तितो सत्य

अविरल वर्षाले पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका-१४ चाउथेमा पर्ने सडकखण्ड भासिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार राजमार्ग बुधबार बिहान करिब साढे छ बजेको समयमा भासिएको हो ।सडक भासिएपछि उक्त राजमार्ग भएर हिँड्ने सवारी साधनसमेत प्रभावित भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्की सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले सडक अहिले एकतर्फी खुलाइएको जानकारी दिएका छन ।सडकको दायाँ भाग अन्दाजी ५ मिटर लम्बाई, र १.५ मिटर चौडाइ सडक घट्टे कुलोको पानीले काटेर भत्काएको प्रहरीले जनाएको छ । उक्त स्थानदेखि करिब १० मिटर अगाडिको सडक खण्डमा दायाँतर्फको करिब ७ मिटर लम्बाइ र करिब १ मिटर चौडाइ भासिएको ले ‘सडक मर्मत…

Read More

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार भएको ठहर भएको छ ।सर्लाहीको लालबन्दीमा रहेको प्रतिष्ठानसँग मिलेर सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका लागि मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेट वक्तव्यमा संघीय सरकारबाट समपूरक अनुदानका रुपमा प्राप्त रकमसहित बजेट विनियोजन गरिएको थियो ।तर आर्थिक मामिलामन्त्री यादव र लालबन्दी नगरपालिकाका प्रमुख मानबहादर खड्काले आफूलाई नभएको अधिकार प्रयोय गरी कानुनविपरीत झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग साझेदारी गरेको र बदनियतपूर्वक १७ करोड ९८ लाख ३३ हजार निकासा गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१…

Read More

नेपाल आर्थिक पत्रकार समाजले मंगलबार आयोजना गरेको पूर्व मौद्रिक नीति छलफलमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुद्रास्फीति माथि हुँदा मौद्रिक नीति स्वाभाविक रूपमा कडा हुने बताएका छन् ।‘अहिले बजारमा अपेक्षा सुन्दा निजी समस्यालाई जनरलाइज गरेको देखिन्छ । आफ्नो समस्याबाट उम्किन राष्ट्र बैंकतर्फ बढी आशातित भएको देखिन्छ,’ गभर्नर अधिकारीले भने, ‘राष्ट्र बैंकका आफ्नै सीमितता छन् । हामी नीति निर्माताको उद्देश्य कसैलाइ पनि ऋणमा डुबाउने होइन, धान्न सक्नेमात्र ऋण लिने अवस्था बनाउने हो ।चालुपूँजी कर्जा मार्गदर्शनसँग सम्बन्धित नीतिले कुनै पनि व्यक्तिलाई ऋण लिन नरोक्ने उनले बताए । गभर्नर अधिकारीका अनुसार बैंकरलाई सजिलो छ । जहाँ नाफा छ त्यहीँ लगानी गर्छ, तर राज्यको…

Read More

मंगलबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले म्यानपावर व्यावसायीलाई राजदूत नियुक्तिका लागि सिफारिस गरिएको भन्दै सरकारलाई प्रश्न गरेका छन् ।उनले सरकारले स्वार्थ बाझिने गरी म्यानपावर व्यावसायी अबुसुफ्यान खानलाई साउदी अरबको राजदूतमा सिफारिस गरेको बताएका हुन् ।नेपालीहरुको प्रमुख श्रम गन्तव्यमध्येको एक साउदी अरब हो ।सांसद यादवले राजदूत नियुक्ति सम्बन्धी निर्देशिका २०७५ मा राजदूत नियुक्तिमा विदेशी मुलुकको स्थायी, अस्थायी आवासीय अनुमतिपत्र वा सुविधा प्राप्त नगरेको हुनुपर्ने योग्यता तोकिएको पनि स्मरण गराए । खानको सिफारिसपछि म्यानपावर व्यावसायी सशंकित भएको पनि उनले बताए । यादव भन्छन्, ‘म्यानपावर व्यावसायी आफैँ राजदूत भएर जाने भएपछि साउदीमा काम गर्ने…

Read More

मलुकका सबै ६ महानगरपालिकाले सोमबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गरेका छन् । महानगरपालिकाहरूले ल्याएको बजेटमा सार्वजनिक सेवा र सहरी पूर्वाधारमा जोड दिइएको छ । महानगरहरूले रोजगारी सिर्जना, सहरी सरसफाइ र फोहोर व्यवस्थापनलाई पनि उत्तिकै प्राथमिकता दिएका छन् ।६ महानगरमध्ये काठमाडौंले सबैभन्दा ठूलो बजेट २५ अर्ब ७० करोड बराबर ल्याएको छ भने सबैभन्दा सानो बजेट मधेश प्रदेशको वीरगञ्ज महानगरले २ अर्ब ८९ करोडको ल्याएको छ । सबै महानगरको गरी कुल ५३ अर्ब ६४ करोड ९ लाख बराबरको बजेट छ ।

Read More

सोमबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्रालयको बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले राईलाई ल्याउन मलेसिया सरकारसँग निरन्तर छलफल भइरहेको जानकारी दिए । सोमबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्रालयको बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा संलग्न गीतेन्द्रबाबु राई (जीबी) लाई मलेसियाबाट ल्याउने प्रयास भइरहेको बताएका छन् ।उनले राईलाई ल्याउन मलेसिया सरकारसँग निरन्तर छलफल भइरहेको जानकारी दिए ।उनले मलेसिया सरकारले माग गरेअनुसारको पत्रसमेत पठाइसकेको जानकारी दिए । राई फरार रहेको ८ महिनापछि आफू सरकारमा आएको भन्दै उनलाई आकाश पातलबाट खोज्न इमान्दारीपूर्वक लागेको गृहमन्त्रीले बताए ।उनले जीबी राई पक्राउ ब्यग्र प्रतीक्षाको विषय भएको भन्दै उनले कूटनीतिक प्रयासबाट…

Read More

जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले तपस्वी रामबहादुर बम्जनलाई बाल यौन दुरुपयोग मुद्दामा सर्लाही जिल्ला अदालतले दोषी ठहर गरेको छ । हाल सर्लाही कारागरमै थुनामा रहेका बम्जनलाई उक्त मुद्दामा दोषी ठहर गरेको हो ।बम्जनमाथि बाराका सुरेशकुमार आले मगर, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग पनि छ । सर्लाहीस्थित आश्रममा बलात्कार भएको भन्दै बम्जनविरुद्ध उजुरी परेको थियो ।बम्जनविरुद्ध विभिन्न सर्लाही, पर्सा, सिन्धुली र सिन्धुपाल्चोक जिल्लामासमेत यौन दुराचार गरेको, मानिस बेपत्ता पारेकोसहितका आरोपमा मुद्दा अघि बढ्दैछ ।२०८० पुस २४ गते प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले पक्राउ गरेपछि थुनामा पठाइएका बम्जन बालयौन दुराचार मुद्दामा…

Read More

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ लगायतका काम काज गर्नुपर्ने भएकाले आगामी २३ कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द गर्नुपर्ने जनाएको छ २३ कात्तिकबाट १८ चैतसम्म विमानस्थल दैनिक १४ घण्टामात्र सञ्चालनमा रहने कार्यालयको सूचनामा उल्लेख छ । हाल काठमाडौं विमानस्थल बिहान ६ बजे खुल्छ । विमानस्थल राति २ बजेसम्म चल्दै आएको छ।विमानस्थल कार्यालयका अनुसार २३ कात्तिकबाट काठमाडौं विमानस्थल राति १० बजेबाट बिहान ८ बजेसम्म बन्द हुनेछ । यो पाँच महिना अवधिसम्म रहने छ ।काठमाडौं विमानस्थल रातिको समयमा बन्द हुने भएसँगै अब वायुसेवा कम्पनीहरूले आफ्नो निर्धारित उडान समय परिमार्जन गनुपर्छ ।

Read More

नेपाल चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६ औं बैठककालागी चिनियाँ उपविदेशमन्त्री सुन बेइडोङ तीन दिने भ्रमणका लागि आज काठमाडौं आएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले स्वागत गरे । स्वागतमा नेपालका लागि चिनियाँ राजदूत छन सोङ्ग पनि विमानस्थल पुगेका थिए ।नेपाल चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको बैठक मंगलबार हुनेछ । सो बैठकमा नेपाल र चीनका अधिकारीहरुबीच सीमा व्यवस्थापन, व्यापार, लगानी, आपसी सहयोग लगायतका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयलको जनाएको छ ।

Read More

बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको नगरसभाको वैठकमा झडप भएको छ । नीति तथा कार्यक्रम र बजेट ल्याउन बोलाइएको वैठकमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले अवरोध गर्न खोजेपछि झडप भएको हो । यसअघि मेयर राजन पौडेलको दल नेकपा माओवादी केन्द्रबाहेक नेपाली कांग्रेस, नेकपा एमाले, लोसपा र एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिधिहरुले नगर सभा बहिष्कार गर्दै आएका थिए ।

Read More