तितो सत्य

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठकले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि पनि अनुसन्धान सुरु गर्नुपर्ने माग गरेको छ । अध्यक्ष कैलाश सिरोहिया माथि नागरिकता दुरुपयोग सम्बन्धी अभियोग न्यायिक निरुपणको विषय बनिसकेको छ । राप्रपा जुनसुकै ओहोदामा रहेका जोसुकै व्यक्तिले कानुन विपरित गरेका कामको निष्पक्ष र न्यायिक छानबिन हुनुपर्दछ भन्नेमा प्रष्ट छ’ बैठकपछि प्रवक्ता मोहन कुमार श्रेष्ठले भनेका छन्, ‘नागरिकता प्रकरणमा जुन ढंगबाट सिरोहियामाथि छानविन सुरु भएको छ त्यसैगरी गृहमन्त्री रबी लामिछानेमाथि लागेका आरोपमाथि पनि छानविन गरिनुपर्छ भन्ने राप्रपाको धारणा रहेको छ । कानुन सर्वसाधारण र मन्त्रीलाई समान रूपमा लागू हुनुपर्दछ ।’बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले कानुन समान रुपमा लागु हुनुपर्ने बताएको छ 

Read More

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कान्तिपुर मिडिया प्रालिका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध सरकारले प्रतिशोध साँधेको निष्कर्ष निकालेको छ। कान्तिपुरले लोकतन्त्र स्थापनका लागि ठूलो भूमिका खेलेको बताउँदै कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संयुक्त बैठकबाट सरकारी कदमको भर्त्सान गर्ने निर्णय भएको उल्लेख गरे। कान्तिपुरले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न सहकारी ठगी र अपचलनको समाचार लेखेकै कारण रिस फेरिएको पनि महतले बताए । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सिरोहियामाथि गृहप्रशासन लगाएर गरिएको धरपकडलाई लोकतान्त्रिक मूल्यमान्यताविपरीत भनेको छ ।

Read More

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध आइतबार काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । संसदीय दल र केन्द्रीय कार्यसमितिको बुधबार बसेको संयुक्त बैठकले १३ गते भृकुटीमण्डपमा प्रदर्शन गर्ने निर्णय गरेको हो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसमेत मुछिएको भनिएको सहकारीपीडितको मुद्दा लिएर कांग्रेसले सडक आन्दोलन घोषणा गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यही शुक्रबारदेखि सुरु हुने सडक आन्दोलनका लागि उपत्यकाको सबै शक्ति परिचालन गर्ने भएको छ । काठमाडौंकेन्द्रित आन्दोलनका लागि उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि पठाउने निर्णय बुधबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले गरेको हो । सहकारी ठगीको आरोप लागेका गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन माग गर्दै…

Read More

सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले बुधबार अधिवक्ता अनुपम भट्टराईले दायर गरेको महान्यायाधिवक्ता कार्यालय, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दीनमणि पोखरेलविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालत प्रशासनलाई आदेश दिएको हो ।सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजलगायतका मागसहित परेको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।  सर्वोच्च अदालतको आदेशपछि अधिवक्ता भट्टराईको रिट दर्ता हुने भएको छ । रिटमा कास्की, रुपन्देही र चितवनमा लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा दायर नभएको भनेर महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्रको कानुनी बैधतामाथि प्रश्न उठाइएको थियो । सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेलले जेठ १ गते महान्यायाधिवक्ता कार्यालय, गृहमन्त्री…

Read More

सिरोहियालाई प्रहरीले हिजो काठमाडौंबाट नागरिकता प्रकरणमा पक्राउ गरी धनुषा लगेको थियो । सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाले आज अदालतमा उपस्थित गराएको छ  जिल्ला अदालत धनुषाले नागरिकता कसुरमा पक्राउ गरेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियामाथि अनुसन्धान गर्न ३ दिन थुनामा राख्न अनुमति दिएको जिल्ला अदालत धनुषाका प्रवक्ता डम्बरप्रसाद घिमिरेले बताए। जिल्ला न्यायाधीश चुरामन खड्काको ईजलासले बुधबार दुवै पक्षको बहस सुनेपछि ३ दिन थुनामा राख्न अनुमति दिइएको हो । यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले भने अनुसन्धानको लागि ५ दिन म्याद थप गर्न अदालतसँग माग गरेको थियो।

Read More

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ। धनुषा प्रहरी कार्यालयले जारी गरेको पक्राउ पुर्जी जारी गरेको आधारमा उनलाई पक्राउ गरिएको हो। उनलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीको टोली कान्तिपुर कार्यालय पुगेको थियो। जिल्ला अदालत धनुषाले नागरिकता दुरुपयोगसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो। सिरोहियाले दोहोरो नागरिकता लिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो। उनको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको धनुषा प्रहरीले जनाएको थियो।

Read More

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा कुनै पनि अवस्थामा सम्झौता नगर्ने बताएका छन् । व्यक्तिगत रूपमा आफूले हरेक मूल्य चुकाए पनि कान्तिपुर आफ्नो सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा सम्झौता गर्न तयार नरहेको उनको भनाइ छ । कान्तिपुरको समाचार रोक्न र ब्ल्यामेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न आफूमाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको उल्लेख गर्दै सहकारी ठगीलगायतका बेथितिविरुद्धका समाचार प्रकाशनमा एक इन्च पनि पछि नहट्ने दृढता व्यक्त गरेका छन् ।मंगलबार दिउँसो वक्तव्य जारी गर्दै सिरोहियाले यसअघि पनि समाचार लेखेवापत आफूमाथि विभिन्न कालखण्डमा राज्यशक्ति प्रयोग गरी प्रहार प्रयास भएको बताएका छन् । उनले आफू यस्ता प्रयाससँग विचलित नहुने भन्दै…

Read More

राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं महानगर कमिटीको संयोजनमा उपत्यकाव्यापी बृहत् मोटरसाइकल र्‍याली निकालिएको हो । पार्टीले सरकारसमक्ष पेश गरेको ४० बुँदे मागको पक्षमा जनमत बनाउन देशव्यापी प्रदर्शनका क्रममा मंगलबार काठमाडौंमा र्‍याली निकालिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए । र्‍याली बबरमहलमा जम्मा भएर माइतीघर मण्डल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, जमाल, महेन्द्र सालिक हुँदै नारायणहिटी संग्रहालय पुगेर समापन भएको छ

Read More

मंगलबार प्रतिनिधि सभामा सभामुख देवराज घिमिरेसँग समय लिएर कांग्रेस सांसद बद्रीप्रसाद पाण्डेले गृहमन्त्री लामिछानेले आइतबार आफ्ना पार्टी सभापति र महामन्त्रीमाथि लगाएको आरोप पुष्टि गर्न आग्रह गरेका हुन्  पाण्डेले गृहमन्त्री लामिछानेले आफूमाथि उठेका प्रश्नको जवाफ दिनुको सट्टा बरबराएको टिप्पणी गरे ।गृहमन्त्री लामिछानेले कांग्रेस सभापति देउवाले आफूलाई डेढ वर्ष प्रधानमन्त्री अफर गरेको र आफूले अस्वीकार गरेपछि संसदमा अवरोध गरेको आरोप लगाएका थिए । पाण्डेले आफ्ना सभापति र महामन्त्रीमाथि लगाएको आरोपको छानबिन गर्न पनि गृहमन्त्रीलाई चुनौती दिए । ‘हाम्रो पार्टीका सभापति र महामन्त्रीमाथि जसरी उहाँले लाञ्छना लाउनुभएको छ । म चुनौती दिन चाहन्छु– के कस्तो खालको टिओर बनाउनुपर्ने हो बनाउनुहोस् । हाम्रो उपसभापति…

Read More

प्रतिनिधि सभाको बैठकपछि प्रतिक्रिया दिँदै आरजुले टिकापुरको जग्गा गएर हेर्न भन्दै आफूमाथिका सबै फाइल खोलेर छानबिन गर्न चुनौती दिएकी हुन् । उनले भनिन्- ‘जे जे छ सबै फाइल खोलेर देखाउनु । मैले टिकापुरमा ५० हजारमा किनेको हो । सबैले हेर्न सक्नुहुन्छ । सबै कागजात हेर्न सक्नुहुन्छ ।’ उनले कांग्रेसले जनताको कुरा उठाएको भन्दै सहकारी ठगी प्रकरण छानबिनबाट सरकार भागिरहेको बताइन ।

Read More