मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले लोसपाका सांसद अभिराम शर्मालाई निलम्बन गरेका छन् । सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका लोसपाका मधेश प्रदेश सभा सदस्य तथा संसदीय दलका नेता अभिराम शर्मालाई निलम्बन गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
तितो सत्य
अन्ततः भारतबाटै ब्यान्डविथ आपूर्ति रोकिंदा नेपालमा इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको छ । इन्टरनेट सेवा प्रदायकले खरिद गरेको अन्तर्राष्ट्रिय इन्टरनेट ब्यान्डविथबापतको रकम भुक्तानी गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी मुद्रा सटही सुविधा रोक्दा भारतीय अपस्ट्रिम इन्टरनेट सेवा प्रदायकले भुक्तानी नपाएको भन्दै ब्यान्डविथ आपूर्ति बन्द गरिदिएको हो । मुख्य इन्टरनेट सेवाप्रदायक कम्पनीहरु वर्ल्डलिंक, सुबिसु, भायानेट, सीजी लगायतका कम्पनीका इन्टरनेट सेवा बिहीबार साँझदेखि प्रभावित भएका छन् । नेपाललाई अन्तर्राष्ट्रिय ब्यान्डविथ बेचिरहेका भारतीय कम्पनी एयरटेलले एक्कासी आपूर्ति रोकेको वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव नेपालले जानकारी दिए । ‘हामीले भारतीय कम्पनीको यो कदमप्रति कडा आपत्ति जनाएका छौं, यसले हाम्रो सेवा…
कहिलेकाहीँ तनावले टाउको दुख्नु सामान्य नै हो। तर, टाउको दुख्ने समस्यालाई सधैँ सामान्य ठानेर बस्दा यसले पछि जटिल समस्या पनि निम्त्याउन सक्छ । सामान्य रूपको टाउको दुखाइको समय परिवर्तन हुँदै गयो भने चिकित्सकको सल्लाह लिनुपर्छ । जस्तै, बिहान मात्र दुख्ने टाउको बेलुका पनि दुख्न थाल्यो, कम दुख्ने टाउको बढी दुख्न थाल्यो भने सावधानी अपनाउनुपर्छ। निरन्तर टाउको दुख्ने समस्या छ भने पछि गएर ब्रेनमा पानी जम्ने, ट्युमर पलाउने, रगत जम्ने सम्भावना उमेरअनुसार बढ्दै जान्छ। उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल भएका बिरामीले टाउको दुखाइमा विशेष सावधानी अपनाउनुपर्छ । टाउको दुखाइ मात्र हो कि सँगसँगै अन्य समस्या पनि छन् भन्नेमा ध्यान दिनुपर्छ ।…
निम्न अवस्थामा पानी खानु हुँदैन– – कतै बाहिरबाट हिँडेर आउनासाथ– कुनै काम गर्दा बेस्कन थाकेको बेला– कुनै व्यायाम वा खेलपछि असिनपसिन भएको बेला– कुनै पनि कडा शारीरिक श्रम गरेर आउनसाथ– ओच्छ्यानमा पल्टिएको बेला– दिसा वा पिसाब गरेर आउनासाथ– दूध खाइरहेको बेलामा– चिया खादैँ गरेको बेलामा– चना खाइरहेको बेलामा– कुनै पनि भोजन गरिरहेको बेला– भोजन गरी सक्ने बित्तिकै– व्रत सकिनासाथ एकै पटक धेरै पानी नपिउने
काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा वैशाख ११ देखि १३ गतेसम्म संचालन भएको ‘१९औं हेड अफ एनसिबी कन्फरेन्स’मा नेपालको तर्फबाट सहभागी भई बुधबार स्वदेश फर्कनुभएको छ । प्रहरी महानिरीक्षक कुँवरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गर्नुभयो । हेड अफ एनसिबी कन्फरेन्समा मुख्य रूपमा INTERPOL NCB’S: A united front against the threat of transnational organized crime लगायत अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको नियन्त्रण सम्बन्धमा इन्टरपोलका सम्पूर्ण १९६ सदस्य राष्ट्रहरूका NCB प्रमुखहरू, इन्टरपोल महासचिव तथा पदाधिकारी बिच समन्वय एवम् सहकार्यका विषयहरूमा छलफल भएको थियो । साथै सदस्य…
मधेशवादीको चुरिफुरी राजदुताबास मैं सिमित भाजपाको निम्तो, नेपालका ५ दललाई मात्र मधेसवादी भारतको नजरमा प्राथमिकतामा परेनन् । सधैभरी भारतीय राजदूतावास र भारत का प्रमुख नेतृत्वनै आफुहरु मात्रको संम्पर्कमा रहेको भनि प्रस्तुति गर्ने । मधेशवादी पार्टी र उनका भनाउँदा नेताहरुले राजदुतावास धाएर बस,ऐम्बुलेन्स,ग्यासँ सिलिण्डर,कम्बल स्कुल भवन अनेकौ कार्यक्रमहरु छात्रवृतीहरु र भारत भ्रमण जस्ता कार्यक्रमहरु बारम्बार लिरहने । मधेशवादी पार्टीका नेताहरु भारतीय जनता पार्टीले जारी लोकसभाका लागि जारी चुनावी अभियान हेर्न नेपालका ५ दललाई निम्तो पठाएको भएता पनी मधेशवादी पार्टी का कोही पनेनन् ।मधेशवादी पार्टी संग संगै राप्रपा पनी निम्तोमा परेनन् । भाजपाले नेपालका ५ वटा दलहरूसहित विश्वका १८ दलका नेताहरूलाई चुनावी…
दुई सय १६ किलो गाँजासहित दुई जना पक्राउ। बारा, निजगढ नगरपालिका-१० स्थित सडकबाट अवैध लागूऔषध गाँजा २ सय १६ किलोसहित जितपुरसिमरा उपमहानगरपालिका-२ बस्ने ३२ वर्षीय आकाश लामा समेत २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट रतनपुर र इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको संयुक्त टोलीले रतनपुरबाट निजगढतर्फ जाँदै गरेको ना.५ ख ७५५२ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा रहेको ७ वटा बोरामा उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक लामा समेत २ जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । नक्कली नोटसहित दुई जना पक्राउ। पर्सा, वीरगंज महानगरपालिका-९ घण्टाघरस्थित सडकबाट नेपाली…
सातु खाने प्रचलन निकै पुरानो मानिन्छ। परापूर्व कालदेखि सातु खाने चलन थियो। पहाड, तराई या हिमालमा समेत यसको महत्व आ-आफ्नै छ। ठाउँअनुसार सातु पनि फरक-फरक तरिकाले तयार गर्ने प्रचलन छ। सातु आफैँमा एक सर्वोत्तम भोजन मानिन्छ । बालकदेखि बुढाबुढी सबैलाइ स्वास्थ्यबर्द्धक सातुका गुणकारी भोजन हो। गर्मी मौसमा त झन् सातु सर्वत अम्रित सरह नै हुन्छ। ग्रामीण भेगमा त सातु सर्वतको छुट्टै महत्व छ। गाउँगाउँमा कोल्ड ड्रिङ्सले सातु सर्वतलाइ बिस्थापित गर्दै लगेता पनि पछिल्लो समय आर्गानिक परिकारको खोजी गर्दै आफ्ना मौलिक परिकार नै उत्तम सावित भएका छन्। बजारिया पेय पदार्थ गाउ गाउमा फिजिएपछि सातु सर्वत लोप हुने स्थितिमा पुगेको थियो। समयसँगै…
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) शुभ रङ : रातो मित्र राशि : सिंह, तुला, धनु भाग्यशाली दिन र नंबर :७। मेष राशि – प्रोफाइल राशीचिन्ह मेढा राशी स्वामी मंगल राशीतत्व अग्नि तत्व राशी स्वरूप चर राशीदिशा पूर्व राशीलिंग व गुण पुरूष राशीजाति क्षत्रिय शीप्रकृति व स्वभाव क्रूर स्वभाव, पित्त प्रकृति राशी को अंग सिर राशी को रत्न मूंगा अनुकूल रंग रातो शुभदिवस मंगलबार, आइतबार अनुकूल देवता हनुमान, गणेश व्रत, उपवास मंगलबार अनुकूलअंक ५ मित्र राशी सिंह, तुला, धनु शत्रु राशी वृश्चिक, मीन यस वर्ष मेष राशिको लागि बृहस्पतिको प्रत्यक्ष प्रभाव पर्ने भएकाले आर्थिक पक्ष शुभ छ । यस वर्षको…
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अलीले घरबाटो सिफारिस दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज वडा अध्यक्ष उजेर अलीलाई सेवाग्राहीबाट रु.१५,०००।– (पन्ध्र हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित मिति २०८०।१२।१८ गते नियन्त्रणमा लिइएको थियो। अनुसन्धानको सिलसिलामा जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अलीले घरबाटो सिफारिस दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत वापत रु.१५,०००।–(पन्ध्र हजार रुपैयाँ) माग गरी लिएको पुष्टि भएकोले निज उजेर अलीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिमको…