तितो सत्य

हालको अवस्थाः विगत केही दिन देखि देशका अधिकांश भू-भागहरूको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको देखिन्छ। लुम्बिनी प्रदेश तथा मधेश प्रदेशको तराई भू-भागका थोरै स्थानहरूमा बिगत दूई दिन देखि तथा सुदूर पश्चिम प्रदेशको तराईका भू-भागको थोरै स्थानहरूमा बिगत एक दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ । चेतावनी नक्सा: चेतावनी तथा परामर्शः आगामी केही दिन सम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार (माथि चित्र) तराईका भू-भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ। तसर्थ, ती भू-भागहरूमा आगामी ५ दिन (२०८१ बैशाख १० गते देखि २०८१ बैशाख…

Read More

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिन बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि आज नेपाल आइपुग्दै हुनुहुन्छ । उहाँ फिलिपिन्स र बंगलादेशको भ्रमण पूरा गरेर नेपाल आउन लाग्नु भएको हो । नेपाल र कतारबीच २१ जनवरी १९७७मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । कतारबाट अमिरको तहमा  नेपालमा भएको यो पहिलो भ्रमण हो । यसैले यसको निकै महत्व रहेको छ । यद्यपि नेपाल र कतारबीच अहिले मुख्य रुपमा श्रमिक सम्बन्धी विषय मात्र प्रत्यक्ष रुपमा जोडिएको छ । कतारमा अहिले ३ लाख ६७ हजार ३ सय ८९ जना नेपाली श्रमिक रहेको श्रम मन्त्रालयको तथ्यांकबाट देखिन्छ । कतारका अमिरले नेपाल…

Read More

भगवद्गीताका १८ अध्याय छन् र भगवानले संस्कृतमा दिएका थिए। समयसँगै संस्कृत भाषा दैनिक जीवनबाट बाहिर गयो र यो ज्ञान मानिसबाट लोप भयो। समय-समयमा श्रीमद्भागवत गीता सरल अक्षरहरूमा अनुवाद गरिएको थियो। यही प्रयासलाई अगाडि बढाउँदै श्रीमद्भगवद्गीताको सम्पूर्ण सारलाई सहज रूपमा यहाँ प्रस्तुत गर्दैछु। भगवानले करिब ५ हजार वर्ष पहिले सबैभन्दा ठूलो धार्मिक युद्ध महाभारतको रणभूमि कुरुक्षेत्रमा भगवान कृष्णद्वारा अर्जुनलाई यो ज्ञान दिनुभएको थियो। यो समय थियो जब धर्म बारम्बार उल्लङ्घन भयो, मानिसले भगवानको डर गुमाए, भाइले लोभका कारण भाइलाई मार्न खोज्यो र यति मात्र होइन, एक विवाहित महिलालाई सार्वजनिक जमघटमा ठूलाहरूका अगाडि अपमानित गरियो। मानव जाति धर्मयुगबाट बाहिर निस्केर पूर्णतया कलियुगमा…

Read More

अत्यधिक गर्मी बढेपछि धनुषासहित तराई-मधेसको जनजीवन प्रभावित भएको छ। एक सातादेखि अधिकतम् तापक्रम ३८ देखि ४२ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेपछि जनजीवन प्रभावित भएको हो। गर्मीका कारण दिउँसोतीर मुख्य बजार सुनसान हुन थालेका छन् भने सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्यासमेत घट्न थालेको छ। अहिले बालबालिका, ज्येष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई अझ बढी समस्या भएको चिकित्सकको भनाइ छ। प्रादेशिक अस्पताल जनकपुरधामका प्रवक्ता डा कृष्णदेव दासले अहिले स्वास्थ्य संस्थामा घाउ, खटिरा, टाइफाइड, ज्वरो, झाडापखालालगायत रोगका बिरामीको चाप बढ्न थालेको बताए।डा. दासले भने, ‘गर्मी बढेसँगै धनुषामा ‘हिट स्ट्रोक’ अर्थात् ‘लू’ लाग्ने जोखिमसमेत बढ्दै गएको छ। यसले दिउँसोका समयमा दैनिक ज्यालादारी…

Read More

१८औँ लोकतन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। २०५९ जेठ ८ गते विघटन भएको संसद् आन्दोलनरत दलको मार्गचित्रबमोजिम ​२०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले पुनःस्थापना गरे। त्यसैको सम्झनामा २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो। २०६२ मंसिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएको राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलन आरम्भ भयो। २०६२ फागुनदेखि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको आन्दोलनले चैतमा गति लिएको थियो । नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए। चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरूको मार्गचित्रमा सहमत भए। आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११…

Read More

गुजरातको सूरतमा लोकसभा चुनावमा कांग्रेस पार्टीका उम्मेदवार नीलेश कुम्भानीको उम्मेदवारी रद्द भएपछि अब नयाँ मोड आएको छ । कांग्रेस उम्मेदवारको उम्मेदवारी खारेज भएपछि बाँकी सबै स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि भाजपाका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।बीबीसी गुजराती सेवाका अनुसार सुरतका कलेक्टर र रिटर्निङ अफिसरले भाजपाका उम्मेदवार मुकेश दलाललाई निर्विरोध विजयी घोषणा गरेका छन्।गुजरात बीजेपी प्रमुख सीआर पाटिलले सोशल मिडिया प्लेटफर्म X मा मुकेश दलाल निर्विरोध निर्वाचित भएकोमा बधाई दिए।विजयी घोषित भएका भाजपा सांसद मुकेश दलालले प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र भाजपाका प्रदेश इन्चार्ज सीआर पाटिललाई धन्यवाद दिएका छन्।उनले भने, “आज गुजरातमा, सूरतमा, देशमा पहिलो कमल फुल्यो। म…

Read More

कतारी राजा शेख तमिम बिन हमाद अल थानी नेपाल आउँदा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने भएको छ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार मंगलबार दिउँसो साढे ४ देखि साँझ ५ बजेसम्मका लागि ‘नोटिस टु एयरमेन’ (नोटाम) जारी गरिएको छ ।भने त्यसैगरी बुधबार राजा फिर्ता हुने समयमा समेत यस्तै प्रकारको नोटाम जारी हुनेछ । राजकीय भ्रमणका सिलसिलामा अतिविशिष्ट पाहुनाको सम्मान र सुरक्षाका विमानस्थल बन्द गर्ने प्रचलन रहेको छ ।आकस्मिक अवस्थामा उडान–अवतरण हुन सक्छ’, भने, ‘सामान्य अवस्थामा भीभीआईपी उडानलाई प्राथमिकता दिइन्छ ।’स्रोतका अनुसार राजा निजी जहाजमा आउने तयारी छ । उनको जहाज राख्न पार्किङ बे समेत खाली राखिने छ ।…

Read More

सरकारले लगानी सहजीकरण सम्बन्धी नेपाल ऐन ,भूमिसम्बन्धी ऐन २०२१, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२८, जग्गा प्राप्ति ऐन २०३४, विद्युतीय कारोबार ऐन २०६३, विशेष आर्थिक ऐन २०७३,सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, वन ऐन २०७६ र औद्योगिक व्यवसाय ऐन २०७६ पनि अध्यादेशमार्फत संशोधन हुने स्रोतले बताएको छ ।संशोधन गर्न बनेको अध्यादेश ल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यो अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको हो । यो अध्यादेशमार्फत ९ वटा ऐन संशोधन हुनेछन् ।

Read More

मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ४४ मिलिग्रामसहित कानेपोखरी गाउँपालिका-५ बस्ने ३१ वर्षीय आकाश धिमाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी मोरङ, पथरी शनिश्चरे नगरपालिका-३ मुक्ति चोक बस्ने २१ वर्षीय अनी मगर र २० वर्षीय आनिहान लिम्बुलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ५ सय ग्राम, ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ सय मिलिग्राम र नगद १९ हजार ९ सय रूपैयाँसहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको…

Read More

झापाका विभिन्न मिति, समय र स्थानहरूमा जम्मा बिगो ३० लाख १६ हजार ६ सय ८७ रूपैयाँ बराबरको रकम चोरीका १३ वटा घटनाहरूमा संलग्न रहेको अभियोगमा ६ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर ईन्द्रसरोबर गाउँपालिका-५ फाखेल बस्ने ३० वर्षीय सोमलाल स्याङ्तान, २१ वर्षीय सुनिल भन्ने सन्त बहादुर स्याङ्तान, २२ वर्षीय सुनिल स्याङ्तान,२५ वर्षीय बुद्ध स्याङ्तान, २६ वर्षीय सुजन स्याङ्तान र मकवानपुर गढी गाउँपालिका-८ बस्ने २८ वर्षीय अजय राना मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको समन्वय एवम् जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा ईटहरीबाट उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू…

Read More