तितो सत्य

रूसको सिमानामा रहेको पूर्वी सुमी क्षेत्रमा बुधबार भएको क्षेप्यास्त्र आक्रमणमा दुई जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएको क्षेत्रीय अधिकारीहरूले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।युक्रेनमा बुधबार युद्धग्रस्त देशको चार क्षेत्रमा रूसी हमलाबाट सात जनाको मृत्यु भएको रिपोर्ट गरेको छ । युद्धबाट बढी प्रभावित डोनेट्स्क क्षेत्रका गभर्नरलाई क्रेमलिनले रूसको हिस्सा भएको दाबी गरेको छ । उनले मंगलबार छुट्टै आक्रमणमा तीन जनाको मृत्यु भएको बताएका छन् । गभर्नर भादिम फिलास्किनले टोरेट्स्क सहरमा दुई जनाको मृत्यु भएको छ भने सेलिडोभमा मंगलबार भएको आक्रमणमा अर्का एक व्यक्तिको मृत्यु भएको बताए ।  क्रेमलिनले सन् २०२२ मा कब्जा गरेको ब्लाक सी क्षेत्रको नियन्त्रणका लागि लडिरहेको बताउँदै गभर्नर फिलास्किनले पछिल्लो समय रूसले आवास र पूर्वाधार सुविधाहरूमा गोलाबारी गरेको बताए। रूसी आक्रमणका…

Read More

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेश प्रदेश सरकार गठनको विषयमा छलफल गर्न आफनै निवास बूढानीलकण्ठमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई बोलाएको बताइएको छ । मधेशमा सरकार गठन र केन्द्रमा विपक्षी दलहरू सहकार्य गर्नेबारे छलफल हुने उनले बताए ।मधेशमा नेकपा एमाले र माओवादी केन्द्रले ३० वैशाखमा मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएका थिए । मुख्यमन्त्री यादवले विश्वासको मत भने लिएका छैनन् ।यादव जसपा नेपालबाट मुख्यमन्त्री बनेका हुन् । संघको सरकारबाट जसपा नेपाल बाहिरिएको छ भने मधेशमा अल्पमतमा परेको छ ।मधेशमा २३ प्रदेश सांसद सहित एमाले पहिलो दल छ । कांग्रेसका २२,…

Read More

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले अपाङ्‍गता भएका व्यक्तिले चढ्ने स्कुटरलाई अब भन्सार बिन्दुमै छुट दिने घोषणा गरेको छ ।अपाङ्‍गता भएका व्यक्तिले पैठारी गर्ने स्कुटरमा मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता दिने व्यवस्थाको सट्टा भन्सार बिन्दुमा नै छुट दिने घोषणा गरेका हुन् ।

Read More

चालु आवका  लागि गतवर्ष यी गाडीमा १० प्रतिशत भन्सार शुल्क मात्रै राखिएको थियो । २०८१ मार्फत अर्थमन्त्रीले ईभीमा करका दर बढाएका हुन् । आगामी आर्थिक वर्षका लागि सरकारले शुन्यदेखि ५० किलोवाटसम्मका गाडीमा भन्सार शुल्क १५ प्रतिशत र अन्तःशुल्क ५ प्रतिशत तोकेको छ ।५० देखि १०० किलोवाटसम्मका विद्युतीय गाडीमा भन्सार शुल्क २० प्रतिशत र अन्तःशुल्क १५ प्रतिशत कायम गरिएको छ । यसअघि भन्सार १५ प्रतिशत र अन्तःशुल्क १० प्रतिशत थियो । १०० देखि २०० किलोवाटसम्मको विद्युतीय गाडीमा ३० प्रतिशत भन्सार र २० प्रतिशत अन्तःशुल्क तोकिएको छ ।  गतवर्ष यी गाडीमा २० प्रतिशत भन्सार र २० प्रतिशत अन्तःशुल्क गरी ४० प्रतिशत मात्रै…

Read More

सरकारले कानूनमा आवश्यक संशोधन हुनेगरी सहकारीताको सिद्धान्त र नीति बमोजिम सहकारी सञ्चालन हुने व्यवस्था गर्ने भएको छ। मंगलवार संसदमा आर्थिक वर्ष २०८१/०८२ को बजेट पेश गर्दै अर्थमन्त्रीले बचत तथा सहकारी संस्थाको नियमन गर्न नियामक निकाय स्थापना गरिने बताए। उनले वचत तथा ऋण सहकारीलाई एक आपसमा मर्ज हुन सहजिकरण गरिने बताए। सरकारले समस्यग्रस्त क्षेत्र घोषणा गरेको सहकारीमा पैसा राख्नेहरुको बचत फिर्ता गर्ने घोषणा गरेको हो। ती सहकारीको सञ्चालकको सम्पती बेचेर भएपनि ५ लाख रुपैयाँसम्मको वचत फिर्ता गर्ने बताए। सरकारले सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न समस्याग्रस्त सहकारीको सञ्चालक र एक घर परिवारको सदस्यको नाममा रहेको सम्पतीको धितो सुरक्षणमा ५ लाखसम्म वचत…

Read More

अहिलेसम्म गाँजको औषधोउपचार बाहेक व्यवसायिक उत्पादनका खेती गर्न नपाइने कानुनी व्यवस्था छ ।गाँजालाई लागुऔषधको रुपमा प्रहरीले कारबाही समेत गर्दै आएको छ । यसपटक भने सरकारले बजेटमै गाँजाको खेती गरिनेबारे कानुनी व्यवस्था गर्ने उल्लेख गरकेो छ ।गाँजाको व्यवसायिक उत्पादनलाई सरकारले बजेटमा समावेश गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार बजेट सार्वजनिक गर्दै गाँजाको व्यवसायिक उत्पानका लागि कानुनी व्यवस्था मिलाइने घोषणा गरे । गाँजाको विषयमा लामो इतिहास छ । गाँजाको खेती सवैभन्दा बढी मध्ये एसियामा भएको मानिन्छ । सवैभन्दा राम्रो गाँजा नेपाली भएको केहीको मान्यता छ । गाँजाको वैज्ञानिक नाम कयनाविस सटीवा (Cannabis Sativa) हो । गाँजाको प्रयोग ३००० विसिदेखि शुरू भएको…

Read More

अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसद्‌मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा सबैभन्दा बढी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई विनियोजन गरेका छन् । उनले शिक्षा मन्त्रालयलाई दुई खर्ब तीन अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् । यस्तै, आगामी आर्थिक वर्षको लागि सबैभन्दा कम बजेट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पाएको छ । महिला मन्त्रालयको लागि आगामी आर्थिक वर्ष एक अर्ब ६० करोड रुपैयाँ बजेट छुट्टयाइएको छ । आगामी आर्थिक वर्ष दोस्रो ठूलो बजेट पाउने मन्त्रालय बनेको छ, गृह मन्त्रालय । गृह मन्त्रालयको लागि एक खर्ब ९९ अर्ब २४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।  आगामी आर्थिक…

Read More

सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव) २०८१/८२ का लागि चालु आवको तुलनामा ६.२ प्रतिशतले ठूलो बजेट ल्याएका हुन् । यो संशोधित बजेट भन्दा २१.५६ प्रतिशत धेरै हो । यस वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो । सरकारले चालु बजेट ११ खर्ब ४० अर्ब ६६ करोड विनियोजन गरेको छ । यो कुल विनियोजनको ६१.३१ प्रतिशत हो ।पूँजीगत तर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड विनियोजन भएको छ । यो कुल बजेटको १८.९४ प्रतिशत हो । वित्तीय व्यवस्था तर्फ ३ खर्ब…

Read More

उप प्रधान एवं गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जाल फेसबुक मार्फत उनले महिला ट्राफिक प्रहरीलाई महिनावारीका ४ दिन सडकमा ड्युटी नखटाउने घोषणा गरेका छन् । उनले लेखेका छन्–‘अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारिका ४ दिन सडकमा ड्युटी गर्नु पर्दैन ।’ महिला ट्राफिक महिनावारी भएर ड्युटीमा नखटिँदा उनीहरूको साटो मादक पदार्थ सेवन लगायत ट्राफिक नियमको उल्लङ्घन गर्नेहरूले स्वयं सेवकको रूपमा सडकमा सघाउनुपर्ने लामिछानेले घोषणा गरेका हुन् । फेसबुकमा उनले लेखेका छन्–‘मापसे लगायत ट्राफिक नियमको उल्लङ्घन गर्नेहरूले स्वयं सेवकका रूपमा उहाँहरूको साटो सडकमा सघाउनुहुनेछ ।’

Read More