प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्न विद्यार्थी संगठनलाई बोलाएको छ । समिति सचिवालयका अनुसार आइतबार बिहान साढे ११ बजे विभिन्न विद्यार्थी संघ÷संगठनहरुका अधिकारीहरुलाई आमन्त्रण गरिएको छ । छलफल शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको हल सिंहदरवारमा हुनेछ ।२७ भदौ २०८० मा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले प्रतिनिधि सभामा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमाथि शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले सरोकारवालाहरुसँग छलफल चलाइरहेको छ । बिहीबार अभिभावक संघका अधिकारीहरुसँग छलफल गरेको थियो ।शिक्षक, कर्मचारी, संचालक लगायतका सरोकारवालाहरुसँग एकचरणमा छलफल गरिसकेपछि यो विधेयकमाथि छलफल गर्न…
तितो सत्य
नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा काटिएको बिजुलीको लाइन जोडिदिने निर्णय गरेको छ । शुक्रवार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको ९६० औं बैंठकले लाइन काटिएका डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेबापतको महसुल बक्यौता भएका ग्राहकहरूको विद्युत लाइन जोडिदिने निर्णय गरेको हो ।यसअघि मन्त्रिपरिषद बैठकले लाइन काटिएका उद्योगहरुमा बिजुलीको लाइन जोडिदिन प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको थियो । साथै मन्त्रिपरिषद बैठकले डेडिकेटेड फिडर तथा ट्रंक लाइन सम्बन्धी बिजुलीको विवाद छानबिन गर्न जाँचबुझ आयोगसमेत गठन गरेको छ ।मन्त्रिपरिषदको बैठकको निर्णयसम्बन्धी पत्र बिहीबार ऊर्जा मन्त्रालयबाट प्राप्त भएको भन्दै शुक्रबार प्राधिकरण सञ्चालक समितिको बैठक बसेको थियो ।मन्त्रिपरिषद बैठकले गठन गरेको जाँचबुझ आयोगबाट प्रतिवेदन पेश…
मधेश सरकारले स्वाभिमान दिवस मनाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले माघ ३ गतेको दिनलाई स्वाभिमान दिवस मनाउने निर्णय गरेको हो । २०७८ माघ ३ गतेकै दिन तत्कालीन ‘प्रदेश नं. २’ को नाम मधेश प्रदेश नामाकरण र स्थायी राजधानी जनकपुरधाम प्रदेशसभा बैठकबाट पास भएको थियो । त्यस दिनलाई स्वाभिमानी दिवसको रुपमा मनाउने निर्णय भएको मधेश सरकारका प्रवक्ता समेत रहेका गृहसञ्चार तथा कानुन मन्त्री मोहम्मद समिमले जानकारी दिए ।त्यस्तै माघ ५ गते मधेश सरकारले बलिदानी दिवस मनाउने र त्यस अवसरमा मधेश आन्दोलनसहित परिवार र घाइतेलाई आर्थिक सहयोग पनि गर्ने निर्णय भएको मन्त्री समिमले बताए । उनका अनुसार बलिदानी दवसमा मधेश…
राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको आज नामावली प्रकिशित हुँदैछ । राष्ट्रिय सभाका १९ सिटका लागि सोमबार सात प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका थिए । उजुरीको जाँचबुझ बज सकिने भएकोले आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन तालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।यही पुसको २७ गते शुक्रबार नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता लिनसक्नेछन् । त्यसपछि सोही दिन नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ प्रदान गरिने छ । यस निर्वाचनमा सात प्रदेशमा एक/एक मतदानस्थल र दुई/दुई मतदान केन्द्र कायम गरिएको छ ।मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म…
जिल्ला अदालत काठमाडौंले बलात्कारी ठहर गरेका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय तोकेको छ। जिल्ला न्यायाधीश शिशिर ढकालको इजलासले बुधबार बलात्कार मुद्दामा लामिछानेलाई आठ वर्ष सजाय हुने सुनाएको अदालतका सूचना अधिकारी चन्द्र पन्थीले जानकारी दिए। उनकाअनुसार इजलासले तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो। ‘प्रतिवादी सन्दीप लामिछानेलाई मुलुकी अपराध संहिता २०७४को दफा २१९को उपदफा ३को ङ बमोजिम आठ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना हुने तथा पीडितलाई पुग्न गएको मानसिक असर समेतलाई विचार गरी दफा २२८ बमोजिम प्रतिवादीलाई भएको जरिवाना ३ लाख र थप दुई लाख रकम क्षतिपूर्ति प्रतिवादी सन्दीप लामिछानेबाट पीडित गौशाला २६ दिने ठहर्छ,’ उनले…
नेपालकै लामो पोखरा–मुक्तिनाथ केबलकारको अध्यावधिक विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लगानी बोर्डमा बुझाइएको छ । मुक्तिनाथ दर्शन प्रालिले बुधबार अध्यावधिक डीपीआर बोर्डमा बुझाएको हो । बोर्ड स्रोतका अनुसार सुरुमा कास्कीको बिरेठाँटीमा तल्लो स्टेसनको प्रस्ताव गरेको आयोजनाले अब कास्कीकै नयाँपुलमा तल्लो स्टेसन रहने गरी प्रस्ताव गरेको छ ।प्रस्तावित केबलकारको लम्बाइ ८१.०१४ किलोमिटर रहेको छ । अध्यावधिक डीपीआर बोर्डले अध्ययन गरी कम्पनीसँग परियोजना कार्यान्वयन सम्झौता (पीआईए) गर्नुपर्छ ।यो निजी लगानीमा बन्ने आयोजना हो, बोर्डका एक उच्च अधिकारीले भने, ‘सोहीकारण बोर्डले अध्यावधिक डीपीआर अध्ययन गरी पीआइए सम्झौता गर्छ, त्यसपछि आयोजना कार्यान्वयनको बाटो खुल्छ ।’साथमा आयोजनाले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)को काम भने सक्नु पर्छ ।…
करिब एक लाखभन्दा बढी नक्कली लाइसेन्स बाँडिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । अख्तियारबाट खटिएको टोलीले बुधबार यातायात व्यवस्था विभागमा पुगेर अनुसन्धान सुरु गरेको हो । यातायात व्यवस्था विभागका महानिर्देशन उद्धवप्रसाद रिजालले अख्तियारको टोली अध्ययनको सिलसिलामा विभागमा आएको बताए । ‘हामीले दिएको रिपोर्टमाथि थप छलफल गर्न अनि लाइसेन्स दिने प्रक्रियाबारे बुझ्न टोली आएको हो’, उनले भने, ‘फिल्डका अफिसमा काम हुने र हामीसँग डाटाबेस मात्रै रहने भएकाले कागजात लैजाने कुरा भएन । तर थप अध्ययनका लागि उहाँहरु फेरि आउने कुरा गर्नुभएको छ ।’अख्तियारका एक सहसचिवले पनि अनुसन्धान सुरु भएको पुष्टि गरे । उनका अनुसार, मन्त्रालयलाई छानबिन गर्नु भनी…
दुई जनाको मृत्यु हुने गरी बालकुमारीमा भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ । उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्य नेतृत्वमा बनेको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य छन् ।रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि प्रदर्शन गरेका युवाहरुले मन्त्रीको गाडीमा आगजनी गरेपछि झडप भएको थियो भने प्रहरीले अश्रुग्यास हानेको थियो । त्यसक्रममा दुई जनाको मृत्यु भएको छ भने केही पक्राउ परेका छन् ।
ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको छ। प्रहरीको गोली लागेर घाइते भएका २२ वर्षीय युवक सुजन राउतको मृत्यु भएको हो । उनको किस्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । अर्का एक जना गम्भीर घाइते उपचारको क्रममा मृत्यु भएको । रोजगार अनुमति प्रणाली ईपीएस मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । भौतिक पूर्वाधार मन्त्रालयको गाडी जलाइएपछि अवस्था तनावग्रस्त भएको थियो। को हुन् प्रदर्शनकारीप्रदर्शनमा उत्रिएका युवाहरु रोजगार अनुमति प्रणाली (ईपीएस) का परीक्षार्थी हुन् । कोरिया जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयलाई लिएर उनीहरु प्रदर्शनमा…
ललितपुर बालकुमारीमा मन्त्रीको गाडी आगजनी घटनामा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या दुई पुगेको छ। आन्दोलनमा घाईते भएका दुई मध्ये एक जनाको पाटन अस्पताल र एकजनाको किष्ट अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा दैलेख घर भइ भक्तपुर बस्ने २३ वर्षीय सुजन राउत रहेका छन् भने अर्काको परिचय खुल्न सकेको छैन । शुक्रबार दिउँसो ललितपुर ग्वार्कोमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनीमा भएको हो। मन्त्रीको बा २ झ ५८६१ नम्बरको गाडीमाप्रदर्शनकारीले आगजनी गरेका हुन्। मन्त्रीको गाडीलाई आन्दोलनकारीले घेरेपछि प्रतिकारमा शुरक्षाकर्मीले गोली चलाएका थिए।