तितो सत्य

आज १ बजे संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठकमा कानून, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गर्ने । यस्तै, पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन २०८०’ पेस गर्ने छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने तयारी छ ।यसैगरी, बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषदको मर्यादाक्रम हेरफेर सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसुचि रहेको छ ।

Read More

आइतबार नेपालको पहिलो औपचारिक भ्रमणमा आएका भारतीय विदेशमन्त्री विक्रम मिस्री दुई दिने नेपाल भ्रमण सकेर फर्किएका छन् । भ्रमणमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ‌ओ‌ली, सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरूसँग संवाद गरे । प्रतिपक्षी नेता पुष्पकमल दाहालदेखि विभिन्न मन्त्री र समकक्षी सेवा लम्सालसँग पनि संवाद गरेर उनी नयाँ दिल्ली फर्किँदै गर्दा भारतीय विदेश मन्त्रालयले नेपालसँगको सम्बन्ध जनस्तरसम्मै बलियो भएको जनाएको छ । भेटघाटका क्रममा दुवै पक्षले ऐतिहासिक, सांस्कृतिक, सभ्यतागत तथा जनता–जनताबीचको सम्बन्धमा गाँसिएको भारत र नेपालबीचको गहिरो र मैत्रीपूर्ण सम्बन्धमाथि जोड दिए’, विदेशमन्त्रालयले भनेको छ,‘दुवै पक्षले हालैको वर्ष द्विपक्षीय सहकार्य विशेष गरी कनेक्टिभिटीका विभिन्न क्षेत्र काम गरिरहेका…

Read More

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३४ पद रिक्त रहेको जानकारी गराएको हो । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर रिक्त पदपूर्तिका लागि आगामी मंसिर तेस्रो साता उपनिर्वाचन गर्न उपयुक्त हुने बताएका हुन् ।

Read More

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १५औं महाधिवेशन नियमित समयमा नै हुने प्रतिबद्धता जनाएका छन् । कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा नेता डा. शेखर कोइरालाले महाधिवेशन समयमै नहुने आशंका व्यक्त गरेका थिए । कोइरालाले १५ औं महाधिवेशन नियमित समयमै हुनुपर्ने जिकिर गरेका थिए ।केन्द्रीय समिति बैठकमा कोइरालाले राखेको धारणा : आदरणीय सभापतिज्यू, पदाधिकारीज्यूहरु र उपस्थित केन्द्रीय सदस्यहरु, १. आजभन्दा झण्डै पाँच दशक अगाडि नेपाली कांग्रेसका पथ प्रदर्शक जननायक विपी कोइराला दक्षिण एशियामा उत्पन्न राजनीतिक उतार चढावले नेपालको राष्ट्रियता कमजोर हुन्छ भनी प्रवासबाट स्वदेश फर्कनु भएको थियो । प्रजातन्त्र र राष्ट्रियता एक अर्काका पुरक हुन र यिनलाई भिन्न–भिन्न रुपमा हेर्नु हुन्न…

Read More

सर्वोच्च अदालतले निलम्बित सहसचिव चुडामणि शर्मा कारागारमा थुनामा पर्नुको कारण पेश गर्न आदेश दिएको छ ।बाहिरै बसेर विशेष अदालतको फैसला विरुद्ध आफूले पुनरावेदन गर्न पाउनुपर्नेमा थुनिने परिस्थिती बनेको उनको जिकिर थियो ।न्यायाधीश विनोद शर्माको इजलासले थुनी कारागारमा थुनामा हुनुको कारण पेश गर्न विशेष अदालत, कारागार प्रशासन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र आफ्नै रिट तथा मुद्दा महाशाखाका नाममा आदेश जारी गरेको हो ।शर्माले यी चार निकायहरुका कारण आफू गैरकानूनी थुनामा परेको भन्दै सर्वोच्च अदालतमा निवेदन पेश गरेका थिए ।विशेष अदालतले गतवर्ष शर्मालाई ९ वर्ष कैद सजाय सुनाएको थियो । विशेष अदालतले उनलाई विगो र जरिवाना गरी ६ अर्ब १५ करोड ७०…

Read More

ब्राजिलको साओ पाउलोमा एउटा विमान दुर्घटना हुँदा विमानमा सवार सबै ६१ जनाको मृत्यु भएको छ । दुई इन्जिन भएको टर्बोप्रप दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरको ग्वारुल्होस विमानस्थलतर्फ उडिरहेको बेला भिन्हेडो सहरमा खसेको भोपास एयरलाइन्सले जनाएको छ।सामाजिक सञ्जालमा प्रसारित फुटेजमा विमान ठाडो एटीआर ७२–५०० मा ५७ यात्रु र चालक दलका चार सदस्य सवार थिए । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।साओ पाउलो राज्यका गभर्नर टार्सिसियो गोम्स डे फ्रेटासले तीन दिनको शोकको घोषणा गरेका छन्।रूपमा तल झरेको देखाइएको छ । यो खस्दै गर्दा अनियन्त्रित भएर घुमिरहेको भिडियोमा देखिएको छ। अधिकारीहरूले फ्लाइट रेकर्डरहरू प्राप्त…

Read More

म्याग्दीको बेनी–दरबाङ सडकखण्डको लाम्पाटा रणबाङ क्षेत्रमा खसेको पहिरोका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ । पहिरोका कारण बेनीबाट दरबाङतर्फ जाने सवारीसाधन र दरबाङदेखि बेनीतिर जाने सवारीसाधन बीच बाटोमै रोकिएका छन् । उक्त सडक खण्डको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीको घुमाउने भीर, मालिका गाउँपालिका–६ को बाङ्गेभीर र मङ्गला गाउँपालिका–२ को लाम्पाटादेखि रणबाङका क्षेत्रमा पहिरो खस्दा पटकपटक सडक अवरुद्ध हुने गरेको छ । पहिरोका कारण बेनीबाट दरबाङतर्फ जाने सवारीसाधन र दरबाङदेखि बेनीतिर जाने सवारीसाधन बीच बाटोमै रोकिएका छन् । उक्त सडक खण्डको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीको घुमाउने भीर, मालिका गाउँपालिका–६ को बाङ्गेभीर र मङ्गला गाउँपालिका–२ को लाम्पाटादेखि रणबाङका क्षेत्रमा पहिरो खस्दा पटकपटक सडक…

Read More

शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिका सांसदहरूले जबरजस्ती करणी सम्बन्धीको कानुनलाई तत्काल संशोधन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । उनीहरूले प्रतिशोधपूर्ण रूपमा व्यक्तिलाई फसाउन जबरजस्ती करणीको मुद्दा लगाइने गरिएको भन्दै तत्काल संशोधन गर्नुपर्ने बताए ।जबरजस्ती करणी र लागुऔषध सम्बन्धी कानुन परिवर्तन गर्नुपर्ने भन्दै । मुलुकी संहिताले गरेको व्यवस्था अनुसार त पुरुषहरू अझ पीडित होलान् कि भन्ने खालको अवस्था पनि समाजमा सिर्जना भएको छ । त्यसकारण यसलाई परिमार्जन गर्नुपर्छ । यसलाई सुधार गर्नुपर्छ । प्रहरी प्रशासनबाट गरिने अनुसन्धानको दायरालाई अझ व्यवस्थित र निष्पक्ष कसरी बनाउने भन्नेमा पनि विचार गर्नुपर्छ । समितिका सांसदहरुले अभिब्यक्ति दिएका छन । नेकपा(एकीकृत समाजवादी)का…

Read More

साउन २२ र २३ गतेको संघीय मन्त्रिपरषद् बैठकको दुईवटा निर्णय बिहीबार सार्वजनिक गरिएको छ। बैठकका निर्णयमा सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटालाई कानुन, न्याय तथा संसददीय मामिला मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव फणीन्द्र गौतमलाई प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवमा सरुवा गरेको छ त्यसैगरि एसियाली विकास बैंकको २० मिलयन अनुदान तथा १० मिलियन अमेरिकी डलर ऋण सहायत स्वीकार गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । बेलायत सरकारबाट प्राप्त हुने ६ खर्ब ५८ करोड अनुदान सहायतासम्बन्धी समझदारी पत्र स्वीकृत गरेको छ । उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका न्यायाधीश श्यामजी प्रधानलाई राजश्व न्यायाधिकरण नेपालगञ्जको कानुन…

Read More

बंगलादेशको पछिल्लो राजनीतिक अवस्थाबारे नेपाल सरकारले बंगलादेशमा चाँडै प्रजातन्त्र पुनर्स्थापना हुने अपेक्षा राखेको छ ।परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौं । आन्दोलनबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दछौं र आन्दोलनका क्रममा भएका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’बंगलादेशका जनताले अहिलेको संक्रमणलाई हटाएर चाँडै मुलुकलाई शान्ति र स्थिरताको बाटोमा पुर्‍याउने नेपालले विश्वास गरेको छ ।

Read More