जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार गोरखामा करिब तीन बजेतिर पहिरो जाँदा एउटा घर र एउटा कृषि फर्म पुरिँदा ५ जना बेपत्ता भएका हुन् ।पहिरोले घर पुरिँदा ५ जना बेपत्ता भएका छन्। धार्चे गाउँपालिका-५ रेसास्थित जितबहादुर गुरूङको कृषि फार्म र नजिकै रहेको घर पहिरोले पुरिँदा ५ जना बेपत्ता भएका हुन्। पहिरोले घर र कृषि फार्म पुरिएको र पाँच जना बेपत्ता भएको बेपत्ताहरूको खोजी तथा घाइतेको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ ।भन्ने खबर प्राप्त भएको र त्यसतर्फ प्रहरी परिचालन भएको बताए।
तितो सत्य
नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ-तराई/मधेश द्रूतमार्ग (फास्ट ट्रयाक) सडक आयोजना निर्धारित समयमै सम्पन्न गर्नेगरी निर्माणलाई तीव्र गतिमा अघि बढाइएको छ ।सो आयोजनाको हालसम्म ३५ दशमलव ३८ प्रतिशत भौतिक र ३६ दशमलव ६६ प्रतिशत वित्तीय प्रगति भएको छ । निर्धारित समयमै निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको सेनाले जनाएको छ । द्रूतमार्ग २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनालाई १३ वटा प्योकजमा छुट्याएर निर्माण थालिएको थियो ।ती प्याकेजमध्ये द्रूतमार्गको छ दशमलव पाँच किलोमिटरदेखि ७० दशमलव ९७ किलोमिटरसम्मका विभिन्न १० वटा प्याजेकमा धमाधम काम भइरहेको आयोजनाका प्रमुख सहायक रथी विकास पोखरेलले जानकारी दिए ।प्याकेज नं ११…
शुक्रबार क्यान महासंघले गरेको बीटूबी समिट २०२४ मा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार तथा प्रविधि क्षेत्रलाई गतिशील बनाउन पुराना ऐन, कानून र नीति खारेज गरिने बताएका छन् । देशमा ठुलठुला परिवर्तनहरू भइसके पनि नीति र कानूनहरु परिवर्तन भएका छैनन्’, उनले भने, ‘त्यो ऐन कानून र नीति नयाँ बनाउनेतर्फ लाग्छु ।’ उनले ब्रोडकास्टिङ ऐन र नीति अहिले पनि पञ्चायनकालकै रहेको भन्दै यसमा नयाँ जनादेश अनुसार बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले सूचना प्रविधि नीति तथा विधेयक बनाउन खुलेर सुझाव दिन सबैसँग आग्रह गरे । उनले मन्त्रालयले नीति कानुनमा क्यान महासंघ, एफएनसीसीआई, सीएन आई, प्रविधिका विज्ञलगायतसँग छलफल गरेर मात्रै नीति…
शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिले नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विना धितो ऋण दिने भएको छ ।मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिको बैंक खातामा रेमिट्यान्स पठाउने सुनिश्चितताका आधारमा विना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरिएको छ । यस्तो व्यवस्था गरेको हो ।
प्रधानमन्त्री ओली र अर्थमन्त्री विष्णु पौडेलले तत्काल पुँजी परिचालन हुन सक्ने क्षेत्र घरजग्गा, शेयर र सवारीसाधन खरिद सहज बनाउनेगरी पूर्वगभर्नर खतिवडालाई ‘उपयोग’ गर्न खोजेपछि गभर्नर अधिकारी तत्काल मौद्रिक नीति जारी गर्नबाट पछि हटेका थिए ।अघिल्लो साता नै मौद्रिक नीति जारी गर्ने तयारी रहेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वगभर्नर एवम् पूर्वअर्थमन्त्री डा। युवराज खतिवडालाई प्रमुख आर्थिक तथा विकास सल्लाहकार नियुक्त गरेपछि एक साता पर धकेलिएको थियो । नेपाल राष्ट्र बैंकले १२.५ प्रतिशत कर्जा विस्तार लक्ष्य राख्दै चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।चालु आर्थिक वर्षमा कर्जा विस्तार लक्ष्य ११ प्रतिशत राखिएकोमा लक्ष्यको मुस्किलले आधामात्रै उपलब्धि छ ।…
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदमा शिवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । त्रिविको अर्थशास्त्र विभाग प्रमुख रहेका अधिकारी प्रचण्ड नेतृत्वको अघिल्लो सरकारमा एमाले कोटाबाट चार महिना सदस्य बनेका थिए । त्यस्तै मन्त्रिपरिषद्ले सदस्यहरूमा आरती मिसार (महोत्तरी), रमेश प्रसाद सिंह (धनुषा) , प्रकाशकुमार सिंह (अर्घाखाँची), गीताकुमारी पौडेल अधिकारी (झापा), डा. जय बहादुर टन्डन (अर्घाखाँची) र गंगादत्त अवस्थी (दार्चुला) लाई नियुक्त गरेको छ ।
२२ जनाको ज्यान जानेगरी भएको सौर्य एयरको विमान दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले जानकारी दिए । अहिले उद्धारकार्य जारी छ । उद्धार कार्य सकिएपछि विमानस्थल सुचारु गरिने उनले जानकारी दिए ।
भक्तपुरको बालकोटका अर्जुन बास्कोटाले उपसभामुखलाई हटाउन माग गर्दै प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी दिएका हुन् । माननीय उप–सभामुख इन्दिरा रानाले ई.सं.२६/०२/२०२३ मा संसद् सचिवालय र आफ्नो पदको दूरुपयोग गरी अमेरिकी राजदूतावासमा पदीय मर्यादाविपरीत गैरसांसद व्यक्तिलाई भिसा सिफारिस गरेको हुँदा सो पत्र समेत संलग्न गरी उप–सभामुखलाई पद दुरुपयोग गरेको अभियोगमा हटाउन निवेदन दिएको छ । ‘कमिसन अन द स्टाटस अफ वुमन’ को ६७औँ सत्रमा भाग लिन जानका लागि उपसभामुख रानाले पाँचजनाको लागि अन्तर्वार्ताको मिति अघि सार्न अमेरिकी दूतावासलाई लेखेको पत्रले तरंग सिर्जना गरेको छ । २६ फेब्रुअरी २०२३ मा उपसभामुख रानाले उपेन्द्र गौतम, सुस्मा लामा, राजेश लामा तामाङ,…
बुधवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा चालक दलका सदस्य र यात्रुसहित विमानमा १९ जना रहेको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । बुधवार बिहान काठमाडौँबाट पोखरा उड्ने क्रममा ग्राउन्ड छाड्नेवित्तिकै ९ एन एएमई विमान दुर्घटना भएको थियो । विमानका क्याप्टेन मनिष शाक्य रहेको बताइएको छ ।क्याप्टेन शाक्यको उद्दार गरी उपचारका लागि अस्पताल लगिएको छ ।सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले १८ जनाको मृत्यु भएको पुष्टि गरे । जहाज उड्नेबित्तिकै तुरुन्तै क्रास भएको पाइएको छ । अरु थप आउने क्रममा छ’, ती अधिकारीले भने । विमानस्थलको आन्तरिकतर्फ ठूलो…
त्रिभुवन विमानस्थलबाट पोखराका लागि उड्ने क्रममा सौर्य एयरलाइन्सको जहाज पूरै क्षतिग्रस्त भएको छ। बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज इन्जिनको भाग रनवेबाट चिप्लिएको जहाज पूरै क्षतिग्रस्त भएको छ ।यात्रुको अवस्था अहिलेसम्म खुल्न सकेको छैन । तर प्रत्यक्षदर्शीहरूका अनुसार जहाज टुक्रा टुक्रा भएको छ ।