हाल नेपाल टेलिकमको प्रिपेड ग्राहकले अन्तर्राष्ट्रिय रोमिङ सेवा सक्रिय गराउनु पर्ने अवस्था रहेकोमा अब भने सबै प्रिपेड ग्राहकको मोबाइल नम्बरमा ३० साउन देखि अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रुपमा स्वतः उपलब्ध हुने व्यवस्था नेपाल टेलिकमले मिलाएको छ ।सेवाग्राहीले *1415*7# डायल गरे पश्चात उपलब्ध हुने मेनुबाट उपयुक्त विकल्प छनोट गरी आफ्नो मोबाइलमा रोमिङ सेवा उपलब्ध भए/नभएको यकिन गर्न सकिन्छ ।अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु भएका ग्राहकले नेपाल टेलिकमकै सिम प्रयोग गरी विदेशमा पनि भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सकिन्छ ।नेपाल टेलिकमले रोमिङ सेवा उपलब्ध गराएका भारत बाहेकका अन्य देशमा यो सुविधा क्रमशः उपलब्ध हुनेछ ।भारतमा भने यो सेवा उपयोग गर्न कम्पनीका…
तितो सत्य
संघीय संसद, संसदीय सुनुवाइ समितिको आज बसेको बैठकमा सभापति निर्वाचनमा संसदीय सुनुवाइ समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छीन बैठकमा समितिको ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले उक्त समितिको सभापतिका लागि ज्येष्ठ नेपाली कांग्रेसको सांसद समेत रहेकाएक मात्र उम्मेदवार न्यौपानेलाई निर्विरोध सभापति घोषणा गरेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेको राजीनामा माग गरेका छन् । रास्वपाले ढकाललाई हिजो ‘तपाईँलाई साधारण सदस्यसमेतबाट किन निष्कासन नगर्ने भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण पत्रको जवाफ दिँदै ढकालले पार्टी कार्यालयमा दर्ता समेत नगरी स्पष्टीकरणको पत्र पठाउनु विधि विधान विपरीत, थितिरहित हैकमेनिरङ्कुश शासन भएको उल्लेख गरेका छन् । उनले आफूमाथि स्पष्टीकरण सोध्नु अघि आफू नैतिक धरातलमा खडा भएको पुष्टि गर्न सभापति लामिछानेलाई चुनौती दिएका छन् । उनले भनेका छन्– ‘मैले आजसम्म तपाईँलाईहोस् वा अन्य कुनै पनि नेतालाई झुटो आरोप लगाएको छैन, ती सबै सत्यमा आधारित छन् । तपाईँले ममाथि स्पष्टीकरण सोध्नु अघि आफू नैतिक धरातलमा खडा भएको पुष्टि गर्न सक्नुपर्छ ।’ ढकालले…
राष्ट्र,राष्ट्रीयता,धर्म, संस्कृति तथा नागरीक बचाऊ महाअभीयान उच्चस्तरीय कार्यदल को मेची काली जागरण अभियान ले १०दिन मा प्रवेश गरेको छ नारायणी अञ्चल को रौतहट,बारा,र पर्सा को भेला मा १००० को संख्यामा नागरीक को सहभागिता ले कलैयामा उच्चस्तरीय कार्यदल का अभीयन्ताहरु लाई स्वागत गरेको देखेर अन्य राजनैतीक दल हरु ब्यवश्था परीवर्तन का लागी जनताहरु तयार भैसकेको नीसकर्ष निकाली रहेका छन भने तीनीहरुलाई यो चीन्ता को बीषय बनेको कुरा नाम नखुलाउने शर्तमा राजनैतीक जानकार बताउ छन । नारायणी अञ्चल कै चीतवन र मकवानपुर को भेला लाई सम्बोधन गर्न चीतवन को मार्सी होटल मा उच्चस्तरीय कार्यदल का अभीयन्ताहरुलाई बास को ब्यवश्था मीलाईयो र नारायणी…
प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिलाई लिएर नियुक्ति बदर माग गर्दै अधिवक्तात्रय खगेन्द्र चापागाईं, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए । यसअघि न्यायाधीश बालकृष्ण ढकालको इजलासमा साउन ६ गते भएको प्रारम्भिक सुनुवाइपछि प्रधानमन्त्रीको नियुक्तिबारेको विवादको निरूपणका लागि संवैधानिक इजलासमा पठाउने आदेश भएको थियो । तीनवटै रिट सर्वोच्च अदालतको संवैधानिक इजलासले खारेज गरिदिएको छ । संविधानको धारा ७६ (२) बाट बनेको प्रधानमन्त्री विश्वासको मत पाउन असफल भएपछि स्वतः उपधारा ३ मा लैजानुपर्नेमा ओलीलाई त्यही उपधाराअनुसार प्रधानमन्त्री नियुक्त गर्नु गैरसंवैधानिक रहेको दाबीसहित तीनवटा रिट परेका थिए । संविधानको धारा ७६ (२) को गलत प्रयोग गरी प्रधानमन्त्रीको नियुक्ति गरिएको…
उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कृष्ण बेकरी एन्ड कन्फेक्सनरीलाई २ लाख जरिवाना तिराएको छ । रिलेबलिङ गरेको वा गुणस्तर, परिमाण, मूल्य, नापतौलमा हेरफेर गरेको पाइएपछि जरिवाना गरिएको बताइएको छ । यस्तै आरएस वस्त्रालयलाई पनि १ लाख जरिवाना गरेको छ । विभागले हिजो ६ वटा उद्योग तथा फर्म गरेको अनुगमनमा सौरभ प्रा.ली., स्मार्ट ट्रेड कन्सन र कृष्ण पाउरोटी भण्डार प्रा.ली.लाई सामान्य निर्देशन दिएको छ । विएस ट्रिक्स प्रा.ली.लाई कागजपत्रसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन/कारबाही गरिएको विभागले बताएको छ ।
काठमाडौँ जिल्ला अदालतमा साइबर अपराधको कसुर गरेको अभियोगमा नेताहरूको मृत्युको कामना गर्दै यमराजको पूजा गरेको आरोपमा पक्राउ परेका झापाको बुद्धशान्तिका २९ वर्षीय ज्योतिष एवं पंडित पुष्कर खतिवडाविरुद्ध अभियोग पत्र दायर भएको छ।प्रहरीले धुम्बाराहीस्थित आफू बस्ने घरमा नेताहरूको फोटो राखी यज्ञ गरेर जलाएको अवस्थामा उनी पक्राउ परेको जनाएको छ । उनी साउन १४ गते पूजा गर्दै गर्दा पक्राउ परेका थिए ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन एमालेले आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ ।२० साउनमा मुख्यमन्त्रीमा नियुक्त भएका शाहले बुधबार (आज) दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । संसदीय दलको बैठकले प्रदेश सभामा अनिवार्य उपस्थित भई मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन ह्वीप जारी गरेको प्रमुख सचेतक चक्रबहादुर मल्लले जानकारी दिए ।प्रमुख सचेतक बिक्रम धामीले बैठक प्रदेश सभास्थित संसदीय दलको कार्यालयमा बस्ने जानकारी दिए । विश्वासको मतबारे निर्णय गर्न नागरिक उन्मुक्ति पार्टीको बैठक पनि जारी छ ।प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले भने मुख्यमन्त्रीको विश्वासको मतबारे निर्णय गर्न…
गत २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात् देशभरबाट विभिन्न कारणले नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी जम्मा ३४ पद रिक्त रहेको । स्थानीय तह निर्वाचन ऐन, २०७३ मा रिक्त रहेका पदहरूको पदावधि एक वर्ष भन्दा बढी बाँकी रहेको अवस्थामा आयोगको परामर्शमा सरकारले मिति तोकी उपनिर्वाचनद्वारा रिक्त पदको पूर्ति गरिने व्यवस्था रहेको छ । सोहीअनुसार निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न ३४ पदमा आगामी मंसिर तेस्रो साता उपनिर्वाचन गर्न प्रस्ताव गरेको छ ।
पूर्वडीआईजी रमेश खरेलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । घिसिङले दुई कार्यकाल विद्युत् प्राधिकरणको प्रबन्धक निर्देशकका रुपमा काम गर्दा भ्रष्टाचार गरेको भन्दै मंगलबार अख्तियारमा उजुरी दिएका हुन् । स्रोत नेपाल प्रहरी का पुर्व DIGP रमेश खरेलको सामाजिक संजालबाट एन्टी करप्सन नेटवर्कको तर्फबाट मैले आज नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशकका कार्यबारे अनुसन्धान गर्ने सम्बन्धमा सम्पूर्ण प्रमाण सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिएको छु। मिती – २०८१-०४-२९श्री अख्तियार दुरुपयोग अनुसन्धान आयोगटङ्गाल, काठमाडौ विषय: नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशकका कार्यबारे अनुसन्धान गर्ने सम्बन्धमा। अख्तियार दुरुपयोग अनुसन्धान नियमावली २०५९ को नियम ५ बमोजिम देहायको…