कामनपाको मेयर बालेन साह ले पुर्खौली जिल्लाको अग्नि पिडितको पिडा मा कामनपाको तर्फबाट १० लाख सहयोगको घोषणा महानगर विपद् व्यवस्थापन समितिले आगलागीको विपदमा परेका व्यक्ति तथा परिवारको राहत तथा पुनः स्थापनाका लागि १० लाख सहयोग गर्ने निर्णय गरेको कामनपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।उक्त रकम आज नगरपालिकाको खातामा जम्मा हुने गरी पठाउने महानगरपालिकाको तयारी रहेको छ ।
तितो सत्य
कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ। काठमाडौं, कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त म्याग्दी साविक कुहु गाविस-५ घर भएका ४७ वर्षीय समर बहादुर सार्कीलाई ९ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । काठमाडौं तौथलीस्थित कुष्टरोग आरोग्य आश्रमको शौचालयभित्र म्याग्दी स्थायी वतन भएकी २३ वर्षीया सुनमाया किसान (सार्की) को २०७१ कात्तिक १ गते हत्या गरी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं चान्लाखेलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त कीर्तिपुर पठाइएको छ । पेस्तोल तथा लागूऔषधसहित एक जना पक्राउ। पर्सा, वीरगंज महानगरपालिका-१६ भुटानदेवीबाट मेड इन युएसए लेखिएको पेस्तोल १ थान, त्यसको…
देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात तथा लुम्बिनी, मधेश र कोशी प्रदेशका केही र बाँकी भागको थोरै स्थानमा हावा–हुरीको समेत सम्भावना रहेको छ ।देशभर तापक्रम वृद्धि भएकाले तराई र उपत्यकामा आइतबारदेखि पाँच दिनसम्म तातो हावा चल्ने हुनाले उच्च सर्तकता अपनाउन महाशाखाले आग्रह गरेको छ । विगत केहीदिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेकोले देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । । वैशाख २० गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले तराईका साथै पहाडी भू–भागका उपत्यका तथा खोँचहरूमा…
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आइतबार सार्वजनिक प्रदर्शन, हडताल तथा विरोधका कार्यक्रमबाट हुने क्षति मूल्यांकनसम्बन्धी कार्यविधि–२०८१’ स्वीकृत गरेका छन् ।संविधानले प्रदान गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा शान्तिपूर्वक रुपमा भेला हुने हकको उपभोगलाई थप सुव्यवस्थित गर्दै सरकारी सार्वजनिक एवं व्यक्तिगत सम्पत्तिमा हुने हानी नोक्सानीलाई न्यूनीकरण गर्ने उद्देश्यले कार्यविधि बनाइएको प्रस्तावनामा उल्लेख छ ।यसरी हुने क्षतिको यथार्थ लेखाजोखा र मूल्यांकन गरी त्यसको परिपूरण गर्न समेत आवश्यक भएको भन्दै सुशासन (सञ्चालन तथा व्यवस्थापन) नियमावली–२०६५, को नियम ९ ले दिएको अधिकार प्रयोग गरी कार्यविधि जारी गरेको उल्लेख गरिएको छ ।
अबदेखि गृह मन्त्रालय प्रवेशका लागि आफैले पनी अनलाईन पास लिन पाइने छ । गृह मन्त्रालयले आइतबार सूचना जारी गर्दै भोलि, सोमबारदेखि अनलाइनबाटै प्रवेश पास पाइने जनाएको हो । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सिंहदरबारपास डट जीओभी डट एनपीमा जानुपर्ने बताए ।त्यसपछि क्यूआर कोडसहितको पास अनुरोध गर्नुपर्ने हुन्छ । मन्त्रालयबाट अनुरोध स्वीकृत भइसकेपछि मात्र ई–गेट पास जारी हुनेछ ।
पर्सा, कालिकामाई गाउँपालिका-१ तिनदुबिया बस्ने ४१ वर्षीय बृजेश प्रसाद कुर्मीलाई उनकै घरबाट चरेस जस्तो देखिने पदार्थ १७ किलोसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा लुकाई छिपाई राखेको उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । रौतहट, कटहरिया नगरपालिका-२ छेदिचोकबाट अवैध लागूऔषध गाँजा १० किलो ५ सय ग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा निजगढ नगरपालिका-९ बजार टोल बस्ने अटो चालक ४२ वर्षीय अनन्त बराइली र उनकै श्रीमती ३५ वर्षीय मन्जु बराइली रहेका छन् । अस्थायी प्रहरी पोष्ट छेदिचोकबाट खटिएको प्रहरीले प्र.२-०३-००१ ह…
नेपालका लागि चिनियाँ राजदूत छन सङले दुई देशबीचको सम्बन्धलाई प्रवर्द्धन गर्न र सेवालाई थप सहज बनाउन १ मे २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क नलिने निर्णय गरेको नेपालस्थित चिनियाँ दूतावासले बिज्ञप्ति जारी गर्दै सो कुरा जनाएको छ ।
उपप्रधानमन्त्री तथा गृहमंत्री ले नेतृत्व गरेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवार रहेका लिम्बूले पार्टीको चुनाव चिह्न प्रष्ट देखिने ब्याच कोटको कलरमा झुण्ड्याएर इलामको माङसेबुङ-२, दहगाउँस्थित जनता कल्याण आधारभूत विद्यालयमा रहेको मतदान स्थलको ‘ख’ केन्द्रमा भोट खसालेका थिए । लिम्बू पार्टीको चुनाव चिह्न अंकित ब्याज लगाएरै मतदान केन्द्रमा पुगी मत दिएर बाहिरिएका थिए । लिम्बूले निर्वाचन आचारसंहिता उल्लंघन गरेको फोटो बाहिरिएपछि निर्वाचन आयोगको उपसचिव – आयोगका सहायक प्रवक्ता राम दत्त पाण्डेय लाई निजको मोबाइल नं : ९८५१३२१३८४ मा तितोसत्य अनलाईन खबरबाट संम्पर्क गरी समाचार सहित सुनाएको र सहायक प्रवक्ता ले हाल सम्म हामिलाई कुनै आधिकारिक सुचना वा उजुरी…
मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारणलाइन र मातातीर्थ २२० केभी सबस्टेशन आजदेखि औपचारिक सञ्चालनमा ल्याउन लागिएको हो । यो प्रसारणलाइन निर्माणको ठेक्का भारतीय कम्पनी टाटा प्रोजेक्ट लिमिटेडले एक करोड तीन लाख अमेरिकी डलर र ७६ करोड ६३ लाख रुपैयाँमा पाएको थियो । कम्पनीले २०७३ भदौबाट प्रसारणलाइन जडान थालेको थियो । यही आयोजना अन्तर्गत काठमाडौं मातातीर्थ र तनहुँ मार्कीचोकमा २२०/१३२/३३ केभी क्षमताका सबस्टेशन निर्माण भएको हो । सबस्टेशन निर्माण सम्पन्न भएकाले दुबै संरचना औपचारिक रूपमा आजदेखि सञ्चालनमा ल्याउन लागिएको हो ।
राष्ट्रपति पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश २०८१ जारी गरका हुन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा उक्त कुरा उल्लेख छ । आइतबारदेखि नै काठमाडौंमा सुरूभएको तेस्रो लगानी सम्मेलन सुरु भएको छ । त्यही दिन सकारात्मक सन्देश दिने गरी लगानी सहजीकरणसम्बन्धी अध्यादेश पनि जारी भएको हो । सरकारले गत वैशाख १० गतेको मन्त्रिपरिषद्बबाट लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । के छ अध्यादेशमा? प्रस्तावनाः लगानी प्रवर्द्धन गर्ने कार्यलाई सहजीकरण गर्न केही नेपाल ऐनलाई संशोधन गर्न वाञ्छनीय भएकोले,…