कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध मङ्गलवार पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको हो । अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले पुर्जी जारी भएको जानकारी दिए ।सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा नागरिकता दुरुपयोगको उजुरी परेको थियो । १६ वैशाख २०८१ मा प्रहरीमा परेको जाहेरीमा सिरोहिया गैरनेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको आरोप थियो । सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको थियो । आफूविरुद्ध प्रहरीमा जाहेरी परेपछि सिरोहियाले आफूमाथि धरपकड हुन सक्ने भन्दै सर्वोच्च अदालतमा प्रतिषेधको रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले गृह मन्त्रालयसँग सिरोहियामाथि अनुसन्धान गर्नुपर्ने…
तितो सत्य
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका बीच मर्यादापालक लगाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई रोष्ट्रम पुर्याइएको थियो। प्रतिनिधिसभाको दोस्रो बैठक सुरु हुनासाथ सभामुखले मर्यादापालकलाई अनुरोध गर्दै प्रधानमन्त्रीलाई रोष्ट्रममा पुर्याएका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरे निष्पक्ष नभएको आरोप लगाउँदै उनको भूमिकाप्रति असन्तुष्टि जनाएको छ । नेपाली कांग्रेस संसदीय दलको आजको बैठकले प्रतिनिधिसभामा सभामुखले आज निर्वाह गरेको भूमिका पदीय गरिमा अनुकूल नभएको ठहर गर्दै त्यसप्रति प्रश्न उठाएको हो । कांग्रेसले प्रतिनिधिसभामा विपक्षी दलको विरोध र नाराबाजीबीच संसद् बैठकका कार्यसूची अघि बढाएको भन्दै सभामुखको भूमिकामाथि प्रश्न उठाएको हो । “सङ्घीय संसद्को गरिमामय सभभामुख पदमा आसिन व्यक्ति कुनै एक दलको इशारामा प्रयोग…
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आइतबार प्रतिनिधिभासको बैठकलाई सम्बोधनका क्रममा कांग्रेसको प्रस्ताव नमान्दा यो तहको घेराबन्दी गरिएको गुनासो गरेका हुन् ।नेपाली कांग्रेसले डेढ वर्षका लागि गरेको प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरिएकैले आफूलाई घेराबन्दी गरेको बताएका छन् । म गृहमन्त्री हुँदा नैतिकताको प्रश्न उठ्छ भने प्रधानमन्त्री हुन चाहिँ मिल्ने ? मलाई डेढ वर्ष प्रधानमन्त्रीको अफर गर्नेको प्रस्ताव डेट एक्सपायर भयो कि भएन ?’, उनले भने, ‘कांग्रेस सभापति शेरबहादुर देउवाले घटालथानमा हात राखेर भनुन् ।’ उनले आफूलाई मध्यराति प्रधानमन्त्री अफर गर्नेहरूले त्यसलाई अस्वीकार गर्दा भोलिपल्ट संसद् घेर्न थालेको बताए ।
सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन दलहरु प्रयासमा छन् । त्यसका लागि आज बिहान साढे ८ बजे कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बस्दै छ ।रास्वपा नेता शिशिर खनालले आज बिहान साढे ८ बजे कानुन मन्त्रालयमा कार्यदलको बैठक बस्न लागेको जानकारी दिएका छन । ‘संसदीय समितिको टिओआर के हुने भन्ने विषयमा हामी छलफल गर्दैछौं,’ उनले भने ।
आज बिहान सूर्योदय ५ बजेर १२ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४८ मिनेटमा हुनेछ ।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी र वागमती प्रदेशका केही भूभागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । विभागले दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने ।बागमती, कोशी र गण्डकी प्रदेश तथा बाँकी प्रदेशका पहाडी भागका केही स्थानका साथै…
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सत्तापक्ष र प्रतिपक्षबीच सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलको बैठकमा संसदीय छानबिन समिति बनाउने सहमति भएको हो । उक्त समितिको टिओआर बनाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन हुने भएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय समिति बनाएर जाने विषयमा सबै दलको समान धारणा रहेको बताए । उनले भने, ‘सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम किटान नगरी संसदीय छानबिन समिति बनाउन नेपाली कांग्रेस सहमत भएको भन्ने विषय हैन । भोलि कार्यदलले सुझाव दिएपछि कसरी बनाउने भन्ने कुरा आउँछ ।’ उनका अनुसार संसद्को अवरोध खोल्ने कुरामा लगभग सहमति जुटेको…
राजनीतिक दल विभाजन गर्दा केन्द्रीय समितिमा ४० र संसदीय दलमा ४० प्रतिशत आवश्यक पर्ने पहिलेकै व्यवस्था लागु गर्ने गरी सरकारले विधेयक संशोधन लगेको थियो ।सरकारले राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिएको छ । सरकारले संशोधन विधेयक फिर्ता लिनेसम्बन्धी पत्र संसद सचिवालयमा पठाएको हो । विधेयक संसदमा दर्ता भइसकेको थियो । यसमा छलफल गर्न पटक-पटक दैनिक कार्यसूचीमा चढे पनि छलफलका लागि पेस हुन सकेको थिएन । यो विधेयक बिहीबारको कार्यसूचीमा पनि समावेश गरिएको भए पनि कांग्रेसको अवरोधका कारण बैठक चल्न सकेन । सरकारले चाहे जुनसुकै बेला पनि विधेयक फिर्ता लिन सक्ने कानुनी व्यवस्था छ ।
बुधवार बसेको प्रतिनिधिसभा बैठकका सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरूबिच धकेलाधकेलको स्थिति भएपछि आज बिहानैदेखि दुवै पक्ष आ–आफ्नो छलफलमा व्यस्त छन् । कांग्रेसले बानेश्वरमा स्थित संसद् भवन मा आफ्नो पार्टीका सांसदहरु संग छलफलका लागि बोलाएको थियो उक्त बैठकले विपक्षी दलको बैठकले छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने निर्णय गरेको छ । भने सत्ता पक्षले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सांसदहरु संग छलफलका लागि बोलाएको थियो बसेको बैठकले संसद् खुलाउने विषयमा छलफल गरेका थिए । बैठकले प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेताहरूलाई छलफलका लागि बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डले शुक्रवार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि बोलाएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले…
नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी संघ(नेविसंघ) ले गृहमन्त्री रवि लामिछानेको विरोधमा संसद् भवन अगाडि प्रदर्शन गरेको छ ।प्रदर्शनका क्रममा दर्जनौलाई प्रहरीले पक्राउ गरेको छ
कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै संसद् अवरोध गरिरहेका छन् । आजको बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरूले उठेर बैठक अवरोध गरेका थिए । कांग्रेसका सांसदहरूले अवरोध गरेपछि अध्यक्ष नारायण दाहालले गरेको अनुरोध कांग्रेसका सांसदहरूले अस्वीकार गरेका थिए ।