काठमाडौं – अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएड) को सहयोग रोकिँदा नेपालमा सञ्चालन हुँदै आएको शिक्षासम्बन्धी कार्यक्रम प्रभावित भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार, यूएसएडले वार्षिक रूपमा १७ मिलियन अमेरिकी डलर (झन्डै २ अर्ब ३६ करोड नेपाली रुपैयाँ) सहयोग गर्दै आएको थियो, जुन तत्कालका लागि होल्डमा परेको छ। यूएसएडको सहयोग शिक्षा मन्त्रालयअन्तर्गतको ‘स्कुल एजुकेसन सेक्टर प्लान’ (एसईएसपी) कार्यक्रममार्फत परिचालन हुँदै आएको थियो। एसईएसपीमा विभिन्न दातृ संस्थाहरूको रकम एउटै कोषमा राखेर शिक्षा सुधारका कार्यक्रम सञ्चालन गर्ने व्यवस्था छ। यूएसएडको योगदान रोकिँदा मन्त्रालयले अगाडि बढाइसकेको योजनामा वित्तीय चुनौती उत्पन्न हुने देखिएको छ। शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार, यो सहयोग स्थायी…
तितो सत्य
वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीलाई ‘तानाशाह’ को संज्ञा दिएका छन्। हालै साउदी अरेबियामा रुस र अमेरिकाबीच युद्धविरामसम्बन्धी वार्ता भएलगत्तै यी दुई नेताबीच आरोप–प्रत्यारोप सुरु भएको हो। युक्रेनको सहभागिता विना भएको उक्त वार्ताप्रति असहमति जनाउँदै जेलेन्स्कीले अमेरिका रुसी प्रचारको प्रभावमा परेको संकेत गरेका थिए। उनले अमेरिकी नेतृत्व रुसी ‘झुटको संसार’ मा रमाइरहेको टिप्पणी गरेका थिए। त्यसको केही समयमै ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत जेलेन्स्कीलाई तानाशाहको संज्ञा दिँदै उनको वैधानिकतामाथि प्रश्न उठाएका थिए। रुस–अमेरिका वार्ताप्रति युक्रेन असन्तुष्ट गत साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र राष्ट्रपति ट्रम्पबीच ९० मिनेट लामो टेलिफोन वार्ता भएको थियो। त्यसपछि साउदी अरेबियामा…
काठमाडौं – भारतको ओडिसामा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युपछि उत्पन्न परिस्थितिलाई गम्भीरतापूर्वक लिँदै नेपाल सरकारले भारतीय पक्षसँग कूटनीतिक पहल अघि बढाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकमा घटनाबारे विस्तृत छलफल भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार घटनाप्रति संवेदनशील रहेको बताउँदै भारतसँग समन्वय गरेर समस्या समाधान गर्न पहल भइरहेको जानकारी गराए। परराष्ट्रमन्त्री आरजु राणा देउवाले दिल्लीस्थित नेपाली दूतावासमार्फत दुई सदस्यीय टोलीलाई ओडिसा पठाइएको जानकारी दिइन्। साथै, ओडिसा सरकारले पनि छानबिन समिति गठन गरेको उल्लेख गर्दै अनुसन्धानको निष्कर्षपछि थप कदम चालिने बताइन्। लम्साल आइतबार ओडिसाको भुवनेश्वरस्थित केआईआईटी कलेजको होस्टेलमा मृत फेला परेकी थिइन्। उनको मृत्यु शंकास्पद भएकाले नेपाली विद्यार्थीले…
काठमाडौं – सरकारले ल्याएका छवटा अध्यादेशमध्ये पाँच अध्यादेश संसदमा पेस गर्ने विषयमा सत्ता साझेदार दलहरूबीच सहमति जुटेको छ। तर, भूमिसम्बन्धी अध्यादेशलाई लिएर सत्ता गठबन्धनभित्रै मतभेद देखिएपछि सरकार नयाँ रणनीति तय गर्न खोजिरहेको छ। भूमिसम्बन्धी अध्यादेशमा मतभेद माघ १८ गतेदेखि सुरु भएको संसदको हिउँदे अधिवेशनमा सरकारका तर्फबाट विभिन्न अध्यादेशहरू पेस गरिए पनि भूमिसम्बन्धी अध्यादेशले विवाद सिर्जना गरेको छ। उक्त अध्यादेशमा भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्ने नागरिकलाई जग्गा वितरण गर्ने प्रावधान रहेको छ। तर, सार्वजनिक जग्गा, नदी किनार, वन क्षेत्रलगायत स्थानमा समेत यो लागू हुने देखिएकाले यसको दुरुपयोग हुन सक्ने चिन्ता व्यक्त गरिएको छ। सत्तारूढ दल नेपाली कांग्रेसका केही सांसदहरू,…
टोरन्टो – क्यानडाको टोरन्टो पियरसन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा एक विमान दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन्, जसमा एक बच्चा, ४० वर्षीया महिला र ६० वर्षीय पुरुष रहेको बताइएको छ। डेल्टा एयरलाइन्सको उडान संख्या ४८१९ भएको उक्त विमान स्थानीय समयअनुसार पौने ३ बजे अवतरण भएको थियो। विमानमा ७६ यात्रु र चालक दलका ४ सदस्य गरी कुल ८० जना सवार थिए। दुर्घटनाको कारण अझै खुल्न सकेको छैन। प्रारम्भिक रिपोर्टअनुसार, अधिकांश यात्रु सकुशल रहेका छन्। विमानमा २२ जना क्यानडाका नागरिक तथा अन्य विदेशी यात्रु रहेको जनाइएको छ। दुर्घटनाका कारण विमानस्थलमा अन्य उडानहरू प्रभावित भएका छन्, जसले गर्दा…
काठमाडौं – सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ। बैठकमा प्रधानमन्त्रीले महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७९–०८०) पेस गर्ने सम्भावना रहेको छ। साथै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले राष्ट्रियसभाबाट उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी, मन्त्रीले विद्युतीय व्यापार (इ-कमर्स) विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ। बैठकमा अन्य विधेयक तथा नीति सम्बन्धी विषयहरूमा पनि छलफल हुन सक्ने अनुमान गरिएको छ।
काठमाडौं – संघीय संसद्को दुबै सदनबाट भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक पारित भएको छ। राष्ट्रिय सभामा उत्पत्ति भएको विधेयक प्रतिनिधि सभाले केही संशोधन गर्दै सोमबार सर्वसम्मतिले पारित गरेको हो। यसअघि, २०८० साल भदौ ३१ गते प्रतिनिधि सभामा विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो। त्यसपछि विधेयक दफावार छलफलका लागि राज्य व्यवस्था तथा सुशासन समितिमा पठाइएको थियो। समितिले छलफलपछि प्रतिवेदनसहित प्रतिनिधि सभामा पेश गरेको विधेयक पारित भएको हो। प्रतिनिधि सभाले विधेयकमा केही संशोधनहरू गरेको छ। राष्ट्रिय सभाले प्रस्ताव गरेको निजी क्षेत्रलाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरामा ल्याउने प्रावधान हटाइएको छ। साथै, भ्रष्टाचार अनुसन्धानमा पाँच वर्षे हदम्याद राख्ने प्रस्तावलाई पनि संशोधन गरिएको छ।…
काठमाडौं – निर्वाचन प्रणाली सुधार, राजनीतिक दलहरूको जवाफदेहिता र पारदर्शिता कसरी कायम गर्ने भन्ने विषयमा विभिन्न विज्ञहरूबीच छलफल भएको छ। बृहत् नागरिक आन्दोलनले शुक्रबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, राजनीतिशास्त्री कृष्ण खनाल, इन्द्र अधिकारी लगायतका विज्ञहरूले आफ्नो धारणा राखेका थिए। कार्यक्रममा बोल्दै पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेतीले वर्तमान गठबन्धन र निर्वाचन प्रणालीमा रहेका चुनौतीहरूको विषयमा चर्चा गरे। उनले सैद्धान्तिक दृष्टिकोण नमिल्ने दलहरूबीच चुनावी गठबन्धन हुनु स्वार्थको बन्धन मात्र भएको टिप्पणी गरे। “जीवनभर कांग्रेसलाई भोट दिने मानिसलाई अचानक अरूलाई भोट हाल्न भन्नु अन्याय हो,” उनले भने। उनले नेपालको निर्वाचन प्रणालीलाई सुधार गर्न पूर्ण समानुपातिक प्रणालीको आवश्यकताको पक्षमा जोड…
रुस र युक्रेनबीच जारी युद्ध अन्त्यका लागि हुन लागेको वार्तामा युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीलाई सहभागी नगराइने भएको छ। रुस र अमेरिकाबीच साउदी अरेबियामा हुने वार्तामा युक्रेनी प्रतिनिधि नबोलाइने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यसअघि युक्रेनका लागि अमेरिकी राजदूत केइथ केलोगले वार्तामा युक्रेनलाई पनि सहभागी गराइने बताएका थिए। तर, पछिल्लो जानकारीअनुसार सो वार्तामा युरोपेली नेताहरूको समेत उपस्थिति रहने छैन। युरोपेली नेताहरू सोमबार फ्रान्समा आयोजना हुने पेरिस सम्मेलनमा सहभागी हुनेछन्। अमेरिकाले हालै रुस-युक्रेन युद्धप्रति आफ्नो दृष्टिकोण परिवर्तन गरेपछि फरक-फरक वार्ता प्रक्रिया अघि बढाइएको बताइन्छ। अमेरिकी मध्यपूर्व दूत स्टिभ विटकोफ आइतबार नै साउदी अरेबिया पुगिसकेका छन्। रुसी प्रतिनिधिमण्डलसँग वार्ताका लागि अमेरिकी विदेश मन्त्री मार्क…
काठमाडौं, फागुन ५ – हाल देशभर पश्चिमी वायू र पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेका छन्। आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली रही मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ। पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ। राति कोशी, गण्डकी र कर्णाली…