तितो सत्य

पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २३ कात्तिक २०८० मा सामाजिक सञ्जाल नियमिन निर्देशिका ल्याएर सामाजिक सञ्जालहरुले नेपालमा दर्ता भएर सम्पर्क विन्दु राख्नुपर्ने सहितका व्यवस्था गरेको थियो । लगत्तै २७ कात्तिकमा सामाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।तत्कालिन सरकारको प्रतिबन्धको र पुनः सुचारु गर्न गराऊन का लागि र सरकारको निर्णय बिरुद्ध सडक सदन समेतमा आन्दोलन , प्रतिवाद र जनआक्रोस को जमात देखिदै आईरहेको छ ।तर सरकारले प्रतिबन्ध नहटाएपछि नेपालका लागि चिनियाँ राजदूत छन सोङले हरेकजसो राजनीतिक भेटवार्तामा टिकटको प्रतिबन्धबारे चासो राख्दै आएका छन् ।टिकटकले भने लिखित पत्र लेखेर नेपालका सबै कानुन…

Read More

भारतको ऊर्जा मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले मध्यकालीन सम्झौताअनुसार नेपालले द्विपक्षीय सम्झौताअनुसार भारतको बिहार र हरियाणा राज्यमा २५१ मेगावाट विद्युत् निर्यात गर्ने स्वीकृति पाएको छ । हरियाणा राज्यलाई १२५.८९ मेगावाट र नेपाल विद्युत प्राधिकरणलाई १२५ मेगावाट निर्यात गर्न स्वीकृति दिएको छ । आगामी असोजसम्म बिक्री हुने बिजुलीको बिक्री दर प्रति युनिट ८ रुपैयाँ ७२ पैसा (५.४५ रुपैयाँ) हुनेछ । गत वर्ष १०९ मेगावाटको स्वीकृत हरियाणलाई बिक्रीको लागत प्रतियुनिट ८ रुपैयाँ ४० पैसा (५.२५ रुपैयाँ) थियो। यसमा भारतटार्फले प्रसारण लाइनको शुल्क, वितरण, ट्रेडिङ मार्जिनलगायत सबै कर र शुल्क प्राधिकरणलाई तिर्नु पर्दैन।प्राधिकरणले आन्तरिक खपतबाट बचत भएको बिजुली भारतमा निर्यात गर्दै आएको छ ।भारत…

Read More

परराष्ट्रमन्त्री राणा भारतीय समकक्षी डा. एस. जयशंकरको निमन्त्रणामा आइतबार नयाँ दिल्ली दिल्ली पुगेकी हुन् । असार ३० गते नयाँ सरकार बनेयता पहिलो भ्रमणमा गएकी हुन् । यो भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्भावित भ्रमणको टुंगो गर्नेछिन् भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सोमबार दिउँसो त्यहाँस्थित समकक्षी एस. जयशंकरसँग भेटवार्ता गरेकी छन्। राणाले  शताब्दीऔँ पुरानो नेपाल-भारत सम्बन्धलाई अझ बलियो बनाउन यो भ्रमणले महत्वपूर्ण भूमिका खेल्ने पनि अपेक्षा राखेकी छन् । सोमबार ७ः३० बजे परराष्ट्रमन्त्री राण र भारतीय प्रधानमन्त्री मोदीबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता हुने तालिका छ । भेटवार्तामा परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री ओलीको तर्फबाट भारतीय प्रधानमन्त्री मोदीलाई…

Read More

मधेशमा आज हर्सो उल्लास का साथ मनाईने रक्षाबन्धन अर्थात राखि आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधिदिएर यो पर्व मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइ बीच प्रेमसम्बन्ध बढ्छ भन्ने दाजु भाईको जिवनको रक्षा हुने सामाजिक मान्यता छ ।श्रावण शुक्ल पूर्णिमाका दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । यसै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख रहेको धर्मशास्त्रका जानकारहरु जानकारी गराउँछन । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहेको छ भने सामाजिक मान्यता छ ।मानव रक्षाका…

Read More

एल्वौपेक्टस नामक लामखुट्टेबाट सर्ने डेंगु नेपालका ७४ जिल्लामा फैलिएको छ । त्यसमध्ये इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)को पछिल्लो तथ्यांक अनुसार सबैभन्दा बढी तनहुँमा छन् ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)का अनुसार गण्डकीमा १ हजार ४४८, बागमतीमा ९२८ डेंगु संक्रमित फेला परेका हुन् ।कोशीमा ६३९, लुम्बिनीमा ३२८, सुदूरपश्चिममा २९५, मधेशमा ६५ र कर्णाली प्रदेशमा ५२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्लागत रूपमा सबैभन्दा धेरै तनहुँमा ७१५, काठमाडौंमा ३५४, कास्कीमा २७४, झापामा १४७, चितवनमा १४५, पर्वतमा १३६, मकानपुरमा ९०, गोरखामा ८५ जना डेंगु संक्रमित भेटिएका छन् ।गण्डकीमा प्रदेशका जिल्लामा डेंगु फैलिने क्रम बिस्तारै बढ्दै छ । अब मनसुन बिस्तारै रोकिँदै…

Read More

गत फागुनमा ललितपुरको गोदावरीमा सम्पन्न नेपाली कांग्रेसको महासमिति बैठकमा आगामी चुनावमा गठबन्धन गर्ने कि नगर्ने विषय अनिर्णित रह्यो । कांग्रेस त्यतिबेला नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा सहभागी थियो । सत्ता सहकार्यमा रहेको माओवादीलाई चिढाउन नहुने मत बलियो रहेको बेला चलेको महासमिति बैठकमा सभापति शेरबहादुर देउवाले भनेका थिए, ‘तत्कालीन परिस्थितिमा निर्भर हुनेहुँदा पार्टीले तत्कालीन परिस्थिति अनुसार गठबन्धनको औचित्य, सान्दर्भिकता लगायतको ठोस मूल्याङ्कनमा त्यसैबेला निर्णय लिनसक्नेछ ।’सभापति देउवाले गठबन्धन विरुद्ध हुनेगरी निर्णय लिन उचित नहुने ठानेपछि संस्थापन समूहका नेताहरूले चुनावी गठबन्धनलाई रणनीतिक विषय भएको टिप्पणी गरे । गठबन्धन गर्ने/नगर्ने पक्षमा सिंगो महासमिति बैठक दुई धारमा देखियो ।महासमिति बैठकमा महामन्त्री गगन थापाले एक्लै…

Read More

साउन २७ देखि ३० गतेसम्म चलेको जसपा नेपालको केन्द्रीय समिति बैठकले संविधान संशोधन तथा परिमार्जनका लागि विज्ञहरु सम्मिलित संविधान पुनरावलोकन आयोग गठन गर्न माग गरेको छ ।संविधान पुनरावलोकन आयोग गठन गरी त्यसको राय सुझाव र सिफारिसमा आधारमा मात्र संविधान संशोधन गर्नुपर्ने निर्णय गरेको छ ।संविधान संशोधन गरी स्थानीय तहलाई प्रदेश सरकारको क्षेत्रधिकारभित्र राख्न पनि माग गरेको छ । त्यस्तै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, समानुपातिक समावेशी प्रतिनिधित्व भएको संघीय न्याय प्रणाली, राष्ट्रिय र जातीय पहिचानमा आधारित स्वशासनसहितको राज्य संरचना बनाउन पनि माग गरेको छ ।

Read More

पछिल्लो तीन वर्षमा २ लाख नेपाली महिलाहरू रोजगारीको खोजीमा बिदेसिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार बर्सेनि करिब ६० हजार महिला वैदेशिक रोजगारीमा जाने गरेका छन् । विभागका अनुसार बितेको ३ वर्षमा २१ लाख ४२ हजार वैदेशिक रोजगारीमा जाँदा २ लाख महिलाहरू विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष ०७८/०७९ मा ४९ हजार महिलाहरू वैदेशिक रोजगारीमा गएका थिए । आर्थिक वर्ष ०७९/०८० मा ७२ हजार जना महिलाहरू हजार विदेश गए । आर्थिक वर्ष ०८०/०८१ मा भने वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बढेर ८० हजार पुगेको छ । तथ्यांकअनुसार हरेक वर्ष वैदेशिक रोजगारीमा जाने महिलाहरूको संख्या १० हजारले उकालो…

Read More

सिंहदरवारमा आज बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि संसद्को अर्थ समितिमा भएको छलफलमा प्रतिनिधि सभा सदस्यहरूले बैंकिङ अपराध नियन्त्रणमा कडा कानूनी व्यवस्था जरुरी रहेको बताएका छन् ।  उनीहरूले बैंक तथा वित्तीय प्रणालीलाई असर नपार्ने गरी कानून तर्जुमा गर्न जरुरी रहेको बताएका हुन् । वित्तीय सुशासनलाई ध्यानमा राखेर विधेक पारित गर्नुपर्नेमा सांसदहरूको जोड थियो ।  वित्तीय सुशासन बढाउने गरी बैंकिङ ऐन आउनुपर्छ, जसले अहिले भइरहेको बेथिति रोक्न सकोस् । त्यसका लागि पनि विधेयकलाई समृद्ध बनाउन राष्ट्र बैंक र महान्यायाधिवक्ता कार्यालयको महत्त्वपूर्ण भूमिका रहन्छ । नेकपा एमालेकी सांसद जुलीकुमारी महतोले साइबर अपराध र बैंकिङ कसुर नियन्त्रणका लागि कडा कानुन…

Read More

बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मूल्य अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १६२, डिजल र मट्टीतेल १५२ रुपैयाँ कायम भएको छ ।त्यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर १६४, डिजल तथा मट्टीतेल १५४ रुपैयाँ कायम भएको छ ।काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ र डिजल तथा मट्टीतेल १५५ रुपैयाँ कायम भएको निगमले एक सूचना मार्फत जानकारी दिएको छ ।घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुनेछ

Read More