रुपन्देहीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध दर्ता भएको सहकारी ठगीसम्बन्धी मुद्दा थप विवादमा तानिएको छ। उक्त मुद्दाका उजुरीकर्ताका रूपमा सार्वजनिक नाममध्ये दुई जनाले आफ्नो नाम प्रहरीद्वारा बिना अनुमति प्रयोग गरिएको दाबी गर्दै उजुरीमै किर्ते भएको आरोप लगाएका छन्। यसले उक्त अनुसन्धानप्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ। बैशाख १६ गते प्रहरी समक्ष पूरक उजुरी दर्ता गराएको भनिएको सातजनाको सूचीमा पहिलो नाम रहेका नारायण पहराईले आफूले रविलामिछानेविरुद्ध होइन, बचत फिर्ताका लागि मात्र निवेदन दिएको दाबी गरेका थिए। पहराईका अनुसार उनले बुटवलस्थित सुप्रिम सहकारीमा नियमित बचत गरेका थिए र बचत फिर्ताका लागि मात्र निवेदन दिएका थिए। तर प्रहरीको उजुरी सूचीमा…
तितो सत्य
काठमाडौं, वैशाख २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले वन संरक्षण र वैज्ञानिक व्यवस्थापनको नाममा भइरहेको सालघारी फँडानीप्रति गम्भीर आपत्ति जनाउँदै त्यसलाई तत्काल रोकिनुपर्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित दोस्रो राष्ट्रिय वन सम्वर्द्धन गोष्ठीमा बोल्दै प्रधानमन्त्री ओलीले विकास र वातावरणबीच सन्तुलन आवश्यक रहेकोमा जोड दिएका हुन्। उनले पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले पञ्चायती शासनको सुदृढीकरणका लागि २०३६ सालमा सालघारी फँडानी गरेर जनतामा बसोबास गराएको घटनालाई स्मरण गर्दै त्यस्तो अभ्यास आज दोहोरिन नहुने बताए। “वन क्षेत्रमै सालघारी फँडेर जनतालाई राख्ने काम, त्यो त २०३६ सालमै भएको हो। अहिले वैज्ञानिक वन व्यवस्थापन भनेर फेरि त्यही ढंगले फँडानी गर्ने काम उचित होइन,” उनले भने। प्रधानमन्त्री…
पछिल्ला केही हप्तादेखि भारत र पाकिस्तानबीचको बढ्दो तनावले पाकिस्तानको कमजोर अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको छ। युद्धको आशंकासहितको अस्थिर राजनीतिक वातावरणले पाकिस्तानले हालसालै सुरू गरेको आर्थिक सुधारको प्रक्रिया प्रभावित पार्ने सम्भावना बढेको छ। पाकिस्तानको अर्थतन्त्र हाल गम्भीर संकटबाट उकासिने प्रयासमा छ। २०२३ मा अत्यधिक आयात खर्च, घट्दो विदेशी मुद्रा सञ्चिति, र उच्च मुद्रास्फीतिका कारण देशको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा निकै सानो मात्र वृद्धि देखिएको थियो। एसियाली विकास बैंक (एडीबी)ले २०२४ मा पाकिस्तानको जीडीपी वृद्धि दर २.५ प्रतिशत रहने र २०२५ मा ३ प्रतिशतसम्म पुग्ने अनुमान गरे पनि पछिल्ला घटनाक्रमले यस प्रक्षेपणमा अन्योलता थपिएको छ। एडीबीका अनुसार हालका केही सकारात्मक संकेतहरू—जस्तै…
काठमाडौं, ९ वैशाख – भारत र पाकिस्तानबीच जारी युद्ध अभ्यास तथा बढ्दो कूटनीतिक तनावसँगै इन्धन आपूर्ति अवरुद्ध हुने आशंका उठिरहेको बेला भारत तथा नेपाल दुवैले इन्धन आपूर्ति सहज रहेको स्पष्ट पारेका छन्। भारतीय आयल कर्पोरेसन (IOC) ले शुक्रबार सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक सूचना जारी गर्दै देशभर पर्याप्त इन्धन मौज्दात रहेको र आपूर्ति प्रणालीमा कुनै अवरोध नभएको जनाएको छ। संस्थाले उपभोक्तालाई आवश्यकता भन्दा बढी इन्धन नस्टक गर्न अनुरोध गर्दै अनावश्यक अफवाहमा नपर्न आग्रह गरेको छ। “सबै डिपो र आउटलेटहरूमा पेट्रोल, डिजेल तथा एलपी ग्यासको पर्याप्त आपूर्ति छ,” पोस्टमा भनिएको छ, “कृपया अनावश्यक रूपमा स्टक नगर्नुहोस्, भिडभाडबाट जोगिनुहोस्।” भारतका केही सहरहरूमा युद्धको…
काठमाडौं, ९ वैशाख – भारत र पाकिस्तानबीच पछिल्ला दिनमा बढेको तनावले नेपालमा इन्धन अभावको आशंका उठिरहँदा नेपाल आयल निगमले अहिलेका लागि कुनै संकट नरहेको स्पष्ट पारेको छ। निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार, देशमा अहिलेको अवस्थामा कम्तीमा एक सातादेखि १२ दिनसम्म पुग्ने पर्याप्त इन्धन मौज्दात छ। उनले भने, “छिमेकी राष्ट्रबीच तनाव बढेको हो, तर अझै औपचारिक रूपमा युद्धको घोषणा भएको छैन। त्यसैले इन्धन आपूर्तिमा अवरोध हुने कुनै संकेत देखिएको छैन।” निगमको तथ्यांकअनुसार हाल देशभर २८ हजार किलोलिटर पेट्रोल र ६० हजार किलोलिटर डिजेलको भण्डारण छ। यस्तै, ५९ वटा ग्यास उद्योगहरूमा करिब १० हजार मेट्रिकटन एलपी ग्यास मौज्दात रहेको जानकारी दिइएको छ।…
काठमाडौं – भारत र पाकिस्तानबीच पछिल्लो समय चुलिएको तनावप्रति नेपालले गम्भीर चासो व्यक्त गर्दै दुवै छिमेकी राष्ट्रबीच संवाद र संयमको मार्ग रोज्न आह्वान गरेको छ। परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै क्षेत्रीय शान्ति र स्थायित्वलाई कमजोर बनाउने कुनै पनि गतिविधिप्रति आपत्ति जनाएको छ। विज्ञप्तिमा भारतको जम्मु–कश्मीरस्थित पहलगाममा गत अप्रिल २२ मा पर्यटकमाथि भएको आतंकवादी आक्रमणप्रति नेपालले पुनः निन्दा व्यक्त गरेको छ। सो घटनामा एक नेपाली नागरिकले पनि ज्यान गुमाएका थिए। नेपालले उक्त आक्रमणलाई अमानवीय र निन्दनीय ठहर गर्दै आतंकवादको सबै स्वरूप र अभिव्यक्तिको विरोधमा आफ्नो अडान दोहोर्याएको छ। “नेपाल सधैं आतंकवादविरुद्धको साझा अन्तर्राष्ट्रिय प्रयासमा दृढतापूर्वक उभिने पक्षमा छ,” विज्ञप्तिमा…
काठमाडौं – गृहमन्त्री रमेश लेखकले हालै चैत १५ गते तीनकुनेमा भएको घटनाबारे सरकारले गम्भीर अनुसन्धान गरिरहेको बताएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले उक्त घटनालाई ‘विध्वंसात्मक र संविधान विरोधी’ भन्दै आलोचना गरे। उनले भने, “त्यो घटना वर्तमान व्यवस्था र संविधानका विरुद्धमा लक्षित थियो। सरकारले कुनै पूर्वाग्रह नराखी निष्पक्ष ढंगले अनुसन्धान अघि बढाइरहेको छ।” गृहमन्त्री लेखकले सरकारको प्राथमिकता शान्ति, सुरक्षा र नागरिक अधिकार सुनिश्चित गर्नु भएको स्पष्ट पारे। “संविधान विरोधी तथा अराजक गतिविधि नियन्त्रण गर्न र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सरकार प्रतिवद्ध छ,” उनले जोड दिए। उनले अप्रत्यक्ष रूपमा राजावादी धारलाई लक्षित गर्दै संविधानविपरीतका गतिविधिहरू…
काठमाडौं, वैशाख २५ – काठमाडौंको तीनकुने क्षेत्रमा बिहीबार बिहान सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। बिहान करिब साढे ६ बजे पेप्सीकोलाबाट रत्नपार्कतर्फ गइरहेको सार्वजनिक बसले मोटरसाइकल र इभी भ्यानलाई ठक्कर दिएको थियो। दुर्घटनामा नुवाकोटकी २३ वर्षीया नगिना तामाङको ज्यान गएको हो। उनी मोटरसाइकलको पछाडि सवार थिइन्। घाइते अवस्थामा राष्ट्रिय ट्रमा सेन्टर पुर्याइएकी तामाङलाई चिकित्सकले मृत घोषणा गरेका थिए। बस (नम्बर: बा ३ ख ७०६२) ले कोटेश्वर–तीनकुने सडकखण्डमा रहेको मुनीभैरव मन्दिरअगाडि मोटरसाइकल (बा प्र ०२–०५३ प ३८४७) र इभी भ्यान (बा प्र ०१–०२६ च २९२७) लाई ठक्कर दिएको थियो। मोटरसाइकल चालक रामेछापका २७ वर्षीय…
काठमाडौं – नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा चाँडै नियुक्ति गर्न सरकारसँग आग्रह गरेका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राष्ट्र बैंकको नेतृत्वविहीन अवस्थाले आर्थिक क्षेत्रमा अन्योलता बढाएको बताएका छन्। खतिवडाले धितोपत्र बोर्डसँग सम्बन्धित एक गम्भीर आरोप पनि सार्वजनिक गरे। उनका अनुसार आईपीओ (प्रथम सार्वजनिक निष्कासन) स्वीकृतिको सन्दर्भमा धितोपत्र बोर्डका अध्यक्षले कमीशन माग गर्न लगाएको विषय बाहिर आएको छ। उनले सरकारसँग तत्काल स्पष्ट र गम्भीर जवाफ दिन माग गरे। “धितोपत्र बोर्डको अध्यक्षको कमीशन प्रकरण बाहिर आएको छ, यसबारे सरकार जिम्मेवार भएर जवाफ दिनुपर्छ,” सांसद खतिवडाले भने। अन्तर्राष्ट्रिय विषयमा समेत टिप्पणी गर्दै उनले भारत–पाकिस्तानबीचको पछिल्लो तनावप्रति…
काठमाडौं – लामो समयदेखि बिखण्डन र आन्तरिक प्रतिस्पर्धाबाट गुज्रिरहेका राजावादी शक्तिहरू अन्ततः एउटै मोर्चामा उभिन सहमत भएका छन्। भोलि राजधानीको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा संयुक्त जनआन्दोलन समितिको आयोजनामा साझा आन्दोलनको औपचारिक घोषणा गरिँदैछ। यो घोषणा विशेष यसकारण पनि मानिएको छ कि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन पहिलोपटक नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिको कार्यक्रममा सहभागी हुन लागेका छन्। राप्रपा प्रवक्ता मोहन श्रेष्ठले नेपाल प्रेससँग कुरा गर्दै लिङदेनको सहभागीता पुष्टि गरेका छन्। “अध्यक्षज्यू भोलिको कार्यक्रममा सहभागी बन्नुहुन्छ। साझा कार्यक्रमको प्रारम्भिक खाका तयार भइसकेको छ,” उनले बताए। एकताको पृष्ठभूमि : प्रतिस्पर्धाबाट सहकार्यतर्फराजावादी विचारधारामा आधारित दल र समूहहरूले विगतमा आ-आफ्नै…