यटकजस्तै देखिने यी यात्रुहरूलाई विमानस्थलमा पूर्व–सेटिङका आधारमा…

Read More

३ जेठ, काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका निलम्बित सांसद माया राई र मोहनबहादुर बस्नेतको पक्राउलाई राजनीतिक हिसाबले ठूलो अर्थ नलगाउन आग्रह गरेका छन्। शनिबार नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा बोल्दै देउवाले राजनीति यस्तो गतिशील क्षेत्र भएको र यस्ता घटनाहरू समय समयमा भइरहने बताउँदै यसलाई सामान्य रूपमा लिनुपर्ने धारणा राखे। बैठकमा पार्टी सांसदहरूले राई र बस्नेतको गिरफ्तारीबारे चिन्ता व्यक्त गरेपछि देउवाले प्रतिक्रिया दिँदै भने, “राजनीतिमा यस्ता घटना भइरहन्छन्, हामी स्वयं पनि कहिलेकाहीँ थुनामा परेका थियौँ, जेल गएको अनुभव हामीसँग पनि छ।” देउवाले आफ्नो अनुभव स्मरण गर्दै पार्टीका अन्य सांसदहरूलाई पनि यस्ता परिस्थितिलाई धैर्य र संयमताका…

Read More

काठमाडौं – अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारका राजपरिवारबाट ‘प्यालेस इन द स्काई’ नाम दिइएको ४० करोड डलर मूल्यको बोइङ ७४७–८ जम्बो जेट उपहारमा लिने तयारी गरेका छन्। यो विलासितायुक्त विमानलाई कतारी राजपरिवारका वरिष्ठ सदस्य हमाद बिन जस्सिम बिन जाबेर अल थानीले प्रयोग गरेका थिए। विमानभित्र दुर्लभ काठ, मौलिक कलाकृति, र विशेष डिजाइन सहित ८९ सिटको सुविधा छ। फक्स न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले हाल प्रयोग हुँदै आएको एयर फोर्स वन विमान पुरानो भइसकेको भन्दै नयाँ र प्रभावशाली विमान आवश्यक भएको तर्क गरेका छन्। “हाम्रो विमान साउदी, यूएई वा कतारको जेटसँग तुलना गर्नै सकिँदैन,” ट्रम्पले भने। तर यस उपहारले अमेरिकी भित्र नैतिकता,…

Read More

काठमाडौँ, १५ जेठ — नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको छ। बिहीबार राती १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ। नयाँ मूल्य आज रातिदेखि देशभरका सबै निगम स्वीकृत पेट्रोल पम्प तथा डिपोहरूमा लागू हुनेछ। निगमका प्रवक्ता शनिबार चौधरीका अनुसार इण्डियन आयल कर्पोरेशन (IOC) बाट बिहीबार दिउँसो नयाँ मूल्य सूची प्राप्त भएपछि नेपालमा समेत मूल्य समायोजन गरिएको हो। “हामीले भारतीय बजारमा आएको परिवर्तनलाई ध्यानमा राखी स्वचालित मूल्य प्रणाली अन्तर्गत समायोजन गरेका हौं,” उनले भने।…

Read More