तितो सत्य

मधेसका हालका मुख्यमन्त्री सरोज यादव उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीका नेता हुन् । अशोक राईको नेतृत्वमा पार्टी विभाजन भएसँगै मधेसमा नयाँ सरकार बनाउने कसरत सुरु भएको थियो । माओवादी र एमालेले वैशाख ३० गते सरकार छोडेसँगै मुख्यमन्त्री यादव नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।जनमत पार्टीको नेतृत्वमा नयाँ मधेस सरकार बनाउने सहमति भएसँगै नेकपा एमाले, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टीले अल्पमतमा परिसकेकाले मुख्यमन्त्रीले दीर्घकालीन निर्णयहरू नगर्न र पञ्चवर्षीय योजना र आगामी आर्थिक वर्षको बजेट आउनपूर्व नै राजीनामा गरेर बाटो खोलिदिन आग्रहसहित प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष ज्ञापन पत्र बुझाउन लागेका हुन् । १०७ सदस्य रहेको मधेस प्रदेश सभामा २५…

Read More

आइतबार बसेको संसद् बैठकमा जेठ १५ गते प्रस्तुत विनियोजन विधेयकमाथिको छलफलमा भाग लिने क्रममा पूर्व अर्थमन्त्री एवम् प्रमुख सत्तारुढ नेकपा एमालेले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माणका क्रममा अर्थमन्त्री वर्षमान पुनले कुनै सल्लाह सुझाव नलिएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । यसअघि शनिबार प्रमुख सत्तारुढ नेकपाएमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाएका थिए । ओलीले सत्तारूढ दलहरूसँग परामर्श नगरी बजेट ल्याइएको भन्दै असन्तुष्टि जनाएका थिए । शनिबार संसद् भवनको ल्होत्से हलमा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि, अर्थमन्त्री भएको पार्टीको बजेट हो…

Read More

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा ७५३ स्थानीय तहका लागि विभिन्न प्रकारको अनुदानवापत ३ खर्ब १२ अर्ब ४२ करोड ६१ लाख रुपैयाँ पठाउँदैछ । यसमध्ये महानगरपालिकामा ११ अर्ब ७३ करोड ५ लाख, उपमहानरपालिकामा ११ अर्ब ६३ करोड ९२ लाख र नगरपालिकामा १ खर्ब ४२ अर्ब ५२ करोड रुपैयाँ विनियोजन भएको छ । गाउँपालिकामा १ खर्ब ४६ अर्ब ५२ करोड रुपैयाँ जाने छ ।

Read More

भ्रुम हत्या,बेटी पढाउ बेटी बचाऊँ,दाईजो प्रर्था ,छुवाछुत अनि बालबिबाह जस्ता मधेशको प्रमुख समस्यालाई । समाजमा उजागर गरि यस्तो कुरितिबाट मधेशलाई बचाँउने उदेश्यले मधेशमा पहिलो पल्ट फिल्मको माध्यमबाट जनचेतना फैलाउने के.एम फिल्म प्रा.लि । पुरुष प्रधान देश अनि त्यसमा पनी छोरा ईश्वरको बरदान र छोरी ईश्वरको श्राप ।भन्ने सोच बिचार र चलन चल्तिबाट अगाडि बढिरहेको ।मधेशको सामाजिक बातावरणलाई केहि हद सम्म निरुत्साहित गर्ने प्रमुख उदेश्य बोकि । पहिलो पटक रौतहटको दुर्गा भगवती गाऊँपालीका वडा नं ०३ मत्सरीका कृष्णा मणि बादशाह ले ।आफ्नो के.एम फिल्मस प्रा.लि र सुधिर ईन्टरटेनमेन्ट प्रा.ली संगको सहकार्यमा । भ्रुम हत्या,बेटी पढाउ बेटी बचाऊँ,दाईजो प्रर्था ,छुवाछुत अनि बालबिबाह…

Read More

सरकार बचाउँनको लागि मात्र बजेटको समर्थन अन्यथा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति सत्तारुढ प्रमुख घटक नेकपा एमाले का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाएका छन्  । सत्तारूढ दलहरूसँग परामर्श नगरी बजेट ल्याइएको भन्दै असन्तुष्टि जनाए छन्  ।  शनिबार संसद् भवनको ल्होत्से हलमा आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि, अर्थमन्त्री भएको पार्टीको बजेट हो थाहा नभएको बताए । उनले भने, ‘दलहरूसँग छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि, अर्थमन्त्री भएको पार्टीको बजेट हो की ? जस्तो अलि बढ्ता देखिन गएको छ। र…

Read More

आज जेठ १९ गते दरबार हत्याकाण्ड भएको कालो दिन । राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्डको २३ पूरा भएको छ । २०५८ जेठ १९ गते राति भएको हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भएको थियो ।हत्याकाण्डको छानबिनका लागि गठन भएको तत्कालीन समितिले पनि रहस्य बाहिर ल्याउन सकेको छैन । हत्याकाण्डका विषयमा तात्कालीन प्रधानन्यायाधीश र संसद्का सभामुख सदस्य रहेको छानबिन समितिले सही तथ्य बाहिर ल्याउन नसकेको भन्दै आम असन्तुष्टी अझै उत्तिकै छ ।यो २३ वर्षको बिचमा धेरै सरकार फेरिए तर हत्याकाण्डको रहस्य खुलेन । राजसंस्था नै अन्त्य भएर गणतन्त्रात्मक व्यवस्था आएको यतिका वर्ष हुँदा पनि छानबिन भएको छैन । राजा वीरेन्द्रको वंशनाश…

Read More

सत्ता पक्षका प्रमुख घटक नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो साढे १२ बजे संसद भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा बस्ने बताइएको छ । बैठकमा अर्थमन्त्रीले जेठ १५ गते सार्वजनिक गरेको आर्थिक वर्ष २०८१–८२ को बजेटमाथि भोलिदेखि छलफल सुरु हुँदैछ सोको संबन्धमा साथै पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, मधेश प्रदेश सरकार तथा सरकारले संसदमा पेस गरेको बजेटबारे छलफल हुने जनाइएको छ ।

Read More

सत्तापक्ष र प्रमुख प्रतिपक्षी दल नेपालि कांग्रेस ले उपप्रधानमंन्त्री तथा गृह मंन्त्री रबि लामिछाने सहित मुछिएको सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति गठनको लागि भएको लामो तानातान संसद अवरुद्ध सडक आन्देलन पश्चयात गठित ‘संसदीय छानबिन विशेष समिति’ ले आइतबारदेखि काम थाल्ने भएको छ । सत्ता साझेदार नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीको संयोजकत्वमा गठित समितिले सहकारी ठगी प्रकरण छानबिनका लागि आइतबारदेखि काम थाल्ने गरी कार्यालय पनि व्यवस्थापन गरेको छ । गठित ‘संसदीय छानबिन विशेष समिति’ को यस्तो छ कार्यादेश १. सहकारी संस्थाहरूमा देखिएको संकट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा…

Read More

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागु हुनगेरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको हो । निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्य प्रतिलिटर ४.४२ र डिजेलको मूल्य प्रतिलिटर २.४५ ले घटेर आएको छ । तर, नेपाल सरकारले बजेटमार्फत जेठ १६ गतेबाटै लागु हुनेगरी पेट्रोल र डिजेलमा प्रतिलिटर एक रुपैयाँका दरले ‘हरित कर’ लगाएकाले त्यसैअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६५.५० रुपैयाँ र डिजेलको मूल्य १५०.५० रुपैयाँ कायम भएको छ ।

Read More

लामाले मात्रै कान्तिपुरसहितका अन्य सहकारीबाट ८ अर्ब रुपैयाँ बचत हिनामिना गरेको आरोप छ । जसमध्ये कान्तिपुर सहकारीको मात्रै दुई अर्ब बचत अपचलनबारेको जाहेरी परेपछि उनलाई अपराध अनुसन्धान कार्यालयले हिरासतमा लिएको हो । सुप्रिम र स्वर्णिम सहकारीका सञ्चालक गितेन्द्रबाबु राई जस्तै लामा पनि सहकारीको ठूलो रकम हिनामिनाका प्रमुख आरोपी हुन् । उक्त सहकारीको सञ्चालकका रुपमा करिब दुई अर्ब रुपैयाँ बचत हिनामिना गरेको आरोपसहितको उजुरी परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय लामालाई चितवनको नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो ।

Read More