तितो सत्य

काठमाडौं, जेठ २ – नेपाल सरकारका पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणमार्फत ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स)’ नामक प्रविधि खरिद प्रक्रियामा अनियमितता भएको भन्दै उनीहरूमाथि भ्रष्टाचारको आरोपसहित मुद्धा दायर गरेको हो। आयोगले आरोपितहरूविरुद्ध जनही ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बराबरको बिगो मागदाबी गरेको छ। मुद्दा परेका व्यक्तिहरू पूर्वमन्त्री बस्नेतसँगै मुद्दा खेप्नुपर्नेमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षहरू दिगम्बर झा र पुरुषोत्तम खनाल, पूर्वसदस्यहरू धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती, निर्देशक विजयकुमार राय, उपनिर्देशकहरू…

Read More

काठमाडौं, १५ जेठ — मुलुकको आर्थिक नियामक संस्था नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया पछिल्लो समय विवादास्पद बन्न पुगेको छ । कानुनी अस्पष्टता, सत्ता गठबन्धनबीचको अविश्वास र शक्ति सन्तुलनको राजनीतिक खेलका कारण गभर्नर नियुक्ति प्रक्रिया जटिल बन्दै गएको छ । गत चैत २४ गते गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि बैंक कार्यबाहक गभर्नर डा. निलम ढुंगाना तिम्सिनाको जिम्मामा सञ्चालनमा रहेको छ । तर, स्थायी गभर्नर नियुक्त गर्न बनेको सिफारिस समिति नै विवादमा तानिएपछि नियुक्ति प्रक्रिया अगाडि बढ्न सकेको छैन । सिफारिस समिति नै कानुनी अन्योलमा राष्ट्र बैंक ऐनअनुसार गभर्नर नियुक्तिका लागि अर्थमन्त्रीको संयोजकत्वमा पूर्वगभर्नर र एकजना विज्ञ सदस्य रहने गरी सिफारिस…

Read More

काठमाडौं, १४ वैशाख – नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा नयाँ अध्यक्ष तथा सदस्यहरूको नियुक्ति गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्थीसुब्बा गुरुङले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै यसबारे जानकारी दिनुभएको हो। सत्य निरुपण तथा मेलमिलाप आयोगको नेतृत्व महेश थापालाई संघीय सरकारको निर्णयअनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा संखुवासभाका महेश थापालाई नियुक्त गरिएको छ। उहाँसँगै आयोगमा पाँचजना सदस्यहरू नियुक्त भएका छन्, जसमा विभिन्न भूगोल तथा पृष्ठभूमिका व्यक्तिहरू समावेश छन्। सदस्यहरूमा अच्युत प्रसाद भण्डारी (जाजरकोट), डा. टीका प्रसाद ढकाल (पाँचथर), पदम बहादुर शाही (जुम्ला), र…

Read More

भूमि ऐन संशोधन र आगामी वर्षको बजेट प्राथमिकतामाथि सांसदहरूको ध्यान काठमाडौं, ३१ वैशाख — संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा भूमि सम्बन्धी कानुनी संशोधन र आगामी आर्थिक वर्षका बजेट प्राथमिकतामाथिको छलफल मुख्य कार्यसूचीमा रहेको संसद् सचिवालयले जनाएको छ। भूमि सम्बन्धी विधेयकमाथि छलफल आजको बैठकमा ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ पेस गरिनेछ। यस विधेयकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना दर्ता गराएका छन्, जुन निर्णयार्थ प्रस्तुत गरिने सम्भावना छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले उक्त विधेयक सदनमा प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ। भूमि…

Read More

मौसमविद्‌हरूका अनुसार देशका विभिन्न भूभागमा फरक मौसमी अवस्था देखिने काठमाडौं, ३१ वैशाख – देशभर मौसममा विविधता देखिन थालेको छ। एकातिर तराई क्षेत्रको अधिकांश भागमा तापक्रम वृद्धि हुँदै गएको छ भने अर्कोतर्फ पहाडी तथा उच्च पहाडी भेगमा बदली र वर्षाको सम्भावना प्रबल देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको छ। यस मौसमी प्रणालीका कारण देशभर फरक–फरक मौसमी अवस्था देखिने अनुमान गरिएको हो। तराईमा गर्मी चर्कंदै कोसी प्रदेशबाहेकका तराई क्षेत्रहरू — विशेषगरी मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेश — मा आगामी केही दिन तापक्रम उल्लेखनीय रूपमा बढ्ने…

Read More

रौतहट — राष्ट्रिय बजरंग दलले रौतहट जिल्लाको जिल्ला कार्यसमितिको पुनर्गठन गर्दै राहुल झालाई प्रवक्ताको जिम्मेवारी दिएको छ। हालै सम्पन्न भेलामा उपस्थित जिल्ला स्तरीय पदाधिकारी तथा कार्यकर्ताहरूको सर्वसम्मत निर्णयबाट झाको चयन गरिएको हो। मधेश प्रदेशमा राष्ट्रिय बजरंग दलको सक्रियता दिनप्रतिदिन विस्तार भैरहेको छ। विशेषतः हिन्दु मूल्य, संस्कृति र राष्ट्रवादी विचारधाराको संरक्षणमा कटिबद्ध संगठनको रूपमा बजरंग दलप्रतिको विश्वास स्थानीय हिन्दु समुदायमा उल्लेखनीय रूपमा बढिरहेको देखिन्छ। राजनीतिक विश्लेषकहरूका अनुसार, विगतमा मुख्यतः पहाडी भूभागमा केन्द्रित रहेको हिन्दुत्ववादी संगठन अब मधेशमा पनि प्रभाव जमाउँदै लैजान सफल भएको छ। राहुल झा, जो ईशनाथ मठका प्रस्तावित पुजारी समेत हुन्, उनको प्रवक्ता पदमा चयन हुनु बजरंग दलको हिन्दुत्ववादी…

Read More

लुम्बिनी प्रदेशसभाकी सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएकी छिन्। जनमत पार्टीबाट समानुपातिक प्रणालीमार्फत प्रदेशसभा प्रवेश गरेकी गुरुङले आफैंले जागरूक निर्णय गर्दै राजीनामा दिएकी हुन्। गुरुङले सभामुख समक्ष बुझाएको राजीनामापत्रमा लेखिएको छ, “राष्ट्र, देश र जनताभन्दा माथि कोही पनि हुँदैन भन्ने मेरो स्पष्ट मान्यता हो। जनताले ठूलो मेहनतबाट तिरेको करबाट म पाउने पारिश्रमिक लिन नैतिक रूपमा उचित ठान्दिन। त्यसैले यो पदमा बसेर पारिश्रमिक लिने अवस्था म स्वीकार्न सक्दिन।” उनको यो निर्णयले राजनीतिक वृत्तमा चर्चा पाएको छ। नेपालमा समानुपातिक प्रणाली अन्तर्गत पदमा पुगेका जनप्रतिनिधिहरूले व्यक्तिगत निर्णयका आधारमा यस्तो कदम चाल्नु दुर्लभ मानिन्छ। गीता गुरुङको राजीनामा सादा तर गहिरो सन्देश बोकेको देखिन्छ—राजनीति पद,…

Read More

काठमाडौं, वैशाख ३० – काभ्रेपलाञ्चोक जिल्लाको पनौती क्षेत्रमा सोमबार अपराह्न आएको बाढीले एक महिलालाई बगाएको छ। हालसम्म ती महिलाको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। सुरक्षाकर्मीहरूले खोजी कार्य जारी राखेका छन्। बेपत्ता भएकी महिला पनौती नगरपालिका–५ सुब्बागाउँकी २८ वर्षीया रेनुका गिरी रहेको प्रहरीले पुष्टि गरेको छ। सोमबार बाढीपछि प्रारम्भ गरिएको खोजी कार्य साँझपछि रोकिएको थियो भने मंगलबार बिहानैदेखि पुनः सुरु गरिएको छ। प्राकृतिक विपत्तिका कारण पनौती, कटुन्जेबेसी, बोक्सीकुना र माम्ती क्षेत्रमा संरचनात्मक र यातायातजन्य क्षति पुगेको छ। विशेषतः रोशी गाउँपालिका–११ र १२ को सिमानामा पर्ने माम्ती खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग दुवैतर्फ अवरुद्ध भएको छ।…

Read More

भारत र पाकिस्तानबीच चार दिनसम्म चलेको सैन्य तनावपछि युद्धविराम लागू भए पनि सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै भारतका केही विमानस्थलहरूबाट हुने उडानहरू रद्द गरिएका छन्। एयर इन्डिया र इन्डिगो एयरलाइन्सले मंगलबारका लागि आफ्ना केही गन्तव्यमा हुने उडानहरू स्थगित गरेको जनाएका छन्। एयर इन्डियाले सामाजिक सञ्जाल एक्समार्फत एक सूचना जारी गर्दै जम्मू, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ र राजकोटबाट हुने सबै उडानहरू १३ मे, मंगलबारका लागि रद्द गरिएको जनाएको छ। कम्पनीले यात्रुहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै पछिल्ला घटनाक्रमको समीक्षा गरेर यस्तो निर्णय लिएको स्पष्ट पारेको छ। यस्तै, इन्डिगो एयरलाइन्सले पनि जम्मू, अमृतसर, चण्डीगढ, लेह, श्रीनगर र राजकोटबाट हुने आफ्ना उडानहरू रद्द गरेको…

Read More

मध्यविन्दु नगरपालिकाको चोरमारा क्षेत्रमा रहेको गिरवारी खोलाको पुल सोमबार साँझ भाँचिएपछि पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। अत्यधिक भार बोकेको ट्रक पुल पार गर्ने क्रममा पुल भाँचिएको हो। पुल भाँचिएपछि सुरक्षाकर्मीले सवारी आवागमन रोकिदिएका छन् भने सयौं सवारी साधन लाममा परेका छन्। ट्रक पुलमै फसेपछि चालक फरार भएको र हाल ट्रक हटाउन पहल भइरहेको प्रहरीले जनाएको छ। स्थिति सामान्य बनाउने प्रयासस्वरूप रानीबारी क्षेत्रतर्फको वैकल्पिक मार्ग प्रयोगमा ल्याउने प्रयास भइरहेको छ। घटनापछि यात्रुहरू ठूलो समस्या भोगिरहेका छन् भने स्थानीय प्रशासन आवागमन पुनः सुचारु गर्न सक्रिय रहेको छ।

Read More