तितो सत्य

ललितपुर महानगरपालिकालाई बेलायतकी महारानीले उपहार दिएको १०६ वर्ष पुरानो दमकललाई मर्मत गरेर ललितपुर महानगरपालिकाले सञ्चालनमा ल्याएको हो । त्यसबेला बेलायती महारानीले २०१८–१९ सालमा काठमाडौं, भक्तपुर र ललितपुरलाई एक–एक दमकल उपहार दिएकी थिइन् । निष्क्रिय रहेको दमकललाई मर्मत गरी पुनः प्रयोगमा ल्याएको छ। ।ललितपुरले महानगरपालिकाले प्रयोगमा ल्याएको दमकलले आइतबार काठमाडौं उपत्यकाका तीनवाटै जिल्ला परिक्रमा गरेको छ ।

Read More

व्यास जयन्त सम्पुर्ण बिश्व जगत सारा संसार र यस संसारका सम्पुर्ण मानव जिवजन्तु सम्पुर्ण धर्म समेतका जन्मदाता जननीको सृष्टिकर्ता सनातनी हिन्दुहरुको महान पवित्र ग्रन्थ ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने महान धर्म शास्त्र का ज्ञाता परम पुज्य वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ। आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो।परम पुज्य व्यासले पुराण र उपपुराणका माध्यमबाट यस्तो सन्देश दिन खोजेका हुन्। अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम्। परोपकार पुण्याय, पापाय परपीडनम्’।। यसको अर्थ हुन्छ अरुको उपकार गरे धर्म…

Read More

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिने भएका छन् ।नेपालको संविधानको धारा ७६ को उपधारा ४ बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । प्रधानमन्त्री पदमा नियुक्त भएपछि ३० दिनभित्र संसद् बैठकबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भएको ले । प्रधानमन्त्री ओली गत असार २८ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीलाई नेपाली काँग्रेसका ८८, एमालेका ७८, अशोक राई नेतृत्वको जसपाका ७, जनमत पार्टीका ६, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका ५, लोसपाका ४, नागरिक उन्मुक्ति…

Read More

भारतीय नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को १२ सदस्यीय टोली शनिबारदेखि नारागणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई बस र बसमा सवार यात्रुको खोज तथा उद्धार कार्यमा शनिबारदेखि भारतीय टोली पनि परिचालन भएको छ । पानीमुनि खोजतलासमा प्रयोग हुने यन्त्र उपकरणलगायत सेटसहित उनीहरु आएका छन् । उनीहरुले तीन वटा अत्याधुनिक सोनार उपकरण पनि ल्याएको यादवले जानकारी दिए । ती उपकरणले पानीभित्र ३० फिट तलसम्म हेर्न मिल्ने जानकारी दिए । टोली सात दिनसम्म रहने उनको भनाइ छ । नेपालको स्रोतसाधनले बसको अवस्था पत्ता लगाउन नसकेपछि सरकारले खोजीका लागि अन्तर्राष्ट्रिय उद्धार टोली मगाएको हो । गृह मन्त्रालयले परराष्ट्रमार्फत भारतीय उद्धार टोली…

Read More

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नेपालको सार्वजनिक ऋण दायित्व २४ खर्ब ३३ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ ।सो ऋणलाई प्रतिव्यक्ति भाग लगाउँदा एक नेपाली जनताको भागमा ८३ हजार ४३१ रुपैयाँ सार्वजनिक ऋण पुगेको छ ।आर्थिक वर्ष २०७९/८० सम्म प्रतिव्यक्ति ऋण दायित्व ७८ हजार ८४० रुपैयाँ रहेको थियो । एक वर्षको अवधिमा प्रतिव्यक्ति ऋण भार नै ४ हजार ५९१ रुपैयाँले बढ्न पुगेको छ । यस्तो ऋण दायित्व जनताले प्रत्यक्ष तिर्नु नपरे पनि जनताबाट उठाएको करबाटै भुक्तानी गरिने भएका कारण प्रतिव्यक्ति ऋण दायित्वलाई महत्त्वका साथ हेर्ने गरिन्छ । पछिल्लो एक वर्षमा सरकारले कुल ३ खर्ब ५८ अर्ब रुपैयाँ ऋण लिएको छ ।सार्वजनिक…

Read More

रौतहटको राजपुर नगरपालिका वडा नम्बर ६ कुडियामा मुस्लिमहरुको पर्व (दाहा) मेलामा झडप भएको छ । झडपमा १९ जना सुरक्षाकर्मी घाइते भएका छन् । मुस्लिम समुदाय मेला मनाउन घरेलु हतियार (खुकुरी, लठ्ठी, तरवार, भाला) सहित उपस्थित भएका थिए ।दाहाको झण्डा गाड्ने र नचाउने क्रममा घरेलु हतियार सहित उपस्थित भएको मुस्लिम समुदायले होहल्ला एवं उच्छृङ्खल गतिविधि धकेलाधकेल सडकमा हिडनेहरु लाई आवत जावतमा अवरोध सर्वसाधारणको यातायात मा हिर्काउने तर्साऊने कार्य गरिरहदाँ सो क्रममा सम्झाउन खोज्दा मेलामा घरेलु हतियार सहित उपस्थित भएको मुस्लिम समुदायले ढुंगामुढामा उत्रिएको प्रहरीले जनाएको छ । उनीहरूले सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेका थिए । ढुंगामुढाबाट नेपाल प्रहरीका १७ र सशस्त्र प्रहरीको २…

Read More

नेपाली कांग्रेस अर्थसहित चार मन्त्रालय लिएर मधेश सरकारमा सहभागी हुने भएको छ ।यसअघि मुख्यमन्त्रीले अर्थ मन्त्रालय आफैंसँग राख्ने भनेपछि कांग्रेस सरकारमा सहभागी हुन आनाकानी गरेको थियो ।कांग्रेसले अर्थ मन्त्रालय पाउनुपर्ने अडान नछाडेपछि मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गर्न सकेका थिएनन् ।  सरकारको नेतृत्वकर्ता जनमत पार्टीले अर्थ मन्त्रालय आफै राख्ने रणनीति बनाएको थियो ।  पार्टी अध्यक्ष सीके राउतले कांग्रेसलाई अर्थ मन्त्रालय नदिन निर्देशन दिएका थिए । तर कांग्रेसले आफ्नो अडान नछाडेपछि मुख्यमन्त्री सिंहले अर्थ मन्त्रालय कांग्रेसलाई दिएर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।  मुख्यमन्त्री सतिश सिंहले अर्थसहित चार मन्त्रालय दिने भएपछि कांग्रेस बिहीबार सरकारमा सहभागी हुन लागेको हो ।कांग्रेस पार्टी मधेश प्रदेशको…

Read More

बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महान्यायाधिवक्ता रमेश बडाललाई बडाललाई शपथ गराएका हुन् प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले बडाललाई बुधबार (साउन २ गते) महान्यायाधिवक्तामा नियुक्त गरेका थिए। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।बडाल यसअघि पनि महान्यायाधिवक्ता भइसकेका व्यक्ति हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा २०७७ चैतदेखि २०७८ असारसम्म करिब चार महिना बडाल महान्यायाधिवक्ता थिए ।

Read More

संघीय संसद सचिवालयले प्रतिनिधिसभाको १५ दिनको क्यालेन्डर बनाएको छ । सभामुख देवराज घिमिरेले बिहीबार प्रमुख सचेतक तथा सचेतकहरुसँग प्रस्तावित क्यालेन्डरबारे छलफल गरेका हुन् ।बैठकमा सभामुख घिमिरेले संसदीय समितिहरुमा रिक्त सदस्य छिटो पदपूर्ति गर्न र संयुक्त समितिको सभापति छिटो चयन गर्न समेत आग्रह गरेका छन् । सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाका अनुसार ६, ७ र ८ गते लगातार तीन दल संसद बैठक बस्नेछ । ९, १० र ११ संसदीय समितिहरुको बैठकका लागि समय छुट्याइएको छ ।१३, १४ र १५ गते फेरि संसद बैठक बस्नेछ । उनका अनुसार भोलि कार्यव्यवस्था परामर्श समितिले यसलाई अनुमोदन गर्नेछ ।

Read More

सत्ता समीकरण परिवर्तनपछि सभामुख देवराज घिमिरेले पहिलो पटक राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । सिंहदरवारमा जारी छलफलमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरू र उपसभामुख इन्दिरा राना पनि सहभागी छिन्।छलफलमा पछिल्लो राजनीतिक गतिविधि र सदनको काम कारबाहीका विषयमा र संसदलाई बिजिनेस दिने विषयमा शुक्रबारको कार्यव्यवस्था समितिको बैठकले निर्णय गर्ने भएको छ। बैठकपश्चात सत्तारुढ दल एमालेका मुख्य सचेतक महेश बर्तौलाले आजदेखि साउन १५ गतेसम्म संसद् बैठक कुन-कुन दिन बस्ने र समितिमा रहेका विधेयकलाई छलफल गर्न समय कसरी मिलाउनेबारे भन्नेबारे छलफल भएको जानकारी दिएका छन् । असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आइतबार विश्वासको मत लिने तयारी गरेका छन् ।

Read More