तितो सत्य

विश्वव्यापी द्वन्द्वको सन्दर्भमा हेर्दा सन् २०२३ विभिन्न युद्धमा रुमल्लिएको छ । पूरै विश्वलाई प्रभाव पार्ने गरी पश्चिम एशियादेखि दक्षिण अमेरिकासम्म युद्ध भएका छन् । जारी विभिन्न युद्धलाई नियाल्दै संसार तेस्रो विश्वयुद्धको संघारमा रहेको चर्चा समेत हुने गरेको छ ।रुस–युक्रेन युद्ध यस वर्षभर नै जारी रह्यो । यो वर्षको उत्तरार्धतिर इजरायल र हमासबीच युद्ध भइरहेको छ ।अर्मेनिया र अजरबैजानबीच पनि यसै वर्ष पुनः द्वन्द्व भयो । भेनेजुएला र गुएनाबीच पनि द्वन्द्व निम्तियो । इजरायल-हमास युद्ध यो युद्ध स्थगनको संकेत अझै देखिएको छैन । युद्ध समाधानका निम्ति राष्ट्रसंघीय सुरक्षा परिषदमा पेश गर्न लागिएको मस्यौदाको भाषामा अझै पनि मतभेद छन् । प्यालेस्टाइन क्षेत्रमा…

Read More

प्रहरीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेको आरोपमा १७ जनालाई पक्राउ गरेको छ । रोजगार अनुमति प्रणाली (इपीएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।उनले भने, ‘आन्दोलित युवाहरुको समूहले गाडीमा आगजनी गरेको हो, हामीले १७ जनालाई पक्राउ गरेका छौँ, मन्त्री ज्यूलाई प्रहरीले रेस्क्यु गरेर सिंहदरबार पुर्‍याएको छ ।’ ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाहरु बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए ।

Read More

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने सरकारी गाडी आगजनी घटनामा एक जना युवकको मृत्यु भएको छ। बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनीपछि ललितपुरको ग्वार्को क्षेत्रमा शुक्रबार दिउँसो इपिएस परीक्षार्थीहरू र प्रहरीबीच झडपसमेत भएको थियो। करिब २३ वर्षीय सुजन राउतको इमाडोलस्थित किष्ट अस्पतालमा मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठकले सेतोपाटीलाई बताए। राउत बालकुमारी क्षेत्रको सडकमै लडिरहेको अवस्थामा फेला परेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो। राउतको छातीमा निलडाम देखिएको चिफ अपरेटिङ अफिसर पाठकले बताए। राउतको शुक्रबार दिउँसो करिब पौने २ बजेतिर मृत्यु भएको हो। अस्पताल पुर्‍याएपछि उनलाई ४५ मिनेट जति सिपिआर दिइएको थियो।

Read More

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले टेरामक्स खरिद प्रक्रियामा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । बुधबार बसेको समितिको बैठकले टेरामक्स प्रणाली खरिदबारे नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम लगायत निकायका अधिकारीहरुसँग छलफलका लागि बोलाएको थियो । छलफलपछि समितिले टेरामक्स प्रविधि खरिदसँग सम्बन्धित सम्पूर्ण प्रक्रियाहरुलाई यथास्थितिमा राख्दै शिघ्र अनुसन्धानको निष्कर्षमा पुग्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको हो । समितिले टेरामक्स खरिद प्रक्रियामा गड्बडी भएको १५ बुँदे निष्कर्ष निकालेको छ । यसबारे अनुसन्धान गरी हरेक ३० दिनमा प्रगति विवरण बुझाउन समितिले अख्तियारलाई भनेको छ । साथै अधिकारको दुरुपयोग भएको देखिएमा र राज्यलाई हानि, नोक्सानी हुनेगरी काम भएको पाइएमा सम्बन्धितलाई हदै सम्मको कारबाहीका लागि माग…

Read More

नेपाल प्रहरीका पूर्व डीआईजी महेशविक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले पूर्व डीआईजी शाहसहित मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवनका तत्कालीन लेखापाल प्रहरी नायब निरीक्षक सई दिपेन्द्र प्रसाद पनेरुलाई पनि दोषी ठहर गरेको हो। बुधबार विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर तथा न्यायाधीशहरु तेज नारायण सिंह राई र रितेन्द्र थापाको पूर्ण इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो। जवानको तलब भत्ता हिनामिनामा गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवनका तत्कालीन समादेशक रहका पूर्व डीआईजी शाहसहित तत्कालीन लेखापाल पनेरु, लेखा सहायक हवल्दार केशव सिंह ऐरी र कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका…

Read More

क्रिश्चियन धर्म प्रचारकका रुपमा प्रस्तुत भएर विवादमा आएका संस्कृति तथा पर्यटनमन्त्री सुदन किराँतीलाई जनस्तरबाट बहिष्कार गर्न थालिएको छ । हिजो चितवनमा सुरु भएको ‘१७औं चितवन पर्यटन तथा हात्ती महोत्सव’ मा उनको प्रमुख आतिथ्य खोसियो ।तय भइसकेको कार्यक्रममा जानबाट मन्त्री किराँती वञ्चित भएका हुन् । क्षेत्रीय होटल संघले आयोजना गरेको महोत्सवमा मन्त्री किराँतीलाई बोलाउने पहिल्यै निधो भएर उनीसँग कुराकानी भइसकेको थियो । त्यसका आधारमा आयोजकले सबैतिर प्रमुख अतिथिमा उनको नाम राखेर प्रचारप्रसार र सबैतिर पत्राचार गरेको थियो । तर, हालैको विवादित अभिव्यक्ति र त्यसबाट उत्पन्न परिस्थितिका कारण उनलाई निम्त्याउनु ठीक नहुने ठानेर प्रमुख अतिथि परिवर्तन गरिएको क्षेत्रीय होटल संघका कार्यालय सचिव…

Read More

भारतको तमिलनाडुमा निर्माण गरिएको कुडनकुलम परमाणु ऊर्जा संयन्त्रको क्षमता वृद्धिमा रुसले सहयोग गर्ने भएको छ । यससँग सम्बन्धित सम्झौतामा दुई देशबीच हस्ताक्षर पनि भएको छ । रुस भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले यसबारे जानकारी दिएका हुन् । पाँच दिने रुस भ्रमणमा रहेका जयशंकरले रुसका उपप्रधानमन्त्री डेनिस मन्तुरोफसँग भएको भेटवार्तापछि भारतीय नागरिकहरुलाई मंगलबार सम्बोधन गर्दै भने, ‘आज उप्रधानमन्त्री मन्तुरोवको उपस्थितिमा भएको बैठकमा कुडनकुलम परमाणु परियोजनासँग सम्बन्धित धेरै महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ ।’भारतको सबैभन्दा ठूलो कुडनकुल परमाणु ऊर्जा संयन्त्र रुसको प्राविधिक सहयोगमा तमिलनाडुमा बनाइँदै छ । त्यसको कन्स्ट्रक्सनको काम मार्च २००२ देखि सुरु भएको थियो । फेब्रुअरी २०१६ देखि कुडनकुलम…

Read More

पोखराको मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रार उदयबहादुर पराजुली पक्राउ परेका छन् । मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेल र प्रवन्धक किरण अधिकारीको बयानका आधारमा उनको नाममा पुस ५ गते पक्राउ पुर्जी जारी भएको थियो ।पूर्व रजिस्ट्रार पराजुली अहिले पर्वतको कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत छन् । उनलाई कार्यकक्षबाटै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्वतका निमित्त प्रमुख इन्स्पेक्टर अर्जुन पौडेलले जानकारी दिए ।जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ पुर्जी पठाएपछि कार्यकक्षबाटै पक्राउ गरि पोखरा पठाउँदै छौं,’ पौडेलले भने ।गत कात्तिक ४ पक्राउ परेका सहकारीका अध्यक्ष पौडेल र प्रबन्धक…

Read More

भारतको फौजदारी कानुन परिवर्तन गर्ने गरी संसदलो तीनवटा विधेयक पारित गरेको छ । भारतीय न्याय संहिता, भारतीय नागरिक रक्षा संहिता र भारतीय प्रमाण विधेयक संसदबाट पारित भएको छ । जसलाई अब अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाइनेछ र राष्ट्रपतिको हस्ताक्षरपछि यी तीन विधेयक कानुन बन्नेछन् । धेरै विज्ञहरूले नयाँ कानूनको आवश्यकतामाथि प्रश्न उठाएका छन् । तर भारतका गृहमन्त्री अमित शाहको भनाइलाई मान्ने हो भने नयाँ बनेका कानुनले वेलायती शासनकालमा बनेका कानुनलाई प्रतिस्थापन गर्ने छन् । पुराना कानुनसरकार विरूद्धको अपराधमा केन्द्रित रहेको तर नयाँ कानुनले भारतीय नागरिकविरुद्ध हुने अपराधलाई जोड दिएको र नयाँ कानुन पीडित केन्द्रीत भएका उनको दाबी छ । लोकसभामा विधेयक…

Read More

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलमा प्रहरी नायव निरीक्षक (सई) मृत फेला परेका छन् । प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्साल काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक ४४ वर्षीय बालकृष्ण उपाध्याय घिमिरे मृत फेला परेका हुन् । उनी आफ्नै घरको तेस्रो तलामा आफू सुत्ने कोठाभित्र मृत फेला परेको भक्तपुर प्रहरी परिसरका प्रमुख वेद विष्टले जानकारी दिए । उनको मृत्युको कारण खुलेको छैन । उनी मृत फेला परेको जानकारी पाउनासाथ प्रहरी वृत्त जगातीबाट अनुसन्धान अधिकृत सहितको टोली घटनास्थल पुगेको थियो । यस सम्बन्धमा थप अनुसन्धान भई रहेको भक्तपुर प्रहरीले जनाएको छ ।

Read More