तितो सत्य

सुदूरपश्चिमबाट शुरु हुन खोजेको सत्ता समीकरणको बिभाजनको बिजारोपण अहिलेलाई टरेको देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले यस अघिको आफ्नो निर्णय सच्याउदै एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन तयार भएसँगै सत्ता समीकरणको संकट टरेको देखिएको छ । सुदूरपश्चिममा यसअघि नाउपाका दुई सांसदले गरेको दाबि अस्वीकार गरिएको छ र विहिबारसम्म नयाँ दाबि पेश गर्न आव्हान भएको छ । अब एकीकृत समाजवादीका दिर्घ सोडारी मुख्यमन्त्री बन्ने तयारीमा छन् । उनले एमाले, माओवादी केन्द्रको समर्थनमा सरकारमा दाबि गर्ने तयारी गरेका छन् । सोडारीलाई नाउपाका कति सांसदले सर्मथन गर्छन भन्ने स्पष्ट रहेको छैन । नाउपामा संसदीय दलको नेताको विवाद र रेशम चौधरी पक्षका बहुमत सांसदले…

Read More

मानव शरीरका विभिन्न अङ्गहरूमा विविध किसिमका रोगहरू देखा पर्ने गर्दछन्। तैपनि कतिपय अङ्गमा भएका रोगको सामान्य उपचार गर्दा राम्रो हुन्छ भने केही अङ्ग काटेर फ्याँक्दा र नक्कली राख्दा पनि मानिस स्वस्थ रही दैनिक कार्य गर्न सक्दछ, जटिल नबन्न सक्दछ तर मिर्गौला रोग भने बेग्लै किसिमको हुने गर्दछ। यसमा मिर्गौला बेकम्मा हुँदा कतिका लागि सम्पत्ति विनाशको ठूलो बाटो बन्ने गरेको छ भने सर्वसाधारणका लागि मृत्युको कारण बन्दै आएको छ। विश्व स्वास्थ्य सङ्गठनको आँकडाअनुसार विश्वमा हरेक १० जनामा एकजना व्यक्तिमा मिर्गौलासम्बन्धी कुनै न कुनै समस्या देखा पर्ने गरेको छ। नेपालमा भने हाल करिब १० हजारभन्दा बढी मिर्गौला रोगी रहेकामा १० प्रतिशतले मात्र…

Read More

अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आइसिसी टि २०)ले जारी गरेको नयाँ वरियतामा दीपेन्द्र १४औँ स्थान सुधार गर्दै ११औँ स्थानमा पुग्न सफल भएका हुन् । त्यसैगरी ब्याटिङतर्फको विश्व वरियतामा १६ स्थान सुधार गर्दै ऐरी ६२औँ स्थानमा उक्लिएका छन् ।  ऐरी हाल ओमानमा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरिरहेका छन् । उनले उक्त प्रतियोगताअन्तर्गत कतारविरुद्धको खेलमा एकै ओभरमा छ छक्का प्रहार गरेका थिए । ब्याट्सम्यानको नयाँ वरियतामा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल ५३औँ स्थानमा रहँदा आसिफ शेखले ३६ स्थान सुधार गर्दै ७५औँ स्थानमा उक्लेका छन् । त्यस्तै कुशल मल्ल नौ स्थान सुधार गर्दै १००औँ स्थानमा पुगेका छन् ।

Read More

मध्यगाजामा इजरायली सेनाले हवाइ आक्रमण गरेर हमासले बनाएका पूर्वाधारहरू नष्ट गरेको छ । यसै क्रममा हमासका केही अधिकारीहरूको ज्यान गएको इजरायली रक्षा बलले बुधबार जनाएको छ । इजरायली सेनाको नजिकै सशस्त्र ड्रोन सञ्चालन गर्ने हमास टोलीमाथि एउटा आक्रमण भएको थियो । आक्रमणमा इजरायली विमानहरूले धेरै रकेट लन्चरहरू प्रहार गरे, जुन इजरायलमा रकेट फायर गर्न तयार थिए ।भूमिगत प्रक्षेपण चौकीहरू, भवनहरूलगायत सशस्त्र आतंककारीले सञ्चालन गर्ने सैन्य संरचनाहरू र भूमिगत स्थानहरूसहित ४० भन्दा बढी पूर्वाधारहरूमा प्रहार गरियो ।गत अक्टोबर सातमा गाजा सीमा नजिकै इजरायली समुदायहरूमा भएको हमासको आक्रमणमा कम्तीमा एक हजार दुई सय मानिस मारिएका थिए । यसै क्रममा दुई सय ४०…

Read More

नेपाली कांग्रेसले सहकारी ठगीमा उपप्रधा तथा गृहमंत्री रबि लामिछानेको नाम मुछिएको भएतापनि सरकार ले बचाँउन खोजेको भन्दै छानबिनका लागि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।हालै नेपाल प्रहरीले बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धान गर्दा उक्त सहकारीबाट गोर्खा मिडिया प्रालिमा करिब १४ करोड रुपैयाँ लगेको खुलेको थियो । जसमध्ये २ करोड रुपैयाँ रवि लामिछानेको नाममा झिकिएको देखिएको थियो ।ठोस आधार र प्रमाण हुदाँ हुदै पनि सरकार को दवाब र प्रभावमा छानबीन गर्ने निकायहरु निरीह भई आफ्नो क्षमता र योग्यता माथिनै प्रश्न चिन्ह लगाएको भन्दै काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसबाहिर नेविसंघका कार्यकर्ताहरुले गृहमन्त्रीको राजिनामा माग गर्दै गृहमन्त्रीको पुत्ला समेत दहन…

Read More

विराटनगरमा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको छ । विराटनगरको रानीमा दुई समुदायबीच झडप भएको हो । झडपमा परी ९ प्रहरीसहित दर्जनौँ घाइते भएका छन् । रामनवमीको अवसरमा हिन्दु समुदायले र्‍याली निकालेका थिए। उक्त र्‍याली रानीमा मुस्लिम समुदायको बस्तीतर्फ अगाडि बढेपछि उनीहरुले प्रतिकार गरेका थिए। झडप नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाइ फायर गरेको छ।

Read More

विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको स्पिरिङ बैठकमा सहभागी हुन अमेरिकाको राजधानी वासिङटन डिसी पुगेका अर्थमन्त्री पुनले संयुक्त राज्य अमेरिकाको राजधानी बासिङ्टनमा युएस चेम्बर अफ कमर्सका कार्यालयमा भएको भेटमा अमेरिकी कम्पनीका प्रतिनिधिहरुले नेपालमा अनुमान योग्य व्यवसायिक वातावरण नभएको विषय उठाएपछी अर्थमन्त्री पुनले व्यवसायिक वातावरणमा निरन्तर सुधार गर्दै जाने विषय सरकारको प्राथमिकता भएको बताए।अर्थमन्त्रीसँगको भेटमा चेम्बरका साथैं अमेरिकी स्टेट डिपार्टमेन्टमा प्रतिनिधि, युएसएडका प्रशासक, मेटा, टाटा ग्रुप, द कोकोकोला , वाल्ट डिजनी, मेटलाइफ कम्पनीका प्रतिनिधि सहभागी थिए ।अर्थमन्त्रीसँगको भेटमा उपस्थित अमेरिकी स्टेट डिपार्टमेन्टमा प्रतिनिधि, युएसएडका प्रशासक, मेटा, टाटा ग्रुप, द कोकोकोला , वाल्ट डिजनी, मेटलाइफ कम्पनी, कोकोकोला प्रतिनिधिहरु सबैले स्थिर व्यवसायिक वातावरण…

Read More

दुई समूहबीच विवाद भएपछि विराटनगरको रानी क्षेत्र तनावग्रस्त भएको छ । राम नवमीको अवसरमा एउटा समूहले निकालेको र्‍यालीलाई विराटनगर १५ र १७ नं वडा बिच शुरु भएको बिरोध र बिबाद बढदै गएपछि र्‍यालीलाई अगाडी बढन अबरोध गरेको थियो । एउटा समूहले र्‍यालीलाई अवरोध गरेपछि विवाद बढेको थियो बुधबार दिउँसो अवरोधपछि सुरू भएको विवाद बढेपछि रानी क्षेत्र तनावग्रस्त भएको हो ।स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले बल प्रयोग गरेको छ । केही राउण्ड हवाई फायर र केही सेल अश्रुग्यास पनि प्रहार गरेको दुवै समूहलाई तितरबितर पारेको मोरङ प्रहरीले बताए । उनका अनुसार दुवै समूह तितरबितर भएपछि अहिले अवस्था सामान्य हुँदै गएको छ ।मोरङ…

Read More

भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशका सीमानाका बन्द भएका छन् । बैतडीको झुलाघाट, दार्चुलाको पुलघाट, कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका बन्द गरिएका हुन् । भारतमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गर्दै सीमानाका बन्द गरिएका बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । ‘यही वैशाख ७ गते उत्तराखण्ड र चम्पावतमा हुने लोकसभा सामान्य निर्वाचन हुँदैछ’, उनले भने, ‘उक्त निर्वाचनलाई दृष्टिगत गर्दै मंगलबार साँझ ६ बजेदेखि वैशाख ७ गते शुक्रबार साँझ ७ बजेसम्म नाका बन्द गरिएका हुन् ।’उक्त अवधिमा सीमानाकामा पूर्ण रुपमा आवतजावत बन्द रहेको प्रजिअ शर्माले बताए । सुरक्षा संवेदनशीलताका कारण नाका बन्द गरिएको उनको भनाइ छ ।सीमा बन्द रहेको अवधिमा आकस्मिक…

Read More

सल्यानको बागचौर नगरपालिका–२ ठिनबाँङमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।दाङबाट रुकुमका लागि छुटेको रा १ ख २०८५ नम्बरको बस बागचौर–२ ठिनबाँङस्थित पुलदेखि तल खस्दा दुर्घटना भएको थियो ।लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।अहिले नेपाल प्रहरी र स्थानीयले घाइतेहरूको उद्धार गरी थारमारेस्थित अस्पताल तथा जिल्ला अस्पताल सल्यानमा उपचारका लागि लगिरहेका कडायतले जानकारी दिए ।

Read More