तितो सत्य

संघीय संसदको दुवै सदनबाट पारित भइसकेको नेपालको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक बिहीबार राष्ट्रपतिबाट प्रमाणीकरण प्रमाणीकरण भएकोमा अमेरिका, बेलायत लगायत ९ देश र युरोपियन युनियनले स्वागत गरेका छन् । आइतबार ती देशका तर्फबाट जारी संयुक्त विज्ञप्तिमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक नेपालको दुवै सदनबाट सर्वसम्मत रुपमा पारित भएकाकोमा स्वागत गरिएको छ ।

Read More

प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल २४ भदौमा समाप्त हुँदैछ । कार्यकाल समाप्त हुनु एक महिनाअघि उनी बिदामा बसेकाले हाल कायम मुकायम प्रधान सेनापतिलाई राष्ट्रपति रामचन्द्र पौडेलले २४ भदौदेखि लागू हुने गरी नेपाली सेनाको प्रधान सेनापतिमा अशोकराज सिग्देललाई नियुक्त गरेका छन् । उनलाई प्रधान सेनापतिमा नियुक्त गरेका राष्ट्रपति कार्यालयले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

Read More

सरकारी तथ्यांक अनुसार वैदेशिक रोजगारमा गएकाहरुमध्ये औसतमा वार्षिक १ हजार जना र दैनिक ४ ले ज्यान गुमाउँछन् । वैदेशिक रोजगारीमा जानेहरुको संख्यामा बढोत्तरी भएसँगै त्यहाँ ज्यान गुमाउनेको संख्या बर्सेनि बढ्दै गएको तथ्यांकले देखाउँछ । तथ्यांकका अनुसार आर्थिक वर्ष ०७८/०७९ देखि ०८०/०८१ सम्म ३ हजार ८८७ श्रमिकले ज्यान गुमाएका छन् । आर्थिक वर्ष ०७८/०७९ मा १ हजार ४७९ ज्यान गुमाए भने ०७९/०८० मा १ हजार ३० ज्यान गुमाए । आर्थिक वर्ष ०८०/०८१ मा भने १ हजार ३४६ जनाले ज्यान गुमाए  । बितेको एक वर्षमा वैदेशिक रोजगारीमा गएका १३ सय जनाभन्दा बढी नेपाली श्रमिकले ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डका अनुसार…

Read More

पाकिस्तानमा बन्दुकधारीको आक्रमणमा २४ घण्टामा ३९ जनाको हत्या भएको छ। पाकिस्तानको बलुचिस्तान प्रान्तमा मात्र २४ घण्टामा ३९ जनाको हत्या भएको बिबिसीले जनाएको हो। जसमा २२ जना यात्री रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। बलुचिस्तानको कलात जिल्लामा ५ प्रहरीसहित ११ जनाको हत्या भएको छ। बलुचिस्तानको मुसाखेल जिल्लामा बन्धुकधारीले २२ जनाको हत्या गरेका छन्। गाडीमा सवार उनीहरुको गाडीबाट उतारेर हत्या भएको बीबीसीले जनाएको छ।यात्रुसँगै बन्दुकधारीले प्रहरी चौकी, सुरक्षा निकायको शिविर र केही सरकारी निकायमा आक्रमण गरेका हुन्।

Read More

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको लेखर्कमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । मृत्यु हुनेमा दोरम्बा शैलुङ–३  की ३२ वर्षीय चण्डिका श्रेष्ठ, उनका १८ महिनाका बालक आमुष रहेका छन् । यस्तै, ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय बालक सन्तोष पहरी र १४ वर्षीय विज्ञान पहरी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । पहिरोमा परी ९० वर्षकी पुड्की पहरी, करिब ५५ वर्षका काले पहरी, ५० वर्षकी झ्याउँकिरी पहरी र २० वर्षकी विनीता पहरी बेपत्ता छन् । अविरलको वर्षापछि गएराति गएको पहिरोले चारवटा घर बगाउँदा बेपत्ता भएकामध्ये ६ जनाको शव फेला परेको प्रमुख जिल्ला…

Read More

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग सहकारी विशेष छानबिन गर्न बनेको संसदीय समितिले शुक्रबार दिउँसोदेखि राति १ बजेसम्म ९ घण्टा बयान लिएको हो। रविले कुरा फुत्काउन मान्नुभएन त्यसपछि हामीले पनि प्रमाणका आधारमा सोधपुछ गरिरह्यौ त्यो हुनाले नौ घण्टा लामो बयान लिनुपरेको हो’, ती सदस्यले भने। समितिका ती सदस्यले रविले सोचेजस्तो जीबी राईका विषयमा बयान नदिएको बताइएको छ। विभिन्न तथ्य र प्रमाणका आधारमा लोमो समय बयान लिनुपरेको सहकारी समितिका सदस्यले जानकारी दिएका छन। बयानमा रविले के भने ? रविले बयानका क्रममा आफूले कुनै पनि रूपले सहकारीको पैसा हिनामिना नगरेको दाबी गरेका छन्। समितिका एक सदस्यले खबरहबसँग कुराकानीमा भने, ‘मलाई जीबी राईको…

Read More

तनहुँको आबुखैरेनीस्थित ऐना पहराबाट मस्र्याङ्दी नदिमा खसेको बसका घाइतेहरुको उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर पठाइएको छ ।शुक्रबार बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको थियो । सो क्रममा १४ जनाको यात्रुको मृत्यु भएको छ भने १६ घाइतेको उद्धार गरिएको छ । दुर्घटनामा परेको भारतको गोरखपुरबाट नेपाल भ्रमणका लागि आएको थियो । ५ भदौमा पोखरा पुगेर २ दिन घुमेर शुक्रबार काठमाडौं भ्रमणका लागि आउँदै गर्दा दुर्घटना परेको खुलेको छ । बसमा सवार सबै भारतीय नागरिक रहेको पाइएको प्रहरीले जनाएको छ ।४१ यात्रु र बसमा २ स्टाफ (चालक, सहचालक) गरी जम्मा ४३…

Read More

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि शुक्रबार बोलाइएको हो ।समितिले लामिछानेलाई दिउँसो २ बजे सोधपुछमा बोलाएको छ भने लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई भने शुक्रबार बिहान ११ बजे बोलाइएको छ ।

Read More

सर्वोच्च अदालतले प्रहरीको ३० वर्षे विवादमा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले उनीहरूको पदीय जिम्मेवारीमा परिवर्तन नगर्नू नगराउनू र प्रहरी किताबखानामा यस सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन पनि भनेको छ।प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठ समेतले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले १५ दिनभित्र लिखित जवाफ मगाउने आदेश समेत गरेको छ। पहिलो सुनुवाइ गर्दै अवकाश हुने भनी दिइएका पत्राचारहरू हाललाई कार्यान्वयन नगर्नु नगराउनु भनी आदेश जारी गरेको हो ।

Read More

समाजवादी चिन्तक प्रदीप गिरिको स्मृतिमा काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापतिका शेरबहादुर देउवाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने दुनियाँभरको चलन छ राज्यलाई कम भार र कामकाज समेत हुने हुदाँ उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिने बताएका छन् कांग्रेस र एमालेको सहमति कुनै पार्टीविरुद्ध नभएको समेत उनले बताए । ‘यसमा कुनै साथीभाइले आशंका गरिरहनुपर्ने आवश्यकता छैन’, । देउवाले सहमतिकै आधारमा संविधान संशोधन हुने बताएका हुन् ।

Read More