तितो सत्य

काठमाडौं – संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ। बैठक दिउँसो १ बजे संसद भवन, नयाँ बानेश्वरमा सुरु हुने तय गरिएको छ। आजको बैठकमा विभिन्न विधेयक, प्रतिवेदन तथा प्रस्तावहरू पेस हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले ‘विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको प्रतिवेदन’ पेस गर्ने छन्। यसैगरी, कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले कानून, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको विधायन विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव राख्ने छन्। साथै, उनले ‘विधायन विधेयक पारित गरियोस्’ भन्ने अर्को प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यस्तै, श्रम, रोजगार…

Read More

नवलपुरको गैंडाकोटमा विद्युत् लाइन मर्मतका क्रममा पोलमा चढेका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार ज्यान गुमाउने व्यक्ति जाजरकोटको भेरी नगरपालिकाका ३३ वर्षीय आर्यनसिंह ठकुरी हुन्। उनी गैंडाकोट नगरपालिका–५ कालिकाचोकमा पुरानो पोलबाट नयाँ पोलमा विद्युत् लाइन स्थानान्तरण गर्ने काममा संलग्न थिए। प्रहरीका अनुसार बिहीबार साँझ करिब ६ः२० बजे लाइन सार्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो। करेन्ट लागेपछि उनी पोलमै अचेत अवस्थामा झुण्डिएका थिए। घटनापछि प्रहरी र स्थानीयको सहयोगमा उनको शव पोलबाट तल उतारिएको थियो। स्थानीयबासीको दाबी अनुसार नेपाल विद्युत् प्राधिकरणले मर्मत कार्य भइरहेका बेला अचानक लाइन छोड्दा ठकुरीलाई करेन्ट लागेको हो। यद्यपि, यसको आधिकारिक…

Read More

काठमाडौं – सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ। तर, वर्षको अन्त्यसम्म उक्त बजेटको ९०.९९ प्रतिशत अर्थात् १६ खर्ब ९२ अर्ब ९३ करोड ३५ लाख रुपैयाँ मात्र खर्च हुने अनुमान गरिएको छ। बिहीबार प्रतिनिधिसभामा बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट खर्चको नयाँ अनुमान सार्वजनिक गरेका हुन्। उनका अनुसार चालु खर्चतर्फ १० खर्ब २९ अर्ब ३० करोड रुपैयाँ मात्र खर्च हुने देखिएको छ, जुन लक्ष्यको ९०.२४ प्रतिशत हो। पूँजीगत खर्चतर्फ २ खर्ब ९९ अर्ब ५० करोड रुपैयाँ अर्थात् लक्ष्यको ८५ प्रतिशत मात्र खर्च हुने…

Read More

रौतहट, नेपाल–भारत हिन्दु मैत्री समाज, रौतहट शाखाद्वारा समलैंगिकता र यसका समाजमा पर्ने नकारात्मक प्रभावहरूबारे आयोजित अन्तरक्रियात्मक कार्यक्रममा संस्थापक अध्यक्ष डा. राजीव झा ले एकदमै तीखा र विवादास्पद वक्तव्य दिएका छन्। डा. झा ले मुख्य रूपमा भने, समलैंगिक विवाहलाई मानवाधिकारको नाममाथि प्रस्तुत गर्दै पश्चिमा राष्ट्रहरूले हीन्दुत्वलाई कमजोर पार्न र समाज–राष्ट्रलाई विग्रहमा पार्न खोजिरहेका छन्। उनीले थप व्याख्या गरे कि, समलैंगिक विवाहलाई कानुनी मान्यता दिनु केवल हीन्दुत्वको मात्र होइन, ईस्लाम, क्रिश्चियन, बुद्ध, र जैन धर्म जस्ता अरू प्रमुख आस्तिक धर्महरूमा पनि अपरिचित व्यवहार हो। डा. झा ले यी ग़ैर–सामाजिक गतिबिधिलाई रोक्न युवाहरूलाई सचेत रहन आव्हान गरे। उनका अनुसार, हतियारको दबाब र प्रभावमा…

Read More

चितवन – सहारा चितवन सहकारी संस्थाको रकम दुरुपयोग प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा बयान दिन उपस्थित भएका छन्। मंगलबार उनीविरुद्ध ठगी सम्बन्धी मुद्दा दर्ता भएपछि आज बिहान उनी अदालतमा पेश भएका हुन्। जिल्ला अदालत चितवनका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार लामिछानेको बयान सुरु हुन लागेको छ। बयान सम्पन्न भएपछि थुनछेक बहस अघि बढाइनेछ, जसपछि अदालतले उनलाई साधारण तारेखमा छाड्ने, धरौटीमा राख्ने वा थुनामा पठाउने भन्ने विषयमा निर्णय गर्नेछ। लामिछानेविरुद्ध कास्की, काठमाडौं, र रुपन्देही जिल्ला अदालतहरूमा समेत संगठित अपराधसम्बन्धी मुद्दा दायर भएको छ। अभियोजन पक्षका अनुसार पोखरा र बुटवलका सहकारीबाट उनले आफैं ऋण लिएको…

Read More

साहारा चितवन सहकारी प्रकरण : रवि लामिछानेसहित १८ जनाविरुद्ध नयाँ अभियोजन चितवन, फागुन २२ – साहारा चितवन सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार जिल्ला अदालत, चितवनमा पूरक अभियोजन दर्ता गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित थप १८ जनालाई प्रतिवादी बनाउँदै यो मुद्दा दायर गरिएको हो। यसअघि, पहिलो चरणमा १४ जनाविरुद्ध मुद्दा दायर भएको थियो, जसले गर्दा अहिलेसम्म ३२ जना यो प्रकरणमा प्रतिवादी बनिसकेका छन्। सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलका अनुसार, नयाँ अभियोग दर्तापछि प्रतिवादी संख्या थपिएको हो। अभियोगपत्रमा रवि लामिछानेसहित रामबहादुर खनाल, रविना रिमाल, विशाल तामाङ, नवीन अछामी, कविता तामाङ,…

Read More

नेपाली कांग्रेसले देशभरका ७७ जिल्लाका सभापति तथा उपसभापतिहरूलाई लक्षित गरी सभापति र उपसभापतिका लागि अभिमुखीकरण कार्यक्रम गर्दैछ । कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पोखरामा आयोजना गर्ने उक्त कार्यक्रमको पार्टी सभापति शेरबहादुर देउवाले बिहान साढे १० बजे उद्‌घाटन गर्ने कार्यक्रम रहेको छ । आज अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ। पार्टीको संगठनात्मक सुदृढीकरण तथा आगामी कार्यदिशाबारे स्पष्ट मार्गनिर्देशन दिन उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो। पार्टी नेतृत्वका अनुसार अभिमुखीकरण कार्यक्रममा पार्टीको नीति, संगठन विस्तार, आगामी रणनीति तथा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। पार्टी सभापति, वरिष्ठ नेताहरू तथा अन्य पदाधिकारीहरूले कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। नेपाली कांग्रेसले हालै सम्पन्न…

Read More

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाले सर्वोच्च अदालतमा दिएको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ हुने भएको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र नृपध्वज निरौलाको इजलासमा पेसी तोकिएको छ। झाले जिल्ला अदालत काठमाडौंको पुर्पक्षका लागि थुनामा पठाउने फैसलाविरुद्ध उच्च अदालत पाटनमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए। उच्च अदालतले जिल्ला अदालतकै निर्णयलाई सदर गरेपछि झाले माघ २ गते सर्वोच्च अदालतमा पुनः निवेदन दर्ता गरेका थिए। सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले माघ ३ गते झाको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै थुनामा राख्नुको कारण देखाउन आदेश जारी गरेको थियो। झामाथि नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थीका रूपमा अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोग लागेको…

Read More

काठमाडौं, फागुन २ — सरकारले जारी गरेका विभिन्न अध्यादेशहरू अस्वीकृत गर्न प्रतिनिधि सभा र राष्ट्रिय सभामा क्रमशः ५० र १६ प्रस्ताव दर्ता भएका छन्। संसदीय प्रक्रियाअनुसार, अध्यादेशहरूलाई अनुमोदन गर्न वा अस्वीकृत गर्न संसदमा छलफल हुनुपर्ने भएकाले सांसदहरूले यी प्रस्तावहरू दर्ता गराएका हुन्। अध्यादेशहरू अस्वीकृत गर्ने प्रस्तावको पृष्ठभूमि नेपालको संविधानअनुसार, संसद् नचलिरहेका बेला सरकारलाई अध्यादेशमार्फत कानुन निर्माण गर्ने अधिकार छ। तर, जब संसद् सञ्चालनमा आउँछ, ती अध्यादेशहरूलाई अनुमोदन गराउनुपर्ने वा अस्वीकृत गरिनुपर्ने हुन्छ। हाल संसद्मा दर्ता गरिएका प्रस्तावहरू सरकारद्वारा जारी अध्यादेशहरूमाथि असहमति जनाउँदै ती खारेज गर्न माग गर्ने उद्देश्यले आएको हो। प्रतिनिधि सभा र राष्ट्रिय सभामा दर्ता भएका प्रस्तावहरू• प्रतिनिधि सभा:…

Read More

काठमाडौं – बेलायती राजकुमार दम्पती भोलि नेपाल भ्रमणमा आउँदै छन्। नेपाल बसाइको क्रममा उनीहरूले काठमाडौं उपत्यकादेखि पोखरासम्म विभिन्न ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक स्थलहरूको अवलोकन गर्ने कार्यक्रम रहेको छ। उनीहरूको भ्रमणको सुरुवात कीर्तिपुरबाट हुनेछ, जहाँ उनीहरूले स्थानीय सम्पदा, संस्कृति तथा समुदायसँग अन्तक्र्रिया गर्ने अवसर पाउनेछन्। त्यसपछि उनीहरूले अन्य महत्वपूर्ण स्थानहरूको भ्रमण गर्नेछन्।काठमाडौंका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरू अवलोकन गरेपछि राजकुमार दम्पती पोखरा प्रस्थान गर्नेछन्। पोखरामा उनीहरूले फेवा ताल, सराङकोट, तथा अन्य पर्यटकीय गन्तव्यहरूको भ्रमण गर्ने कार्यक्रम रहेको छ।यो भ्रमणले नेपाल-बेलायत सम्बन्ध थप सुदृढ गर्ने विश्वास गरिएको छ।बेलायती राजकुमार एडवार्ड पत्नी सोफियासहित मंगलबार नेपाल भ्रमणमा आउने भएका छन्। गृह मन्त्रालयका अनुसार उनीहरूको भ्रमणका…

Read More