तितो सत्य

मधेश प्रदेशको सुरक्षा व्यवस्थाबारे जानकारी लिने उद्देश्यका साथ आज जनकपुरधाममा आयोजित प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक यज्ञ विनोद पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकमा आठवटै जिल्लाका प्रहरी प्रमुखको सहभागिता रहेको थियो ।बैठकमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा सुरक्षा व्यवस्था चुस्त बनाउन सम्बद्ध अधिकारीहरुलाई निर्देशन दिएका छन् । प्रदेशमा विभिन्न हिंसा, आपराधिक क्रियाकलाप, आत्महत्यालगायतका घटना बढ्दै गएका छन् । यसले तपाईं हाम्रो भूमिकामा समेत प्रश्न उठ्छ । त्यसैले यस्ता क्रियाकलाप रोक्न र समाजमा अमनचयनको अवस्था बनाउन प्रहरीको भूमिका महत्वपूर्ण छ, यहाँहरुले थप प्रभावकारी रुपमा काम गर्नुपर्ने आवश्यकता छ । प्रदेश सरकार सम्पूर्ण रुपमा सहयोग गर्न तयार छ”, मुख्यमन्त्री सिंहले भने…

Read More

देउवा ओलिको भेटघाटवाट तरंगित माओबादी र सत्ता परिवर्तनको चर्चा चलिरहेका बेला सरकार को प्रमुख घटक नेकपा एमाले अध्यक्ष एवं पुर्व प्रधानमंन्त्री केपि शर्मा ओलिले आफ्ना पार्टीका सम्पुर्ण मन्त्रीहरुलाई साँझ ६ बजे बोलाएका हुन् । ‘बालकोटबाट आउनु भन्ने खबर आएको छ, अरु केही बताइएको छैन’ एक मन्त्रीले भने ।अहिले सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ सकिय लगत्तै एमालेका मन्त्रीहरु बालकोट जाने छन् ।

Read More

रौतहट दुर्गा भगवती गाउँपालिका वडा नं ३ मत्सरीमा स्कार्पियो गाडी चोरी भएको छ ।राजेश कुमार झाको नाममा रहेको बागमती प्र ०१ ०२६ च ५८६४ नम्बरको स्कार्पियो गाडी चोरी भएको छ । स्थानीय राजन कुमार झाको घर अगाडि राखिएको सो गाडी कसैले व्यकत्तिगत रिसिभिले चोरी गराइएको गाडी धनी राजेश कुमार झाको भनाई रहेको छ ।दुर्गा भगवती गाँऊपालीका स्थित ईलाका प्रहरी कार्यालय पिपरा मा गाडी चोरि भएको भोलिपल्टै प्रहरीमा उजुरी दिए पनि गाडी चोरी भएको अहिले सम्म प्रहरीबाट कुनै किसिमको खोज तलास सम्बन्धित सुचना नआएको गाडी धनीको गुनासो रहेको छ ।  गाउँभरीको विद्युत लाईन काटेर बिजुलिको पोलमा रहेको सिसि टिभी बन्द हुने…

Read More

हदबन्दी छुट पाएको जग्गा बिक्री गरेर अनियमितता गर्न खोजेको भन्दै सीआईबीले पतञ्जलीको जग्गाका विषयमा अनुसन्धान गरिरहेको छ । त्यस क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काभ्रेमा रहेको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीको जग्गा किनबेचमा रोक लगाउन मालपोत कार्यालयलाई पत्राचार गरेको छ ।जिल्ला मालपोत कार्यालय काभ्रेलाई पत्राचार गरेको सीआईबी स्रोतले जानकारी दिएको छ ।

Read More

इरानका तत्कालीन राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा निधन भएकाले गत शुक्रबार राष्ट्रपति पदको निर्वाचन भएको थियो ।राष्ट्रपति निर्वाचनमा कसैको पनि बहुमत नआएपछि दोस्रोपटक मतदान हुने भएको छ । दोस्रो पटकको मतदान ५ जुलाई (२१ असार)मा हुने छ । प्रतिस्पर्धामा कट्टरपन्थी उम्मेदवार सइद जलिली र सुधारवादी नेता मसुद पेजेशकियान थिए ।२ करोड ४५ लाख मतमध्ये मसुदले १ करोड ४० लाख र जलिलीले ९४ लाख मत प्राप्त गरेको जानकारी दिए मसुदले बहुमत हासिल गर्न भने सकेनन् । बीबीसीका अनुसार बहुमत हासिल गर्न ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । त्यसैले ५ जुलाईमा पुनः निर्वाचन हुने बीबीसीले जनाएको छ ।मसुदले आफ्ना समर्थकहरुलाई धन्यवाद दिएका छन्…

Read More

प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा गृह, अर्थ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत सम्बन्धित मन्त्रीहरूले सांसदले उठाएका मौखिक प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ । अर्थमन्त्री वर्षमान पुनले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० लाई समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथिको दफावार छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘लोकसेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन (२०७९ श्रावण–२०८० आषाढ) पेस गर्ने कार्यक्रम छ । यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतले…

Read More

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष समेत रहेकी रंजिता श्रेष्ठलाई पार्टी गलत ढङ्गबाट अगाडि बढाउन खोजेपछि दलको नेतावाट हटाईएको ऊक्त पार्टीको एक सांसदले जनाएका छन दलको नेताबाट हटाउँदै बहुमत सांसदले यसअघि दलको प्रमुख सचेतक रहेका गंगाराम चौधरीलाई दलको नेता चयन गरेका छन्।प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि मन्त्रिपरिषद विस्तार गरी रञ्जितालाई मन्त्री बनाउने तयारी गरिरहेका बेला नाउपाका बहुमत सांसदले दलको नेताबाट हटाएका हुन् ।प्रतिनिधिसभामा रहेका बहुमत सदस्यले दलको नेताबाट रञ्जिता श्रेष्ठ (चौधरी)लाई हटाएका छन् ।

Read More

आइतबार मधेश प्रदेश सभामा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले बजेट पुनर्लेखनको माग गर्दै मुख्यमन्त्री सतिश सिंहलाई ज्ञापनपत्र बुझाएका छन् ।उनीहरुले मुख्यमन्त्री सिंह र र अर्थमन्त्री साहले १३ असारमा पीएलएमबीआईएसमा ह्याकरहरु प्रवेश गरेर कार्यक्रम र बजेट प्रविष्ट गरेको र बजेट त्रुटिपूर्ण भएको स्वीकार गरेको भन्दै संसदीय छानबिन गर्न माग गरेका छन् । प्रदेश मन्त्रालयगत बजेट सूचना प्रणाली (पीएलएमबीआईएस) मा नै प्रवेश गरेर जथाभावी योजना र बजेट राखेको भन्दै सत्तारुढ र विपक्षी दलहरुले विरोध जनाएका छन् । बजेटमा कसरी जथाभावी योजना समावेश भयो भन्ने विषयमा सरकारले आधिकारिक रुपमा जानकारी गराएको छैन । मुख्यमन्त्री सिंहले…

Read More

पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको निगमले सूचना जारी गरेर जानकारी दिएको छ ।हवाइ इन्धन र एलपी ग्यासको भाउ भने घटबढ भएको छैन । बढेको मूल्य आज राति १२ बजेपछि लागू हुनेछ ।

Read More

अहिले १/२ दिन देखी सामाजिक सञ्जालमाहरु सर्वत्र रुपमा एक सरकारी गाडीले लेन मिचेर अर्को लेनमा गएको भिडियो चर्चामा छ । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा बा १ झ ७६७५ नम्बरको सरकारी नम्बरप्लेट भएको गाडीले लेन उल्लंघन गरेको देखिन्छ । उपत्यका ट्राफिक प्रहरीका एसएसपी जीवन श्रेष्ठका अनुसार यो घटना गत शुक्रबारको हो । गाडीले ललितपुरको सातदोबाटोबाट ग्वार्को जाने सडकमा लेन उल्लंघन गरेको उनले बताए । सरकारी नम्बरप्लेट भएको गाडी जल उत्पन्न प्रकोप नियन्त्रण विभागको रहेको एसएसपी श्रेष्ठले बताएका छन ।लेन उल्लंघन गरेका बेला गाडीमा चालकमात्रै रहेको र उनलाई कारबाहीको दायरामा ल्याइएको समेत उनले बताएका छन ।

Read More