सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल सफाइको लागि १२ जना सैनिक र १ जना शेर्पा सरदारसहित १३ जनाको सफा हिमाल अभियान-२०२४ मा संलग्न रहने टोली नेपाली सेनाको हवाई साधन मार्फत स्याङ्गबोचे इलाकामा अवतरण भएको छ । अभियानलाई प्रभावकारी बनाउन स्थानीय जनसमुदायहरूसँग अन्तर्क्रिया गर्दै करिब ७ दिनको पदयात्रा पश्चात् सो टोली सगरमाथा आधार शिविर पुग्ने योजना रहेको छ । पदयात्राको क्रममा सचेतना अभिवृध्दि तथा अभियानको प्रचार प्रसारको लागि पदमार्गको सरसफाइ समेत गरिनेछ । एन एन्डेवर टु सेभ द हिमालयज भन्ने मूल थीमका साथ सञ्चालन हुन गइरहेको यस अभियान अन्तर्गत सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमालका विभिन्न क्याम्पहरूबाट करिब १० टन फोहोर र ५…
तितो सत्य
स्थानीय तहलाई स्थानीय सरकारको अवधारणा अनुसार अघी सारिएको छ। वडा कार्यालयबाट तोकिएका सेवा प्रवाह हुँदा जनतालाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा सरकारको छ । गाऊँपालीका र नगरपालिकाका वडाको काम, कर्तव्य र अधिकारहरु प्रस्तुत गरेका छौं । क- योजना तर्जूमा, कार्यान्वयन तथा अनुगमन १. सहभागितामूलक योजना तर्जुमा प्रणाली अनुसार वस्ती वा टोलस्तरबाट योजना तर्जुमा प्रक्रिया अबलम्बन गरी बस्ती तथा टोलस्तरीय योजनाको लागत संकलन, प्राथमिकीकरण तथा छनौट गर्ने ।२. वडाभित्रका क्रियाशील राजनीतिक दल, वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र, टोल विकास संस्थालगायत सामुदायिक एवं सामाजिक संघ संस्था, निकायहरुसँग परामर्श, छलफल, सहभागितामूलक प्रक्रियाको अबलम्वन गर्ने ।३. वडाभित्रका योजनाहरुको कार्यान्वयन, अनुगमन गर्ने ।४. टोल…
आजदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ ।नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्याधीश विश्वम्भर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, राजनीतिक दलका शीर्ष नेता लगायतले शुभकामना सन्देश दिँदै सबै नेपालीको उन्नती प्रगतिको कामना गरेका छन् ।नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्त गर्दै, मिस्ठान्न भोजन…
रौतहट जील्लाको दुर्गा भगवती गाँउपालीका वडा नं.३ मत्सरी मा राष्ट्रीय नागरीक संघर्ष समीती जील्ला कार्य समीती रौतहट को आयोजनामा छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न भयेको छ । उक्त कार्यक्रम मा राष्ट्रीय नागरीक संघर्ष समीती का राष्ट्रीय प्रवक्ता श्री हीरा बहादुर चन्द प्रमुख अतीथी , राज कुमार सीन्धी, चौतरीया प्रदीप बहादुर शाह, त्रीपेश बीक्रम शाह तथा दीक्षा राणा शाह बीषीस्ठ अतीथी रहनु भयेको थीयो उक्त कार्यक्रम मा प्रबक्ता हीरा बहादुर चन्द ले २०४७ संबिधान बीकल्प नरहेको र राज्य ले अब कुनै कीसीम को द्वन्द धान्न न सक्ने राजा, दल र जनता सबै अटाउने भनेको २०४७ को संबीधान मा मात्र हो भन्दै…
प्रतिनिधिसभाको आजको बैठक पनि अवरुद्ध भएको छ । कांग्रेस, राप्रपा, लाेसपालगायतका प्रतिपक्षी दलको अवरोधका कारण आजको बैठक स्थगित भएको हो। सभामुख देवराज घिमिरे उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गर्ने तय भएको विषय कार्यसूचीबाट हटाएपछि प्रमुख प्रतिपक्ष कांग्रेसले बैठकको आकस्मिक समय चलाउन दिन तयार भएको थियो। बैठक सुरु भएपछि आकस्मिक समय लिएर कांग्रेसका रामहरि खतिवडा, एमालेका सूर्यबहादुर थापा, माओवादीका माधव सापकोटा, रास्वपाका मनीष झा, राप्रपाका ज्ञानेन्द्रबहादुर शाही, जसपाका प्रदीप यादव, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे, स्वतन्त्र सांसदहरू प्रभु साह, अमरेशकुमार सिंहलगायतले धारणा राखेका थिए। त्यसपछि सभामुखले शून्य समयको कारबाही अघि बढाउन लाग्दा कांग्रेस, राप्रपालगायतका सांसद आआफ्ना कुर्सीबाट उठेर…
पुरानो स्थानिय निकायका गाविस, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका विघटन भएर नयाँ ढाँचा अनुसारको स्थानीय तहमा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका गठित भएका छन । सरकारले नयाँ स्थानिय निकायको निर्वाचन यही बैशाख ३१ गते हुने घोषणा गरिसकेको छ । निर्वाचन संगै प्रत्येक महानगरपालिका तथा नगरपालिका बाट १/१ जना मेयर तथा उपमेयर, प्रत्येक गाउँपालिका बाट १/१ जना प्रमुख तथा उपप्रमुख र प्रत्येक वडाहरुबाट १ जना अध्यक्ष सहित अन्य ४ जना सदस्य चयन हुने छन् जसमध्ये प्रत्येक वडाबाट एक दलित महीला सहित अनिवार्य दुई महिला निर्वाचित हुनेछन । संविधानले गरेको ब्यवस्था अनुसार स्थानीय तहको काम, कर्तब्य र अधिकार पुरानो स्थानिय निकायको भन्दा व्यापक…
नेकपा ऐमाले का पुर्व मंत्रि महेश वस्नेत बिरुद्ध ३१ वर्षीय युवतीले उनलाई भ्रूण हत्या र बलात्कार आरोप लगाउँदै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी हुन् । हुलाकमार्फत पठाएको जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनले २ महिना १५ दिनको भ्रूण हत्याको आरोप पनि बस्नेतमाथि लगाएकी छन् । औषधी खुवाएर र अप्रेसन गरेर दुई पटक बस्नेतले भ्रूण हत्या गरेको उनको आरोप छ । बस्नेको निर्देशनमा दुई जना युवाहरूले आफ्नो अपार्टमेन्टमा आएर कुटपिट गरेको र मोबाइल लगेको उनले जाहेरीमा उल्लेख गरेकी छिन् ।
राजस्व अनुसन्धान कार्यालय पथलैयाबाट नष्ट गर्नु पर्ने सामान ब्यापारीलाई बेचिएको खुलासा वीरगंज/राजस्व अनुसन्धान कार्यालय पथलैयाका एक कर्मचारीले नष्ट गर्नु पर्ने सामानहरु बिक्री गरेको समाचार प्राप्त हुन आएको छ । राजस्व चुहावटको अभियोगमा विभिन्न निकायबाट अनुसन्धानको लागि पठाइएको मालबस्तुहरु सडे गलेको तथा गुणस्तरहिन प्रयोग गर्न नहुने अवस्थामा रहेकोले नष्ट गर्नु पर्ने भनी गरिएको निर्णय विपरित राजस्व अनुसन्धान कार्यालय पथलैयाका सुब्बा रवी नेपालीले बिक्री गरेको समाचार बुझिन आएको हो । राजस्व अनुसन्धान कार्यालय पथलैयाको मुद्दा शाखामा कार्यरत तथा गोदामको समेत इन्चार्ज रहेका नेपालीले नष्ट गर्नु पर्ने भनी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्रतिवेदन अनुरुप राजस्व अनुसन्धान विभागबाट स्वीकृति लिई कार्यालयबाट निर्णय…
राष्ट्रीय नागरीक संघर्ष समिति जील्ला कार्य समीती रौतहट को दुर्गा भगवती गाउपालीका पीपरा बजार मा सम्पन्न बीशेष भेला ले राष्ट्र मा व्याप्त बेथीती तथा भ्रष्टाचार को प्रमुख कारण नै बन्दूक को दबाब र प्रभाव मा लादीयेको ब्यवश्था र बीदेशी को ईसारामा नेपालीको सतीत्व समाप्त पार्ने षड्यन्त्र कुनै हालत मा स्वीकार्न नहुने र नेपालीपन रक्षार्थ तथा राष्ट्रीय एकता क़ायम गराउन २०४७ को संबीधान पुनः स्थापना गर्न जुन सुकै कदम चाल्न पनी तयार रहेको कुरा धर्म निरपेक्षता खारेजी अभीयान का केन्द्रीय संयोजक तथा राष्ट्रीय नागरीक संघर्ष समीती का सचीबालय सदस्य डा राजीव झा ले बतायेका थीये । उक्त भेला को अध्यक्षता राष्ट्रीय…