बेलायती युवराज ह्यारीले हालै दिएको एक अन्तर्वार्तामा राजपरिवारसँग पुनः सम्बन्ध सुधार्ने इच्छा व्यक्त गरेका छन्। उनले हालै बेलायती अदालतबाट आफूले हराएको सुरक्षा सम्बन्धी मुद्दापछि गहिरो दुःख व्यक्त गर्दै, अब जीवन झगडाको लागि होइन भन्ने बताएका हुन्। राजपरिवारसँगको विगतको तनाव र विवादका बाबजुद उनले आफ्ना बुबा राजा चार्ल्ससँगको सम्पर्क पुनः कायम गर्न चाहेको बताएका छन्। “जीवन छोटो छ, लडाइँले कुनै समाधान दिंदैन,” ह्यारीले भने। ह्यारीले आफ्नो र परिवारको सुरक्षा कटौती गरिएकोमा गम्भीर आपत्ति जनाएका छन्। उनले अदालतको निर्णयलाई गम्भीर राजनीतिक चलखेल र योजनाको परिणामको रूपमा व्याख्या गरेका छन्। उनका अनुसार, “सुरक्षा हटाइनु केवल कानुनी मुद्दा होइन, यो मेरो जीवन र सुरक्षित…
तितो सत्य
लन्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा फेला परेको शव नेपाली विद्यार्थी सुशान ओलीको भएको पुष्टि भएको छ। लन्डन मेट्रोपोलिटन प्रहरीले औँठाछाप परीक्षणमार्फत उक्त शव रुकुम पश्चिम, मुसीकोट नगरपालिका–१२ निवासी २० वर्षीय ओलीको भएको प्रमाणित गरेको हो। नेपाली दूतावासका प्रवक्ता तथा उपनियोग प्रमुख विपीन दुवाडीका अनुसार, राहदानी विभागबाट मगाइएको औँठाछाप परीक्षण गर्दा शवसँग मेल खाएको पुष्टि भएको हो। गत अप्रिल २१ देखि सम्पर्कविहीन भएका ओलीको खोजी कार्यमा संलग्न उनका सहपाठीहरूले प्रहरी र दूतावासलाई जानकारी दिएका थिए। शव भेटिएको केही दिनपछि औपचारिक परीक्षणका आधारमा उनी नै भएको निश्चित गरिएको हो। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, घटनामा आपराधिक संलग्नता देखिएको छैन र आत्महत्या हुन…
नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ, जसमा समावेश गरिएका प्रमुख बुँदाहरू निम्नानुसार छन्: १. संविधान कार्यान्वयन र संघीयताको सुदृढीकरण सरकारले संविधानको प्रभावकारी कार्यान्वयन र संघीयताको सुदृढीकरणलाई प्राथमिकतामा राखेको छ। यसले राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण गर्ने लक्ष्य लिएको छ। २. खानेपानी आपूर्ति सुधार मेलम्ची खानेपानी आयोजनाबाट १२ महिना खानेपानी आपूर्ति हुने व्यवस्था मिलाइनेछ। काठमाडौँ उपत्यकाको चक्रपथ बाहिर र भक्तपुर जिल्लाको अरनिको राजमार्गसँग जोडिएका क्षेत्रमा क्रमशः खानेपानी आपूर्ति गरिनेछ। शिवपुरी राष्ट्रिय निकुञ्ज लगायत जलाधार क्षेत्रमा रहेका स्रोतबाट पानी सङ्कलन गरी वितरण गर्ने प्रवर्द्धन मिलाइनेछ। ३. शिक्षा क्षेत्र सुधार सरकारी,…
भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रिशा साहको रहस्यमय मृत्युपछि भारतस्थित नेपाली राजदूतावासले घटनालाई गम्भीर रूपमा लिँदै छानबिनको माग गरेको छ। राजधानी भुवनेश्वरस्थित केआईआईटीमा स्नातक तह पहिलो वर्षमा अध्ययनरत १८ वर्षीया प्रिशा साह छात्रावासको कोठामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। घटनाको जानकारी दूतावासलाई बिहीबार प्राप्त भएको हो। घटनापछि नेपाली राजदूतावासले तुरुन्तै शैक्षिक संस्थाका प्रतिनिधिहरू, प्रहरी अधिकारी, भारतको विदेश मन्त्रालय तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी घटनाको प्रारम्भिक विवरण संकलन गरेको जनाएको छ। राजदूत डा. शंकर शर्माले उडिसाका मुख्यमन्त्री मोहनचरण माझी र प्रदेशका प्रमुख सचिवसँग सम्पर्क गरी घटनाप्रति दुःख व्यक्त गर्दै निष्पक्ष र स्वतन्त्र…
राष्ट्रपति रामचन्द्र पौडेल र अजरबैजानका उपविदेशमन्त्री एलनुर मामेडोभबीच राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। राष्ट्रपतिको सचिवालयका अनुसार शुक्रबार भएको उक्त भेटमा दुई देशबीचको सम्बन्ध र आगामी सहकार्यका सम्भावनाहरूबारे सकारात्मक छलफल भएको थियो। भेटका क्रममा राष्ट्रपति पौडेलले नेपाल र अजरबैजानबीचको सम्बन्धमा हालै देखिएको सकारात्मक प्रगतिप्रति सन्तोष व्यक्त गरे। उनले दुवै देशले परस्पर हितका क्षेत्रहरू पहिचान गरी संयुक्त रूपमा कार्य गर्दै जानु आवश्यक रहेकोमा जोड दिए। साथै, कोप–२९ मा आफ्नो सहभागिता स्मरण गर्दै उनले वातावरण र दिगो विकासजस्ता विषयमा पनि दुई देशबीच सहकार्यको सम्भावना रहेको बताए। उपविदेशमन्त्री मामेडोभले राष्ट्रपति पौडेलको अजरबैजान भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको बताए।…
चौथाइवालेको नेपाल भ्रमण: आतंकवादविरुद्ध क्षेत्रीय समर्थन सुनिश्चित गर्ने प्रयासनेपाली नेताहरूसँग उच्चस्तरीय भेटघाटमा केन्द्रित तीन दिने राजनीतिक कूटनीतिक दौडधुप नेपाल आगमनपछि चौथाइवालेले राजनीतिक दलका प्रमुख नेता, पूर्वप्रधानमन्त्री तथा सत्तारुढ र प्रतिपक्षी दलका प्रभावशाली नेतासँग व्यापक भेटघाट गरेका छन्। भ्रमणको पहिलो दिन बुधबार गृहमन्त्री रमेश लेखकसँगको भेटबाट सुरु भएको उनको कूटनीतिक दौडधुप बिहीबार साँझसम्म जारी रह्यो। बुधबारै उनले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र कांग्रेस नेता डा. शेखर कोइरालासँग डिनर बैठक गरेका थिए। बिहीबारको दिन राजनीतिक भेटघाटमा झनै व्यस्त देखिए। चौथाइवालेले पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग…
काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले वर्तमान संघीय गणतान्त्रिक व्यवस्थाले देशलाई दिशाहीन बनाएको आरोप लगाउँदै राजसंस्था पुनर्स्थापनाको मागलाई थप सशक्त रूपमा अघि सारेका छन्। १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान शासन व्यवस्था भ्रष्टाचारको स्रोतमा परिणत भएको बताएका छन्। “संघीय, धर्मनिरपेक्ष गणतन्त्र अहिले भ्रष्टहरू उत्पादन गर्ने कारखाना बनेको छ,” उनले भने, “शान्ति, स्थायित्व र आर्थिक विकास सम्भव हुने सपना अब पुरा हुँदैन।” अध्यक्ष थापाका अनुसार, राप्रपा, नेपालले विगतदेखि नै सनातन हिन्दुराष्ट्र र संवैधानिक राजसंस्थाको पुनर्स्थापनाको पक्षमा जनमत सिर्जना गर्दै आएको छ। उनले वर्तमान तीन तहको संघीय प्रणालीलाई अप्राकृतिक र अपारदर्शी भन्दै केन्द्रीय…
काठमाडौं – नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकारसँग हालै भएको सहमति प्रति असन्तुष्टि जनाउँदै आन्दोलनको तयारी थालेको छ। परिषद्का अध्यक्ष गंगाराम तिवारीका अनुसार, परिषद् हाल आन्तरिक छलफलमा जुटिरहेको छ र आजै औपचारिक रुपमा आन्दोलनको घोषणा गरिने तयारी भइरहेको छ। “हामी अहिले बैठकमा छौं। आन्दोलनको तयारी भइरहेको छ,” अध्यक्ष तिवारीले जानकारी दिए। परिषद्ले नेपाल शिक्षक महासंघले सरकारसँग गरेको सहमतिमा विद्यालय कर्मचारीका विषय उपेक्षा गरिएको आरोप लगाएको छ। परिषद्का अनुसार कर्मचारीका हकहितसम्बन्धी विषय सहमतिमा समेटिनुपर्ने थियो, तर त्यस्तो नभएकोले आन्दोलन अपरिहार्य भएको हो। सहमतिको क्रममा कर्मचारीका सेवा सुविधा वृद्धि गर्ने भनिएपनि त्यसको विवरण स्पष्ट नभएको भन्दै परिषद्ले गुनासो जनाएको छ। परिषद्को माग छ—…
अमेरिका र युक्रेनले दुर्लभ खनिजको क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले नयाँ समझदारी गरेका छन्। लामो समयदेखि चर्चामा रहेको यो सम्झौताले युक्रेनका महत्वपूर्ण खनिज स्रोतमा अमेरिकी लगानीकर्ताहरूको पहुँच सुनिश्चित गर्नेछ। अमेरिकी अर्थ मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा ‘रि-कन्स्ट्रक्सन इन्भेस्टमेन्ट फन्ड’ स्थापनाको जानकारी दिइएको छ। दुई पक्षबीच केही संशोधनसहित सहमति कायम भएपछि उक्त कोष गठन भएको हो। विज्ञप्तिअनुसार, सम्झौता युक्रेनको पुनर्निर्माण, लगानी प्रवर्द्धन र दुवै देशको दक्षता र स्रोतको उपयोगमा आधारित हुनेछ। यस सम्झौताको प्रारम्भिक रुप फेब्रुअरी महिनामै तय गरिएको भए पनि त्यसबेलाको कूटनीतिक असमझदारीका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन। अब भने अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र युक्रेनी प्रथम उपप्रधानमन्त्री युलिस सेभरीडेन्कोले…
देशमा हाल पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिएको छ। यसै कारण बिहानैदेखि देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली मौसम रहेको छ। बिहीबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भएको छ। गोरखा जिल्लाको आरूघाटमा पछिल्लो एक घन्टामा १९ मिलिमिटर वर्षा मापन गरिएको छ। राजधानी काठमाडौंमा समेत बिहानै छिटफुट वर्षा देखिएको छ। दिउँसो पनि मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। विशेषगरी पहाडी भू-भागमा केही स्थानहरूमा र अन्यत्र एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। त्यस्तै, हिमाली क्षेत्रमा केही ठाउँमा हल्का वर्षा वा हिमपात…