तितो सत्य

महोत्तरीको जलेश्वर कारागारका एकजना कैदीको मृत्यु भएको छ । धनुषाको बटेश्वर गाउँपालिका-१ कार्तिकुमरका ५६ वर्षीय जोगेन्द्र महराको मृत्यु भएको हो ।२०३८ सालमा गाउँकै खेतमा भएको आगजनी घटनामा दोषी ठहर भएका उनलाई प्रहरीले दुई वर्षअघि पक्राउ गरी साजय भुक्तानीका लागि कारागार पठाएको थियो । अचानक बेस्सरी पेटदुखेपछि उनलाई मध्यराति प्रादेशिक अस्पताल जलेश्वरमा भर्ना गरिएको थियो । उपचारको क्रममा शनिबार राति २:३० बजेतिर उनको मृत्यु भएको उनका अनुसार महरा पहिलेदेखि नै औषधि सेवन गरिरहेका थिए । कारागार प्रशासन प्रमुख अशोक क्षेत्रीले जानकारी दिए ।

Read More

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले देशका केही भागमा बदलीको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सफा रहेको छ । तराईका धेरै स्थानमा आज पनि हुस्सु र कुहिरो लागेको छ ।कोशी प्रदेशको पहाडी भू–भागमा दिउँसो र राति आंशिक बदली हुनेछ भने बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।मधेश, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने मुख्यतया मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ ।आगामी २४ घण्टामा देशका तराई तथा उपत्यकाका केही स्थानमा बिहानको समयमा कुहिरो लाग्ने सम्भावना…

Read More

महाकुम्भमा स्नान गरेर घर फर्किंदै गर्दा बिहारको मुजफ्फरपुरमा गाडीमा ९ जना सवार थिए नेपाली चढेको स्कार्पियो गाडी दुर्घटना हुँदा पाँच नेपाली दर्शनार्थीको मृत्यु भएको छ ।गाडी दुर्घटनामा परेर पाँच नेपालीको मृत्यु भएको तथा चारजना गम्भीर घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।मृतकमध्ये तीन महिला र दुई पुरुष छन् । मृत्यु हुनेमा अर्चना ठाकुर, इन्दु देवी, मन्त्रणा देवी, बालकृष्ण झा र गाडीचालक शम्भु ठाकुरको पहिचान खुलेको छ । मृतकमध्ये गाडीचालक शम्भु सिरहा र अन्य महोत्तरीका हुन् ।घाइतेहरूमध्ये मनोहर ठाकुर, सृष्टि ठाकुर, कामनी झा र देवतारण देवी रहेका छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

Read More

ब्राह्मण अन्तर्राष्ट्रिय सङ्गठन ट्रष्टको संरक्षकका रुपमा संहिताशास्त्री अर्जुनप्रसाद बास्तोलाले भारतको प्रयागराजमा जारी महाकुम्भमा नेपाली तीर्थयात्रीका लागि बस्ने र खाने व्यवस्था गरेका छन् । एक सय ४४ वर्षको अन्तरालमा हुने महाकुम्भमा नेपाली तीर्थयात्रीलाई बस्ने र खाने व्यवस्थाका लागि कुनै समस्या नहोस् भनी सेवा गरिएको उनको भनाइ छ । एक दिनमा दुई सय जना नेपाली भक्तजनलाई यस्तो सेवा दिइएको छ । “हरेक दिन भागवत कथा वाचन पनि भइरहेको छ, हाम्रो यो प्रयासलाई भारतीयले समेत प्रशंसा गरेका छन्”, उनले भने । महाकुम्भमा पुगेर बस्ने र खाने स्थानको खोजीमा भौँतारिने नेपालीलाई यसले राहत पुगेको जनाइएको छ । दैनिक एक करोडभन्दा बढी भक्तजन पुग्ने गरेको…

Read More

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगम सञ्चालक समितिको बैठकले आज रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर चार रूपैयाँ वृद्धि गरेको हो।

Read More

हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा सडक बिग्रेकाले वैकल्पि बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ । हेटौँडाबाट काठमाडौं जाँदा त्रिभुवनराजपथ तथा कान्तिलोकपथबाट यात्रा गर्न आग्रह गरिएको बताए ।कुलेखानी सिमखोला नजिक हेभीको उकालोमा साना गाडीहरु चढ्न नसक्नेगरी सडक बिग्रेकाले स्थानीय प्रहरीले सवारीसाधनलाई भैँसेबाट त्रिभुवनराजपथको पालुङ हुँदै काठमाडौंतर्फ पठाइरहेका छन ।

Read More

भारतमा अजीत पवार नेतृत्वको राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता बाबा सिद्दिकीको हत्या गरिएको छ । गोली हानी उनको हत्या गरिएको हो ।शनिबार राति मुम्बईको बान्द्रा पूर्वमा उनीमाथि कैयौँ राउन्ड गोली चलाइएको थियो । त्यसपछि उनलाई गम्भीर अवस्थामा लीलावती अस्पतालमा भर्ना गरिएको थियो । उनको छातीमा गोली लागेको बताइएको छ ।छोरा जीशान सिद्दिकीको कार्यालय जाँदै गर्दा उनीमाथि आक्रमण गरिएको हो । महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देका अनुसार, प्रहरीले उक्त घटनाका विषयमा दुईजनालाई पक्राउ गरेको छ । उनीहरूसँग सोधपुछ भइरहेको छ ।करिब पाँच दशक कांग्रेसमा रहेर राजनीति गरेका सिद्दिकी यसै वर्ष कांग्रेस छाडेर राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) प्रवेश गरेका थिए।गोली प्रहारबाट गम्भीर घाइते…

Read More

राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नियुक्ति र शपथ ग्रहण आज दिउँसो साढे १ बजे निर्धारण हुँदैछ । राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने र शीतल निवासमा पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम छ ।संवैधानिक परिषदको बैठकले ३१ भदौमा राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।उनी साढे एक वर्ष प्रधानन्यायाधीश रहनेछन् । संसदीय सुनुवाइ समितिले १६ असोजमा राउतको नाम अनुमोदन गरेको थियो ।

Read More

जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा पूर्वी र मध्यभागमा बङ्गलादेशको उत्तर भू-भाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । विभागका अनुसार हाल लुम्बिनी र गण्डकीसहित देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । लुम्बिनीका केही र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज राति मुलुकका पहाडी भागमा…

Read More

हिजबुल्लाहको नेता हसन नसरल्लाहको मृत्यु भएपछि उनको उत्तराधिकारीको कुनै टुङ्गो छैन। उनकै सम्भाव्य उत्तराधिकारी ठानिएका हसिम सफेडाइन पनि अहिले सम्पर्क बिहीन छन्। आक्रमणको निशाना नै उनी भएको इजरायलले जनाइ सकेको छ। उनी मारिएको या जीवित भन्ने चाहिँ यकिन छैन। सफडेडाइन नसरल्लाहको मामाको छोरा हुन्। यी दुवैले सन् १९८० को दशकमा इरानमा अध्ययन गरेका थिए। सोही समयदेखि उनीहरू पश्चिमा र इजरायलको कटु आलोचक थिए। सोही समयदेखि नै उनीहरूको इरानी नेतासँगको सम्पर्क कायम थियो। सेफेडाइन सम्पर्कबिहीन हुनु अगाडिसम्म कार्यकारी काउन्सिलका प्रमुख थिए। काउन्सिलले राजनीतिक कम गर्छ भने अर्को सङ्गठन जिहाद काउन्सिलले सैन्य सङ्गठनको काम गर्छ।सेफेडाइनले नै यस अघि हिजबुल्लाहको इरान रेभुलेसनरी गार्डकर्प…

Read More