रातो खरबुजाको ठाउँमा हामीले विष खाइरहेको पनि हुनसक्छ । बजारमा सुई हालेर रातो पारिएको खरबुजा बिक्री भइरहेको हुनसक्छ । रातो बनाउनका लागि सुई हालिएको खरबुजाले उल्टै क्यान्सर जस्ता रोग निम्त्याउन सक्छन् ।खरबुजा रातो हुनु भनेको यो राम्ररी पाकेको सङ्केत हो । तर कलिलैमा टिपिएको खरबुजालाई पाकेको देखाउन वा मिठो छ भन्ने पार्न खरबुजामा सुई हाल्ने गरिएको छ भनेर हामीले बेला बेलामा सुन्दै आएका छौँ । खरबुजालाई रातो बनाउन सुईको सहायताले एरिथ्रोसिन केमिकल हालिन्छ ।योभ नेको डाई जस्तै खालको रातो रंग हो । यो खान नहुने पदार्थ हो । तर यसलाई मिडाई, क्यान्डी र पेयमा समेत हाल्ने गरेको पाइन्छ । यो…
तितो सत्य
मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएका छन् । मंगलबार प्रतिपक्षमा रहेका दलहरु नेपाली कांग्रेस, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले बहिष्कार गरेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत पाएका हुन् । उनले आफूलाई प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावमा १०७ प्रदेशसभा सदस्यमध्ये ६१ जनाले समर्थन जनाए । प्रतिपक्षी दलहरुले बहिष्कार गरेका कारण विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मत परेन ।
राष्ट्र राष्ट्रीयता धर्म संस्कृति र नागरीक बचाउ महाअभीयान जील्ला कार्य समीती रौतहट को आयोजनामा आज चन्द्रपुर नगरपालिकामा ऋण पिडितहरुको अन्तरकृया कार्यक्रम को आयोजना गरेको थियो । उक्त कार्यक्रम को प्रमुख अतीथी सचीवालय सदस्य डा. राजीव झा तथा बीशेष अतीथी तेज नारायण यादव को उपस्थिति थीयो । उक्त कार्यक्रमबाट समस्त बैंक, लघुबीत्त तथा सहकारीमा घर जग्गा निलाम गर्न नहुने, स्थिर ब्याजदर ६% क़ायम गर्न, २० लाख मुनि को ऋण मिन्हा गर्ने माँग को ज्ञापन पत्र जील्ला संयोजक बिन्देश्वर यादव को नेतृत्वमा नीस्केको जुलुसले सबै बैंक,सहकारी तथा लघुबीत्त मा बुझायेको र बाक़ी रहेका बैंक, लघुबीत्त तथा सहकारीहरुमा पनी बुझाउने जानकारी गराउनु भयो…
सरकारले नयाँ ८२ जना शाखा अधिकृतलाई पदस्थापन गर्दै कामकाज तोक्ने निर्णय गरेको छ । मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृतहरूलाई पदस्थापन गरेको हो ।उनीहरुले संघ र स्थानीय तहका विभिन्न पदमा जिम्मेवारी पाएका छन् । मंगलबार मात्रै ३० वटा स्थानीय तहले प्रमुख प्रशासकीय अधिकृत पाएका छन् ।
३४ जना शाखा अधिकृतहरुको उपसचिवमा बढुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, समान्य प्रशासन समूहबाट कार्यक्षमता मूल्यांकनका आधारमा ३४ जनालाई उपसचिवमा बढुवा गरेको हो । यसरी तृतीय श्रेणीका अधिकृतहरुको द्वितीय श्रेणीमा बढुवा गर्ने निर्णय गरेको हो । मन्त्रालयले बढुवा भएका उपसचिवहरुलाई ५ दिने अभिुमखकीरण पनि दिने छ । उनीहरूको पदस्थापनको निर्णय पनि भइसकेको छ ।
मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको मधेश प्रदेशसभाको बैठक अझै सुरु हुन सकेको छैन । दिउँसो २ बजे बसेको बैठक जनमत पार्टीको अवरोधका कारण १० मिनेटका लागि स्थगित गरिएको थियो । त्यसपछि भने बैठक सुरु नै हुन सकेन ।माग पूरा नगरेसम्म सदन चल्न नदिने भन्दै जनमतले अवरोध गरेपछि एमालेले प्रतिवाद गरेको थियो । त्सस क्रममा काँग्रेसका सांसदहरुसमेत जनमतको पक्षमा उभिएर नाराबाजी र तोडफोड गरेका थिए ।
संवाद यात्राका क्रममा कञ्चनपुरमा मंगलबार गगन थापाले सहकारी ठगीमा संलग्न रवि र गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होइनन् ? भन्ने जाँच्ने क्षमता प्रहरीसँग नभएको सोमबार दर्ता भएको मुद्दाबाट प्रष्ट भएको बताए । गलत र सहि छुट्याउन संसदीय समिति आवश्यक रहेको बताएका छन् ।सहकारीको रकम अपचलन भएको छ सामाजिक संजालहरु समेतमा प्रमाणहरु छ्यापँ छ्याप्ती रहेको हुदापनि प्रहरीले गरेको अनुसन्धान विश्वसनीय छैन त्यसैले संसदीय अनुसन्धान समिति गठन गर्नुपर्छ भनेका हौं,’ थापाले भने, ‘‘अब सहकारी ठग्ने र गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होइनन् भनेर संसदीय छानबिन समिति बनाएर खोज्न पर्यो कि परेन?’ प्रहरीले मुद्दा दर्ता गर्दा लामिछानेलाई प्रतिवादी नबनाएकाले पनि छानबिन…
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश सरकारबाट बाहिरिएको छ ।मुख्यमन्त्री यादवले विश्वासको मत लिनको लागि आज प्रदेश सभाको बैठक बोलाइएको छ । दिउँसो १ बजे बोलाइएको बैठक एक घण्टा ढिला गरी सुरू भएको थियो ।लगत्तै जनमत पार्टीका सांसदले अवरोध गरेपछि १० मिनेटका लागि स्थगित बैठक अझै सुरू भएको छैन । प्रदेश सभा बैठक चलाउन यतिबेला सर्वदलीय बैठक बसिरहेको छ ।भने मंगलबार बसेको लोसपाको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मतसमेत नदिने निर्णय गरेको हो ।दलको निर्णयसँगै वन तथा वातावरणमन्त्री रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन् ।
चौथो पटक मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक बोलाइएको छ । विश्वासको मत लिने निर्धारित कार्यक्रममा ।जनमत पार्टीले अवरोध गरेपछि मधेश प्रदेश सभाको बैठक १० मिनेट स्थगित भएको छ ।सभामुखले बैठक सुरू गरेलगत्तै जनमत पार्टीका सांसद चन्दन सिंहले सरकारले गरेको प्रतिवद्धता पूरा गर्नुपर्ने माग राखे । माघ ८ गते कृषि विश्वविद्यालयको उद्घाटनमा जनमत पार्टीका सांसद महेशप्रसाद यादवमाथि आक्रमण भएको थियो ।फागुन ६ गते मुख्यमन्त्रीले तेस्रो पटक विश्वासको मत लिंदा उक्त घटनाको बारेमा छानबिन गर्न समिति गठन गर्ने निर्णय गरिएको थियो ।आज चौथो पटक मुख्यमन्त्रीले विश्वासको मत लिंदा जनमत पार्टीले उक्त कुरा पूरा नभएको भन्दै बैठक अवरोध…
गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै राप्रपाले काठमाडौंमा चैत २७ गते प्रदर्शन गरेको थियो । गणतन्त्र र धर्मनिरपेक्षता खारेज को माग गर्दै राप्रपाले काठमाडौंमा गरेको आन्दोलनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगी श्वासप्रश्वासको समस्याबाट पहिलेदेखि नै पीडित थिए । प्रहरीले आन्दोलनकारीलाई पछि हटाउने क्रममा प्रहार गरेको अश्रुग्याँसले उनको स्वास्थ्यमा झन् बढी समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो ।उपचारको क्रममा मृत्यु भएको छ । राप्रपाको बर्दिया जिल्लाको मधुवन नगरपालिका अध्यक्ष समेत रहेका डाँगीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।साथै गणतन्त्र र धर्म निरपेक्षता खारेजि अभियानका अभियन्ता डा.राजीव झा ले जनतालाई गुमराहमा पारी…