तितो सत्य

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच बिहीबार भेटवार्ता भएको छ । भेटमा चीनका तर्फबाट राजदूत ले उपप्रधान एवम् शहरी विकास मन्त्री सिंहलाई बधाईसहित कार्यकाल सफलताको शुभकामना सहित नेपाल र चीनबीच शहरी विकासको क्षेत्रमा कुन कुन विषयमा सहकार्य हुन सक्छ । अहिले के भइरहेको छ भन्नेबारे सामान्य समीक्षा भयो,’ शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले भने, ‘हामीले स्मार्ट सिटी बनाउने भनेका छौं । स्मार्ट सिटी बनाउने क्रममा प्रविधिसँग त्यसलाई कसरी जोड्न सक्छौं भनेर कुरा गर्‍यौँ ।’ ट्राफिक बत्ती, सडक सुरक्षा जस्ता कुरामा चीन सरकारले सहयोग गर्न सक्छ भन्ने कुरा भएको गेलाले बताउ ।…

Read More

नवन्युक्त प्रधानमन्त्री केपी ओलीले  आइतबार  विश्वासको मत लिने भएका छन् । यसैगरी एमालेले सत्तापक्षको मूख्य सचेतकमा महेश बर्तौलालाई नियुक्त गरेको छ । प्रधानमन्त्री ओलीले बुधबार पत्र थमाउँदै बर्तौलालाई उक्त जिम्मेवारी दिएका हुन् । बर्तौलाले अब संसदमा एमालेसहित कांग्रेस, जसपाको समेत मूख्य सचेतकका रुपमा भूमिका खेल्नेछन् ।सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाले दिएको जानकारी अनुसार आइतबार प्रतिनिधिसभामा ओलीले विश्वासको मत लिने निर्णय भएको हो ।प्रचण्ड नेतृत्वको सरकारलाई विस्थापित गर्दै प्रधानमन्त्री बनेका ओलीलाई कांग्रेसको साथ छ । संविधानको धारा ७६.२ अन्तर्गत प्रधानमन्त्री बनेका ओलीलाई कुनै प्रतिकुलता आउन सक्ने र त्यसपछि धारा ७६.३ मा प्रवेश गरेर ठूलो दलका हैसियतमा कांग्रेसलाई अघि बढाउन सकिन्छ कि…

Read More

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रवेशद्वारमा गत असार १६ गतेदेखि कृषि मन्त्रालय मातहतका विभिन्न कार्यालयमा कार्यरत तीन सय बढी प्राविधिक कर्मचारीहरू आफ्नो वृत्ति विकास हुन नसकेको भन्दै धर्नामा बसेका थिए । धर्ना बस्दै आएका कृषि प्राविधिक कर्मचारीहरूको आन्दोलन स्थगन भएको छ ।  १५ दिनभित्र आवश्यक निकासा दिन पहल गर्ने भन्दै नवनियुक्त कृषिमन्त्री रामनाथ अधिकारीले आश्वासन दिएपछि कर्मचारीहरूले धर्ना स्थगित गरेका हुन् ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका योजना अधिकृत माधव पौडेलले आफूले मन्त्रीको आग्रहमा दुई साताका लागि धर्ना स्थगित गरेको बताए । तर आफ्नो माग पूरा नहुँदासम्म काममा भने नफर्कने उनले बताए ।

Read More

नेपाल-चीनबीचको व्यापार-व्यवसायका कारोबार रसुवागढी नाकाबाट बढेका कारण राजस्व असुलीमा मनग्य आय भएको हो ।यो राजस्व गत वर्षको तुलनामा दुई दशमलव चार गुनाले  वृद्धि भएको हो । सबैभन्दा बढी राजस्व आर्जन गर्ने कार्यालयमा रसुवा भन्सार कार्यालय रसुवागढी रहेको छ ।जिल्लाबाट असुल हुने राजस्वमा उल्लेखनीय वृद्धि भएको छ ।कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक सुरेश सुवेदीले रसुवामा समग्र राजस्व आम्दानी २० अर्ब ३६ करोड ९७ लाख ८२ हजार एक सय १२ रहेको बताए ।

Read More

मधेश प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई एक लाखका दरले राहत दिने भएको छ मुख्यमन्त्री शतिश कुमार सिंहले प्रमुख जिल्ला अधिकारीको सिफारिसका आधारमा सो राहत रकम प्रदान गर्ने बताए ।मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले मधेस प्रदेशका जिल्लाका मृतकका पीडित परिवारलाई प्रतिव्यक्ति एक लाखका दरले राहत उपलब्ध गराउने बताए।

Read More

राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन् ।सरकारको प्रमुख कानुनी सल्लाहकारका रुपमा रहने महान्यायाधिवक्ता पदबाट पोखरेलको राजीनामासँगै अब प्रधानमन्त्री केपी शर्मा ओलीले आफूअनुकुलको नियुक्त गर्न सक्ने छन् । प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत डा. पोखरेलले दिएको राजीनामा राष्ट्रपतिले मंगलबार स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Read More

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेकपा (एमाले)को समर्थनमा ओलीलाई यही आइतबार मुलुकको ४५औँ प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका थिए ।आज प्रधानमन्त्रीको शपथ लिएका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन ६ गते संसदबाट देशवासीलाई सम्बोधन गर्ने भएका छन् उनले साउन ६ गते बस्ने प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । साउन ७ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम छ ।

Read More

नेपाल आयल निगमले इन्धनको मुल्य बढाएको छ । निगमको सोमबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् ।निगमले भारतबाट आएको नयाँ मुल्य सूची बढेर आएकोले मुल्य बढाउनु परेको जानकारी दिएको छ । बढेको मुल्य सोमबार राति १२ बजेदेखि लागु हुने छ । मुल्य बढेपछि अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रति लिटर १७१ रुपैयाँ भएको छ र भने डिजेल तथा मट्टीतेल प्रतिलिटर १६० भएको छ ।

Read More

नेकपा ऐमाले अध्यक्ष के.पि शर्मा ओलि को नेतृत्वको दुई तिहाईको समर्थनमा बनेको शक्तिशालि सरकारका गृहमन्त्री रमेश लेखकले मन्त्रीमा पदभार ग्रहण गर्दै गृहमन्त्री रमेश लेखकले सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गरेका छन् । कार्यदल बनाउने निर्णयमा हस्ताक्षर गरेका हुन् ।नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा गत शुक्रबार बिहान करिब साढे ३ बजे खसेको पहिरोले दुई वटा बसलाई सोहोरेर त्रिशूली नदीमा खसालेको थियो ।सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदलमा ३ सुरक्षा निकायका ३ जना, भौतिक मन्त्रालयका १ जना र सहसचिव रिजाल गरी ५ जना छन् । कार्यदललाई १० दिन समय दिइएको छ ।

Read More

प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका छन् । १‍. केपी शर्मा ओली, प्रधानमन्त्री २. प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास ३. विष्णु पौडेल, उपप्रधान तथा अर्थ ४. पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय ५. रमेश लेखक, गृह ६. शरतसिंह भण्डारी, श्रम तथा रोजगार ७. आरजु राणा देउवा, परराष्ट्र ८. नवलकिशोर साह सुडी, महिला बालबालिका ९. बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी १०. दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति ११. देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात १२. तेजुलाल चौधरी, युवा तथा खेलकुद १३. प्रदीप यादव, खानेपानी…

Read More