तितो सत्य

रुपन्देहीको मायादेवी गाउँपालिका–२ मा एक युवकको शव फेला परेको छ। बिहीबार बिहान २९ वर्षीय राकेशसिंह लोध मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। प्रहरीका अनुसार मृतकको टाउकोमा गम्भीर चोट देखिएको छ भने शव रहेको स्थान रक्ताम्य अवस्थामा फेला परेको छ। प्रारम्भिक अनुसन्धानका आधारमा उनलाई हत्या गरिएको आशंका गरिएको प्रहरी निरीक्षक सुरज कार्कीले जानकारी दिए। स्थानीयबासीका अनुसार घटनास्थल नजिक बिहान ठूलो आवाज सुनिएको थियो। यसले लोधको गोली प्रहार गरेर हत्या गरिएको हुन सक्ने अनुमान गरिएको छ। प्रहरीका अनुसार मृतक लोध घरमा एक्लै बस्दै आएका थिए। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज अपराह्न ४ बजे शीर्ष नेताहरूको बैठक बोलाएका छन्। बैठक देउवा निवास बुढानीलकण्ठमा बस्नेछ। पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीलाई आमन्त्रित गरिएको बैठकमा संसदमा पेश भएका विधेयकहरूलाई छिटो प्रक्रियामा लैजाने विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन्। यसबाहेक कांग्रेसका भ्रातृ संस्थाहरूको अधिवेशनसम्बन्धी विषय पनि छलफलको एजेन्डामा रहेको छ। कांग्रेसले सबै तदर्थ समितिहरूलाई चैत महिनाभित्र अधिवेशन सम्पन्न गर्न निर्देशन दिइसकेको छ। बैठकमा संसदमा लम्बित विधेयकहरूको शीघ्र टुंगो लगाउन कांग्रेसले अपनाउने रणनीति, पार्टीको सांगठनिक सुदृढीकरण, र सरकारद्वारा सिफारिस गरिएका अध्यादेशहरूको प्रक्रियाबारे समेत छलफल हुने जनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका ६ अध्यादेश हालसम्म संसदको प्रक्रिया अघि…

Read More

काठमाडौं, फागुन १६ – खराब मौसमका कारण परराष्ट्रमन्त्री आरजु राणा देउवा सवार विमान काठमाडौं अवतरण गर्न नसकी कोलकाता डाइभर्ट भएको छ। मन्त्री राणाका सल्लाहकार एकराज पाठकका अनुसार कतार एयरवेजको विमान दोहाबाट काठमाडौं आउँदै गर्दा मौसम प्रतिकूल भएका कारण कोलकातामा अवतरण गरिएको हो। काठमाडौंस्थित मौसम अस्थिर रहेपछि विमानले पटक–पटक अवतरण गर्ने प्रयास गरे पनि सम्भव नभएपछि कोलकातामा ल्याण्ड गरिएको पाठकले जानकारी दिए। राणा राष्ट्रसंघको बैठकमा सहभागी भएर जेनेभाबाट स्वदेश फर्कदै थिइन्। हाल देशभर पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहँदा काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ। यही कारण काठमाडौं विमानस्थलमा अवतरणमा कठिनाइ देखिएको हो।

Read More

वाशिङ्टन डी.सी. – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीबीच आज ह्वाइटहाउसमा महत्वपूर्ण भेटवार्ता हुँदैछ। यो बैठक मुख्य रूपमा अमेरिकालाई युक्रेनी खनिजको आपूर्तिसँग सम्बन्धित सहमतिमा केन्द्रित हुने बताइएको छ। यसअघि अमेरिका र युक्रेनबीच खनिज आपूर्तिको विषयमा प्रारम्भिक समझदारी भएको थियो। भेटवार्तापछि सो समझदारीलाई औपचारिक रूपमा अगाडि बढाउन दुई देशका प्रतिनिधिहरूबीच हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ। भेटवार्ताको पूर्वसन्ध्यामा राष्ट्रपति ट्रम्पले जेलेन्स्कीको प्रशंसा गर्दै उनीसँग राम्रो संवाद हुने विश्वास व्यक्त गरेका छन्। केही दिनअघि ट्रम्पले जेलेन्स्कीलाई ‘तानाशाह’ भनेको अभिव्यक्ति दिएका थिए, तर अहिले उनले त्यसलाई अस्वीकार गरेका छन्। पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले भने, “मैले त्यस्तो भनेँ र? मलाई विश्वास छैन।…

Read More

आगामी फेब्रुअरी २८ को साँझ आकाशमा सौर्यमण्डलका सातवटा ग्रह एकसाथ देख्न सकिनेछन्। यो दुर्लभ खगोलीय घटना “ग्रेट प्लानेटरी एलाइन्मेन्ट” भनेर चिनिन्छ, जसमा धेरै ग्रहहरू सूर्यको एउटै दिशामा आइपुग्छन्। यस्तो संयोग निकै कम हुने भएकाले खगोल विज्ञानमा रुचि राख्नेहरूका लागि यो अवसर विशेष हुनेछ। कुन ग्रहहरू देख्न सकिन्छ? फेब्रुअरी २८ को साँझ सूर्यास्तपछि शनि, बुध, शुक्र, मंगल, बृहस्पति, अरुण र वरुण एउटै सीधामा देखिनेछन्। यीमध्ये बुध, शुक्र, बृहस्पति र मंगल नाङ्गो आँखाले नै देख्न सकिनेछन्, जबकि अरुण र वरुण सामान्य दूरबिन वा टेलिस्कोपको सहायता लिनुपर्नेछ। शनि ग्रहलाई भने अवलोकन गर्न केही कठिन हुन सक्छ, जसका लागि उपयुक्त समय र स्थानको जानकारी…

Read More

वासिङ्टन – एक अमेरिकी अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनलाई रोकिएका विदेशी सहायता कार्यक्रम पुनः सञ्चालन गर्न आदेश दिएको छ। अदालतले प्रशासनलाई अनुदान, ऋण, र अन्य वित्तीय सहायता उपलब्ध गराउन २ दिनको समयसीमा तोकेको छ। अदालतका न्यायाधीशले ट्रम्प प्रशासनले अघिल्लो आदेशको पालना नगरेको भन्दै प्रशासनको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। नयाँ आदेशअनुसार संघीय कोषमा लगाइएको रोक हटाउनुपर्नेछ, जसले प्रभावित विकास परियोजनाहरूलाई निरन्तरता दिन मद्दत गर्नेछ। राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकालको सुरुआतमा कार्यकारी आदेश जारी गर्दै इजरायल, इजिप्ट र खाद्य सहायता कार्यक्रम बाहेक सबै विदेशी सहायता रोकेका थिए। यस निर्णयका कारण स्वास्थ्य, शिक्षा, रोजगारी, र पूर्वाधार विकासजस्ता क्षेत्रमा असर परेको थियो। अदालतको आदेशपछि…

Read More

वासिङ्टन डीसी – अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले धनी विदेशी लगानीकर्ताहरूलाई लक्षित गर्दै नयाँ ‘गोल्डन भिसा’ कार्यक्रम घोषणा गरेका छन्। ट्रम्पका अनुसार, यो विशेष भिसा ५० लाख अमेरिकी डलरको लगानी गर्ने विदेशी नागरिकहरूले प्राप्त गर्न सक्नेछन्, जसले उनीहरूलाई अमेरिका बस्न, काम गर्न र भविष्यमा नागरिकता प्राप्त गर्ने अवसर प्रदान गर्नेछ। ट्रम्पले ओभल अफिसबाट आयोजित कार्यक्रममा भने, “हामी अब गोल्डन भिसा कार्यक्रम ल्याउँदैछौं, जसले हाम्रो अर्थतन्त्रलाई बलियो बनाउन सहयोग गर्नेछ। यो कार्यक्रमअन्तर्गत विदेशी धनाढ्यहरू अमेरिका आउन सक्नेछन्, लगानी गर्न सक्नेछन्, र हाम्रो देशको आर्थिक वृद्धिमा योगदान दिन सक्नेछन्।” ईबी-५ कार्यक्रमको स्थान लिने तयारी नयाँ गोल्डन भिसा कार्यक्रम हालको ईबी-५ भिसा कार्यक्रमको परिमार्जित…

Read More

नेपालमा राष्ट्रवाद बेला–बेला उर्लिरहने विषय हो, जसले सामाजिक र राजनीतिक बहसलाई तात्तिने अवसर दिन्छ। तर हालैको राष्ट्रवादी उभार भने अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको युएसएआईडी (USAID) नीतिसँग प्रत्यक्ष रूपमा गाँसिएको देखिन्छ। ट्रम्पले युएसएआईडीलाई भ्रष्टाचारको अखडा भन्दै सहयोग रोक्ने नीति लिएका कारण, नेपालमा पनि यसबारे बहस चर्किएको छ। नेपालमा अमेरिकी सहयोग सात दशकभन्दा बढी समयदेखि निरन्तर आइरहेको छ। सन् १९५१ देखि अमेरिकी लगानी नेपालमा सुरु भइसकेको थियो भने, सन् १९६१ मा राष्ट्रपति जोन एफ. केनेडीको पालामा युएसएआईडी स्थापनापछि यसको औपचारिकता बढ्यो। त्यसयता डेढ अर्बभन्दा बढी अमेरिकी डलर नेपालमा शिक्षादेखि स्वास्थ्य, कृषि र सचेतनामूलक कार्यक्रमहरूमा खर्च भइसकेको छ। मलेरिया नियन्त्रण कार्यक्रम (१९५४), एचआईभी…

Read More

पोखरामा राष्ट्रिय नागरिक संघर्ष समितिको आयोजनामा महाशिवरात्रिको पुर्वसन्ध्यामा शुभकामना आदान-प्रदान कार्यक्रम संचालन गरिएको छ। यस कार्यक्रमको मुख्य आकर्षणका रुपमा विश्व हिन्दु सम्राट श्री ५ महाराजाधिराज ज्ञानेन्द्र बिर विक्रम शाहदेवले बैदामस्थित केदारेश्वर मन्दिरमा बिशेष पूजा-अर्चना तथा सन्ध्या आरतीमा सरिक हुने व्यवस्था गरिएको छ। यस अवसरमा नेपाल-भारत हिन्दु मैत्री समाज सहित विभिन्न हिन्दुबादी संघ-संस्था र सामाजिक अभियन्ताहरूको समेत सक्रिय सहभागिता रहेको थियो। सहभागी महानुभावहरूले महाशिवरात्रिको उपलक्ष्यमा केदारेश्वर मन्दिरमा आम जनमानससँग पूजा-अर्चना गर्नु सौभाग्यको विषय रहेको भन्दै, राजा र समस्त राष्ट्रवादी समाजलाई हार्दिक स्वागत र सहभागी हुन आह्वान गरेका छन्। यस प्रकारको कार्यक्रमले राष्ट्रिय एकता र धार्मिक एकात्मताका महत्वपूर्ण पाटाहरूलाई उजागर गर्दै, महाशिवरात्रिको…

Read More

काठमाडौं – नेपाली सेनाको निमन्त्रणामा भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरूको एक टोली नेपाल आएको छ। नेपाली सेनाको २६२औँ वार्षिकोत्सव तथा महाशिवरात्रिको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन उनीहरू नेपाल आएका हुन्। नेपाल भ्रमणमा रहेका भारतीय सेनाका पूर्व प्रधान सेनापतिहरूमा जनरल जोगिन्दर जसवन्त सिंह, जनरल दीपक कपुर, जनरल विजय कुमार सिंह, जनरल दलवीर सिंह सुहाग, जनरल मनोज मुकुन्द नरवणे, र जनरल मनोज पाण्डे रहेका छन्। भ्रमणका क्रममा उनीहरूले नेपाली सेनाद्वारा आयोजित विशेष समारोहमा सहभागी हुनुका साथै विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकन गर्ने कार्यक्रम रहेको छ। नेपाली सेनाले यो भ्रमणले नेपाल–भारतबीचको रक्षा तथा कूटनीतिक सम्बन्धलाई थप सुदृढ गर्ने विश्वास लिएको छ।

Read More