तितो सत्य

बिहीबार प्रतिनिधिसभा बैठकमानेकपा एमाले सांसद ऋषिकेश पोखरेलले ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई सरकारले दुख दिएको आरोप लगाउदै घरमै बायोमेट्रिक गर्ने व्यवस्था मिलाउन माग गरेका छन् ।सांसद पोखरेलले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएपछि ज्येष्ठ नागरिकहरूले बायोमेट्रिक गर्न सास्ती खोप्नु परेको भन्दै दुख नदिन सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले टोली घर घरमै खटाउने व्यवस्था मिलाएर अर्को वर्षदेखि नयाँ नियम लागू हुनेगरि व्यवस्था गर्न समेत माग गरेका छन् ।

Read More

खुला प्रतिस्पर्धाबाट ४२ जना जिल्ला न्यायाधीश छनोटका लागि भएको लिखित परीक्षामा जम्मा १२ जना मात्र उतीर्ण भएका छन् । लोकसेवा आयोगले लिएको लिखित परीक्षामा २०३ जना सहभागी भएकामा १२ जना मात्र उतीर्ण भएका हुन् । न्याय सेवामा कार्यरत कर्मचारीहरुका लागि मात्रै सीमित गरिएको २१ सिटमा ४ जनामात्रै लिखित परीक्षामा पास भएका छन् । केही साताअघि सम्पन्न कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलनले जिल्ला न्ययाधीशको रिक्त पदमा कानुन व्यवसायीहरुको कोटामा उनीहरु मात्र नियुक्ति गर्ने व्यवस्था गर्न माग गरेको थियो । सम्मेलनले जिल्ला न्यायाधीशको परीक्षा प्रणाली सुधार गर्नुपर्ने भन्दै फैसला गर्ने क्षमता, मुद्दामा रहेका विवादित विषयको पहिचान, कानूनको ज्ञान, फैसला लेखन जस्ता विषयमा आधारित…

Read More

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायु का साथै बिहार आसपास बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ । पूर्वी नेपालमा भने मनसुनी प्रणालीको पनि प्रभाव रहेको छ । अहिले कोशी प्रदेशका केही स्थानमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । यस्तै, बागमती, कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना छ । आज राति भने बागमती, कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि…

Read More

जनकपुरधाम। मधेश सरकारले कृषि, शिक्षा, स्वास्थ्य, सडक, खेलकुद, पर्यटन आदि क्षेत्रलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम ल्याएको छ । मंगलबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेश प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरिन् ।

Read More

नेपाली कांग्रेसकी नेत्री शैलजा आचार्यको १५औँ स्मृति दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वसभामुख दमन्नाथ ढुंगानाले लोकतान्त्रिक व्यवस्था कम्युनिस्ट पार्टीले बचाउन नसक्ने बताएका छन् । कम्युनिस्टले लोकतन्त्रलाई प्रयोगमात्र गर्छन् । प्रजातन्त्रको रक्षा गर्ने विकल्प भनेको प्रजातान्त्रिक दल नै हो ढुंगानाले अहिलेको संविधानमा जनताले अपनत्व लिनै नसकेको पनि बताए । यसका लागि कांग्रेसले बहुमत ल्याएर प्रजातान्त्रिक व्यवस्था सवल बनाउन भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।यो परिवर्तनमा संविधानमा जनताले अपनत्व लिएकै छैनन्,” उनले भने ।लोकतान्त्रिक दलले मात्रै लोकतान्त्रिक व्यवस्था बचाउन सक्ने उनको भनाइ छ ।कम्युनिस्ट दलहरूले लोकतन्त्रको गलत प्रयोग गर्ने र व्यवस्थालाई भित्रैबाट कमजोर बनाउने जिकिर गरे ।

Read More

सोमबार गण्डकी प्रदेशस्थित नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएसँगै केन्द्रको सत्ता गठबन्धनबाट यो प्रदेश सरकार फुत्किएको हो । वैशाख १६ गते मुख्यमन्त्री नियुक्त भएका उनले विश्वासको मतको प्रस्ताव राखेपछि मत विभाजन हुँदा उनको पक्षमा ३१ मत परेको हो । प्रदेशसभामा उपस्थित ५९ जना सदस्यमध्ये प्रस्तावको पक्षमा ३१ मत पर्दा विपक्षमा २८ मत परेको  हो ।  पाण्डेको पक्षमा कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टीका २, स्वतन्त्र सांसद राजीव गुरुङको १ र माओवादी संसदीय दलका सदस्य सांसद फणीन्द्र देवकोटाले मतदान गरे । देवकोटा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता हुन् । मत दिन्न भन्ने पक्षमा शून्य मत परेको…

Read More

गृहमन्त्री लामिछानेलाई निलम्बन गरी उनीविरुद्ध विभिन्न जिल्लामा परेको किटानी जाहेरी माथिको अनुसन्धान अघि बढाउनुपर्छ भनी दायर रिट निवेदनमाथि सुनुवाइपछि सर्वोच्च अदालतले रूपन्देही जिल्ला अदालतमा विचाराधीन जीबी राई विरुद्धको मुद्दाको मिसिल झिकाउन आदेश दिएको हो ।सर्वोच्च अदालतले सोमबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नामसमेत मुछिएको बुटबलको सुप्रिम बचत तथा ऋण सहकारी लिमिटेड ठगीको मुद्दाको फाइल झिकाउन आदेश दियो ।न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासको आदेशमा भनिएको छ, ‘प्रतिवादी जीबी राईसमेत भएको सहकारी ठगीको मुद्दाको मिसिल रूपन्देही जिल्ला अदालतबाट झिकाइ पूर्वआदेश अनुसार अग्राधिकार दिइ ३ असारको पेसी तोकी नियमानुसार पेस गर्नुहोला ।’

Read More

नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा मोदीले तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिएका हुन् । मोदीलाई राष्ट्रपति द्रौपदी मुर्मुले पद तथा गोपनियताको शपथ गराएकी हुन् । मोदीलाई राष्ट्रपति मुर्मुले शुक्रबार प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन् । एनडीए गठबन्धनबाट सरकार बनाउने दाबि पेश गरेपछि राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।राष्ट्रपति भवनमा भएको भव्य शपथ समारोहमा विभिन्न देशका प्रमुख पनि उपस्थित थिए ।प्रधानमन्त्री मोदीले आइतबार नै ७२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । जसमा ३१ क्याबिनेट मन्त्री छन्, ५ स्वतन्त्र प्रभाव र ३६ राज्यमन्त्री छन् ।भारतीय जनता पार्टी (भाजपा)का तर्फबाट अघिल्लो कार्यकालकै मन्त्रीहरु नै दोहोरिएका छन् ।मोदीको योसँगै मोदीले…

Read More

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले संसदीय छानबिन समिति गठन गरिसकेपछि पनि नैतिकताको बोध नगरिने राजनीतिको अभ्यास नेपालमा गम्भीर विषय बनेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् । राजनीतिमा नैतिकता व्यक्तिसँग निर्भर रहने भन्दै नैतिकताको बोध नगरिने राजनीति कांग्रेसले अन्त्य गरेर छोड्ने दाबी गरे । उनले सहकारीमा रकम अपचलन विषयमा छानबिन समिति बनिसकेपछि पनि उपप्रधान एवं गृहमन्त्रीकै पदमा रहिरहनु ‘नांगो भइसकेपछि पनि आफूलाई कपडा लगाएको ठान्नु’ रहेको टिप्पणी गरे । 

Read More

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान जोगाउने हो र टिकाउने हो भने प्रदेशलाई जस्ताको त्यस्तै बोक्न नहुने बताएका छन् ।महामन्त्री थापाले संविधानका केही कुराहरु संशोधन गर्नुपर्ने प्रदेशका साथै निर्वाचन प्रणालीकाबारेमा पनि केही संशोधन गर्न आवश्यक रहेको उनको भनाइ छ । ‘…हाम्रो केही जिम्मेवारी छ । संविधान जोगाउने हो र टिकाउनको निम्ति यो संविधानमा केही कुरा नबदलीकन हुँदैन,’ उनले भने, ‘चाहे हाम्रो प्रदेशको रचनाको कुरा होस्, यसलाई जस्ताको त्यस्तै बोकेर हुँदैन । यसलाई टिकाउन केही कुरामा बदलाब ल्याउनुपर्छ । निर्वाचन प्रणालीका बारेमा पनि केही कुरा परिमार्जन गर्नुपर्नेछ ।’भन्दै यस्तो बताएका हुन् ।साथै उनले २०८४ सालसम्म नेपाली…

Read More