तितो सत्य

नेपाली सेनाका रथी अशोक राज सिग्देलको नागरिकतामा दुईथरी जन्ममिति भेटिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट लिएको नागरिकता र जाजरकोटबाट लिएको प्रतिलिपिमा जन्ममिति फरक छ ।जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट सिग्देलले २०४० असोज ९ मा नागरिकता लिएका हुन् । त्यसबेला उनी १७ वर्षका थिए । रुपन्देहीको नागरिकता अनुसार सिग्देल २०२३ असोज ९ मा जन्मिएका हुन् ।सिग्देलले २०५८ मा जाजरकोटबाट नागरिकताको प्रतिलिपि लिए । जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट लिएको प्रतिलिपि अनुसार उनी २०२३ साउन २९ मा जन्मिएको देखिन्छ । उनले प्रतिलिपि लिँदा पुरानो विवरणमा थपघट गरेका हुन् । सक्कल नागरिकतामा भएको विवरणभन्दा फरक हुने गरी प्रतिलिपिमा विवरण सच्याउन पाइँदैन । तर, उनले…

Read More

आजको संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने गरी बोलाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रीले आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेट अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्बन्धमा सांसदहरुले सोधेको स्पष्टीकरणको जवाफ दिने तयारी छ । यस्तै बजेटका सम्बन्धमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, संघीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ, अर्थ, गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, प्रधानमन्त्री तथा मन्त्रिपरिषदकोकार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथि छलफलमा उठेका प्रश्नहरुकोविभागीय…

Read More

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी कानुन मामिला हेर्ने सचिव लीलादेवी गड्तौलालाई निमित्त मुख्यसचिव बनाएको छ । उनलाई वरिष्ठ सचिवमध्येबाट निमित्त मुख्यसचिव बनाइएको हो । लीलालाई भदौसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निमित्त मुख्यसचिवको जिम्मेवारी दिएका हुन् ।२०५२ सालमा न्याय सेवातर्फ कानुन मन्त्रालयमा जागिर सुरु गरेकी  ०६३ सालमा उपसचिव भइन् भने २०७० सालमा सहसचिव भएकी २०७७ कात्तिकमा सचिव भएकी उनी नेपाल कानुन आयोगका सचिवबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव भएकी थिइन् । गड्तौला पहिलो महिला कानुन सचिवसमेत हुन् । उनी २०८० भदौ २२ गते प्रधानमन्त्री कार्यालयमा कानुन मामिला हेर्ने सचिवको रूपमा काम गर्दै आएकी छन् ।निमित्त मुख्यसचिवमा बनेकी गर्तौला भदौ…

Read More

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव एवं हाल नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्याल, आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक एवं हाल अर्थ मन्त्रालयका सहसचिव रितेश कुमार शाक्य, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसमेत ११ जना र कम्पनीउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। अन्तःशुल्क स्टिकर खरिदमा अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. वैकुण्ठ अर्यालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्‍यो । यो नेपालको इतिहासमा कर्मचारी प्रशासनको नेतृत्व गर्ने मुख्य सचिवमाथि पहिलोपटक लागेको भ्रष्टाचारको मुद्दा हो । एक पूर्वसचिव यसलाई निजामती सेवा प्रशासनको सबभन्दा ठूलो ‘दाग’ भन्छन् । किनकी विगतमा मुख्यसचिवहरु…

Read More

तनहुँको आँबुखैरेनी गाउँपालिका ६ हिलेखर्कका ८५ वर्षीया द्रोणपति गुरुङको च्याउ खाएर बिरामी भएको गुरुङको चितवनस्थित अस्पतालमा उपचार भइरहेकामा शुक्रबार मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।यही असार १ गते ५४ वर्षीय डिलबहादुर गुरुङले घर नजिकको जङ्गलबाट ल्याएको च्याउ खाँदा उहाँसहित ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ, ५८ वर्षीया पम्फी गुरुङ बिरामी भएका थिए ।अन्य चार जनाको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

Read More

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले भारतका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी, अमेरिकाका लागि चन्द्र घिमिरे र बेलायतका लागि डा. विजन पन्त सिफारिस गर्ने निर्णय गरेको हो ।सरकारले भारत, अमेरिका र बेलायतसहित ८ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ ।सरकारले पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई भारतका लागि राजदूत सिफारिस गरेको छ । रेग्मी यसअघि बेलायतका राजदुत पनि बनेका थिए ।त्यस्तै अमेरिकाका लागि चन्द्र घिमिरे, दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, बेलायतका लागि डा विजन पन्त, स्पेनका लागि पुष्पराज रन्जितकार, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना र साउदी अरबका लागि अबुसुफ्यान खान मुसलमानलाई सिफारिस गरिएको छ ।

Read More

उपप्रधान तथा गृहमन्त्री  रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दामा आज सुनुवाइ भइरहेको छ ।  उक्त मुद्दा न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा सुनुवाइ भएको हो । बहसका लागि एक घण्टाको समय निर्धारण गरिएको छ । आज रिट निवेदकका तर्फबाट अनुपम भट्टराईले बहस गरिसकेका छन् भने त्यसपछि अधिवक्ता रमण कर्णले बहस गरिरहेका छन् । उनीपछि वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गर्नेछन् । 

Read More

भारतमा चरम गर्मीका कारण ३७१ भन्दा बढीको मृत्यु भएको छ । धेरै मृत्यु उत्तर प्रदेश, बिहार, राजस्थान, हरियाणामा भएका छन् । मृतकहरु अधिकांश सडकमा बेवारिसे जीवन बिताउनेहरु रहेका छन् । हुन त मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्र थाहा हुने बताइन्छ । तर चिकित्सकहरुले पनि अत्यधिक गर्मी र लुकै कारण भारतमा मानिसहरुको ज्यान गइरहेको बताएका छन् । अस्पतालहरुमा गर्मीका कारण बिरामी परेकाहरुको चाप पनि अत्यधिक छ ।भारतमा बेवारिसे व्यक्तिहरुको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था ‘सेन्टर फर होलिस्टिक डेभलमपेन्ट’ले जुन ११ देखि जुन १९ को बीचमा नयाँदिल्लीमा अत्यधिक गर्मीका कारण १९२ जना बेघर व्यक्तिहरुको मृत्यु भएको जनाएको छ ।यसैगरी उत्तर प्रदेशमा…

Read More

अमेरिकी प्रतिनिधि सभाको प्रतिनिधिमण्डलले भारतीय भूमिबाट तिब्बतको स्वायत्तताको माग गरेको छ । बीबीसी हिन्दीका अनुसार विदेशी प्रतिनिधिमण्डलले भारतीय भूमिबाट तिब्बतको मुद्दा उठाउँदै चीनलाई चेतावनी दिएको यो पहिलो पटक हो । बुधबार उक्त प्रतिनिधिमण्डलले हिमाचल प्रदेशको धर्मशालामा तिब्बती धर्मगुरु दलाई लामासँग भेट गरेको छ । सो क्रममा प्रतिनिधिमण्डलले तिब्बतको स्वायत्तताको मुद्दा उठाउँदै तिब्बतीप्रति अमेरिकाको समर्थन अटल रहेको बताएको हो ।अमेरिकी संसद्को विदेश मामिला समितिका अध्यक्ष रिपब्लिकन नेता माइकल म्याकलको नेतृत्वमा रहेको सात सदस्यीय प्रतिनिधिमण्डलमा अमेरिकी कांग्रेसकी पूर्व सभामुख न्यान्सी पेलोसी पनि सहभागी छन् ।बुधबार उक्त टोलीले अमेरिकाले दलाई लामाको उत्तराधिकारीबारे चीनलाई हस्तक्षेप गर्न नदिने बताएको थियो।जुलाई ६ मा ८९औं जन्मदिन मनाउन गइरहेका दलाई लामासँगको अमेरिकी प्रतिनिधिमण्डलको भेटमा…

Read More

सन् २०२४ को सुरू अर्थात गत पुसको मध्यदेखि जुन महिनाको दोस्रो साता अर्थात् हालसम्म १ हजार १७५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । डेंगु संक्रमित बिरामीलाई २ देखि ७ दिनसम्म ज्वरो आउने गर्छ । ज्वरो घटेका बेला २४ देखि ४८ घण्टासम्मको समय जटिल क्रिटिकल मानिन्छ । यस्तो बेलामा कतिपय व्यक्तिको शरीरबाट रक्तस्राव हुने र केहीमा रक्तचाप घट्ने सम्भावना उच्च हुन्छ । संक्रमित व्यक्तिलाई श्वास–प्रश्वासमा कठिनाइ भएमा, पेट दुख्ने, गिजाबाट रगत बगे जस्तो हुने, कालो दिसा आउने, थकान महसुस हुने, वान्ता हुँदा रगत देखिने, बिरामी बेहोस हुने, नाकबाट रगत आउने लगायत लक्षण देखिएमा डेंगु संक्रमण जटिल भयो भनेर बुझ्नुपर्ने र…

Read More