तितो सत्य

सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० प्रतिनिधि सभामा पेस भएको छ । आज बसेको प्रतिनिधि सभा बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती विधेयक पेस गर्नुभएको हो । यो विधेयक प्रतिनिधि सभामा गएको फागुन २१ गते दर्ता भएको थियो । प्रतिनिधि सभा नियमावलीको नियम १०७ अनुसार प्रतिनिधि सभाको अर्को बैठकमा विधेयकमाथिको सामान्य छलफल हुन सक्नेछ । विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि सभामा छलफल भएर अगाडि बढेपछि सांसदहरूले संशोधन दर्ता गर्न सक्छन् । सांसदहरूको संशोधनसमेत राखेर विधेयकमाथि दफावार छलफल हुनेछ । यो विधेयकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले…

Read More

राष्ट्र, राष्ट्रीयता, धर्म संस्कृति र नागरिक बचाउ महाअभीयान को आयोजनामा चन्द्रपुर नगरपालिका मा बैंक , लघुबीत्त तथा सहकारी पीड़ित हरुले निकालेको बीरोध ज़ुलुस ले सबै बैंक, लघुबीत्त तथा सहकारी को कार्यालयहरु को अगाड़ी बीरोध प्रदर्शन गरेका थीये , सयौ पीड़ित हरु द्वारा नीकालीयेको उक्त जुलुस मा सुन तस्कर मुर्दाबाद , हत्यारा सरकार मुर्दावाद , घर जग्गा नीलाम गर्न बन्द हर , गरीब लाई बाच्न दे , २० लाख मुनी को क़र्ज़ा मीन्हा गर, २०४७ को संबीधान लागू गर जस्ता सरकार बीरोधी नारा लगायेका थीये । उक्त कार्यक्रम मा बीन्देश्वर यादव लाई रौतहट को जील्ला संयोजक चयन गरेको थीयो उक्त कार्यक्रम…

Read More

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छाडेका छन् । महतोले आदिवासी जनजातिका अधिकारका लागि वकालत गर्ने बुद्धछिरिङ मोक्तानसँग मिलेर ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियान घोषणा गरेका छन् ।अभियानमार्फत वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै उनले बहुल राष्ट्रिय राज्य स्थापनाको एजेण्डामा सहमत भए आफ्नो पूर्व पार्टी लोसपा पनि यसमा आउनसक्ने बताए ।‘यो अभियान हो, यसले पार्टीको रुप ग्रहण गरिसकेको छैन’ सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा महतोले भने, ‘यससँग विचार मिल्ने जो सुकै जोडिनसक्छन् ।’लोपपामा वरिष्ठ नेता रहेका महतो असन्तुष्ट थिए । अध्यक्ष महन्थ ठाकुरले गरेको पदाधिकारी मनोनयनप्रति असन्तुष्ट उनले मंसिरको केन्द्रीय समिति समेत बहिस्कार गरेका थिए ।

Read More

सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले सस्तो दरमा विदेश कल गर्न मिल्ने एक्सेस कोड १४२४ बन्द गरेको छ । कम्पनीले यसअघि प्रचलनमा रहेको अन्तर्राष्ट्रिय एक्सेस कोड बन्द गर्दै अन्य विकल्प प्रयोग गर्न आग्रह गरेको छ । कम्पनीका प्रवक्ता हरि ढकालका अनुसार दुई दिन अघि मात्र १४२४ एक्सेस कोड बन्द गरिएको थियो । ग्राहकलाई उक्त एक्सेस कोड प्रयोग गरी कल गर्ने क्रममा नै यसबारे जानकारी दिने गरिएको छ । “हाललाई अस्थायी रूपमा १४२४ एक्सेस कोड बन्द गरिएको छ,” प्रवक्ता ढकालले भने, “ग्राहकले त्यसको साटो १२२५, १४४५ वा ०० प्रयोग गर्न सक्नु हुन्छ ।” भारतमा कलको पल्स रेट (कल गर्ने क्रममा बिलिङका…

Read More

सर्वोच्च अदालतले अतिविशिष्ट व्यक्ति (भीभीआइपी) को सवारीका नाममा सर्वसाधारणको आवतजावत प्रभावित नपार्न सरकारका नाममा आदेश दिएको छ । भीभीआईपी सवारीका नाममा सवारीसाधन रोक्ने, सर्वसाधारणलाई हिँड्न नदिने, पैदल यात्रीलाई अवरोध गर्ने प्रहरीका कामकारवाही रोक्न माग गर्दै अधिवक्ता ज्ञानेश्वर कोइरालाले १९ माघ २०७४ मा रिट दायर गरेका थिए ।मंगलबार न्यायाधीशहरु मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले विशिष्ट व्यक्तिको सवारीका नाममा सर्वसाधारणलाई सास्ती नदिन परमादेश जारी गरेको हो ।

Read More

राष्ट्रिय गौरव एवं रणनीतिक महत्त्वको काठमाण्डौ–तराई/मधेस द्रुतमार्ग निर्माणको झण्डै ३१ प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्म आयोजनाको ३० दशमलव ९६ प्रतिशत भौतिक र ३१ दशमलव ५७ प्रतिशत वित्तीय प्रगति भएको छ । मुआब्जा वितरण तथा जग्गा अधिग्रहण हुन बाँकी खोकना क्षेत्र र अदालतमा मुद्दा परेका ठेक्का प्रक्रियामा बाहेक कामको प्रगति सन्तोषजनक रहेको नेपाली सेनाका प्राविधिक सहायक रथी तथा आयोजना प्रमुख विकास पोखरेलले जानकारी दिनुभयो । ‘ठेक्का लागिसकेका काममा प्रगति राम्रो छ । केही खरिद प्रक्रिया टुङ्गिन बाँकी छन् । मुद्दा मामिलामा पनि गएका छन् । तर हामीले तोकिएको समय २०८३ चैतसम्ममा आयोजनाको…

Read More

शिक्षामन्त्री अशोक राई नेतृत्वको सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरेको छ । समितिले चित्रबहादुर बुढाथोकी, टंकनाथ धमला र केशरजंग बरालको नाम उपकुलपतिका लागि सिफारिस गरेको समिति स्रोतले जनाएको छ ।सिफारिस समितिले २३ पुसमा त्रिवि उपकुलपतिमा दरखास्त आह्वान गर्दा ४२ जनाले निवेदन दिएका थिए । तीमध्येबाट २५ माघमा समितिले १४ जनाको नाम सर्टलिस्टमा राखेको थियो ।विज्ञहरु प्रा.डा.चन्द्रबहादुर श्रेष्ठ, प्रा.डा. सुरेशराज शर्मा समितिका सदस्यहरु शिक्षा सचिव सुरेश अधिकारी र वौद्ध अध्ययन विभाग प्रमुख चन्द्रकला घिमिरेले २९ माघ , १ र २ फागुनमा सर्टलिस्टमा परेकाहरुको अन्तर्वार्ता, व्यवसायिक कार्ययोजना प्रस्तुतिकरण र सोचपत्रको मूल्यांकन गरेका थिए ।मूल्यांकनपछि उम्मेदवारको सोँचपत्र र व्यावसायिक कार्ययोजनाका…

Read More

गौर घटनाबारे पर्याप्त सूचना हुँदाहुँदै पनि त्यसलाई रोक्न पहल नगरेको भन्दै आयोगले सांसद एवं तत्कालीन माओवादी नेता प्रभु साहको ध्यानाकर्षण गराएको छ । उनलाई जानकारी हुँदाहुँदै पनि गौर घटना रोक्न कुनै पहल नगरेको भन्दै जिम्मेवार ठहर्‍याएको हो । त्यतिबेला उनी माओवादी भ्रातृ संगठन मधेशी मुक्तिमोर्चाका महासचिव थिए ।७ चैत २०६३ मा रौतहटको गौरमा मधेशी जनअधिकार फोरमका कार्यकर्ताहरुको आक्रमणमा परी २७ जना मारिएका थिए । ११५ जनाभन्दा बढी घाइते भएको त्यो घटनाबारे दुई महिनापछि किटानी जाहेरी परेको थियो । जाहेरीमाथि कुनै कानुनी कारवाही अघि नबढाएको भन्दै तत्कालीन एसपी योगेश्वर रोमखामीलाई आयोगले विभागीय कारवाहीको सिफारिस गरेको छ । उनीपछिका एसपी रामकुमार खनाललाई…

Read More

उच्च अदालत पाटनले एनसेलको पछिल्लो शेयर खरिदबिक्री सम्झौतामा कानुनी प्रश्न उठेको भन्दै यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । यसअघि उच्च अदालतले २१ मंसिरमा एनसेल बिक्रीसम्बन्धी प्रक्रियालाई यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।त्यसपछि दुबै पक्षसँगको छलफलपछि मंगलबार न्यायाधीशहरु शालिग्राम कोइराला र श्यामकुमार भट्टराईको इजलासले एनसेल बिक्री प्रकरणमा दूरसञ्चारसँग सम्बन्धित विभिन्न कानुनको पालनाको प्रश्न उठेको बताएको छ ।अदालतले यो मुद्दा दूरसञ्चार ऐन २०५३ को दफा २७ र ३३, दूरसञ्चार नियमावली २०५४ को नियम १५ (ट), नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिप्राप्त व्यक्तिको सेयर खरिद बिक्री) विनियमावली २०७६ को विनियम २ (ज) र विनियम ४, विदेशी लगानी तथा प्रविधि…

Read More