तितो सत्य

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा मधेश प्नदेशको बारा जिल्ला निजगड स्थित नेपाली सेनाले बनाउँदै गरेको काठमाण्डौ तराई-मधेश द्रुतमार्ग र अन्य सडक सम्बन्धमा छलफल हुने कार्यसूचीमा उल्लेख गरिएको छ ।

Read More

भारतमा लोकसभा चुनाव सुरु भएको छ केन्द्रीय निर्वाचन आयोगको घोषणासँगै १८ औं लोकसभाको गठनको प्रक्रिया सुरु भएको छ । 17 औं लोकसभाको कार्यकाल जुन 16, 2024 मा समाप्त हुँदैछ।निर्वाचन सात चरणमा हुनेछ र सबै सिटको मतगणना जुन ४ मा हुनेछ।पहिलो चरण (२१ राज्यमा १०२ सिटका लागि चुनाव हुनेछ)राजपत्र सूचना मार्च २० मा जारी हुनेछ।भोटिङ अप्रिल १९बाट हुनेछ।अरुणाचल प्रदेश, असम, बिहार, छत्तीसगढ, मध्य प्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्याण्ड, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल, अण्डमान निकोबार, जम्मू कश्मीरका कुल १०२ सिटहरू , लक्षद्वीप, पुडुचेरीमा मतदान हुनेछ। दोस्रो चरण (१३ राज्यमा ८९ सिटका लागि चुनाव हुनेछ)राजपत्रमा सूचना चैत…

Read More

चतरा धाममा लागिरहेको १ महिने कुम्भ स्नानको अवसरमा विशेष रूपमा कथा वाचनको लागि भारत मध्यप्रदेशस्थित बागेश्वर महाराजलाई निम्तोसहित बोलाइएको छ ।कथा वाचक धीरेन्द्र शास्त्रीले आफ्नो पाँच दिने बराहा क्षेत्र चतरा धार्मिक यात्रामा नेपालबिना भारत अधुरो हुन्छ जसरी माता सीताबिना राम अधुरो हुने बताएका छन । बराह क्षेत्र चतरास्थित आदर्श माध्यमिक विद्यालय प्राङ्गणमा अनन्त श्री विभूषित जगद्गुरु श्री रामकृष्णाचार्य महायोगी सिद्ध बाबासहित सनातन धर्म प्रेमीहरूले माला लगाएर उनको भव्य स्वागत गरेका थिए । कार्यक्रम स्थल संगै रहेको हनुमान मन्दिरमा बागेश्वर महाराजले पूजा अर्चना गरेका थिए । सोही अवसरमा पीठाधीश धीरेन्द्रकृष्ण शास्त्रीले झन्डै दुई अर्ब रुपैयाँको लागतमा ब्रह्ममन्डीय शैली श्रीयन्त्र आकारको प्रस्तावित…

Read More

सरकारका नवनियुक्त महालेखापरीक्षक तोयम रायाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार  राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीलगायत संवैधानिक निकायका प्रमुखहरूको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महालेखापरीक्षक तोयम रायालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । 

Read More

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले बिहीबार ३ मंन्त्री र एक राज्यमन्त्री थप गरे । मुख्यमन्त्री भएको १५ महिनामा भने उनले मन्त्रिपरिषदमा गरेको यो ११ औं पुनर्गठन हो । बिहीबार मन्त्री बनेका माओवादी केन्द्रका भरतप्रसाद साह र एकीकृत समाजवादीकी बेची लुंगेली विना विभागीय छन् भने माओवादीका युवराज भट्टराई उद्योग तथा पर्यटन मन्त्री बनेका छन् ।एमालेकी शारदा थापा भने गृह तथा सञ्चार राज्यमन्त्री बनेकी छन् । माओवादी केन्द्रले यसअघिकी उद्योग पर्यटन मन्त्री सुनिता यादवलाई फिर्ता बोलाएर भट्टराईलाई पठाएको हो । माओवादीले उद्योग पर्यटन राज्यमन्त्री रहबर अन्सारीलाई पनि फिर्ता बोलाएको छ ।जनमतले छाडेको श्रम तथा यातायात र लोसपाले छाडेको वन तथा वातावरण मन्त्रालय मुख्यमन्त्री…

Read More

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्वतमान श्रममन्त्री शरतसिंह भण्डारी र तत्कालीन श्रमसचिव केवलप्रसाद भण्डारीले गरेका ३ वटा विवादास्पद निर्णयहरु वर्तमान श्रममन्त्री डोलप्रसाद अर्याल ले खारेज गरेको छ ।

Read More

बुधबार रामनवमीको अवसरमा एउटा समूहले निकालेको जुलुसलाई अर्को समूहले अवरोध गरेपछि स्थिति तनावग्रस्त बनेको थियो ।प्रहरीले बल प्रयोग गरेर दुवै समूहलाई तितरबितर पारेको थियो। अवस्था सामान्य भएपनि जोखिम रहेका कारण सहमति विना भेला जुलुस नगर्न जिल्ला प्रशासन कार्यालय मोरङले समन्वय गरेर मात्रै सभा, जुलुस, भेला र र्‍याली गर्न सूचना जारी गरेको छ ।

Read More

निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरेमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने भएको छ । प्रतिनिधिसभाको इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं (१) मा हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न गत चैत २८ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा आचारसंहितामा अन्य विषयका अतिरिक्त सामाजिक सञ्जालबाट गलत, भ्रामक र द्वेषपूर्ण सूचना प्रकाशन तथा प्रसारण गर्न गराउन नहुने, निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्ञालमा एकाउन्ट सञ्चलन…

Read More

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ गरेको छ । लामालाई काठमाडौँबाट आज पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।उनले भने, लामा दावा लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा उच्च अदालत पाटनबाट विसं २०६४ सालमा दोषी ठहर भई फरार थिए, आज हाम्रो टोलीले पक्राउ गरेको छ ।

Read More

धनुषाको शहिदनगर नगरपालिका-२ तीनकोरिया वीरेन्द्रबजारबाट ना८ख ६३०० नम्बरको ट्रकसहित ट्रकमा रहेको १५२ बोरा प्याँज र यस्तै सोही गण मातहत बिओपी फुलगामाले बुधबार दिउँसो मुसहरनिया गाउँपालिका-६ स्थित मरघटियाबाट भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ३२ थान मोबाइल बरामद गरेको हो ।कागजपत्र शंकास्पद देखिएपछि प्याजसहित ट्रक नियन्त्रणमा लिइएको हो । प्याजको ३ लाख २७ हजार र ट्रकको २२ लाख मूल्यांकन गरिएको छ साथै मोबाइलको मूल्य ५ लाख ३५ हजार र मोटरसाइकलको १ लाख मूल्य कायम गरी आवश्यकक कारबाहिको लागि जनकपुर भन्सार कार्यालय पठाइएको छ ।

Read More