तितो सत्य

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरिएको छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई आमन्त्रण गरिएको छ । बैठकमा बदलिँदो पछिल्लो राजनीतिक अवस्था तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ । बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

Read More

एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए । प्रतिनिधिसभाको विश्वास गुमाएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् ।२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ । तर प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत मात्र पर्‍यो कुल २५८ जना सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए । उनीहरुमध्ये १९४ जनाले प्रस्तावको विपक्षमा मत दिएका छन् भने एक सांसद तटस्थ बसे ।लगत्तै नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सहितका दलहरुको समर्थनमा संविधानको धारा ७६(२) अनुसार आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश गरेका छन् ।आइतबारसम्म…

Read More

असार १७ मा कांग्रेस र एमालेबिच नयाँ समीकरण बनेसँगै एमाले सरकारबाट बाहिरिए पछि । अल्पमतमा परेका प्रचण्डले एकै कार्यकालमा शुक्रबार पाँचौँ पटक विश्वासको मत लिएका हुन् ।तर, चार पटक विश्वासको मत पाउन सफल प्रधानमन्त्री यो पटक असफल बनेसँगै १८ महिना सत्ताको नेतृत्व गरेपछि प्रतिपक्षमा पुगेका छन् । संसदमा कुल २५८ सांसदको उपस्थिति रहेकामा पक्षमा ६३ मतमात्रै पर्‍यो । यस्तै विपक्षमा १९४ मत पर्दा एक सांसद तटस्थ बसे ।संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ । सोहीअनुसार…

Read More

असार १७ मा कांग्रेस र एमालेबिच नयाँ समीकरण बनेसँगै एमाले सरकारबाट बाहिरिएको थियो । त्यसपछि अल्पमतमा परेका प्रचण्डले एकै कार्यकालमा शुक्रबार पाँचौँ पटक विश्वासको मत लिएका हुन् ।प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार ढलेको छ । शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत नपाएसँगै प्रचण्ड नेतृत्वको सरकार ढलेको हो ।तर, चार पटक विश्वासको मत पाउन सफल प्रधानमन्त्री यो पटक असफल बनेसँगै १८ महिना सत्ताको नेतृत्व गरेपछि प्रतिपक्षमा पुगेका छन् । संसदमा कुल २५८ सांसदको उपस्थिति रहेकामा पक्षमा ६३ मतमात्रै पर्‍यो । यस्तै विपक्षमा १९४ मत पर्दा एक सांसद तटस्थ बसे ।

Read More

प्रतिनिधिसभाबाट विश्वासको मत लिने सिलसिलामा संसदलाई सम्बोधन गरेका प्रधानमन्त्री प्रचण्डले संविधान सभामा संविधान निर्माणको प्रक्रिया पनि व्यापक विचार विमर्श र अधिकतम राष्ट्रिय सहमतिबाट अघि बढेको स्मरण गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधनका क्रममा आक्रोशित मुद्रामा प्रस्तुत भए । विशेषगरी सत्ताका लागि नयाँ समीकरण बनाएका नेकपा एमाले र नेपाली कांग्रेसविरुद्ध प्रचण्ड आक्रामक रूपमा प्रस्तुत भएका हुन् । प्रचण्डले सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजान समेत कांग्रेस–एमालेलाई चेतावनी दिए । उनले कांग्रेस र एमाले प्रतिगमनतर्फ उन्मुख भएको दाबी गर्दै त्यसलाई रोक्न पनि आफूले राजीनामा नदिई संसदमा विश्वासको मतको फेस गरेको बताए ।  संबोधनको पुरा पाठ

Read More

दक्षिणकाली नगरपालिका–५ मा रहेको थाई गुम्बाको पर्खाल भत्किएको छ ।दिउँसो ३ बजेर ५० मिनेटमा पर्खाल भत्किदा ६ जना नाबालिकाहरु पुरिएका थिए । तत्कालै इलाका प्रहरी कार्यालय फर्पिङबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले उनीहरुको उद्दार गरेको थियो ।उद्धार गरिएका मध्ये ५ जनाको बल्खुस्थित बयोधा अस्पताल पठाइएको छ भने एक जनाको दक्षिणकालीकै मनमोहन अस्पतालमा उपचारका लागि पठाइएको छ ।

Read More

नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसाएका दुईवटा बस अहिलेसम्म भेटिएका छैनन् । सिमलतालमा आज बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले बगाएको थियो । तीन यात्रु पौडी खेलेर किनारामा निस्किएका थिए । दुइटा बसमा कति यात्रु थिए अहिलेसम्म यकिन हुन सकेको छैन । सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेनाको गोतखोर टोली र नेपाल प्रहरीले बस खसेको केही बेरमै खोजी सुरु गरे पनि बसको अवस्था पत्ता लाग्न सकेको छैन ।त्रिशूली नदीमा बाढीको चाप बढ्दै गएको, पानी…

Read More

जनमत पार्टीको बिहीबार बसेको पार्टी बैठकले भोलि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।प्रवक्ता डा. शरदसिंह यादवले भने, ‘मधेश प्रदेश सरकार हाम्रो प्राथमिकतामा छ । कांग्रेस र एमालेको समर्थनमा मधेशमा सरकार बनेकाले हामीले केन्द्रमा नयाँ गठबन्धनलाई नै साथ दिने निर्णय गरेका हौं ।’प्रधानमन्त्री प्रचण्डले भोलि शुक्रबार संसदमा विश्वासको मत माग्ने कार्यसूची छ ।

Read More

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले भोलि २८ गते विश्वासको मत लिने तयारी गरेका छन् । नेपाली कांग्रेसले विश्वासको मतका लागि प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन ह्वीप जारी गरेको छ ।सो प्रसतावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले भोलि २८ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

Read More

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुकुल ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई केन्द्र स्तरिय सम्पुर्ण जिम्मेवारी जस्तै केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । रास्वपाका अनुसार ढकाल अब पार्टीमा साधारण सदस्यमात्र रहेका छन् । ढकालमाथि समीक्षा प्रतिवेदन पार्टीमा बुझाउनुभन्दा पहिले मिडियामा सार्वजनिक गरेको, केन्द्रीय समिति बैठक लाइभ प्रसारण हुनुपर्ने माग सुनुवाइ नभएको भन्दै कालोटेप लगाएर बसेको र पार्टी सभापतिविरुद्ध अभिव्यक्ति दिएको आरोप छ ।गत बुधबारको रास्पाको बैठकले मुकुललाई सात दिनका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । उनीमाथि थप कारबाही सिफारिस गर्न अनुशासन आयोगलाई जिम्मा दिइएको थियो…

Read More