लामो संक्रमणकाल, असफल राजनीतिक नेतृत्व, र गणतन्त्रको नाममा फैलिएको भ्रष्टाचारले आज मुलुक चौतर्फी संकटको चपेटामा परेको देखिन्छ। दशकौंदेखि परिवर्तनका संवाहक भनेर चिनिएका दलहरू स्वयं जनआक्रोशको केन्द्रमा परेका छन्। देशभित्र शासनसत्ता सञ्चालनमा असक्षमता र विदेशी हस्तक्षेपको वर्चस्वले राष्ट्रिय स्वाधीनताको प्रश्न गम्भीर बन्दै गएको छ। राजनीतिक रूपमा निर्णायक मानिने दलहरू आफ्नै नेतृत्वमा असमर्थ देखिँदै जाँदा देशको सन्तुलन कायम राख्न सक्ने वैकल्पिक शक्तिको खोजी हुन थालेको छ। यसैबीच, पूर्वराजसंस्थाप्रति आम नागरिकमा चासो र आकर्षण पुनः जागृत भएको संकेत देखिन थालेको छ। राजनीतिक विश्लेषकहरूका अनुसार, राष्ट्रनिर्माण, राष्ट्रिय एकता र स्वतन्त्रता जोगाउने विषयमा विगतमा राजसंस्थाले निर्वाह गरेको भूमिका सम्झँदै आजको अप्ठ्यारो घडीमा जनताले फेरि एउटा…
तितो सत्य
नयाँ दिल्ली, वैशाख २४ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रत्यक्ष निगरानीमा भारतीय सशस्त्र बलले बुधबार बिहान ‘अपरेसन सिन्दूर’ नामक सैन्य कारबाही सञ्चालन गरेको छ। यस अपरेसनमा पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओजेके) मा रहेका नौ ‘आतंकवादी’ अखडाहरूलाई लक्षित गरी हवाई आक्रमण गरिएको छ। समाचार संस्था एएनआई र टाइम्स अफ इन्डियाका अनुसार, यो कारबाही पहलगाममा भएको आतंकवादी हमलाको प्रतिकारस्वरूप गरिएको हो, जहाँ २६ जना भारतीय सुरक्षाकर्मीको ज्यान गएको थियो। प्रधानमन्त्री मोदीले नयाँ दिल्लीस्थित युद्ध नियन्त्रण कक्षबाट रातभर अभियानको निगरानी गरेका थिए। उनीसँग रक्षाप्रमुख, गुप्तचर अधिकारीहरू तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल निरन्तर सम्पर्कमा थिए। सरकारी स्रोतका अनुसार, भारतीय सेनाले नौ स्थानमा…
काठमाडौं — राजसंस्था समर्थक तथा वैदिक सनातन अधिराज्य पुनःस्थापनाका पक्षधर डा. जगमान गुरुङले आउँदो २०८२ साल जेठ १५ गते नेपालमा गणतन्त्रको अन्त्य भई पूर्वराजा ज्ञानेन्द्र शाह पुनः गद्दी आरोहण गर्ने दाबी गरेका छन्। संयुक्त जनआन्दोलन संघर्ष समितिका सल्लाहकारसमेत रहेका गुरुङले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै, “जनताले राजाको आवश्यकता तीव्र रूपमा महसुस गर्न थालेका छन्,” भन्दै राजसंस्था फर्किनु समयको माग भएको बताएका हुन्। उनका अनुसार, पूर्वराजा ज्ञानेन्द्रले स्वेच्छाले जनताको नासो जनतालाई सुम्पे पनि अब त्यो जिम्मेवारी पुनः राजामै फर्काउनुपर्ने समय आएको छ। गुरुङले भने, “श्री ५ ज्ञानेन्द्रले हाँस्दै दरबार छोडेर जनतालाई नासो हस्तान्तरण गर्नुभयो, तर हामी त्यो नासो धान्न…
काठमाडौं — नक्सालस्थित बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा पूर्वअध्यक्ष रिता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दायर गर्ने तयारी गरिएको छ। नेपाल सरकारको महान्यायाधिवक्ताको कार्यालयले हालै उनीहरूलाई जिम्मेवार ठहर गर्दै मुद्दा चलाउने निर्णय गरेको हो। बालमन्दिरकी तत्कालीन अध्यक्ष र सरकारका उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंह मुख्य अभियुक्तका रूपमा छन्। महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सूर्यराज दाहालका अनुसार उनीसहित १७ जनामाथि अभियोजनको रायसहित फाइल काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा पठाइएको छ। “बालमन्दिरको जग्गा सम्बन्धी प्रकरणमा मुद्दा चलाउने निर्णय भइसकेको छ। निर्णय जिल्ला कार्यालयमा पुगीसकेको छ,” प्रवक्ता दाहालले भने। सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख रामहरि शर्मा काफ्लेका अनुसार, “१७ जनामाथि अभियोग लगाउने…
संघीय र प्रदेश सरकारमा समावेश जनमत पार्टी भित्र हालै तीव्र आन्तरिक द्वन्द्व सतहमा आएको छ। आर्थिक अपचलन, शक्ति केन्द्रिकरण, टिकट वितरणमा पक्षपात र पदस्थापनका लागि बार्गेनिङ जस्ता गम्भीर आरोपले पार्टी नेतृत्व विवादमा तानिएको छ। पार्टीका पूर्व राष्ट्रिय उपाध्यक्ष तथा अनुशासन विभाग प्रमुख दीपककुमार साहले अध्यक्ष डा. सीके राउत नेतृत्वमाथि व्यापक वित्तीय अनियमितता, अपारदर्शिता र परिवारवादको आरोप लगाउँदै विज्ञप्ति सार्वजनिक गरेसँगै विवाद चुलिएको हो। साहका अनुसार पार्टी मुख्यालय जनकपुरस्थित ‘मधेश आश्रम’ को निर्माण व्यक्तिगत स्रोतबाट गरिएपनि त्यसलाई पार्टीको सम्पत्ति भनेर प्रस्तुत गरिएको छ। कोषाध्यक्ष पक्राउ, अध्यक्षसँग बढ्दो दूरी जनकपुर र इमाडोलस्थित पार्टी सम्पत्तिको स्वामित्व कोषाध्यक्ष सुरेन्द्रनारायण यादवकी पत्नीको नाममा रहेको भन्दै…
काठमाडौं – पछिल्लो समय नेपाली राजनीतिमा देखा परेको सत्ता समीकरणबारेको अन्योल क्रमशः हट्दै गएको संकेतहरू देखिन थालेका छन्। सत्तारुढ दल एमाले र गठबन्धनका प्रमुख दल कांग्रेसबीच केही समय तनाव देखिए पनि अब दुबै शीर्ष नेताबीच सम्वाद हुँदै सत्ता साझेदारीमा स्पष्टता आएको देखिन्छ। नेकपा एमालेको सचिवालय बैठक आइतबार दिउँसो २ बजेका लागि तय गरिए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्ततालाई कारण देखाउँदै एक घण्टा पछि धकेलियो र त्यसपछि हतारमै समापन गरियो। बैठक छोटो भए पनि प्रधानमन्त्री ओलीले सत्ता समीकरण, सरकारको नीति तथा कार्यक्रम र पार्टीको आन्तरिक अवस्थाबारे धारणा राखे। एमालेका एक पदाधिकारीका अनुसार प्रधानमन्त्री ओलीको प्रस्तुतिले सत्ताको स्थायित्वमा विश्वस्त गराएको थियो।…
धनकुटा, वैशाख २३ – कोशी लोकमार्गअन्तर्गत धनकुटा नगरपालिका–६ स्थित गोठगाउँमा सोमबार दिउँसो भएको एक यात्रुबाहक बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। धरानबाट भोजपुरतर्फ जाँदै गरेको को १ ख २१७७ नम्बरको बस करिब ५० मिटर तल खस्दा बस चालक र दुई यात्रुको ज्यान गएको हो। मृतकमध्ये बस चालक सुनसरी धरान उपमहानगरपालिका–१३ का ५१ वर्षीय रुद्र तामाङ, भोजपुर नगरपालिका–११ का ५८ वर्षीय लिलाबहादुर श्रेष्ठ र धनकुटा नगरपालिका–६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेल रहेका छन्। प्रहरीका अनुसार, राईको घटनास्थलमै मृत्यु भएको थियो भने तामाङ र श्रेष्ठको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान…
काठमाडौं, २३ वैशाख – संघीय संसद्का दुवै सदन—प्रतिनिधिसभा र राष्ट्रियसभा—को बैठक आज बस्दैछ। संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रियसभाको बैठक दिउँसो १२ः१५ बजे सुरु हुने तालिका छ। बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची तय गरिएको छ। राष्ट्रपतिबाट प्रस्तुत भएको उक्त नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा हिजोदेखि नै छलफल सुरु भइसकेको छ र आज पनि त्यसैको निरन्तरता रहनेछ। यसैगरी, राष्ट्रियसभाको बैठकमा पनि नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ। आजको बैठकमा छलफलपछि सुझाव प्रस्तुत गर्ने प्रक्रिया अगाडि बढाइने कार्यसूची सचिवालयले सार्वजनिक गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले गत…
काभ्रे जिल्लास्थित पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीको नाममा खरिद गरिएको हदबन्दी छुटको जग्गा विवादमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धानलाई तीव्रता दिँदै पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग बयान लिएको छ। एक स्रोतका अनुसार, आयोगले केही समयअघि नै नेपालसँग बयान लिएको हो। “केही समयअघि पतञ्जलीको जग्गा सम्बन्धी विवादबारे उहाँसँग सोधपुछ गरिएको हो,” स्रोतले जानकारी दियो। २०६६ सालतिर तत्कालीन प्रधानमन्त्रीका रूपमा कार्यरत माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलीलाई हदबन्दी छुटको सुविधा दिँदै विशेष निर्णयमार्फत काभ्रेको जग्गा खरिद गर्न स्वीकृति दिएको थियो। तर समयसँगै ती जग्गा कानुनले तोकेको हदभन्दा बाहिर गइ खरिद–बिक्री भएको भन्दै अब सो प्रक्रिया नै अनुसन्धानको घेरामा आएको हो। यसअघि केन्द्रीय अनुसन्धान ब्युरो…
रौतहट — रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका अन्तर्गत नजरपुर र बडेरवा क्षेत्रबाट सालको काठ अबैध रुपमा ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ। चन्द्रपुर–१० बडेरवा र वडा नम्बर ९ नजरपुर नहर आसपासका क्षेत्रमा पाँचवटा साइकलमा सालको गोलिया काठ लोड गरिएको अवस्थामा फेला परेको हो। ईलाका प्रहरी कार्यालय डुमरियाका अनुसार बैशाख २० गतेको राति डुमरिया र चेतनगर प्रहरी चौकीको संयुक्त टोलीले गस्तीका क्रममा ती साइकल नियन्त्रणमा लिएको थियो। बरामद गरिएको काठ विभिन्न साइजमा रहेको १८ थान गोलिया सालको रहेको र अन्दाजी २०.३ क्युफिट बराबरको मापन गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उक्त काठ तथा साइकलहरुलाई प्रारम्भिक अनुसन्धानपछि थप कारवाहीका लागि बैशाख २२…