तितो सत्य

त्रिभुवन विश्वविद्यालयले स्नातक तहका प्रश्नपत्रहरु अंग्रेजी र नेपाली दुबै भाषामा बनाउने भएको छ । बिहीबार बसेकोे विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले त्रिभुवन विश्वविद्यालयबाट लिइने बार्षिक परीक्षा प्रणाली अनुसारका सबै संकायहरुको स्नातक तहका प्रश्नपत्रहरु तयार गर्दा अंग्रेजी र नेपाली दुबै भाषामा सोध्ने निर्णय गरेको हो ।बैठकले आगामी प्रथम बर्षको परीक्षा देखिनै अनिवार्य रुपमा लागु गर्ने र क्रमशः दोस्रो तेस्रो र चौथो बर्षमा समेत लागू गर्ने निर्णय पनि गरेको विश्वविद्यालयले जनाएको छ ।

Read More

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झा र पुरुषोत्तम खनालसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा उनीहरु विरुद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । उक्त एमडीएमएस खरिद कार्य गर्दा पुष्टयाइँको आधार बिना बदनियतपूर्ण ढंङ्गले अस्वभाविक बढी काम/लागत देखाई उक्त लागत अनुमान र बोलपत्र स्वीकृत नगराई एक्सप्रेसन अफ इन्ट्रेस्ट जारी गरेको अख्तियारले उल्लेख गरेको छ । मनासिब कारण बिना लागत इष्टिमेट अस्वभाविक रूपमा बढाई अस्वभाविक रूपमा बढी सामान बढी मूल्य तिरी खरिद गर्ने, गलत लिखत तयार गर्ने, सरकारी/सार्वजनिक कागजातहरू लुकाए/नष्ट गर्ने गराउने कार्य गरेको पुष्टी…

Read More

सरकारले यस अघि यातायात व्यवस्था विभाग अन्तर्गतको यातायात कार्यालयले लिँदै आएको सवारी साधन कर आर्थिक वर्ष २०७५-०७६ देखि प्रदेश सरकार मातहतमा पठाएको हो । कार/जिप तथा भ्यान खरिदमा लाग्ने वार्षिक कर कोषि प्रदेशमा एक हजार सीसीसम्मको सवारी खरिमा २१ हजार, १००१-१५०० सीसीसम्ममा २३ हजार, १५०१–२००० सीसीसम्ममा ३० हजार, २००१–२५०० सीसीसम्ममा ३५ हजार, २५०१–२९०० सीसीसम्मको ४१ हजार र सोभन्दा माथिकोका ५८ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ । भने १२५ सीसीसम्मको मोटरसाइकका लागि २८ सय, १२६–२५० सीसीसम्मका लागि ४५ सय, २५१–४०० सीसीसम्मको लागि ९ हजार र ४०१ सीसी भन्दा माथिका लागि १६ हजार ५ रुपैयाँ तय गरेको छ । यसैगरी…

Read More

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र शारंगा सुवेदीको संयुक्त इजलासले बीएन्डसी मेडिकल कलेजका तर्फबाट दायर भएको रिट जारी गरिदिएको हो ।सर्वोच्चले रिट दायर गरिदिएसँगै अब दुर्गा प्रसाईंलाई बीएन्डसी मेडिकल कलेज सञ्चालनको बाटो खुलेको छ । आशयपत्र पाएर पनि एमबीबीएस अध्यापन गराउन नपाएको भन्दै प्रसाईंले सर्वोच्चमा रिट लैजानुका साथै सरकारका विषयमा समेत गम्भीर प्रश्न उठाएका थिए । आशयपत्रकै आधारमा बैंकबाट लिएको ऋण तिर्न नसक्ने भन्दै उनले बैकहरूविरुद्ध समेत अभियान चलाएका थिए । सोमबार भएको फैसलाको संक्षिप्त आदेश आइसकेको छैन ।निवेदकको मागबमोजिम रिट जारी भएकाले यसमा संक्षिप्त आदेश आउँदैन,”

Read More

केन्द्रीय वित्त मन्त्रालय, राजश्व विभाग मातहतको ईडीको टोली ले बिहीबार मुख्यमन्त्रीको घरमा पुगेर । दुई घन्टा लामो सोधपुछपछि उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।दिल्लीको मदिरा नीतिलाई लिएर ईडीले केजरीवालमाथि छानबिन गर्दै आएको थियो ।

Read More

गृह मन्त्रालयले आमसञ्चारमाध्यमका विषय निगरानी र कारबाही चलाउन प्रमुख जिल्ला अधिकारीहरुलाई गरेको परिपत्र सच्याएको छ । ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई बिहीबार पठाएको परिपत्रमा अनलाइन तथा छापा सञ्चारमाध्यमको अनुगमन र कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा डेस्क राख्ने उल्लेख थियो ।तर उक्त परिपत्र सार्वजनिक भएसँगै विरोध सुरु भएको थियो । त्यसपछि बिहीबार साँझ नै गृह मन्त्रालयले अर्को विज्ञप्ति जारी गरी सञ्चारमाध्यमको निगरानी र कारबाही गर्ने विषय परिपत्रमा समावेश नभएको स्पष्टीकरण दिएको छ ।मिति २०८० चैत ६ गते मन्त्रालयबाट यससम्बन्धी परिपत्र नभएको र सञ्चारमाध्यममा प्रकाशित सरोकारलाई समेत मध्यनजर गरी मस्यौदामा उल्लेख भएका उक्त बुँदाहरु हटाई अन्य विषयहरु मात्र समावेश गरी मिति २०८०…

Read More

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले योजना आयोगमा सदस्यहरुमा प्रा. संगीता सिंह, जुम्लाका डा. कुशरेन्द्र बहादुर महत, पाल्पाका प्रा. शिवराज अधिकारी र ललितपुरका डा. अरनिको पाण्डेलाई राष्ट्रिय योजना आयोगका सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।कांग्रेस सहितको गठबन्धन बाट अलभई पुनः ऐमालेसंग मिलेर बनेको नयाँ सत्ता समीकरण बदलिएसँगै नेपाली कांग्रेस र जनमत पार्टीबाट राष्ट्रिय योजनाका चार सदस्यहरुले राजीनामा दिएका थिए । डा. प्रभु बुढाथोकी, डा. आरपी बिच्छा, डा. अनिता शाह ढुंगाना र जनमत पार्टीका अध्यक्ष डा.सि.के.राउतका का सहोदर भाई डा. जयकान्त राउतले राजीनामा दिएपछि रिक्त पदमा आजको मन्त्रिपरिषद बैठकले नियुक्तिको निर्णय गरेको हो ।

Read More

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सभामुखलाई नेपाली कांग्रेसका प्रतिनिधी सभा सदस्य विनोद चौधरीमाथि आफूहरुले अनुसन्धान गरिरहेको जानकारी गराएको छ । सीआईबीले सभाामुखलाई पठाएको पत्रमा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा सांसद चौधरीमाथि अनुसन्धान भइरहेको जनाएको छ ।बाँसबारी छाला जुत्ता कारखाना लि.को नाममा दर्ता कायम रहेको का.जि.का.म.पा. ३ स्थित १०–०–०–० (दस रोपनी) जग्गा किर्ते गरि च्याम्पियन फुटवेयर लि. को नाममा स्वामित्व हस्तान्तरण गरेको सरकारी जग्गा किर्ते गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयर लि. का संस्थापक शेयर धनी तथा तत्कालिन संचालक समितिका सदस्य संघीय संसदका माननीय सदस्य श्री विनोद कुमार चौधरीका सम्बन्धमा यस ब्यूरोबाट अनुसन्धान भइरहेको व्यहोरा जानकारीको लागि सादर अनुरोध…

Read More

लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता अनु भट्टराईले कानुन बमोजिम सक्षम र योग्य व्यक्तिहरु लिभिङ टुगेदरमा बस्न पाउने गरी तत्काल कानुनी व्यवस्था गर्न परमादेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी हुन् । नेपालमा हालसम्म लिभिङ टुगेदरसम्बन्धी कानुन छैन । तर शहरमा लिभिङ टुगेदरमा बस्नेहरुको संख्या बढ्दै जाँदा विभिन्न समस्या देखिएको भन्दै अधिवक्ता भट्टराईले यसलाई व्यवस्थित गर्न कानुन बनाउन माग गर्दै रिट दायर गरेकी हुन् ।

Read More