तितो सत्य

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई बन्दी रिहा गर्न चेतावनी दिएका छन्। सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले हमासले सबै बन्दीहरूलाई तुरुन्तै रिहा नगरे ‘कल्पनै नगरेको कठिन परिस्थिति’ सामना गर्नुपर्ने बताएका छन्। ट्रम्पका अनुसार उनले इजरायललाई आवश्यक सबै सहयोग प्रदान गरिसकेका छन्। उनले भने, ‘यदि बन्दीहरू रिहा भएनन् भने हमासको कुनै पनि सदस्य बाँकी रहने छैन।’ यो चेतावनी अमेरिकी अधिकारीहरू र हमासबीच सम्भावित वार्ताको चर्चा चलिरहेका बेला आएको हो। प्यालेस्टिनी स्रोतहरूका अनुसार हालसम्म दुबै पक्षबीच दुई चरणको संवाद भइसकेको छ। ट्रम्पले हमासलाई ‘गाजा तुरुन्त छाड्न’ पनि आग्रह गरेका छन्। साथै, उनले गाजाका सर्वसाधारणलाई सम्बोधन गर्दै भने, ‘तपाईंहरूको लागि उज्ज्वल भविष्य पर्खिरहेको…

Read More

काठमाडौं – उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नेपाललाई निर्धारित समयभन्दा अगाडि नै ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्ने दाबी गरेका छन्। बुधबार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेशबारे उठेका प्रश्नहरूको जवाफ दिँदै उनले सरकारको प्रतिबद्धता स्पष्ट पारे। “अहिले हामी सघन निगरानीमा छौं, जसलाई ग्रे लिस्ट भनिन्छ। सरकार प्रतिबद्ध छ, निर्धारित समयमा आवश्यक सुधारहरू पूरा गरेर नेपाललाई ग्रे लिस्टबाट मुक्त गर्नेछौं,” अर्थमन्त्री पौडेलले भने। उनले नेपाल ग्रे लिस्टमा पर्नु पछाडि वर्तमान सरकारको भूमिका नरहेको दाबी गर्दै आवश्यक विवरण सदनमा प्रस्तुत गर्ने बताए। “यस सरकारका कारण मुलुक ग्रे लिस्टमा परेको होइन। यसको यथार्थ सदनमा ह्वाइट पेपरमार्फत सार्वजनिक गर्नेछु,” उनले भने।…

Read More

जनकपुरस्थित मधेश भवनभित्र रहेको आवास कक्षमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। मृतक मधेश शहीद प्रतिष्ठानका सदस्य नरेश यादव रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी वरुणबहादुर सिंहका अनुसार यादव आज बिहान करिब ७ बजे आफ्नै ओछ्यानमा अचेत अवस्थामा भेटिएका थिए। प्रारम्भिक अनुसन्धानका क्रममा उनले वान्ता गरेको देखिएको छ, तर मृत्युको कारण अझै स्पष्ट भइसकेको छैन। शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ भने पोस्टमार्टम रिपोर्टपछि मृत्युको वास्तविक कारण खुल्ने जनाइएको छ।

Read More

ललितपुरको टिकाथलीमा पानीका लागि बोरिङ खन्ने क्रममा आगोको ज्वाला निस्किएको छ। करिब ९ सय फिट गहिराइसम्म खनेपछि अचानक आगोको लप्का देखिएको स्थानीय बासिन्दाले बताएका छन्। बोरिङ स्थलबाट लगातार आगो निस्किरहेका कारण स्थानीयले हिलो र पानी छ्यापेर निभाउने प्रयास गरे पनि सफलता प्राप्त भएको छैन। यस घटनापछि बोरिङको काम रोकिएको छ। ललितपुर प्रहरी परिसरका प्रवक्ता नरहरि रेग्मीका अनुसार बोरिङ खन्ने क्रममा ग्यास निस्किएको हुनसक्ने र त्यसकै कारण आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ।

Read More

रौतहट जिल्ला प्रहरी कार्यालय एक समय प्रभावशाली बिचौलियाहरूको नियन्त्रणमा थियो। प्रहरी सेवामा पहुँच पाउन सर्वसाधारणले कुनै न कुनै राजनीतिक व्यक्ति वा बिचौलियाको सहारा लिनुपर्ने अवस्था थियो। न्याय खोज्न जाने नागरिक भय र त्रासका बीच आफ्नो कुरा राख्न सक्दैनथे। प्रहरी संगठन नागरिकको सुरक्षा भन्दा पनि केही सीमित व्यक्तिहरूको पहुँचमा सिमित भएको महसुस हुन्थ्यो। तर, जिल्ला प्रहरी प्रमुख (एसपी) दिलीप घिमिरे र मुद्दा शाखाका प्रहरी निरीक्षक उमाशंकर गुप्ता ले पदभार ग्रहण गरेपछि यो अवस्था बदलिएको छ। उनीहरूको कुशल नेतृत्व, पारदर्शी कार्यशैली, र नागरिकमैत्री व्यवहारले रौतहट प्रहरी संगठनमा नयाँ ऊर्जा भरेको छ। भय र बिचौलियाको अन्त्य: प्रहरी-जनताको सिधा सम्पर्क गएको केही वर्षमा जिल्ला…

Read More

बीरगंज फाल्गुन १९ – श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारद्वारा प्रजातन्त्र दिवसको अवसरमा देशवासीका नाममा व्यक्त शुभकामना सन्देशमार्फत गरिबक्सेको राष्ट्रहितको आह्वानलाई समर्थन गर्दै, राष्ट्रिय बजरंग दलले औपचारिक रूपमा बिज्ञप्ति जारी गरेको छ। राष्ट्रिय नागरिक संघर्ष समितिद्वारा अघि सारिएको राष्ट्रिय मेलमिलापको साझा अभियान, २०४७ सालको संविधान पुनःस्थापना, तथा २०७२ को असंवैधानिक, थोपिएको एवं जनविरोधी संविधानको खारेजी नै राष्ट्रको पुनर्निर्माणका लागि एकमात्र सही मार्ग रहेको ठहर गर्दै, यस राष्ट्रवादी आन्दोलनमा सम्पूर्ण राष्ट्रवादी राजनीतिक दल, पेशाकर्मी, बुद्धिजीवी, कानूनी क्षेत्रका व्यक्तित्वहरू, राष्ट्रप्रेमी शक्तिहरू एवं सचेत नागरिकहरूलाई ऐक्यबद्ध हुन राष्ट्रिय बजरंग दलले समर्थन जनाएको छ। यसै सन्दर्भमा, राष्ट्रिय बजरंग दलका राष्ट्रिय कार्याध्यक्ष श्री…

Read More

काठमाडौं – संघीय निजामती सेवा विधेयकमा टुंगिनुपर्ने १४ मुख्य विषयलाई संसदीय उपसमितिले पहिचान गरी छलफल अघि बढाएको छ। राज्य व्यवस्था तथा सुशासन समिति अन्तर्गतको उपसमितिले नीतिगत रूपमा स्पष्ट हुनुपर्ने विषयहरू तय गरी सरोकारवालासँग परामर्श गरिरहेको छ। तह कि श्रेणी?सबैभन्दा प्रमुख बहस संघीय निजामती सेवामा तहगत प्रणाली राख्ने कि श्रेणीगत भन्ने विषयमा छ। प्रदेश र स्थानीय तहमा तहगत प्रणाली लागू भइसकेको भए पनि संघीय सेवामा श्रेणीको व्यवस्था उल्लेख भएकाले दुबैलाई स्पष्ट पार्ने तयारी गरिएको छ। संविधानमा केही ठाउँमा श्रेणी उल्लेख भएकाले, संघीय सेवामा श्रेणी र तह दुबै प्रणाली समेट्ने र कुन श्रेणी अन्तर्गत कुन तह पर्न आउँछ भन्ने स्पष्ट गरिने भएको…

Read More

काठमाडौं – पूर्वयुवराज पारस शाहलाई हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ। आइतबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएको हो। अस्पतालका अनुसार शाहको स्वास्थ्य अवस्था सुधारोन्मुख छ र अहिले खतरामुक्त छन्। उनलाई भेट्न पूर्वरानी कोमल शाह र पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल पुगेका छन्। यसअघि पनि पारस शाहको मुटुमा समस्या देखिएको थियो। यसैबीच, पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा कार्यक्रम भएकाले काठमाडौं आइपुगेका छैनन्।

Read More

१९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा अघिल्लो पटकको भन्दा बढी सिट जित्ने गरी तयारी गर्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। उनले हालको राजनीतिक परिप्रेक्ष्यमा कुनै एकल दलले बहुमत ल्याउन कठिन भएको बताउँदै कांग्रेसले बढी सिट जित्न आवश्यक रहेको उल्लेख गरे। प्रतिनिधि सभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरुको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै देउवाले पार्टीभित्रका असहमतिहरू छलफलमार्फत समाधान गरी पार्टीलाई थप सशक्त बनाउनुपर्ने धारणा राखे। “हाम्रो बीचमा केही असहमतिहरू हुन सक्छन्, तर ती सबैलाई छलफलबाट समाधान गर्दै कांग्रेसलाई जीवन्त र गतिशील बनाउनु आवश्यक छ,” उनले भने। सत्तारुढ गठबन्धनबारे टिप्पणी गर्दै उनले वर्तमान सरकार सफल…

Read More

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बेतलबी बिदालाई सेवा अवधिमा गणना गरी पेन्सन दिने निर्णयलाई पुनरवलोकन गर्ने तयारी गरेको छ। त्रिवि रजिष्ट्रार प्रा. डा. केदारप्रसाद रिजालका अनुसार यस विषयमा कानुनी सल्लाह लिइरहेको र आवश्यक सुधार गरिनेछ। यसअघि, २०६८ वैशाख ८ भन्दा अगाडि बेतलबी बिदा लिएका प्राध्यापक तथा कर्मचारीहरूले उक्त अवधीलाई सेवा अवधिमा जोडेर पेन्सन लिइरहेको विषय बाहिर आएको थियो। त्रिविको नियमानुसार बेतलबी बिदालाई सेवा अवधिमा गणना गर्न नपाइने भए पनि पुनरावेदन आयोगको २०७५ असार २१ को एक फैसलाका आधारमा केही प्राध्यापक तथा कर्मचारीले यस्तो सुविधा लिएको देखिएको छ। तत्कालीन कार्यकारी परिषद्ले २०७६ माघ ११ मा २०६८ वैशाख ८ भन्दा अगाडिको बेतलबी बिदालाई…

Read More